सुरक्षा प्रमुखलाई प्रधानमन्त्रीको निर्देशन – प्रभावित क्षेत्रमै खटिनुस् - Naya Patrika
© 2017 Naya Prakasan Pvt. Ltd.

जन्मपछि प्रायः नवजात शिशुको शरीरमा रौँ देखिने गर्छ । यसलाई हटाउने केमिकलको प्रयोग शिशुको कलिलो छालाका लागि हानिकारक हुन्छ । यस्तो हानिकारक केमिकल प्रयोग गर्नुको साटो घरेलु उपाय प्रयोग गरी…
पूरा पढ्नुहोस् »

शशीधर भण्डारी/नयाँ पत्रिका प्युठान नगरपालिका–३ दैलीसिमलमा खानेपानीको अभाव भएको छ । वर्षा नसकिँदै पानीको संकट परेपछि वडावासी एक गाग्री पानीका लागि रातभर पँधेरोमा बस्न बाध्य छन् । ‘खानेपानी भर्न रातभर…
पूरा पढ्नुहोस् »

तीन दिनभित्र स्वतन्त्रता घोषणा फिर्ता नलिए अप्रिय निर्णय लिइने स्पेन सरकारको चेतावनी स्पेन सरकारले क्याटलोनियाका पृथकतावादी नेताहरूलाई क्याटलन राज्यलाई स्पेनबाट स्वतन्त्र भएको घोषणा फिर्ता लिन तीन दिनको समय दिएको छ…
पूरा पढ्नुहोस् »

रौतहटको चन्द्रनिगाहपुरमा सम्पन्न २ नम्बर प्रदेश स्तरीय कराते प्रतियोगितामा सात स्वर्र्ण पदक सहित रौतहट जिल्ला प्रथम भएको छ । नेपाल सितोरियो कराते संघ रौतहटको आयोजनामा चन्द्रनिगाहपुरमा सम्पन्न प्रतियोगितामा २ नम्बर…
पूरा पढ्नुहोस् »

कसैले तपाईंलाई सोध्यो, ‘कस्ती युवती मनपर्छ ?’ तपाईं के भन्नुहुन्छ ? पक्कै पनि सुन्दर या राम्री । सुन्दरताले जो–कसैलाई सजिलै अभिभूत बनाउँछ । जसमा हामी आनन्दित हुन्छौँ । चाहे कुनै…
पूरा पढ्नुहोस् »

सन् २०१८ मा रसियामा फुटबलकै महाकुम्भ मेला भनेर चिनिने विश्वकप हुँदै छ । अहिलेसम्म विश्वकपमा २३ राष्ट्रले आफ्नो स्थान पक्का गरेका छन् । रसिया विश्वकपमा ३२ राष्ट्रले भाग लिनेछन् ।…
पूरा पढ्नुहोस् »

गैरआवासीय नेपालीको दुईदिने सम्मेलन भवन भट्टको अध्यक्षतामा नयाँ नेतृत्व चयन गर्दै सकिएको छ । यसपालि अध्यक्षका लागि अर्को सशक्त दाबी प्रस्तुत गरेकी अस्ट्रेलियाकै धनाढ्य जमुना घले गुरुङ पराजित भएकी छिन्…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिकाको न्युजरुममा आज उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणासँग अन्तरक्रिया हुँदैछ । मुलुकको विकासमा निजी क्षेत्रका योगदान कति भन्ने विषयमा अन्तरक्रिया केन्द्रित हुँदैछ । अन्तरक्रिया फेसबुक लाइभ हेर्न तलको लिंकमा…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिका, काठमाडौं, २८ साउन   |   साउन २९, २०७४

प्रधानमन्त्री शेरबहादुर देउवाले बाढीपहिरो प्रभावित क्षेत्रमा आफैँ गएर उद्धार र राहतलाई प्रभावकारी बनाउन सुरक्षा निकायका प्रमुखहरूलाई निर्देशन दिएका छन् ।

तस्बिर – रासस

शनिबार साँझ प्रधानमन्त्रीनिवास बालुवाटारमा गृहमन्त्री, रक्षामन्त्री, प्रधानसेनापति, नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रमुख, राष्ट्रिय अनुसन्धान विभागका प्रमुखलगायत उच्च अधिकारी सहभागी बैठकमा प्रधानमन्त्रीले डुबानमा परेका क्षेत्रमा तत्काल उद्धार कार्य तदारुकताका साथ अघि बढाउन आफैँ उपस्थित हुन निर्देशन दिएका हुन् ।

‘बाढीले तराईमा ठूलो धनजनको क्षति पुगेको छ,’ प्रधानमन्त्रीले निर्देशन दिँदै भने, ‘तपाईंहरू अब काठमाडौं बस्ने होइन, प्रभावित क्षेत्र पुग्नुहोस्, उद्धारमा एकीकृत भएर काम गर्नुहोस् ।’ प्रधानमन्त्रीले बाढीपहिराको जोखिम क्षेत्रको पनि पहिचान गरेर ती क्षेत्रमा उच्च सतर्कता अपनाउनसमेत निर्देशन दिएका छन् ।

तस्बिर – रासस

बैठकमा गृहमन्त्री जनार्दन शर्माले बाढी प्रभावित क्षेत्र ८० प्रतिशत डुबानमा परेको तथ्यांक पेस गरेका थिए । मौसमका कारण हेलिकोप्टरबाट उद्धार गर्ने कार्य अघि बढाउन कठिन भएको उनले ब्रिफिङ गरेका थिए । बैठकमा प्रधान सेनापति राजेन्द्र क्षत्रीले नेपाली सेना फिल्डमा खटिइसकेको बताउँदै मौसमका कारण हेलिकोप्टरबाट उद्धार गर्न नसकिए पनि सबै विमानस्थलमा उद्धार टोली खटाइएको जानकारी गराएका थिए ।