राप्रपा प्रजातान्त्रिक दर्ता गर्न आइतबारदेखि आयोगमा सनाखत - Naya Patrika
© 2017 Naya Prakasan Pvt. Ltd.

जन्मपछि प्रायः नवजात शिशुको शरीरमा रौँ देखिने गर्छ । यसलाई हटाउने केमिकलको प्रयोग शिशुको कलिलो छालाका लागि हानिकारक हुन्छ । यस्तो हानिकारक केमिकल प्रयोग गर्नुको साटो घरेलु उपाय प्रयोग गरी…
पूरा पढ्नुहोस् »

शशीधर भण्डारी/नयाँ पत्रिका प्युठान नगरपालिका–३ दैलीसिमलमा खानेपानीको अभाव भएको छ । वर्षा नसकिँदै पानीको संकट परेपछि वडावासी एक गाग्री पानीका लागि रातभर पँधेरोमा बस्न बाध्य छन् । ‘खानेपानी भर्न रातभर…
पूरा पढ्नुहोस् »

तीन दिनभित्र स्वतन्त्रता घोषणा फिर्ता नलिए अप्रिय निर्णय लिइने स्पेन सरकारको चेतावनी स्पेन सरकारले क्याटलोनियाका पृथकतावादी नेताहरूलाई क्याटलन राज्यलाई स्पेनबाट स्वतन्त्र भएको घोषणा फिर्ता लिन तीन दिनको समय दिएको छ…
पूरा पढ्नुहोस् »

रौतहटको चन्द्रनिगाहपुरमा सम्पन्न २ नम्बर प्रदेश स्तरीय कराते प्रतियोगितामा सात स्वर्र्ण पदक सहित रौतहट जिल्ला प्रथम भएको छ । नेपाल सितोरियो कराते संघ रौतहटको आयोजनामा चन्द्रनिगाहपुरमा सम्पन्न प्रतियोगितामा २ नम्बर…
पूरा पढ्नुहोस् »

कसैले तपाईंलाई सोध्यो, ‘कस्ती युवती मनपर्छ ?’ तपाईं के भन्नुहुन्छ ? पक्कै पनि सुन्दर या राम्री । सुन्दरताले जो–कसैलाई सजिलै अभिभूत बनाउँछ । जसमा हामी आनन्दित हुन्छौँ । चाहे कुनै…
पूरा पढ्नुहोस् »

सन् २०१८ मा रसियामा फुटबलकै महाकुम्भ मेला भनेर चिनिने विश्वकप हुँदै छ । अहिलेसम्म विश्वकपमा २३ राष्ट्रले आफ्नो स्थान पक्का गरेका छन् । रसिया विश्वकपमा ३२ राष्ट्रले भाग लिनेछन् ।…
पूरा पढ्नुहोस् »

गैरआवासीय नेपालीको दुईदिने सम्मेलन भवन भट्टको अध्यक्षतामा नयाँ नेतृत्व चयन गर्दै सकिएको छ । यसपालि अध्यक्षका लागि अर्को सशक्त दाबी प्रस्तुत गरेकी अस्ट्रेलियाकै धनाढ्य जमुना घले गुरुङ पराजित भएकी छिन्…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिकाको न्युजरुममा आज उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणासँग अन्तरक्रिया हुँदैछ । मुलुकको विकासमा निजी क्षेत्रका योगदान कति भन्ने विषयमा अन्तरक्रिया केन्द्रित हुँदैछ । अन्तरक्रिया फेसबुक लाइभ हेर्न तलको लिंकमा…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिका, काठमाडौं, २८ साउन   |   साउन २९, २०७४

राप्रपा विभाजन गरी आफ्नो पक्षमा ४० प्रतिशत केन्द्रीय सदस्य र सांसद रहेको दाबीसहित नेता पशुपतिशमशेर राणाले २२ साउनमा राप्रपा प्रजातान्त्रिक दर्ताका लागि दिएको निवेदनउपर निर्वाचन आयोगले आइतबारबाट सनाखत सुरु गर्ने भएको छ ।

 

 

आयोगले निवेदनमा समर्थन गर्न चाहने केन्द्रीय सदस्य र सांसदलाई हस्ताक्षर सनाखतका लागि आइतबार सक्कल नागरिकतासहित उपस्थित गराउन राणाका नाममा पत्र पठाएको छ ।

‘राष्ट्रिय प्रजातन्त्र पार्टीबाट राजनीतिक दलसम्बन्धी ऐन, ०७३ को दफा ३३ को उपदफा (२)बमोजिम विभाजित भई छुट्टै राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) नामको राजनीतिक दल दर्ता गर्न पशुपतिशमशेर जबरासमेतले निवेदन दिएको हुँदा केन्द्रीय सदस्य र सांसदहरूलाई सक्कल नागरिकतासहित २९ साउन बिहान ११ देखि ५ बजेभित्र आयोगमा उपस्थित गराई सनाखत गराउने’ आयोगले शनिबार पठाएको पत्रमा भनिएको छ ।

राजनीतिक दलसम्बन्धी ऐन ०७३ को दफा ३३ को उपदफा (२)मा नयाँ दलले मान्यता पाउन निर्वाचन आयोगमा ४० प्रतिशत केन्द्रीय सदस्य र ४० प्रतिशत नै सांसदको हस्ताक्षर बुझाउनुपर्छ । राणाले राप्रपाको केन्द्रीय समितिमा रहेका ४० प्रतिशत र सांसदसमेत ४० प्रतिशत आफ्नो पक्षमा रहेको भन्दै आप्mनै नेतृत्वमा राप्रपा प्रजातान्त्रिकका नाममा नयाँ दलको मान्यताका लागि २२ साउनमा निर्वाचन आयोगमा निवेदन दिएका थिए ।

 

 

 

आयोगमा गराइएको प्रारम्भिक सनाखतमा १८ सांसदसहित ६४ जना केन्द्रीय सदस्यले हस्ताक्षर गरेका थिए । तर, राप्रपा संस्थापन पक्षले सनाखत गराएकामध्ये आठजना केन्द्रीय सदस्य नभएको दाबी गर्दै पुनः सनाखत गराउन आयोगमा निवेदन दिएको थियो ।

त्यसपछि आयोगले प्रस्तावित राप्रपा प्रजातान्त्रिकलाई नाम सनाखतका लागि बोलाएको राप्रपा उपाध्यक्ष बुद्धिमान तामाङले बताए । राप्रपाले आनन्दी पन्त, लक्ष्मी थापा पासवान, राज्यलक्ष्मी श्रेष्ठ, रमेशकुमार लामा, गीता सिंह, विराज विष्ट र बबिना मोक्तान केन्द्रीय सदस्य नरहेको बताएको छ ।

आयोगले राप्रपा केन्द्रीय कार्यसमिति १५६ सदस्यीय निर्धारण गरेको छ । जसअनुसार राणाले ४० प्रतिशत पुर्याउन आयोगमा कम्तीमा ६२ केन्द्रीय सदस्यकोे हस्ताक्षर जुटाउनुपर्नेछ । राप्रपासँग अहिले ३६ सांसद छन् । त्यसको ४० प्रतिशत पु¥याउन १४ सांसदको हस्ताक्षर आवश्यक पर्ने भए पनि १८ जना सांसद राणाको पक्षमा रहेर हस्ताक्षर गरेकाले समस्या देखिन्नँ ।

राप्रपा प्रजातान्त्रिकका प्रचार समिति संयोजक सुनिल थापाले आफूहरूसँग नयाँ दल दर्ताका लागि केन्द्रीय सदस्य र सांसद पर्याप्त मात्रामा रहेको बताए । ‘हामीसँग केन्द्रीय सदस्य र सांसद नयाँ दल दर्ताका लागि पर्याप्त मात्रामा हुनुहुन्छ,’ थापाले नयाँ पत्रिकासँग भने ।