मोरङमा ५ को मृत्यु, तीन बेपत्ता - Naya Patrika
© 2017 Naya Prakasan Pvt. Ltd.

जन्मपछि प्रायः नवजात शिशुको शरीरमा रौँ देखिने गर्छ । यसलाई हटाउने केमिकलको प्रयोग शिशुको कलिलो छालाका लागि हानिकारक हुन्छ । यस्तो हानिकारक केमिकल प्रयोग गर्नुको साटो घरेलु उपाय प्रयोग गरी…
पूरा पढ्नुहोस् »

शशीधर भण्डारी/नयाँ पत्रिका प्युठान नगरपालिका–३ दैलीसिमलमा खानेपानीको अभाव भएको छ । वर्षा नसकिँदै पानीको संकट परेपछि वडावासी एक गाग्री पानीका लागि रातभर पँधेरोमा बस्न बाध्य छन् । ‘खानेपानी भर्न रातभर…
पूरा पढ्नुहोस् »

तीन दिनभित्र स्वतन्त्रता घोषणा फिर्ता नलिए अप्रिय निर्णय लिइने स्पेन सरकारको चेतावनी स्पेन सरकारले क्याटलोनियाका पृथकतावादी नेताहरूलाई क्याटलन राज्यलाई स्पेनबाट स्वतन्त्र भएको घोषणा फिर्ता लिन तीन दिनको समय दिएको छ…
पूरा पढ्नुहोस् »

रौतहटको चन्द्रनिगाहपुरमा सम्पन्न २ नम्बर प्रदेश स्तरीय कराते प्रतियोगितामा सात स्वर्र्ण पदक सहित रौतहट जिल्ला प्रथम भएको छ । नेपाल सितोरियो कराते संघ रौतहटको आयोजनामा चन्द्रनिगाहपुरमा सम्पन्न प्रतियोगितामा २ नम्बर…
पूरा पढ्नुहोस् »

कसैले तपाईंलाई सोध्यो, ‘कस्ती युवती मनपर्छ ?’ तपाईं के भन्नुहुन्छ ? पक्कै पनि सुन्दर या राम्री । सुन्दरताले जो–कसैलाई सजिलै अभिभूत बनाउँछ । जसमा हामी आनन्दित हुन्छौँ । चाहे कुनै…
पूरा पढ्नुहोस् »

सन् २०१८ मा रसियामा फुटबलकै महाकुम्भ मेला भनेर चिनिने विश्वकप हुँदै छ । अहिलेसम्म विश्वकपमा २३ राष्ट्रले आफ्नो स्थान पक्का गरेका छन् । रसिया विश्वकपमा ३२ राष्ट्रले भाग लिनेछन् ।…
पूरा पढ्नुहोस् »

गैरआवासीय नेपालीको दुईदिने सम्मेलन भवन भट्टको अध्यक्षतामा नयाँ नेतृत्व चयन गर्दै सकिएको छ । यसपालि अध्यक्षका लागि अर्को सशक्त दाबी प्रस्तुत गरेकी अस्ट्रेलियाकै धनाढ्य जमुना घले गुरुङ पराजित भएकी छिन्…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिकाको न्युजरुममा आज उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणासँग अन्तरक्रिया हुँदैछ । मुलुकको विकासमा निजी क्षेत्रका योगदान कति भन्ने विषयमा अन्तरक्रिया केन्द्रित हुँदैछ । अन्तरक्रिया फेसबुक लाइभ हेर्न तलको लिंकमा…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिका, मोरङ, २८ साउन   |   साउन २९, २०७४

६० प्रतिशत भूभाग र करिब ७ हजार ५ सय ३२ घर डुबानमा
करिब २५ हजार नागरिक विस्थापित, उद्धारमा कठिनाइ

वर्षासँगैको बाढी र पहिरोले मोरङमा पाँचजनाको मृत्यु भएको छ ।
लेटाङ नगरपालिका–१ मालबाँसेमा शुक्रबार राति गएको पहिरोमा परी गोपीमाया तामाङको मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ । केराबारी गाउँपालिका–९ का मीनबहादुर थापा र मिक्लाजुङ गाउँपालिका–८ का गंगाराम खतिवडाको बक्राहा खोलाले बगाएर मृत्यु भएको छ ।

 

फाइल फाेटाे

 

बाढीले सुन्दर हरैचा नगरपालिका–४ मा तीनजना वृद्धा बेपत्ता छन् । वृद्धाश्रममा बसिरहेका उनीहरूलाई बाढीले बगाएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

यस्तै, बूढी खोला किनारमा एक महिलाको शब फेला परेको छ । मृतक महिलाको खनाखत भने हुन सकेको छैन ।
प्रहरीका अनुसार लगातारको वर्षाले मोरङको करिब ६० प्रतिशत भूभाग डुबानमा परेको छ । लगातार पानी परिरहेको र उद्धार सामग्रीहरूको अभावले उद्धार कार्यमा जटिलता आएको पनि प्रहरीले जनाएको छ । बाढी र डुबानबाट विस्थापितहरूलाई सुरक्षित ठाउँमा राखिएको प्रहरीले जनाएको छ ।

 

 

करिब २५ हजार विस्थापित
प्रहरीले अहिलेसम्म करिब १२ सयलाई उद्धार गरेर सुरक्षित स्थानमा सारेको बताएको छ । प्रारम्भिक तथ्यांकअनुसार मोरङमा ७ हजार ५ सय ३२ घर डुबानमा पर्दा करिब २५ हजारभन्दा बढी नागरिक विस्थापित भएका छन् ।

सयौँ नागरिक बाढीको बीचमा फसिरहेको सूचना आए पनि उनीहरूको उद्धार हुन सकेको छ । पानीको बहाव बढेको र सुरक्षित उद्धार सामग्रीको अभावमा उनीहरूलाई उद्धार गर्न नसकेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय मोरङले फोन सम्पर्क विच्छेद हुँदा पनि उद्धारमा समस्या आएको बताएको छ ।
वर्षासँगै विराटनगर विमानस्थल पनि डुबानमा परेको छ । डुबानका कारण शुक्रबारदेखि नै उडान हुन सकेको छैन ।