केसी अनशनको २१औँ दिन, सरकारबाट चिकित्सा शिक्षा विधेयकको नाम परिवर्तन - Naya Patrika
© 2017 Naya Prakasan Pvt. Ltd.

जन्मपछि प्रायः नवजात शिशुको शरीरमा रौँ देखिने गर्छ । यसलाई हटाउने केमिकलको प्रयोग शिशुको कलिलो छालाका लागि हानिकारक हुन्छ । यस्तो हानिकारक केमिकल प्रयोग गर्नुको साटो घरेलु उपाय प्रयोग गरी…
पूरा पढ्नुहोस् »

शशीधर भण्डारी/नयाँ पत्रिका प्युठान नगरपालिका–३ दैलीसिमलमा खानेपानीको अभाव भएको छ । वर्षा नसकिँदै पानीको संकट परेपछि वडावासी एक गाग्री पानीका लागि रातभर पँधेरोमा बस्न बाध्य छन् । ‘खानेपानी भर्न रातभर…
पूरा पढ्नुहोस् »

तीन दिनभित्र स्वतन्त्रता घोषणा फिर्ता नलिए अप्रिय निर्णय लिइने स्पेन सरकारको चेतावनी स्पेन सरकारले क्याटलोनियाका पृथकतावादी नेताहरूलाई क्याटलन राज्यलाई स्पेनबाट स्वतन्त्र भएको घोषणा फिर्ता लिन तीन दिनको समय दिएको छ…
पूरा पढ्नुहोस् »

रौतहटको चन्द्रनिगाहपुरमा सम्पन्न २ नम्बर प्रदेश स्तरीय कराते प्रतियोगितामा सात स्वर्र्ण पदक सहित रौतहट जिल्ला प्रथम भएको छ । नेपाल सितोरियो कराते संघ रौतहटको आयोजनामा चन्द्रनिगाहपुरमा सम्पन्न प्रतियोगितामा २ नम्बर…
पूरा पढ्नुहोस् »

कसैले तपाईंलाई सोध्यो, ‘कस्ती युवती मनपर्छ ?’ तपाईं के भन्नुहुन्छ ? पक्कै पनि सुन्दर या राम्री । सुन्दरताले जो–कसैलाई सजिलै अभिभूत बनाउँछ । जसमा हामी आनन्दित हुन्छौँ । चाहे कुनै…
पूरा पढ्नुहोस् »

सन् २०१८ मा रसियामा फुटबलकै महाकुम्भ मेला भनेर चिनिने विश्वकप हुँदै छ । अहिलेसम्म विश्वकपमा २३ राष्ट्रले आफ्नो स्थान पक्का गरेका छन् । रसिया विश्वकपमा ३२ राष्ट्रले भाग लिनेछन् ।…
पूरा पढ्नुहोस् »

गैरआवासीय नेपालीको दुईदिने सम्मेलन भवन भट्टको अध्यक्षतामा नयाँ नेतृत्व चयन गर्दै सकिएको छ । यसपालि अध्यक्षका लागि अर्को सशक्त दाबी प्रस्तुत गरेकी अस्ट्रेलियाकै धनाढ्य जमुना घले गुरुङ पराजित भएकी छिन्…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिकाको न्युजरुममा आज उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणासँग अन्तरक्रिया हुँदैछ । मुलुकको विकासमा निजी क्षेत्रका योगदान कति भन्ने विषयमा अन्तरक्रिया केन्द्रित हुँदैछ । अन्तरक्रिया फेसबुक लाइभ हेर्न तलको लिंकमा…
पूरा पढ्नुहोस् »

अर्जुन अधिकारी, काठमाडौं, २८ साउन   |   साउन २९, २०७४

आमरण अनशनरत प्रा.डा. गोविन्द केसी पक्षले सरकारले चिकित्सा शिक्षा विधेयकको नाम परिवर्तन गरेर आफूहरूलाई झुक्याएको आरोप लगाएका छन् । केसी पक्षले शनिबार चिकित्सा शिक्षा विधेयकको नाम नै परिवर्तन गरेको आरोप लगाएका हुन् ।

शनिबार बानेश्वरको एक होटेलमा केसी पक्षीय वार्ताटोलीसहित नागरिक अगुवा चरण प्रसार्इं, नीलाम्बर आचार्य, केदारभक्त माथेमा, सुबोध प्याकुरेल, कनकमणि दीक्षित, ओमप्रकाश अर्याल सम्मिलित छलफलले सरकारले विधेयकको नाम परिवर्तन गरेको निष्कर्ष निकालेको हो ।

 

 

 

 

माथेमा प्रतिवेदनको नाम, ‘चिकित्सा शिक्षासम्बन्धी राष्ट्रिय नीति तर्जुमा उच्चस्तरीय कार्यदल प्रतिवेदन ०७२’ हुनुपर्नेमा सरकारले आफूहरूलाई झुक्याएर ‘चिकित्सा शिक्षाको क्षेत्रमा सुधार गर्नका लागि नेपाल सरकारले गठन गरेको कार्यदलको प्रतिवेदन’ राखेको आरोप केसी पक्षको छ । चिकित्सा शिक्षा विधेयकको नाम उल्टो राखेर माथेमा प्रतिवेदनको मर्ममा प्रहार गरेको केसी पक्षीय वार्ता टोलीका सदस्य डा. अभिषेकराज सिंहले बताए ।

मनमोहन मेडिकल कलेज किन्न पहल गर्छु : प्रधानमन्त्री
प्रधानमन्त्री शेरबहादुर देउवाले प्रस्तावित मनमोहन मेमोरियल मेडिकल कलेज सरकारले किन्न पहल गर्ने बताएका छन् ।

चिकित्सा शिक्षा सुधारको माग राखेर डा. केसी अनशनमा रहेका वेला प्रधानमन्त्री देउवाले शनिबार राति केसी पक्षसँग बालुवाटारमा भेट गरी आफूले विवादित मनमोहन मेडिकल कलेज किन्न पहल गर्ने बताएको वार्तामा सहभागी एक सदस्यले जानकारी दिए । सरकारले यसअघि पनि मनमोहन मेडिकल कलेज सरकारले किन्ने बताएको थियो । ‘

मैले केसीका माग राम्रोसँग बुझेको रहेनछु,’ प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै ती सदस्यले भने, ‘माथेमा कार्यदलको मर्म र भावनाअनुसार चिकित्सा शिक्षा विधेयकलाई अगाडि बढाउनेछु ।’ प्रधानमन्त्री देउवाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी ओलीलाई राखेर केसीका मागबारे छलफल गर्ने प्रतिबद्धता जनाएको डा. सिंहले बताए ।
प्रधानमन्त्रीलाई भेट्न कनकमणि दीक्षित, निलाम्बर आचार्य, चरण प्रसाई, केदारभक्त माथेमा र सुबोध प्याकुरेल बालुवाटार पुगेका थिए ।

 

सरकारी चिकित्सक संघको आन्दोलन फिर्ता
अनशनरत डा. केसीको माग सम्बोधनका लागि सरकारलाई दबाब दिन ओपिडी बन्द गर्ने निर्णय गरेको सरकारी चिकित्सक संघले सो निर्णय फिर्ता लिएको छ । तराईसहितका क्षेत्रमा बाढीपहिरोले मानवीय संकट निम्त्याएको भन्दै यस्तो असहज परिस्थितिमा स्वास्थ्यसेवामा केन्द्रित हुन आन्दोलन फिर्ता लिएको संघले जनाएको छ । संघले बाढीपहिरोको क्षति न्यूनीकरण गर्न एकजुट हुन सम्पूर्ण चिकित्सकलाई आग्रहसमेत गरेको छ ।

मेडिकल विश्वविद्यालयले समस्या समाधान गर्छ
डा. केदारनरसिंह केसी
पूर्वअध्यक्ष, नेपाल चिकित्सक संघ
डा. केसीले भनेको जस्तो नेपालको चिकित्सा शिक्षाको गुणस्तर कायम गर्ने हो भने मेडिकल विश्वविद्यालयको विकल्प छैन । केसीले आफूले भनेकोभन्दा बाहिर जान नहुने अडान राख्ने गरेका छन् । उनले हामीले भनेको जस्तो मेडिकल विश्वविद्यालयको अवधारणालाई मान्न सक्दैनन्, तर अहिले देखिएको समस्या समाधान गर्ने माध्यम भनेको मेडिकल विश्वविद्यालय मात्रै हो । यसले सबै मेडिकल कलेजहरूलाई नियन्त्रण गर्छ । अहिले प्रस्तावित विधेयकमा राखिएको आयोगभन्दा नेपाल मेडिकल काउन्सिल उपयुक्त छ । काठमाडौंमा मेडिकल कलेज खोल्न दिने÷नदिने भन्ने हाम्रो सरोकारको विषयभित्र पर्दैन । केदारभक्त माथेमा कार्यदलले तयार पारेको प्रतिवेदन स्वास्थ्यक्षेत्रका अन्य प्रतिवेदनभन्दा धेरै राम्रो छ । तर, यसमा शतप्रतिशत सहमत हुन सकिँदैन ।

 

केसीका माग पूरा भएका छन्, अनशन तोड्नु पर्छ
शान्तबहादुर श्रेष्ठ
सरकारी वार्ता समितिका संयोजक
डा.केसीले उठान गरेका मागलाई सरकारले सम्बोधन गरेको छ । मुख्य माग रहेको चिकित्सा शिक्षा विधेयकमा पटक–पटक संशोधन गरी केसीले भनेअनुसार नै उहाँका सहयात्रीहरूलाई राखेर प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशनमा समितिले पास गरिसकेको छ । तर, उहाँले अनशन नतोड्नुलाई हामीले शंकास्पद रूपले हेरेका छौँ ।

केसीको जीवनरक्षा हाम्रो प्राथमिकता
डा. लोचन कार्की
महासचिव, नेपाल चिकित्सक संघ
डा.गोविन्द केसीको जीवनरक्षा गर्नु नेपाल चिकित्सक संघको पहिलो उद्देश्य हो । केसीले भनेको जस्तो माथेमा कार्यदलले तयार पारेको प्रतिवेदन जस्ताको त्यस्तै लागू हुनुपर्छ भन्ने पक्षमा हामी छैनौँ र सम्भव पनि हँुदैन । डा. केसीले उठाएका कतिपय विषय अहिले तत्काल पूरा हुने अवस्थामा देखिँदैन ।