केसीको अनशन २१औँ दिनमा : चिकित्सा शिक्षा विधेयकको नाम परिवर्तन गरेको आरोप - Naya Patrika
© 2017 Naya Prakasan Pvt. Ltd.
अपडेट

नेपाल पत्रकार महासङ्घमा गोविन्द आचार्य नेतृत्वको प्यानल निर्वाचित भएको छ । गोविन्द आचार्यले ७३२ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी तीर्थ कोइरालाले ६२७ मत प्राप्त गरे । आचार्य…
पूरा पढ्नुहोस् »

अभिनेता एवं निर्देशक रमेश बुढाथोकी विगत साढे तीन दशकदेखि कलाकारितामा अनवरत छन् । ०३७ सालदेखि आफ्नै लेखन, निर्देशन र अभिनयमा नाटक मञ्चन सुरु गरेका उनले त्यसपछि थुप्रै नाटक गरे ।…
पूरा पढ्नुहोस् »

धन कमाउने सपना पालेर विदेश गएका उनी रित्तो हात घर फर्किए । विदेशबाट फर्किएपछि के गर्ने भन्दै अलमलमा परेका उनलाई सैलुन व्यावसाय गर्ने सोच आयो बानपा—२ का २७ वर्षका राजन…
पूरा पढ्नुहोस् »

विश्व अर्थ – भारतीय अर्थतन्त्रमा पछिल्लो समय निकै शंकास्पद बनेको मुख्य विषय भनेको उत्पादन क्षेत्रको उत्पादकत्वको वास्तविक अवस्था हो । सन् २००८ मा विश्वव्यापी आर्थिक मन्दी आउनुभन्दा पहिले नै भारतमा…
पूरा पढ्नुहोस् »

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अफगानिस्तानमा फेरि युद्ध गर्ने घोषणा गरेका छन् । यसअघि अफगानिस्तानमा रहेका सैनिकहरुको संख्यामा कटौती गर्ने आफ्नो घोषणा विपरित राष्ट्रपति ट्रम्पले कुनै पनि बेला युद्ध शुरु गर्ने चेतावनी…
पूरा पढ्नुहोस् »

माल्दिभ्समाथि सानदार जित हात पार्दै नेपाल साफ यू–१५ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ । नेपालले सोमबार एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा माल्दिभ्सलाई ६–० को फराकिलो अन्तरले पराजित गरेर अन्तिम चारमा…
पूरा पढ्नुहोस् »

यतिखेर हामी संघीयता कार्यान्वयन र प्रशासनिक पुनः संरचनाको जटिल मोडमा छौँ । यस्तो अवस्थामा सबै पक्षले जिम्मेवारीपूर्वक काम गर्नुपर्छ । अझ राजनीतिक प्रणाली सञ्चालनको मुख्य अवयवका रूपमा रहेका राजनीतिक नेतृत्व…
पूरा पढ्नुहोस् »

राम तामाङ राजधानीको व्यस्त र भिडमभिड क्षेत्र असन, इन्द्रचोक, ज्याठा र भोटाहिटीवरपर ठेला चलाउँछन् । उनका दिनहरू ठेलामा सामान ओसारेरै बित्छन् । परिवार पाल्ने र आफ्नो पढाइ खर्च थेग्ने उनको…
पूरा पढ्नुहोस् »

ऊर्जा मन्त्रालय, विद्युत् विकास विभागले फेरि एकपटक झोलाम खोला राखेर हिँड्नेलाई ३५ दिनभित्र निर्माण प्रक्रिया अघि नबढाए कारबाही गर्ने बताएको छ । विद्युत् उत्पादन गर्छु, लगानी जुटाउँछु भनेर निर्माणका लागि…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिकाको न्युजरुममा आज उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणासँग अन्तरक्रिया हुँदैछ । मुलुकको विकासमा निजी क्षेत्रका योगदान कति भन्ने विषयमा अन्तरक्रिया केन्द्रित हुँदैछ । अन्तरक्रिया फेसबुक लाइभ हेर्न तलको लिंकमा…
पूरा पढ्नुहोस् »

अर्जुन अधिकारी, काठमाडौं   |   साउन २९, २०७४

आमरण अनशनरत प्रा.डा. गोविन्द केसी पक्षले सरकारले चिकित्सा शिक्षा विधेयकको नाम परिवर्तन गरेर आफूहरूलाई झुक्याएको आरोप लगाएका छन् । केसी पक्षले शनिबार चिकित्सा शिक्षा विधेयकको नाम नै परिवर्तन गरेको आरोप लगाएका हुन् ।

शनिबार बानेश्वरको एक होटेलमा केसी पक्षीय वार्ताटोलीसहित नागरिक अगुवा चरण प्रसार्इं, नीलाम्बर आचार्य, केदारभक्त माथेमा, सुबोध प्याकुरेल, कनकमणि दीक्षित, ओमप्रकाश अर्याल सम्मिलित छलफलले सरकारले विधेयकको नाम परिवर्तन गरेको निष्कर्ष निकालेको हो । माथेमा प्रतिवेदनको नाम,‘चिकित्सा शिक्षासम्बन्धी राष्ट्रिय नीति तर्जुमा उच्चस्तरीय कार्यदल प्रतिवेदन ०७२’ हुनुपर्नेमा सरकारले आफूहरूलाई झुक्याएर ‘चिकित्सा शिक्षाको क्षेत्रमा सुधार गर्नका लागि नेपाल सरकारले गठन गरेको कार्यदलको प्रतिवेदन’ राखेको आरोप केसी पक्षको छ । चिकित्सा शिक्षा विधेयकको नाम उल्टो राखेर माथेमा प्रतिवेदनको मर्ममा प्रहार गरेको केसी पक्षीय वार्ता टोलीका सदस्य डा. अभिषेकराज सिंहले बताए ।

सरकारी चिकित्सक संघको आन्दोलन फिर्ता
अनशनरत डा.केसीको माग सम्बोधनका लागि सरकारलाई दबाव दिन ओपिडी बन्द गर्ने निर्णय गरेको सरकारी चिकित्सक संघले सो निर्णय फिर्ता लिएको छ । तराईसहितका क्षेत्रमा बाढीपहिरोले मानवीय संकट निम्त्याएको भन्दै यस्तो असहज परिस्थितिमा स्वास्थ्यसेवामा केन्द्रित हुन आन्दोलन फिर्ता लिएको संघले जनाएको छ । संघले बाढीपहिरोको क्षति न्यूनीकरण गर्न एकजुट हुन सम्पूर्ण चिकित्सकलाई आग्रहसमेत गरेको छ ।

मनमोहन मेडिकल कलेज किन्न पहल गर्छु : प्रधानमन्त्री


प्रधानमन्त्री शेरबहादुर देउवाले प्रस्तावित मनमोहन मेमोरियल मेडिकल कलेज सरकारले किन्न पहल गर्ने बताएका छन् । चिकित्सा शिक्षा सुधारको माग राखेर डा.केसी अनशनमा रहेका वेला प्रधानमन्त्री देउवाले शनिबार राति केसी पक्षसँग बालुवाटारमा भेट गरी आफूले विवादित मनमोहन मेडिकल कलेज किन्न पहल गर्ने बताएको वार्तामा सहभागी एक सदस्यले जानकारी दिए । सरकारले यसअघि पनि मनमोहन मेडिकल कलेज सरकारले किन्ने बताएको थियो । ‘मैले केसीका माग राम्रोसँग बुझेको रहेनछु,’ प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै ती सदस्यले भने, ‘माथेमा कार्यदलको मर्म र भावनाअनुसार चिकित्सा शिक्षा विधेयकलाई अगाडि बढाउनेछु ।’ प्रधानमन्त्री देउवाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी ओलीलाई राखेर केसीका मागबारे छलफल गर्ने प्रतिबद्धता जनाएको डा. सिंहले बताए । प्रधानमन्त्रीलाई भेट्न कनकमणि दीक्षित, नीलाम्बर आचार्य, चरण प्रसार्इं, केदारभक्त माथेमा र सुबोध प्याकुरेल बालुवाटार पुगेका थिए ।

मेडिकल विश्वविद्यालयले समस्या समाधान गर्छ
डा. केदारनरसिंह केसी
पूर्वअध्यक्ष, नेपाल चिकित्सक संघ
डा. केसीले भनेको जस्तो नेपालको चिकित्सा शिक्षाको गुणस्तर कायम गर्ने हो भने मेडिकल विश्वविद्यालयको विकल्प छैन । केसीले आफूले भनेकोभन्दा बाहिर जान नहुने अडान राख्ने गरेका छन् । उनले हामीले भनेकोजस्तो मेडिकल विश्वविद्यालयको अवधारणालाई मान्न सक्दैनन्, तर अहिले देखिएको समस्या समाधान गर्ने माध्यम भनेको मेडिकल विश्वविद्यालय मात्रै हो । यसले सबै मेडिकल कलेजलाई नियन्त्रण गर्छ । अहिले प्रस्तावित विधेयकमा राखिएको आयोगभन्दा नेपाल मेडिकल काउन्सिल उपयुक्त छ । काठमाडौंमा मेडिकल कलेज खोल्न दिने÷नदिने भन्ने हाम्रो सरोकारको विषयभित्र पर्दैन । केदारभक्त माथेमा कार्यदलले तयार
पारेको प्रतिवेदन स्वास्थ्यक्षेत्रका अन्य प्रतिवेदनभन्दा धेरै राम्रो छ । तर, यसमा शतप्रतिशत सहमत हुन सकिँदैन ।

केसीका माग पूरा भएका छन्, अनशन तोड्नुपर्छ
शान्तबहादुर श्रेष्ठ
सरकारी वार्ता समितिका संयोजक
डा.केसीले उठान गरेका मागलाई सरकारले सम्बोधन गरेको छ । मुख्य माग रहेको चिकित्सा शिक्षा विधेयकमा पटक–पटक संशोधन गरी केसीले भनेअनुसार नै उहाँका सहयात्रीहरूलाई राखेर प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशनमा समितिले पास गरिसकेको छ । तर, उहाँले अनशन नतोड्नुलाई हामीले शंकास्पद रूपले हेरेका छौँ ।

केसीको जीवनरक्षा हाम्रो प्राथमिकता
डा. लोचन कार्की
महासचिव, नेपाल चिकित्सक संघ
डा.गोविन्द केसीको जीवनरक्षा गर्नु नेपाल चिकित्सक संघको पहिलो उद्देश्य हो । केसीले भनेको जस्तो माथेमा कार्यदलले तयार पारेको प्रतिवेदन जस्ताको त्यस्तै लागू हुनुपर्छ भन्ने पक्षमा हामी छैनौँ र सम्भव पनि हुँदैन । डा. केसीले उठाएका कतिपय विषय अहिले तत्काल पूरा हुने अवस्थामा देखिँदैन ।