विपतको बीचमा राहतको पर्खाइ : छानो छोडेर, मानो बोकी अज्ञात गन्तव्यतर्फ बाढीपीडित - Naya Patrika
© 2017 Naya Prakasan Pvt. Ltd.
अपडेट

भारतले १९५० को नेपाल–भारत सन्धिअनुसार हाल चलिरहेको दोक्लाम विवादमा नेपालसँग समर्थन माग्न लागेको छ । प्रधानमन्त्री शेरबहादुर देउवासँग बिहीबार भारतीय समकक्षी नरेन्द्र मोदीले हैदरावाद हाउसमा हुने वान अन वान (एक्लाएक्लै)…
पूरा पढ्नुहोस् »

नेपाल पत्रकार महासङ्घमा गोविन्द आचार्य नेतृत्वको प्यानल निर्वाचित भएको छ । गोविन्द आचार्यले ७३२ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी तीर्थ कोइरालाले ६२७ मत प्राप्त गरे । आचार्य…
पूरा पढ्नुहोस् »

अभिनेता एवं निर्देशक रमेश बुढाथोकी विगत साढे तीन दशकदेखि कलाकारितामा अनवरत छन् । ०३७ सालदेखि आफ्नै लेखन, निर्देशन र अभिनयमा नाटक मञ्चन सुरु गरेका उनले त्यसपछि थुप्रै नाटक गरे ।…
पूरा पढ्नुहोस् »

धन कमाउने सपना पालेर विदेश गएका उनी रित्तो हात घर फर्किए । विदेशबाट फर्किएपछि के गर्ने भन्दै अलमलमा परेका उनलाई सैलुन व्यावसाय गर्ने सोच आयो बानपा—२ का २७ वर्षका राजन…
पूरा पढ्नुहोस् »

विश्व अर्थ – भारतीय अर्थतन्त्रमा पछिल्लो समय निकै शंकास्पद बनेको मुख्य विषय भनेको उत्पादन क्षेत्रको उत्पादकत्वको वास्तविक अवस्था हो । सन् २००८ मा विश्वव्यापी आर्थिक मन्दी आउनुभन्दा पहिले नै भारतमा…
पूरा पढ्नुहोस् »

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अफगानिस्तानमा फेरि युद्ध गर्ने घोषणा गरेका छन् । यसअघि अफगानिस्तानमा रहेका सैनिकहरुको संख्यामा कटौती गर्ने आफ्नो घोषणा विपरित राष्ट्रपति ट्रम्पले कुनै पनि बेला युद्ध शुरु गर्ने चेतावनी…
पूरा पढ्नुहोस् »

माल्दिभ्समाथि सानदार जित हात पार्दै नेपाल साफ यू–१५ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ । नेपालले सोमबार एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा माल्दिभ्सलाई ६–० को फराकिलो अन्तरले पराजित गरेर अन्तिम चारमा…
पूरा पढ्नुहोस् »

यतिखेर हामी संघीयता कार्यान्वयन र प्रशासनिक पुनः संरचनाको जटिल मोडमा छौँ । यस्तो अवस्थामा सबै पक्षले जिम्मेवारीपूर्वक काम गर्नुपर्छ । अझ राजनीतिक प्रणाली सञ्चालनको मुख्य अवयवका रूपमा रहेका राजनीतिक नेतृत्व…
पूरा पढ्नुहोस् »

राम तामाङ राजधानीको व्यस्त र भिडमभिड क्षेत्र असन, इन्द्रचोक, ज्याठा र भोटाहिटीवरपर ठेला चलाउँछन् । उनका दिनहरू ठेलामा सामान ओसारेरै बित्छन् । परिवार पाल्ने र आफ्नो पढाइ खर्च थेग्ने उनको…
पूरा पढ्नुहोस् »

ऊर्जा मन्त्रालय, विद्युत् विकास विभागले फेरि एकपटक झोलाम खोला राखेर हिँड्नेलाई ३५ दिनभित्र निर्माण प्रक्रिया अघि नबढाए कारबाही गर्ने बताएको छ । विद्युत् उत्पादन गर्छु, लगानी जुटाउँछु भनेर निर्माणका लागि…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिकाको न्युजरुममा आज उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणासँग अन्तरक्रिया हुँदैछ । मुलुकको विकासमा निजी क्षेत्रका योगदान कति भन्ने विषयमा अन्तरक्रिया केन्द्रित हुँदैछ । अन्तरक्रिया फेसबुक लाइभ हेर्न तलको लिंकमा…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिका, काठमाडौं   |   साउन २९, २०७४

-बाढीले तराईमा त्राही -पहिरोले पहाडमा प्रकोप -वर्षा अझै जारी रहने अनुमान

 शनिबार रातिसम्म ३३ को मृत्यु
शुक्रबार रातिदेखि शनिबार दिनभर परेको भीषण वर्षापछिको डुबान र बाढीपहिरोले घर भत्किँदा ठूलो भौतिक र मानवीय क्षति भएको छ । शनिबार रातिसम्म ३३ जनाको मृत्यु भएको खबर गृह मन्त्रालयले पुष्टि गरेको छ । बाढी प्रभावित तराई र पहिरो प्रभावित पहाडका जिल्ला–जिल्लाबाट सूचनाहरू संकलन भइरहेकाले मृतकको संख्या बढ्न सक्ने गृहप्रवक्ता दीपक काफ्लेले बताए ।

बाँकेको राप्ती नदीमा बाढी आउँदा पनि भारतले लक्ष्मणपुर ब्यारेजको ढोका नखोलिदिँदा डुबानमा परेको घरबार छोडेर आफ्नो र पशुको समेत शरण खोज्दै सर्वसाधारण । तराईका अधिकांश जिल्लामा यही अवस्था छ । तस्बिर : विश्वराज पछल्डङ्ग्या/नयाँ पत्रिका

 शनिबार साँझसम्मको वर्षा
सिमरा २१७.२ मिलिमिटर नेपालगन्ज १६९.३ मिलिमिटर दाङमा १६७.४ मिलिमिटर जनकपुर १३७.६ मिलिमिटर भैरहवा ३९.६ मिलिमिटर काठमाडौं ३०.८ मिलिमिटर वर्षा भयाे ।

 वर्षा आइतबार रातिसम्म

तराई क्षेत्रमा आइतबार रातिसम्म पनि भारी वर्षा हुने जल तथा मौसम विज्ञान विभाग पूर्वानुमान महाशाखाको अनुमान छ । बंगालको खाडीबाट ठूलो मात्रामा जलवाष्प आइरहेकाले भारी वर्षाको प्रक्षेपण गरिएको मौसमविद् सुजन सुवेदीले बताए ।

सप्तकोसी :  कूटनीतिक पहलले पनि ढोका खुलेनन्

सप्तकोसी नदीमा पानीको बहाव खतराको संकेतभन्दा माथिबाट बगिरहेको छ । परराष्ट्रमन्त्री कृष्णबहादुर महराले भारतीय राजदूतलाई काठमाडौंमा र दिल्लीस्थित दूतावासले भारतीय विदेश मन्त्रालयमा फोन गरेर सबै ढोका खोलिदिन आग्रह गरेका थिए । तर, शनिबार राति अबेरसम्म पनि ५६ मध्ये ३७ ढोका खोलिएको छ ।

तराईको ८०%  भूमि डुबानमा

गृह मन्त्रालयका अनुसार तराईको ८० प्रतिशत भाग डुबानमा परेको छ । र, मुख्यगरी झापा, मोरङ, सुनसरी, बारा, सर्लाही, दाङ र बर्दियामा मानवीय क्षति भएको छ । त्यस्तै, पहाडी क्षेत्रका पाल्पा, सिन्धुली र पाँचथरमा पनि पहिरोले सर्वसाधारणको ज्यान गएको छ । हजारौँ परिवार विस्थापित भए पनि गृह मन्त्रालयले समेत यकिन संख्या निकाल्न सकेको छैन । सयौँ अहिले पनि सम्पर्कबाहिर छन् ।

डेढ लाख क्विन्टल चामल मौज्दात
बाढीले क्षति गरेको क्षेत्र बिर्तामोडमा चार हजार, विराटनगरमा चार हजार, लहानमा ३० हजार, वीरगन्जमा २० हजार क्विन्टल चामल मौज्दात रहेको खाद्य संस्थानका प्रवक्ता शंकर सापकोटाले बताए । देशभर डेढ लाख क्विन्टल चामल मौज्दात रहेकाले सरकारले भनेको ठाउँमा पुर्याउन संस्थान तत्पर रहेको उनको भनाइ छ ।

उद्धार गर्न हेलिकोप्टर उड्न सकेनन्
शनिबार साँझ बालुवाटारमा गृहमन्त्री, रक्षामन्त्री, प्रधानसेनापति, नेपाल प्रहरी र सशस्त्रका महानिरीक्षक, अनुसन्धानका प्रमुखसँगको बैठकमा प्रधानमन्त्रीले तत्काल उद्धारमा सम्पूर्ण शक्ति खटाउन निर्देशन दिए । उद्धार र राहतका लागि हेलिकोप्टर तयार राखिए पनि मौसमका कारण परिचालन गर्न नसकिएको गृहमन्त्रीको भनाइ थियो ।

तराईका निजी विद्यालय पनि बन्द
तराईका सामुदायिक विद्यालयमा बर्खेबिदा छ भने बाढीले निजी विद्यालय पनि बन्द हुन थालेका छन् । शिक्षा मन्त्रालयका प्रवक्ता डा. हरिप्रसाद लम्सालका अनुसार जिल्ला दैवीप्रकोप उद्धार समितिले विद्यालय बन्द गर्न सक्नेछ । त्यस्तै, झापादेखि बर्दियासम्म नै जनधनकै सुरक्षा महत्वपूर्ण भएकाले विद्यालय स्वतः बन्द भइसकेको प्याब्सनका वरिष्ठ उपाध्यक्ष डिके ढुंगानाले बताए ।

स्वास्थ्य मन्त्रालयको हटलाइन जारी
देशभरिका सरकारी स्वास्थ्यकर्मीलाई छुट्टीमा नबस्न, तालिम, गोष्ठी स्थगित गर्न र औषधि र जनशक्तिको व्यवस्था मिलाउन स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेलले निर्देशन दिएका छन् । मन्त्रालयले विपत् व्यवस्थापनको समन्वय गर्न हटलाइन नम्बर ०१–४१००१८७/०१–४२६२२६८ र मोबाइल नम्बर ९८५१०९६०८९ जारी गरेको छ ।

विमानस्थल डुबेपछि उडान प्रभावित
विराटनगर विमानस्थलको रनवेमा श्री एयरलाइन्सको जहाजको चक्कासमेत डुबेको छ । विमानस्थल कार्यालयभित्रका फर्निचर र कागज डुबेका छन् । जनकपुर र भद्रपुरमा पनि शनिबार आंशिक उडान भए । पश्चिमतर्पmका आन्तरिक र अन्तर्राष्ट्रिय उडान भने नियमित रहेको विमानस्थलका महाप्रबन्धक देवानन्द उपाध्यायले बताए ।

सावधान बनाउन सवा ५ लाख एसएमएस

बाढीको उच्च जोखिम रहेका क्षेत्रका सर्वसाधारणलाई सावधान बनाउन जल तथा मौसम विज्ञान विभागले पाँच लाख २५ हजार एसएमएस पठाएको छ । विभागले एसएमएस पठाएकै नम्बर १४५५ मा निःशुल्क फोन गर्न सकिने व्यवस्था मिलाएको महानिर्देशक ऋषि शर्माले जानकारी दिए । मुख्य प्रभावित पूर्वी क्षेत्रमा अवरुद्ध टेलिफोन र इन्टरनेट पनि शनिबार साँझदेखि सुचारु भएको छ ।

बाढीले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध
पूर्व–पश्चिम राजमार्गको इनरुवादेखि भान्टाबारीसम्मको दुई किलोमिटर सडकमा सतहभन्दा तीन फिटमाथिसम्म पानी । नवलपरासीको दाउन्नेदेखि बर्दघाटसम्मको सडकमा ४० मिटर सडक भासिएपछि यातायात अवरुद्ध । दाङको कुसुममा सडक बग्दा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध, घोराही–तुल्सीपुर सडकको मोतिपुरबीचको सडक भेलले बगाएको छ ।