सुनसरीमा ८ जनाको मृत्यु, ६ जना बेपत्ता - Naya Patrika
© 2017 Naya Prakasan Pvt. Ltd.

एक वर्षमा ३२ सिनियर प्रहरी अधिकृतसहित दुई हजार तीन सय ८१ प्रहरी कारबाहीमा परेका छन् । अघिल्लो वर्षभन्दा झन्डै दोब्बर प्रहरी कारबाहीमा परेका हुन् । प्रहरी प्रधान कार्यालयका अनुसार आर्थिक…
पूरा पढ्नुहोस् »

नेपाल पत्रकार महासङ्घमा गोविन्द आचार्य नेतृत्वको प्यानल निर्वाचित भएको छ । गोविन्द आचार्यले ७३२ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी तीर्थ कोइरालाले ६२७ मत प्राप्त गरे । आचार्य…
पूरा पढ्नुहोस् »

अभिनेता एवं निर्देशक रमेश बुढाथोकी विगत साढे तीन दशकदेखि कलाकारितामा अनवरत छन् । ०३७ सालदेखि आफ्नै लेखन, निर्देशन र अभिनयमा नाटक मञ्चन सुरु गरेका उनले त्यसपछि थुप्रै नाटक गरे ।…
पूरा पढ्नुहोस् »

धन कमाउने सपना पालेर विदेश गएका उनी रित्तो हात घर फर्किए । विदेशबाट फर्किएपछि के गर्ने भन्दै अलमलमा परेका उनलाई सैलुन व्यावसाय गर्ने सोच आयो बानपा—२ का २७ वर्षका राजन…
पूरा पढ्नुहोस् »

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अफगानिस्तानमा फेरि युद्ध गर्ने घोषणा गरेका छन् । यसअघि अफगानिस्तानमा रहेका सैनिकहरुको संख्यामा कटौती गर्ने आफ्नो घोषणा विपरित राष्ट्रपति ट्रम्पले कुनै पनि बेला युद्ध शुरु गर्ने चेतावनी…
पूरा पढ्नुहोस् »

माल्दिभ्समाथि सानदार जित हात पार्दै नेपाल साफ यू–१५ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ । नेपालले सोमबार एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा माल्दिभ्सलाई ६–० को फराकिलो अन्तरले पराजित गरेर अन्तिम चारमा…
पूरा पढ्नुहोस् »

उत्तर कोरियाको गुआममा आक्रमण गर्ने धम्की र उसका तर्फबाट बारम्बार गरिँदै आएको क्षेप्यास्त्र परीक्षणसँगै चलिरहेको वाक्युद्धलाई लिएर विश्लेषकले चेतावनी दिएका छन् कि यस्तो संवेदनशील समयमा संयुक्त सैनिक अभ्यास गर्नु आगोमा…
पूरा पढ्नुहोस् »

राम तामाङ राजधानीको व्यस्त र भिडमभिड क्षेत्र असन, इन्द्रचोक, ज्याठा र भोटाहिटीवरपर ठेला चलाउँछन् । उनका दिनहरू ठेलामा सामान ओसारेरै बित्छन् । परिवार पाल्ने र आफ्नो पढाइ खर्च थेग्ने उनको…
पूरा पढ्नुहोस् »

झन्डै नौ महिनाअघि वर्तमान गठबन्धनका तर्फबाट संसद्मा प्रस्तुत गरिएको र बीचबीचमा परिमार्जनसहित अघि बढाइएको नेपालको संविधानमा दोस्रो संशोधन गरियोस् भन्ने प्रस्ताव आवश्यक समर्थन प्राप्त गर्न नसकेपछि सोमबारको संसद् बैठकबाट अस्वीकृत…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिकाको न्युजरुममा आज उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणासँग अन्तरक्रिया हुँदैछ । मुलुकको विकासमा निजी क्षेत्रका योगदान कति भन्ने विषयमा अन्तरक्रिया केन्द्रित हुँदैछ । अन्तरक्रिया फेसबुक लाइभ हेर्न तलको लिंकमा…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिका, सुनसरी, २८ साउन   |   साउन २९, २०७४

 

करिब ४ सय घर बगायो, ३५ सय नागरिक बाढीमा फसे
 
तीन दिनदेखिको लगातार वर्षाका कारण आएको बाढीले शनिबार राति अबेरसम्म सुनसरीमा आठजनाको मृत्यु भएको छ । ट्याग्रा र बूढी खोलामा आएको बाढीले बगाएर आठजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

 

 

मृत्यु हुनेहरूमा इटहरी–४ की माला साह र उनकी छोरी सृष्टि, भोजपुर घोडेटार घर भई इटहरी उपमहानगरपालिका–४ बस्ने रुपेश राई र रुपसनी राई रहेका छन् ।
यस्तै, इटहरी उपमहानगरपालिका–१० की अनिता धिमाल र इटहरी–४ का ईश्वर सुनुवारको पनि मृत्यु भएको छ । मृत्युु हुनेमध्ये दुईजनाको सनाखत हुन नसकेको एसपी विद्यानन्द माझीले जानकारी दिए ।

६ जना बेपत्ता
बाढीले बगाएर ६ जना बेपत्ता भएका छन् । बेपत्ता हुनेहरूमा आशादेवी राई, रामकुमार राई, मिनेश राई, खुसी राई, चन्दा तामाङ र उनकी नौ महिनाकी छोरी रहेका छन् ।

१३ हजार घर डुबानमा
बढी र डुबानका कारण जिल्लामा करिब १३ हजार घर डुबानमा परेको प्रहरीले जनाएको छ । इटहरीको गैह्रीगाउँ, बसपार्क क्षेत्र, नेपाली सेनाको पूर्वी पृतना मुख्यालय आसपासका क्षेत्रका सबै घर डुबेका छन् । यस्तै, शेरा खोला र बूढीखोलामा आएको बाढीले इटहरीको करिब चार सय घर बगाएको छ ।

 

 

सेनाको क्याम्पसमेत डुबानमा परेका कारण उद्धारमा कठिनाइ आएको छ । सुरक्षाकर्मीले बाढीमा फसेका करिब पाँच सयलाई उद्धार गरी इटहरी–४ स्थित बूढीगंगा स्कुलमा राखेको निमित्त प्रमुख जिल्ला अधिकारी राजेश गिरीले जानकारी दिए ।
सुनसरी प्रहरीका अनुसार करिब तीन हजार पाँच सय बाढीमा फसेका छन् । पानीको बहाव बढेका कारण उनीहरूको उद्धार हुन सकेको छैन । बाढी र डुबानले धेरैजसो बालबालिका उच्च जोखिममा छन् ।