झापामा बाढीबाट ५ जनाको मृत्यु, ७ बेपत्ता, १२ सय ५० परिवार विस्थापित - Naya Patrika
© 2017 Naya Prakasan Pvt. Ltd.

नवनिर्वाचित जनप्रतिनिधिले मानोमानी गर्न थालेको भन्दै रजवाराबासीले वडा कार्यालयमा तालाबन्दी गरेका छन् ।  गौमुखी गाउँपालिका–३ का वडा अध्यक्षले मनोमानी ढंगले कर्मचारी नियुक्त गरेको, संविधानले नागरिकलाई प्रदान गरेको सूचनाको हकको प्रयोगको…
पूरा पढ्नुहोस् »

बलिउड अभिनेत्री दीपिका पादुकोण र रणवीर सिंहको प्रेमकहानीबारे सबैलाई थाहै छ । उनीहरू लामो समयदेखि प्रेममा छन् । तर, यसबारे दुवैजनाले खुलेर भने कहिल्यै बोलेका छैनन् । ‘रिल’ लाइफमा दर्शकले…
पूरा पढ्नुहोस् »

दसैँले हामीहरूको घर–आँगन टेकिसकेको छ । यो वेलामा सहरबाट गाउँ जानेहरूको भिड हुन्छ । गाउँमा आफ्ना आफन्त, पाहुना आएका हुन्छन् । विभिन्न प्रकारका फलफूल, बजारमा पाइने मिठाईहरू लैजाने चलन छ…
पूरा पढ्नुहोस् »

मुलुक संघीयतामा गइसकेको परिस्थितिमा यसको कार्यान्वयनका लागि राजस्व परिचालन अत्यन्तै महत्वपूर्ण हुन्छ । त्यसमा पनि आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि आन्तरिक राजस्व परिचालन अझ महत्वपूर्ण हुन्छ । संघीयता कार्यान्वयन गर्दै जाँदा…
पूरा पढ्नुहोस् »

वासिंटन/अमेरिकी बमवर्षक र युद्धक विमान उत्तर कोरियाली सामुद्रिक सीमाको आकाशमा शक्ति प्रदर्शन गरिरहेका छन् । अमेरिकी क्षेत्र गुआम र जापानको ओकिनावाबाट कोरियाली आकाशमाथि ती विमान उडेका हुन् । अमेरिकी राष्ट्रपति…
पूरा पढ्नुहोस् »

विभागीय टोली एपीएफ झापाको शिवसताक्षी नगरपालिकास्थित दुधेमा जारी पहिलो संस्करणको दुधे गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । दुधे खेल मैदानमा सोमबार सम्पन्न अन्तिम सेमिफाइनल खेलमा हिमालयन शेर्पा क्लबलाई २–१…
पूरा पढ्नुहोस् »

स्थानीय तहको तेस्रो चरण निर्वाचन करिब अन्त्यतिर छ । प्रदेश नम्बर २ अन्तर्गतका ८ जिल्लाका १३६ स्थानीय तहमध्ये अधिकांश स्थानीय तहको मतपरिणाम सार्वजनिक भइसकेको छ । केहीको मतगणना जारी छ…
पूरा पढ्नुहोस् »

प्रस्तुतिः अच्युत पुरी एसिया प्यासिफिक ट्राभल एसोसिएसन (पाटा) अन्तर्राष्ट्रियको वार्षिक कार्यक्रमअनुसार यस वर्ष पाटा ट्राभल मार्टको आयोजना गर्ने अवसर मकाउले पायो । एसिया प्यासिफिक क्षेत्रका ६० भन्दा बढी मुलुकका पर्यटनसँग…
पूरा पढ्नुहोस् »

स्थानीय तहको अन्तिम चरणको परिणाम आइरहेकै वेला दलहरू आउने मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि उम्मेदवार छनोटको गृहकार्यमा जुटेका छन् । आउने २९ असोजमा समानुपातिकतर्फका दुवै तहका उम्मेदवारको नाम…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिकाको न्युजरुममा आज उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणासँग अन्तरक्रिया हुँदैछ । मुलुकको विकासमा निजी क्षेत्रका योगदान कति भन्ने विषयमा अन्तरक्रिया केन्द्रित हुँदैछ । अन्तरक्रिया फेसबुक लाइभ हेर्न तलको लिंकमा…
पूरा पढ्नुहोस् »

लक्ष्मी काफ्ले, झापा, २८ साउन   |   साउन २९, २०७४

करिब ८० जना बाढीमा फसे, उद्धार हुन सकेन, विद्युत् र टेलीफोन सेवा पनि अवरुद्ध

अविरल वर्षासँगै झापाको जनजीवन अस्तव्यस्त भनेको छ । बाढीले बगाएर झापामा शनिबार रातिसम्म पाँचजनाको मृत्यु भएको छ । थप सात जना बेपत्ता भएको झापाका निमित्त प्रमुख जिल्ला अधिकारी भीमप्रसाद तिवारीले बताएका छन् ।

 

 

मृत्यु हुनेहरूमा शिवसताक्षी नगरपालिका–१ धरमपुरका लेखनाथ पाण्डे, झापा गाउँपालिका–२ का धनमाया घोर्साने र उनकी छोरी कमला घोर्साने, कचनकवल गाउँपालिका–३ पथरियाका राम राजवंशी र झापा गाउँपालिका–७ की कमला दर्लामी रहेका छन् । बाढीले बगाएर उनीहरूको मृत्यु भएको हो ।

जिल्ला प्रशासन कार्यालय झापाका अनुसार जिल्लाको दक्षिण भाग बढी डुबानमा परेका छन् । बाढी र ढुबानबाट भद्रपुर नगरपालिका, केचनाकवल गाउँपालिका, झापा गाउँपालिका, गौरीगन्ज गाउँपालिका, गौरादह नगरपालिका बढी प्रभावित भएका छन् ।

सातजना बेपत्ता
कन्काई नदीमा आएको बाढीले बगाएर झापा गाउँपालिका–२ का कालीप्रसाद राजवंशीसहित उनको चारजनाको परिवार बेपत्ता छ । उनीहरूको खोजी भइरहेको नेपाल रेडक्रस सोसाइटी झापाले जनाएको छ ।

 

 

झापा गाउँपालिका–७ सिमलबाढीमा बाबु–छोरी टेकबहादुर र खुसी दर्लामी बाढीले बगाएर बेपत्ता भएका छन् । दमकस्थित दीपिनी खोलाले बगाउँदा भारतीय नागरिक कपोस मण्डल बेपत्ता भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

दुई दिनदेखिको लगातार वर्षाका कारण झापाको मेची, कन्काई, बिरिङ, रतुवा, कमल, अदुवालगायतका नदीमा आएको बाढीका कारण करिब १२ सय ५० घर–परिवार विस्थापित भएको प्रारम्भिक तथ्यांक संकलन भएको नेपाल रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकालले बताए । विस्थापित हुनेमा महिला तथा बालबालिका बढी छन् ।

बाढी बस्तीमा पस्ने खतरा भएपछि नदी आसपासका नागरिक गए रातिदेखि सुत्न सकेका छैनन् । बाढीबाट विस्थापित भएकालाई विद्यालय, सार्वजनिक र सरकारी भवनमा राख्ने व्यवस्था मिलाइएको तिवारीले जानकारी दिए ।

विद्युत् र टेलीफोन सेवा अवरुद्ध
लगातारको वर्षाका कारण झापामा दुई दिनदेखि विद्युत् र टेलिफोन सेवासमेत अवरुद्ध भएको छ । आपसमा सम्पर्क नभएपछि उद्धार कार्यमा खटिन र घटनाको सूचना लिन समस्या भएको छ । हावाहुरीसहित निरन्तर वर्षा भइरहेकाले उद्धार कार्यमा टोली परिचालन गर्न समस्या भएको जिल्ला दैवीप्रकोप उद्धार समितिले जनाएको छ ।

१२ सय ५० परिवार विस्थापित
जिल्ला प्रशासन कार्यालयको प्रारम्भिक तथ्यांकअनुसार अहिलेसम्म बाढी र डुबानले करिब १२ सय ५० घरपरिवार पूर्ण रूपमा विस्थापित भएका छन् । डुबान र बाढीको कटानका कारण विस्थापित परिवारलाई उच्च ठाउँमा रहेका सार्वजनिक भवन, पार्टी प्यालेसजस्ता ठाउँमा राखिएको छ ।

 

 

उनीहरूका लागि रेडक्रस, स्थानीय तह र विभिन्न संघसंस्थाले खाद्यान्नमा सहयोग गरेका छन् । उद्धारमा जिल्ला प्रशासन कार्यालयको संयोजनमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना परिचालन भएको छ । यस्तै, रेडक्रस र राजनीतिक दलका कार्यकर्ता पनि उद्धारमा जुटेको निमित्त प्रमुख जिल्ला अधिकारी तिवारीले बताए ।

बाढीमा करिब ८० जना फसे, उद्धार हुन सकेन
८० जना अझै बाढीमा फसिरहेको झापा जिल्ला प्रशासन कार्यालयले जनाएको छ । झापा गाउँपालिकामा करिब ३० जना, गौरीगन्ज गाउँपालिका–१ मा करिब ५० जना बाढीमा फसेका हुन । फसेकाहरूलाई हेलिकोप्टरबाट उद्धार गर्ने प्रयास भए पनि सफल नभएको बताइएको छ । प्रतिकूल मौसमका कारण हेलिकोप्टर उडाउन नसकिएको तिवारीले जनाए ।

 

 

सिन्धुली
सिन्धुलीको कमलामाई नगरपालिका–६ गैबीबजारमा ढिस्को खसेर घर पुरिँदा चारजनाको मृत्यु भएको छ । २७ वर्षीया दुर्गाकुमारी खड्का, उनकी छोरी १५ वर्षीया शोभा , १० वर्षीय छोरा अनिश र आठवर्षीय छोरा मनीषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपी टीकाबहादुर केसीले जानकारी दिए ।

 

 

सर्लाहीमा तीनजनाको शब भेटियो
जिल्लामा तीनजनाको शव भेटिएको छ । साथै बाढीले केही घर भत्किएका छन् भने केही चौपाया मरेका छन् । कृषिजन्य भूभाग पनि कटान गरेको छ । तीनजनाको मृत्यु र लाखौँको भौतिक क्षति भएको प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलले जानकारी दिए ।

 

बरहथवा नगरपालिका–१० मा शुक्रबार सोती खोलामा डुबेर १५ वर्षीय राकेश साहको मृत्यु भएको छ । शनिबार धनकौल गाउँपालिका–१ मा मानपुर बिर्ताटोलका ७५ वर्षीय किशोरी रायको फुसको घर ढलेर मृत्यु भएको कँडेलले बताए । शनिबार नै वाग्मती नदीले बगाएर ल्याएको पुरुषको शव भेटिएको उनले जनाए ।

दक्षिणपश्चिी भूभाग जलमग्न
सिसौट, खैरवा, सक्रौल शिवनगर नजिकको मुस्लिम बस्तीका बासिन्दाहरूलाई सुरक्षित स्थानमा सारिएको छ । सदरमुकार मलगंगाको खुटौना, भाडसर, जैसीपोखरी, शिवसागर चोक डुबानमा परेका छन् । मानपुरको चमार टोल, महिनाथपुरको पासवान टोल, गोरैटा, धनकौल, रामवन, मूर्तिया, जानकीनगरलगायतका क्षेत्र जलमग्न छन् ।

 

पश्चिमी स्थान छोटौलमा बाग्मती नदीको बाँध फुट्नबाट रोक्ने प्रयास गरिएको कँडेलले बताए । बाँध फुट्दा सर्लाहीको २० देखि २५ गाउँ डुबानमा पर्ने हुँदा प्रशासनले बाँध नियन्त्रणको काम गरिरहेको उनले जनाए । हरिपुर नगरपालिकाको पिपरिया रनिया लखनदेहीको धार आइरहेकोले तटबन्द प्रयास भइरहेको छ । मलंगवा बरहथवा उद्योग वाणिज्य संघको पहलमा बाढीपीडितका लागि खाद्यान्न पठाइएको छ ।

बाँके
बाँकेमा बाढीका कारण एकै घरका तीन बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा राप्ती सोनारी गाउँपालिका–४ की १२ वर्षीया अञ्जु थारू, ९ वर्षीया सरिता र ७ वर्षकी सुस्मिता थारूको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेका एसपी टेकबहादुर तामाङले जानकारी दिए । बाँकेमा सात सयभन्दा बढी घर डुबानमा परेको उनले जनाए ।

 

 

राप्ती सोनारी गाउँपालिका–३ र ४ का करिब तीन सय, नरायणापुर गाउँपालिका–३ का करिब एक सय ५०, खजुरा गाउँपालिका–६ का करिब ५२ र नेपालगञ्ज उपमहानगरपालिका–२० र २२ का करिब ७५ घर डुबानमा परेको एसपी तामाङले जानकारी दिए । डुबानमा परेका करिब दुई हजार मानिसलाई सुरक्षित स्थानमा लगिएको छ । उनीहरूलाई नेपाली सेनाको हेलिकोप्टरमार्फत खाद्यान्न पु¥याइएको तामाङले बताए ।

दाङ
तुलसीपुर नगरपालिका १३ स्थित तुइखोला र तलसीपुरस्थित बेलनी खोलाले बगाएर दुईजनाको मृत्यु भएको छ । भगवती सुनार र नरबहादुर रावतको मृत्यु भएको हो । बाढीका कारण दाङमा ६४ घरका तीन सय १९ जना विस्थापित भएको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी भुवनेश्वर तिवारीले जानकारी दिएका छन् । खिलतपुरबाट मलइखोला आवतजावत गर्ने निर्माणाधीन पक्की पुल पनि खोलाले बगाएको छ ।

 

पाँचथर
पाँचथरमा एकजनाको मृत्यु भएको छ भने तीनजना बेपत्ता भएका छन् । शुक्रबार सालेलुङ गाउँपालिका एकतिनमा पहिरो जाँदा ८३ वर्षका वृद्ध त्रिलोचन कामी लोहारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका डिएसपी नकुल पोखरेलले जानकारी दिए ।

 

 

त्यस्तै, सालेलङकै पुरानो मेमेङमा माथिबाट पहिरो खसेर १३ किलोवाट विद्युत्गृह पुरिँदा ५९ वर्षका विष्णुभक्त राई, उनका १३ वर्षकी छोरी गंगा र नातिनी प्रिया हराइरहेका छन् । उनीहरूको खोजी कार्य जारी रहेको पोखरेलले जानकारी दिए । त्यस्तै, पुरानो मेमेङ–६ मा पहिरोले मानबहादुर जगेबू, मंगलबहादुर राई, दिलबहादुर राई, कर्णबहादुर राईको घर क्षति भएको पोखरेलले जनाए ।