सम्भावित विपतबाट जोगिन ५ लाख २५ हजार एसएमएस - Naya Patrika
© 2017 Naya Prakasan Pvt. Ltd.
अपडेट

०५३ सालमा खाद्यान्न अभावका कारण सिडिओसँग चामल पाऊँ भनेर बिन्ती बिसाउन पुगेकी कमलकुमारी शाहीलाई तत्कालीन सिडिओ लीलानिधि कोइरालाले टेरेनन् । सिडिओसँगको विवादपछि प्रशासन कार्यालयले उनको झुप्रोसमेत उठिवास लगाउने असफल प्रयास…
पूरा पढ्नुहोस् »

हलिउडका चर्चित निर्माता हार्वे विन्स्टेइनका एकपछि अर्को गर्दै यौनजन्य हिंसाका घटना सार्वजनिक हुने क्रम बढेको छ । न्यूयोर्क टाइम्सले निर्माता हार्वेले यौन शोषण गर्ने गरेको सार्वजनिक गरेपछि यौन उत्पीडनमा परेका…
पूरा पढ्नुहोस् »

आजभोलि धेरैमा मुटुसम्बन्धी रोग देखा पर्ने गरेको छ । चिकित्सकहरू पनि पछिल्लो समय मुटुरोगी बढेको बताउँछन् । उनीहरूका अनुसार हाम्रो दैनिक जीवनशैली र विभिन्न कारणले मुटुसम्बन्धी रोग हुने गरेको छ…
पूरा पढ्नुहोस् »

राष्ट्रपति सि जिनपिङको पाँच वर्षको शासनकालमा चीन सम्पन्न र बढी शक्तिशाली भएको छ । तर, यस प्रगतिबाट आमचिनियाँको जनजीवनमा कति प्रभाव परेको छ ? चीनको सबैभन्दा शक्तिशाली निर्णयकर्ता आगामी साता…
पूरा पढ्नुहोस् »

नेपाल फिफा वरीयतामा एक स्थान ओरालो लागेको छ । फिफाले सोमबार अक्टोबरको वरीयता सार्वजनिक गर्दा नेपाल १ सय ७६औँ स्थानमा सीमित भएको छ । अघिल्लो वरीयतामा नेपाल १ सय ७५औँ…
पूरा पढ्नुहोस् »

नेपालमा सुनचाँदीलाई ‘नगदसरहको सम्पत्ति’का रूपमा लिइन्छ । पहेँलो र सेतो धातुलाई ‘सुरक्षित लगानी’का रूपमा पनि लिइने गरिएको छ । त्यसैले यसको व्यवसाय क्रमिक रूपमा बढ्दै गइरहेको छ । अझ नेपालजस्तो…
पूरा पढ्नुहोस् »

०५३ सालमा खाद्यान्न अभावका कारण सिडिओसँग चामल पाऊँ भनेर बिन्ती बिसाउन पुगेकी कमलकुमारी शाहीलाई तत्कालीन सिडिओ लीलानिधि कोइरालाले टेरेनन् । सिडिओसँगको विवादपछि प्रशासन कार्यालयले उनको झुप्रोसमेत उठिवास लगाउने असफल प्रयास…
पूरा पढ्नुहोस् »

राजनीतिक दलहरूको निर्णय प्रक्रिया, त्यसमा कार्यकर्ताको सहभागिता, व्यवस्थापनलगायत पक्षबाट हेर्‍यो भने नेपाली लोकतन्त्र परिपक्व हुन अझै केही दशक लाग्ने देखिन्छ । आइतबार निर्वाचन आयोगमा समानुपातिकतर्फबाट प्रतिनिधिसभामा उम्मेदवार बन्न चाहनेहरूको सूची…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिकाको न्युजरुममा आज उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणासँग अन्तरक्रिया हुँदैछ । मुलुकको विकासमा निजी क्षेत्रका योगदान कति भन्ने विषयमा अन्तरक्रिया केन्द्रित हुँदैछ । अन्तरक्रिया फेसबुक लाइभ हेर्न तलको लिंकमा…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिका, काठमाडौं   |   साउन २९, २०७४

जल तथा मौसम विज्ञान विभागले दूरसञ्चार कम्पनीसँगको सहकार्यमा बाढीको उच्च जोखिम रहेका क्षेत्रमा ५ लाख २५ हजार एसएमएस पठाइएको जानकारी दिएको छ । विपत्अगावै १४५५ बाट म्यासेज पठाएर सचेत रहन सूचित गरिएको विभागका हाइड्रोलोजिस्ट विनोद पराजुलीले बताए ।

शुक्रबार रातभर भारी वर्षा हुने र बाढीको उच्च जोखिम रहेकाले उच्च सतर्कता अपनाउन भन्दै झापाको कन्काई, चितवनको माडी, बर्दियाको बबई र बाँकेको पश्चिम राप्तीका तटीय क्षेत्रमा सञ्चालनमा रहेका मोबाइल नम्बरहरूमा ४ लाखभन्दा बढी एसएमएस पठाएको थियो । त्यस्तै, शनिबार दिउँसो पूर्व राप्ती, बागमतीलगायत पूर्वी तराई क्षेत्रमा समेत सतर्कताका लागि १ लाख २५ हजारभन्दा बढी एसएमएस पठाइएको उनले बताए ।

नेपाल टेलिकम र एनसेलले यस्तो एसएमएस निःशुल्क गरेका छन् । विभाग र दूरसञ्चार सेवा प्रदायकबीचको सम्झौताका आधारमा गत वर्षदेखि यस किसिमको सेवा सुरु गरिएको हो । नेपाल टेलिकमका नम्बरहरूमा भने सतर्कताका लागि एसएमएस पठाउन सकिएको छैन । टेलिकमले एसएमएसका लागि आफ्नो सर्भर नै विभागको जिम्मा लगाएको छ, तर सफ्टवेयरमा समस्या देखिएकाले टेलिकमका नम्बरमा एसएमएस पठाउन नसकिएको र त्यसको समाधानको प्रयास भइरहेको पराजुलीले बताए । ‘एनसेलले हाम्रो आग्रहमा आफैँ म्यासेज पठाइदिने गरेकाले कुनै समस्या छैन,’ उनले भने, ‘टेलिकमले पनि आफैँ म्यासेज पठाइदिने व्यवस्था गरेको खण्डमा सहज हुने थियो ।’

विपद्पूर्वको सतर्कताका लागि पठाइएको एसएमएसबाट मानवीय क्षति कम गर्न सहयोग पुगेको विभागका महानिर्देशक ऋषि शर्माले बताए । विभागले एसएमएस पठाएकै नम्बर १४५५ मा निःशुल्क रूपमा फोन गर्न सकिने व्यवस्था पनि मिलाइएको छ । ‘यस किसिमको पूर्वसतर्कताले सम्भावित ठूलो जनधनको क्षतिबाट जोगाउन सहयोग पुगिरहेको छ,’ उनले भने, ‘सम्बन्धित क्षेत्रका बासिन्दाहरूबाट समयमै सूचना पाएकाले सावधान रहन सहयोग पुगेको भन्ने खबर आइरहेको छ ।’

टेलिकमको अवरुद्ध सेवा पुनः सञ्चालनमा

मुलुकको पूर्वी क्षेत्रमा अत्यधिक वर्षाका कारण अवरुद्ध नेपाल टेलिकमको टेलिफोन तथा इन्टरनेट सेवा पुनः सुचारु भएको छ । इटहरी कार्यालयमा बाढी पसेपछि त्यसभन्दा पूर्वी भेगमा शुक्रबार रातिबाट अवरुद्ध भएको टेलिफोनको टेलिफोन तथा इन्टरनेट सेवा शनिबार दिउँसोबाट सुचारु भएको हो ।

शुक्रबार रातभरको भारी वर्षाका कारण कोसीपूर्व तथा पूर्वी पहाडी भेगमा टेलिकमको सेवा प्रभावित भएको थियो । केही स्थानीय पिएसटिएन सेवा सञ्चालनमा रहेको भए पनि मोबाइल सेवा भने पूर्ण रूपमा अवरुद्ध भएको थियो । मोबाइल नेटवर्कमा देखिएको समस्या समाधान भइसकेको टेलिकमकी प्रवक्ता प्रतिभा वैद्यले जानकारी दिइन् । ‘इटहरीको पिएसटिएन लाइनमा देखिएकोे समस्या समाधान गर्ने प्रयास भइरहेको छ,’ नयाँ पत्रिकासँग उनले भनिन् ।