गुआमबारे थाहा पाउनुपर्ने ५ तथ्य - Naya Patrika
© 2017 Naya Prakasan Pvt. Ltd.
अपडेट

०५३ सालमा खाद्यान्न अभावका कारण सिडिओसँग चामल पाऊँ भनेर बिन्ती बिसाउन पुगेकी कमलकुमारी शाहीलाई तत्कालीन सिडिओ लीलानिधि कोइरालाले टेरेनन् । सिडिओसँगको विवादपछि प्रशासन कार्यालयले उनको झुप्रोसमेत उठिवास लगाउने असफल प्रयास…
पूरा पढ्नुहोस् »

हलिउडका चर्चित निर्माता हार्वे विन्स्टेइनका एकपछि अर्को गर्दै यौनजन्य हिंसाका घटना सार्वजनिक हुने क्रम बढेको छ । न्यूयोर्क टाइम्सले निर्माता हार्वेले यौन शोषण गर्ने गरेको सार्वजनिक गरेपछि यौन उत्पीडनमा परेका…
पूरा पढ्नुहोस् »

आजभोलि धेरैमा मुटुसम्बन्धी रोग देखा पर्ने गरेको छ । चिकित्सकहरू पनि पछिल्लो समय मुटुरोगी बढेको बताउँछन् । उनीहरूका अनुसार हाम्रो दैनिक जीवनशैली र विभिन्न कारणले मुटुसम्बन्धी रोग हुने गरेको छ…
पूरा पढ्नुहोस् »

राष्ट्रपति सि जिनपिङको पाँच वर्षको शासनकालमा चीन सम्पन्न र बढी शक्तिशाली भएको छ । तर, यस प्रगतिबाट आमचिनियाँको जनजीवनमा कति प्रभाव परेको छ ? चीनको सबैभन्दा शक्तिशाली निर्णयकर्ता आगामी साता…
पूरा पढ्नुहोस् »

पहिलो अन्तर्राष्ट्रिय फुटसल प्रतियोगितामा सहभागिता जनाएको नेपाली टोली आइतबार एएफसी छनोट फुटसल च्याम्पियसिपमा उज्वेकिस्तानसँग १४–१ को भारी अन्तरले पराजित भएको छ । इरानमा सञ्चालन भइरहेको प्रतिस्पर्धामा नेपालले पहिलो अन्तर्राष्ट्रिय खेलमै…
पूरा पढ्नुहोस् »

नेपालमा सुनचाँदीलाई ‘नगदसरहको सम्पत्ति’का रूपमा लिइन्छ । पहेँलो र सेतो धातुलाई ‘सुरक्षित लगानी’का रूपमा पनि लिइने गरिएको छ । त्यसैले यसको व्यवसाय क्रमिक रूपमा बढ्दै गइरहेको छ । अझ नेपालजस्तो…
पूरा पढ्नुहोस् »

०५३ सालमा खाद्यान्न अभावका कारण सिडिओसँग चामल पाऊँ भनेर बिन्ती बिसाउन पुगेकी कमलकुमारी शाहीलाई तत्कालीन सिडिओ लीलानिधि कोइरालाले टेरेनन् । सिडिओसँगको विवादपछि प्रशासन कार्यालयले उनको झुप्रोसमेत उठिवास लगाउने असफल प्रयास…
पूरा पढ्नुहोस् »

राजनीतिक दलहरूको निर्णय प्रक्रिया, त्यसमा कार्यकर्ताको सहभागिता, व्यवस्थापनलगायत पक्षबाट हेर्‍यो भने नेपाली लोकतन्त्र परिपक्व हुन अझै केही दशक लाग्ने देखिन्छ । आइतबार निर्वाचन आयोगमा समानुपातिकतर्फबाट प्रतिनिधिसभामा उम्मेदवार बन्न चाहनेहरूको सूची…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिकाको न्युजरुममा आज उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणासँग अन्तरक्रिया हुँदैछ । मुलुकको विकासमा निजी क्षेत्रका योगदान कति भन्ने विषयमा अन्तरक्रिया केन्द्रित हुँदैछ । अन्तरक्रिया फेसबुक लाइभ हेर्न तलको लिंकमा…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिका, काठमाडौं   |   साउन २९, २०७४

अमेरिकी नागरिक भए पनि गुआमवासीले अमेरिकी राष्ट्रपति निर्वाचनमा मतदान गर्न पाउँदैनन् । १९७२ पछि अमेरिकाको हाउस अफ रिप्रिजेन्टेटिभ्समा गुआमका एक मताधिकार नभएका ‘ननभोटिङ डेलिगेट’ रहँदै आएका छन् ।

यो साता अमेरिका र उत्तर कोरियाबीचको तनाव युद्धको धम्कीसम्म पुगेपछि संसारभरको ध्यान अचानक गुआममाथि पुगेर अडिएको छ । उत्तर कोरियाको सरकारी मिडियाले गुआममाथि हमला गरिने हल्ला चलाएको थियो । उत्तर कोरियाका सैन्य अधिकारीले योजना नै पेस गरेका थिए कि कसरी उत्तर कोरियाली मिसाइलले प्रशान्त महासागरको यस द्वीपलाई यसै महिनामा निसानामा लिनेछन् ।

उत्तर कोरियाले यस्तो धम्की अमेरिकी राष्ट्रपतिको त्यस बयानपछि दिएको हो, जसमा उनले भनेका थिए कि यदि उत्तर कोरियाको आक्रामक व्यवहार रोकिएन भने उसले यस्तो आक्रमणको सामना गर्नुपर्नेछ, जो अहिलेसम्म संसारभर कसैले पनि देखेको छैन ।

यस तनावबीच एक गुप्तचरी रिपोर्ट यस्तो पनि आएको थियो कि उत्तर कोरियाका मिसाइल साना आकार र क्षमताका परमाणु हतियार वहन गर्न सक्षम छन् । गुआम अपेक्षाकृत एक अलग्गै रहेको द्वीप हो, जसको पहिचान अमेरिकी सैन्य अखडाका रूपमा रहेको छ । गुआमबारे यहाँ पाँच रोचक जानकारी प्रस्तुत गरिँदै छ, जो सायद धेरैका लागि नौलो साबित हुन सक्छ ।

१. गुआम कसरी अमेरिकाको भूभाग बन्न पुग्यो ?
— गुआम पोर्चुगाली खोजकर्ता फर्डिनेन्ड मजेलनको खोजीको ४० वर्षपछि सन् १५६५ मा स्पेनले यसमाथि दाबी गरेको थियो । सन् १८९८ मा स्पेन–अमेरिका युद्धसम्म गुआममाथि स्पेनको शासन रहेको थियो । यस युद्धपछि स्पेनले पेरिस सन्धिअनुसार गुआम अमेरिकालाई सुम्पियो । सन् १९४१ मा पर्ल हार्बर आक्रमणपछि गुआममाथि जापानको अस्थायी नियन्त्रण कायम भएको थियो । यद्यपि, तीन वर्षपछि मित्रशक्तिहरूले गुआमलाई पुनः आफ्नो नियन्त्रणमा लिएको थियो । गुआम १९५० मा आधिकारिक रूपमा अमेरिकी क्षेत्र बन्यो र यो अमेरिकाको डिपार्टमेन्ट अफ नेभीअन्तर्गत आयो ।

— १९५० मै अमेरिकी कांग्रेसले अग्र्यानिक एक्ट अफ गुआम पास गरेको थियो । र, त्यहाँका नागरिकलाई अमेरिकी नागरिकता प्रदान गरेको थियो । अमेरिकी नागरिक भए पनि गुआमवासीले अमेरिकी राष्ट्रपति निर्वाचनमा मतदान गर्न पाउँदैनन् । गुआममा पहिलोपटक १९७० मा एक गभर्नर चुनिएको थियो । १९७२ पछि अमेरिकाको हाउस अफ रिप्रिजेन्टेटिभ्समा गुआमका एक मताधिकार नभएका ‘ननभोटिङ डेलिगेट’ रहँदै आएका छन् ।

२. सात हजार अमेरिकी सैनिक तैनाथ
— गुआममा अमेरिकी नेभीको एउटा आधार शिविर छ । यसका साथै त्यहाँ अमेरिकी एयरफोर्सको एन्डरसन एयरफोर्स बेस पनि छ । यो बेस द्वीपको उत्तर–पूर्वी भेगमा रहेको छ । अमेरिकी एयरफोर्स बेसमा बी–५२ बमवर्षक र लडाकु विमान तैनाथ छन् । अमेरिकी नेभी बेस द्वीपको दक्षिण–पश्चिमी क्षेत्रमा रहेको छ । यहाँ परमाणु शक्तियुक्त युद्धपोत तैनाथ छन् । समाचार एजेन्सी एपीका अनुसार करिब सात हजार अमेरिकी सैनिक आफ्नो परिवारका साथमा यहाँ बसोवास गर्दै आएका छन् । यहाँको कुल जनसंख्या एक लाख ६० हजार रहेको छ । यहाँको चर्चित पर्यटकीय स्थल ट्युमोन दुई सैन्य अखडाको लगभग मध्यभागमा रहेको छ ।

३. हवाईको तुलनामा गुआम उत्तर कोरियाबाट निकट
— गुआम उत्तर कोरियाको निकट अमेरिकी इलाका हो । दुवैबीचको दूरी तीन हजार चार सय २७ मिलोमिटर छ । यो हवाई र गुआमबीचको आधा दूरी हो । गुआम र हवाईबीचको दूरी ६ हजार तीन सय ७३ किलोमिटर रहेको छ । गुआम प्रशान्त महासागरमा सुदूर दक्षिणी क्षेत्रमा रहेको द्वीप हो । यो माइक्रनेजाको सबैभन्दा ठूलो द्वीप हो । यसको क्षेत्रफल दुई सय १० वर्गमाइल रहेको छ । यो क्षेत्रफल लगभग सिकागोबराबर हो ।

४. सांस्कृतिक विविधता
— गुआमको जनसंख्यामध्ये चमोरो जाति करिब ४० प्रतिशत रहेका छन् । चमोरो नै यहाँका मूल बासिन्दा हुन् । यसका साथै २४ प्रतिशत जनता फिलिपिनी छन् । १८ प्रतिशत जनता अलग–अलग जातिका छन् । यसका साथै यहाँका झन्डै ६० प्रतिशत जनता गोरा छन् भने १० प्रतिशत जनता ‘माइक्रोनेजन’ छन् । यहाँका आधिकारिक भाषा अंग्रेजी र चमोरा हुन् ।

५. समलैंगिक विवाहलाई मान्यता
— ५ जुन २०१५ मा गुआम पहिलो अमेरिकी क्षेत्र बन्यो, जहाँ समलैंगिक विवाहलाई मान्यता दिइयो । गुआममा यो व्यवस्था लागू भएको १५ दिनपछि अमेरिकी सर्वोच्च अदालतले पनि सम्पूर्ण अमेरिकाभर समलैंगिकतालाई मान्यता दिएको थियो ।

(बिबिसी हिन्दीको समाचार टिप्पणी)
बिबिसी हिन्दी डटकमबाट