वर्षाका कारण मुलुकभर ठाउँ–ठाउँमा राजमार्ग अवरुद्ध - Naya Patrika
© 2017 Naya Prakasan Pvt. Ltd.
अपडेट

भारतले १९५० को नेपाल–भारत सन्धिअनुसार हाल चलिरहेको दोक्लाम विवादमा नेपालसँग समर्थन माग्न लागेको छ । प्रधानमन्त्री शेरबहादुर देउवासँग बिहीबार भारतीय समकक्षी नरेन्द्र मोदीले हैदरावाद हाउसमा हुने वान अन वान (एक्लाएक्लै)…
पूरा पढ्नुहोस् »

नेपाल पत्रकार महासङ्घमा गोविन्द आचार्य नेतृत्वको प्यानल निर्वाचित भएको छ । गोविन्द आचार्यले ७३२ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी तीर्थ कोइरालाले ६२७ मत प्राप्त गरे । आचार्य…
पूरा पढ्नुहोस् »

अभिनेता एवं निर्देशक रमेश बुढाथोकी विगत साढे तीन दशकदेखि कलाकारितामा अनवरत छन् । ०३७ सालदेखि आफ्नै लेखन, निर्देशन र अभिनयमा नाटक मञ्चन सुरु गरेका उनले त्यसपछि थुप्रै नाटक गरे ।…
पूरा पढ्नुहोस् »

धन कमाउने सपना पालेर विदेश गएका उनी रित्तो हात घर फर्किए । विदेशबाट फर्किएपछि के गर्ने भन्दै अलमलमा परेका उनलाई सैलुन व्यावसाय गर्ने सोच आयो बानपा—२ का २७ वर्षका राजन…
पूरा पढ्नुहोस् »

विश्व अर्थ – भारतीय अर्थतन्त्रमा पछिल्लो समय निकै शंकास्पद बनेको मुख्य विषय भनेको उत्पादन क्षेत्रको उत्पादकत्वको वास्तविक अवस्था हो । सन् २००८ मा विश्वव्यापी आर्थिक मन्दी आउनुभन्दा पहिले नै भारतमा…
पूरा पढ्नुहोस् »

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अफगानिस्तानमा फेरि युद्ध गर्ने घोषणा गरेका छन् । यसअघि अफगानिस्तानमा रहेका सैनिकहरुको संख्यामा कटौती गर्ने आफ्नो घोषणा विपरित राष्ट्रपति ट्रम्पले कुनै पनि बेला युद्ध शुरु गर्ने चेतावनी…
पूरा पढ्नुहोस् »

माल्दिभ्समाथि सानदार जित हात पार्दै नेपाल साफ यू–१५ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ । नेपालले सोमबार एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा माल्दिभ्सलाई ६–० को फराकिलो अन्तरले पराजित गरेर अन्तिम चारमा…
पूरा पढ्नुहोस् »

यतिखेर हामी संघीयता कार्यान्वयन र प्रशासनिक पुनः संरचनाको जटिल मोडमा छौँ । यस्तो अवस्थामा सबै पक्षले जिम्मेवारीपूर्वक काम गर्नुपर्छ । अझ राजनीतिक प्रणाली सञ्चालनको मुख्य अवयवका रूपमा रहेका राजनीतिक नेतृत्व…
पूरा पढ्नुहोस् »

राम तामाङ राजधानीको व्यस्त र भिडमभिड क्षेत्र असन, इन्द्रचोक, ज्याठा र भोटाहिटीवरपर ठेला चलाउँछन् । उनका दिनहरू ठेलामा सामान ओसारेरै बित्छन् । परिवार पाल्ने र आफ्नो पढाइ खर्च थेग्ने उनको…
पूरा पढ्नुहोस् »

ऊर्जा मन्त्रालय, विद्युत् विकास विभागले फेरि एकपटक झोलाम खोला राखेर हिँड्नेलाई ३५ दिनभित्र निर्माण प्रक्रिया अघि नबढाए कारबाही गर्ने बताएको छ । विद्युत् उत्पादन गर्छु, लगानी जुटाउँछु भनेर निर्माणका लागि…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिकाको न्युजरुममा आज उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणासँग अन्तरक्रिया हुँदैछ । मुलुकको विकासमा निजी क्षेत्रका योगदान कति भन्ने विषयमा अन्तरक्रिया केन्द्रित हुँदैछ । अन्तरक्रिया फेसबुक लाइभ हेर्न तलको लिंकमा…
पूरा पढ्नुहोस् »

जीवन बस्नेत, काठमाडौं   |   साउन २९, २०७४

मध्यमाञ्चल, पश्चिमाञ्चल र मध्यपश्चिमाञ्चलमा सडक अवरुद्ध, पूर्वाञ्चलमा सबैभन्दा बढी क्षति, यातायात न्यून गतिमा सञ्चालन

शुक्रबारदेखि परेको मुसलधारे पानीका कारण पूर्वपश्चिम राजमार्गअन्तर्गत पश्चिमाञ्चलको बुलवल खण्डमा पर्ने दाउन्नेदेखि बर्दघाटसम्मको सडक अवरुढ भएको छ । उक्त खण्डमा करिब ४० मिटर सडक भासिएको डिभिजन सडक कार्यालय बुटवलका प्रमुख मेघराज मरासिनीले जानकारी दिए । शुक्रबार राति १२ बजेदेखि अवरुद्ध भएको सडक शनिबार रातिसम्म सञ्चालनमा आउन सकेको छैन।

सडक अवरुद्ध भएपछि उक्त सडक दैनिक प्रयोग गर्ने करिब ५ हजार सवारीसाधन गन्तव्यमा पुग्न सकेका छैनन् । टेवा, पर्खाल लगाएर सडक खोल्ने प्रयास भइरहेको भए पनि निरन्तर पानी परेकाले समस्या भइरहेको डिभिजन सडक कार्यालयले जानकारी दिएको छ । कार्यालय प्रमुख मरासिनीका अनुसार एकतर्फी सडक खुलाउने प्रयास भने भइरहेको छ । ‘सकेसम्म चाँडै खुलाउन खोजिरहेका छौँ,’ उनले भने । अवरुद्ध सडक खुलाउन २ वटा ब्याकहो लोडर, २ वटा लोडर र एउटा एक्स्क्याभेटर प्रयोगमा ल्याइएको छ । त्यस्तै, प्रहरीले पनि सहयोग गरिरहेको कार्यालय प्रमुख मरासिनीले जानकारी दिए । त्यस्तै, पश्चिमाञ्चलमै पर्ने सिद्धार्थ राजमार्गको सिद्धबाबा क्षेत्रमा पनि पहिरो गएको छ । पहिरोले यातायात अवरुद्ध हुँदा पाल्पालगायतका क्षेत्रमा यातायात बन्द छ ।

मध्यपश्चिमाञ्चल क्षेत्रमा पर्ने पूर्व–पश्चिम राजमार्गको दुई ठाउँमा सडक अवरुद्ध भएको छ । मध्यपश्चिमाञ्चल क्षेत्रीय सडक निर्देशनालय प्रमुख अयोध्याप्रसाद श्रेष्ठका अनुसार नेपालगन्जबाट ५० किलोमिटर पूर्वमा पर्ने कुसुम भन्ने ठाउँमा बाढीले सडक बगाएको छ भने कोहलपुरबाट १७ किलोमिटर पूर्वमा पर्ने खहरे खोलाले पनि सडकलाई अवरुद्ध बनाएको छ । त्यस्तै, दाङको घोराही–सल्यान सडक पनि अवरुद्ध भएको छ । अवरुद्ध भएका ठाउँमा यातायात सुचारु बनाउने प्रयास भइरहेको क्षेत्रीय निर्देशक श्रेष्ठले जानकारी दिए ।

पूर्वाञ्चल क्षेत्रमा ठूलो क्षति
पूर्वाञ्चल क्षेत्रमा शनिबार बेलुकासम्म सडक र सडक पुलमा ठूलो क्षति भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत इनरुवादेखि भन्टाबारीबीचको २ किलोमिटर सडकमा सडक सतहदेखि २ फिट माथिसम्म पानी जमेको पूर्वाञ्चल क्षेत्रीय सडक निर्देशनालय प्रमुख मुक्ति गौतमले जानकारी दिए । त्यस्तै, इटहरीदेखि २ किलोमिटर पश्चिममा केही मिटर सडक आधा कटान भएको छ । त्यसलाई ग्याबिन भरेर शनिबार नै न्यून गतिमा यातायात सञ्चालन गरिएको छ । इटहरीदेखि धरान जाने सडकअन्तर्गत इटहरीदेखि ५ सय मिटर पूर्वमा रहेको आर्मी क्याम्पअगाडिको आधा सडक बाढीले बगाएको क्षेत्रीय निर्देशक गौतमले जानकारी दिए । त्यसरी बगाएको सडक ५० मिटर रहेको छ ।

चार पुल भत्किने खतरामा
पूर्वाञ्चल क्षेत्रमै चारवटा पुल खतराको अवस्थामा पुगेका छन । बाढी र मुसलधारे पानीले पुलको दुवैतिर बाढीले कटान गर्दै लगेका कारण पुल भत्किने अवस्थामा पुगेको पूर्वाञ्चल क्षेत्रीय सडक निर्देशनालय प्रमुख मुक्ति गौतमले जानकारी दिए । खतराको अवस्थामा पुगेका पुलहरूमा सप्तरीको विर्धना पुल (४३ मिटर), सप्तरीकै खडक खोला पुल (१५० मिटर) र कठौना पुल, बाराको दुधौरा पुल (८९.३ मिटर) रहेका छन् । त्यस्तै, मोरङको गछिया खोला पुलमा पनि बाढीले कटान गरिरहेको पूर्वाधार क्षेत्रीय सडक निर्देशनालयले जानकारी दिएको छ । यो समाचार तयार पार्दा (९ बजे) सम्म मुसलधारे पानी परिरहेको भए पनि पूर्वाञ्चल क्षेत्रमा सवारी सञ्चालन अवरुद्ध भएको छैन । तर, निकै न्यून गतिमा मात्र सवारी गुडिरहेका छन् । साथै, पूर्वाञ्चल क्षेत्रीय सडक कार्यालयले सबै डिभिजन कार्यालयमा आवश्यक निर्माण तथा मर्मत सामग्री पु¥याइसकेको जानकारी दिएको छ ।

मध्यमाञ्चलमा पनि समस्या, सुदूरपश्चिमाञ्चलमा सडक सुचारु
मध्यमाञ्चल विकास क्षेत्रका केही ठाउँमा सडक अवरुद्ध भएको छ । मध्यमाञ्चल क्षेत्रीय सडक निर्देशनालयका प्रमुख शिवहरि सापकोटाका अनुसार हेटौँडादेखि काठमाडौंसम्म सडक अवरुद्ध भएको छ । त्यस्तै, रौतहटको चन्द्रनिगाहपुर क्षेत्रमा पनि बाढीले सडक अवरुद्ध भएको छ । अर्कोतिर, धनुषाको जनकपुर धाममा बाढी खोल्नका लागि सडक नै कटान गर्नुेपर्ने अवस्था आएको सडक विभागका उपमहानिर्देशक दयाकान्त झाले जानकारी दिए । सुदूरपश्चिमाञ्चल क्षेत्रमा पनि शनिबार बेलुकासम्म सडकमा कुनै पनि अवरोध नभएको सुदूरपश्चिमाञ्चल क्षेत्रीय सडक निर्देशनालयका प्रमुख शिवप्रसाद नेपालले जानकारी दिए ।

राजमार्ग सुचारु गर्नु पहिलो प्राथमिकता : सडक विभाग
सडक विभागले प्राकृतिक प्रकोपबाट अवरुद्ध हुन पुगेका राजमार्गलाई सुचारु गर्नु पहिलो प्राथमिकता रहेको बताएको छ । ‘त्यसैअनुसार हामीले क्षेत्रीय र डिभिजन सडक कार्यालयलाई निर्देशन दिइसकेका छौँ,’ सडक विभागका उपमहानिर्देशक दयाकान्त झाले भने । ‘सबै कार्यालयमा जेठमै आवश्यक उपकरण तैनाथ गरिसकेकाले बाटो सुचारु गर्नु सबैभन्दा प्राथमिक विषय बनाएका छौँ,’ उनले भने ।

बाढीपहिरोले पूर्वमा विद्युत् अवरुद्ध
निरन्तरको भारी वर्षाका कारण बाढीपहिरोको प्रकोप बढेपछि पूर्वमा विद्युत् आपूर्तिमा अवरोध देखिएको छ । पूर्वीक्षेत्रमा विद्युत् आपूर्तिको घाँटीका रूपमा लिइएको सुनसरीको दुहबी सबस्टेसन जलमग्न भएपछि विद्युत् अवरुद्ध भएको हो ।

सबस्टेसनमा पानी जमेर जलमग्न भएपछि प्राधिकरणले नै विद्युत् लाइन काटेको थियो । विद्युत् अवरुद्ध भएपछि पूर्वका सबै जिल्लामा विद्युत् अवरुद्ध भएको छ । काबेली करिडोरको एउटा पोल ढलेर पनि विद्युत् आपूर्ति हुन नसकेको नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए । देशका विभिन्न स्थानमा विद्युत्का पोल ढलेका कारण नियमित विद्युत् आपूर्ति गर्न तत्काल सम्भव नभएको उनले बताए ।

भारतबाट समेत विद्युत् आयात रोकियो
प्राधिकरणले पूर्वका जिल्लामा विद्युत् अवरुद्ध भएपछि भारतबाट बिजुलीको आयातसमेत बन्द गरेको छ । प्राधिकरणले विराटनगरबाट भित्राउँदै आएको बिजुली पूर्ण रूपमा बन्द गरेको छ । त्यस्तै ढल्केबर सबस्टेसनबाट पनि आंशिक रूपमा मात्रै बिजुली आयात भएको छ । विभिन्न स्थानमा विद्युत् अवरुद्ध भएका कारण मागअनुसारको मात्रै बिजुली आयात गरिने घिसिङले जानकारी दिए ।

पूर्वी नेपालमा हवाई उडान प्रभावित
काठमाडौं/शनिबार परेको अविरल वर्षाका कारण त्रिभुवन विमानस्थलबाट देशका विभिन्न स्थानमा हुने उडान–अवतरण प्रभावित भएको छ । विमानस्थल व्यवस्थापनका अनुसार शनिबार पूर्वी नेपालतर्फका उडान प्रभावित भए भने पश्चिम, मध्यपश्चिम र सुदूरपश्चिमका गन्तव्यको उडान भने सामान्य रह्यो ।

विमानस्थल व्यवस्थापनका अनुसार शनिबार विराटनगरका लागि निर्धारित सबै उडान रद्द भए । जनकपुर र भद्रपुरमा आंशिक रूपमा मात्र सम्भव भयो भने ट्रंक रुट (ठूला विमानस्थल)मध्ये भैरहवा, नेपालगन्ज र धनगढीको उडान सामान्य रूपमा भएका थिए ।

प्रतिकूल मौसमले उद्धारमा समस्या
पूर्वी तराईका विभिन्न स्थानमा जलप्रवाह बढेर डुबान सुरु भएसँगै शनिबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित रेस्क्यु समन्वय सेन्टरलाई सक्रिय बनाएको थियो । सोहीबमोजिम नेपाली सेना तथा निजी वायुसेवा कम्पनीका हेलिकोप्टर रेस्क्युका लागि तयारी अवस्थामा राखिए पनि प्रतिकूल मौसमका कारण शनिबार साँझसम्म उड्न नसकेको विमानस्थलका महाप्रबन्धक देवानन्द उपाध्यायले जानकारी दिए ।

विराटनगर विमानस्थल डुबानमा
शनिबार अविरल वर्षाका कारण विराटनगर विमानस्थल पूर्ण रूपमा डुबानमा परेको छ । डुबानका कारण उक्त विमानस्थल पूर्ण रूपमा बन्द भएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जानकारी दिएको छ । विमानस्थल डुबानमा परेपछि त्रिभुवन विमानस्थलबाट उक्त विमानस्थलमा शनिबारका लागि निर्धारित सबै उडान उद्द भए । पानीको सतह घटेर सामान्य अवस्थामा आएपछि सम्पूर्ण सिस्टम चेकजाँच हुने र त्यसपछि मात्र विमानस्थल सुचारु हुने
प्राधिकरणले जनाएको छ ।

विराटनगर जान हिँडेका मन्त्री निरीक्षणमा
शनिबार बिहान विराटनगर उड्ने तयारीका साथ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जितेन्द्रनारायण देव गन्तव्यमा पुग्न पाएनन् । उक्त समयको सदुपयोग गर्दै उनले त्रिभुवन विमानस्थल निरीक्षण गरेका छन् । त्रिभुवन विमानस्थलको सेवालाई सूक्ष्म रूपमा निरीक्षण गरेका मन्त्री देवले विमानस्थलको सेवा–सुविधा चुस्त पार्न र देखिएका कमी–कमजोरी सुधार्न व्यवस्थापनलाई निर्देशन दिएका थिए ।

सामान्य रह्यो अन्तर्राष्ट्रिय उडान
शनिबार आन्तरिक उडान प्रभावित भए पनि त्यसले अन्तर्राष्ट्रियतर्फका यात्रुलाई भने असर गरेन । त्रिभुवन विमानस्थलका महाप्रबन्धक देवानन्द उपाध्यायका अनुसार पानी परे पनि काठमाडौंको मौसमले जहाज उडान र अवतरणमा कुनै असर गरेको थिएन । आकाशको भन्दा ग्राउन्डमा समस्या आएका कारण शनिबार पूर्वी तराईको उडान प्रभावित भएको हो ।