आइतबार रातिसम्म भारी वर्षा हुने, शनिबार कहाँँ कति वर्षा ? - Naya Patrika
© 2017 Naya Prakasan Pvt. Ltd.

जन्मपछि प्रायः नवजात शिशुको शरीरमा रौँ देखिने गर्छ । यसलाई हटाउने केमिकलको प्रयोग शिशुको कलिलो छालाका लागि हानिकारक हुन्छ । यस्तो हानिकारक केमिकल प्रयोग गर्नुको साटो घरेलु उपाय प्रयोग गरी…
पूरा पढ्नुहोस् »

शशीधर भण्डारी/नयाँ पत्रिका प्युठान नगरपालिका–३ दैलीसिमलमा खानेपानीको अभाव भएको छ । वर्षा नसकिँदै पानीको संकट परेपछि वडावासी एक गाग्री पानीका लागि रातभर पँधेरोमा बस्न बाध्य छन् । ‘खानेपानी भर्न रातभर…
पूरा पढ्नुहोस् »

तीन दिनभित्र स्वतन्त्रता घोषणा फिर्ता नलिए अप्रिय निर्णय लिइने स्पेन सरकारको चेतावनी स्पेन सरकारले क्याटलोनियाका पृथकतावादी नेताहरूलाई क्याटलन राज्यलाई स्पेनबाट स्वतन्त्र भएको घोषणा फिर्ता लिन तीन दिनको समय दिएको छ…
पूरा पढ्नुहोस् »

रौतहटको चन्द्रनिगाहपुरमा सम्पन्न २ नम्बर प्रदेश स्तरीय कराते प्रतियोगितामा सात स्वर्र्ण पदक सहित रौतहट जिल्ला प्रथम भएको छ । नेपाल सितोरियो कराते संघ रौतहटको आयोजनामा चन्द्रनिगाहपुरमा सम्पन्न प्रतियोगितामा २ नम्बर…
पूरा पढ्नुहोस् »

कसैले तपाईंलाई सोध्यो, ‘कस्ती युवती मनपर्छ ?’ तपाईं के भन्नुहुन्छ ? पक्कै पनि सुन्दर या राम्री । सुन्दरताले जो–कसैलाई सजिलै अभिभूत बनाउँछ । जसमा हामी आनन्दित हुन्छौँ । चाहे कुनै…
पूरा पढ्नुहोस् »

सन् २०१८ मा रसियामा फुटबलकै महाकुम्भ मेला भनेर चिनिने विश्वकप हुँदै छ । अहिलेसम्म विश्वकपमा २३ राष्ट्रले आफ्नो स्थान पक्का गरेका छन् । रसिया विश्वकपमा ३२ राष्ट्रले भाग लिनेछन् ।…
पूरा पढ्नुहोस् »

गैरआवासीय नेपालीको दुईदिने सम्मेलन भवन भट्टको अध्यक्षतामा नयाँ नेतृत्व चयन गर्दै सकिएको छ । यसपालि अध्यक्षका लागि अर्को सशक्त दाबी प्रस्तुत गरेकी अस्ट्रेलियाकै धनाढ्य जमुना घले गुरुङ पराजित भएकी छिन्…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिकाको न्युजरुममा आज उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणासँग अन्तरक्रिया हुँदैछ । मुलुकको विकासमा निजी क्षेत्रका योगदान कति भन्ने विषयमा अन्तरक्रिया केन्द्रित हुँदैछ । अन्तरक्रिया फेसबुक लाइभ हेर्न तलको लिंकमा…
पूरा पढ्नुहोस् »

वीरेन्द्र ओली, काठमाडौं, २८ साउन   |   साउन २८, २०७४

जल तथा मौसम विज्ञान विभाग पूर्वानुमान महाशाखाले आइतबार रातिसम्म तराई क्षेत्रमा भारी वर्षा हुने अनुमान गरेको छ । आइतबार मध्य तराई र पश्चिम तराईमा भारी वर्षा हुन सक्ने मौसमविद् सुजन सुवेदीले बताए ।

सोमबार बेलुकादेखि मौसममा सुधार आउने महाशाखाको अनुमान छ । बंगालको खाडीबाट ठूलो मात्रामा जलवाष्प आइरहेकाले भारी वर्षा हुने प्रक्षेपण गरिएको छ । अहिले वर्षा गराउने न्यूनचापीय रेखा चुरे क्षेत्रको आसपासमा बसेकाले तराईमा वर्षा हुने देखिएको सुवेदीले बताए ।

 

 

हेर्नुस् शनिबार कहाँँ कति पानी पर्यो ?
जल तथा मौसम विज्ञान विभाग पूर्वानुमान महाशाखाको शनिबार ६ बजेको तथ्यांकअनुसार सबैभन्दा धेरै सिमरामा २ सय १७ दशमलव २ मिलिमिटर वर्षा भएको छ । सिमरामा भएको वर्षा तराई क्षेत्रकै सबैभन्दा धेरै हो ।

नेपालगन्जमा १ सय ६९ दशमलव ३ मिलिमिटर, दाङमा १ सय ६७ दशमलव ४ मिलिमिटर, जनकपुरमा १ सय ३७ दशमलव ६ मिलिमिटर, भैरहवामा ३९ दशमलव ६ मिलिमिटर वर्षा भएको छ ।

त्यसैगरी, काठमाडौंमा ३० दशमलव ८ मिलिमिटर मात्र वर्षा भएको छ । विराटनगर स्टेसनमा पानी पस्दा बिग्रिएर मौसमको जानकारी पाउन गाह्रो भएको मौसमविद् सुवेदीले बताए ।

उच्च सतर्कता अपनाउन गृहको अपिल

तराईका विभिन्न खोला र नदीमा पानीको बहाव उच्च भएकाले सबैलाई उच्च सतर्कता अपनाउन गृह मन्त्रालयलले अपिल गरेको छ । गृह मन्त्रालयले शनिबार विज्ञप्ति जारी गरी खोज, उद्धार र राहतका लागि स्थानीय प्रशासनको नेतृत्वमा नेपाली सेना, नेपाली प्रहरी, सशस्त्र प्रहरी र तालिम प्राप्त सुरक्षाकर्मीसहित जनशक्ति उच्च प्राथमिकताका साथ परिचालन गरिएको जनाएको छ ।