बाढीको वितण्डा : ३० जनाको ज्यान गयाे, पूर्वदेखि पश्चिम तराईको जनजीवन प्रभावित - Naya Patrika
© 2017 Naya Prakasan Pvt. Ltd.

जन्मपछि प्रायः नवजात शिशुको शरीरमा रौँ देखिने गर्छ । यसलाई हटाउने केमिकलको प्रयोग शिशुको कलिलो छालाका लागि हानिकारक हुन्छ । यस्तो हानिकारक केमिकल प्रयोग गर्नुको साटो घरेलु उपाय प्रयोग गरी…
पूरा पढ्नुहोस् »

शशीधर भण्डारी/नयाँ पत्रिका प्युठान नगरपालिका–३ दैलीसिमलमा खानेपानीको अभाव भएको छ । वर्षा नसकिँदै पानीको संकट परेपछि वडावासी एक गाग्री पानीका लागि रातभर पँधेरोमा बस्न बाध्य छन् । ‘खानेपानी भर्न रातभर…
पूरा पढ्नुहोस् »

तीन दिनभित्र स्वतन्त्रता घोषणा फिर्ता नलिए अप्रिय निर्णय लिइने स्पेन सरकारको चेतावनी स्पेन सरकारले क्याटलोनियाका पृथकतावादी नेताहरूलाई क्याटलन राज्यलाई स्पेनबाट स्वतन्त्र भएको घोषणा फिर्ता लिन तीन दिनको समय दिएको छ…
पूरा पढ्नुहोस् »

रौतहटको चन्द्रनिगाहपुरमा सम्पन्न २ नम्बर प्रदेश स्तरीय कराते प्रतियोगितामा सात स्वर्र्ण पदक सहित रौतहट जिल्ला प्रथम भएको छ । नेपाल सितोरियो कराते संघ रौतहटको आयोजनामा चन्द्रनिगाहपुरमा सम्पन्न प्रतियोगितामा २ नम्बर…
पूरा पढ्नुहोस् »

कसैले तपाईंलाई सोध्यो, ‘कस्ती युवती मनपर्छ ?’ तपाईं के भन्नुहुन्छ ? पक्कै पनि सुन्दर या राम्री । सुन्दरताले जो–कसैलाई सजिलै अभिभूत बनाउँछ । जसमा हामी आनन्दित हुन्छौँ । चाहे कुनै…
पूरा पढ्नुहोस् »

सन् २०१८ मा रसियामा फुटबलकै महाकुम्भ मेला भनेर चिनिने विश्वकप हुँदै छ । अहिलेसम्म विश्वकपमा २३ राष्ट्रले आफ्नो स्थान पक्का गरेका छन् । रसिया विश्वकपमा ३२ राष्ट्रले भाग लिनेछन् ।…
पूरा पढ्नुहोस् »

गैरआवासीय नेपालीको दुईदिने सम्मेलन भवन भट्टको अध्यक्षतामा नयाँ नेतृत्व चयन गर्दै सकिएको छ । यसपालि अध्यक्षका लागि अर्को सशक्त दाबी प्रस्तुत गरेकी अस्ट्रेलियाकै धनाढ्य जमुना घले गुरुङ पराजित भएकी छिन्…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिकाको न्युजरुममा आज उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणासँग अन्तरक्रिया हुँदैछ । मुलुकको विकासमा निजी क्षेत्रका योगदान कति भन्ने विषयमा अन्तरक्रिया केन्द्रित हुँदैछ । अन्तरक्रिया फेसबुक लाइभ हेर्न तलको लिंकमा…
पूरा पढ्नुहोस् »

वीरेन्द्र ओली, काठमाडौं, २८ साउन   |   साउन २८, २०७४

दुई दिनदेखिको अविरल वर्षाका कारण आएको बाढीपहिरोमा परेर कम्तिमा ३० जनाको मृत्यु भएको छ भने थुप्रै बेपत्ता भएका छन् । हजारौँ घर तथा लाखौँ विगाह जमिन डुबानमा परेको छ ।

शुक्रबार रातिदेखि शनिबार दिनभरसम्म परेको भारी वर्षाका कारण मानवीयसँगै धेरै भौतिक क्षति भएको हो । बाढीपहिरो र डुबानले घरहरू भत्किँदा हजारौँ सर्वसाधारणको बिचल्ली भएको छ । निरन्तर वर्षा भइरहेकाले मृत्यु तथा बेपत्ताको संख्या अझ बढ्न सक्ने गृह मन्त्रालयको अनुमान छ ।

 

 

गृह मन्त्रालयको तथ्यांकअनुसार सुनसरीमा सबैभन्दा धेरै मानवीय क्षति भएको छ । सुनसरीमा सातजनाको ज्यान गएको छ । यस्तै, झापा र सिन्धुलीमा ४–४, मोरङ, बाँके र पाँचथरमा मा ३–३ तथा बारा, सर्लाही, दाङ, पाल्पा र बर्दियामा १–१ जनाको मृत्यु भएको छ ।

ठूलो जनधनको क्षति हुँदा पनि बाढीप्रभावित क्षेत्रमा राज्यको प्रभावकारी उपस्थिति नदेखिएको गुनासो पीडितहरूले गरेका छन् । तर, गृह मन्त्रालयले सर्वसाधारणको उद्धार तथा राहतका लागि स्थानीय प्रशासनलाई परिचालन गरेको दावी गरेको छ ।

गृह मन्त्रालयका प्रवक्ता दीपक काफ्लेले सर्वसाधारणको उद्धार तथा राहतमा विशेष ध्यान दिइएको बताए । ‘अहिले मानवीय उद्धारमा खटिएकाले भौतिक क्षति यकिन गर्न सकेका छैनौँ,’ काफ्लेले भने, ‘सरकार सबै साधनस्रोत परिचालन गरी उद्धार तथा राहतमा मात्र केन्द्रित भएको छ ।’

पूर्वी तराईमा सबैभन्दा बढी क्षति
बाढी र डुबानका कारण तराईका जिल्ला सबैभन्दा धेरै मारमा परेका छन् । झापा, मोरङ, सुनसरी, सर्लाही, महोत्तरी, रौतहट, दाङ, बाँके, बर्दियामा ठूलो जनधनको क्षति भएको छ । ती जिल्लामा बाढीपहिरो र डुबानका कारण घर भत्किएकाले धेरैको ज्यान गएको गृह मन्त्रालयले जनाएको छ ।

 

 

बाढीको जोखिम कहाँ–कहाँ ?
जल तथा मौसम विज्ञान विभाग बाढी पूर्वानुमान महाशाखाका अनुसार तराईका साना तथा मझौला खोला र नदीमा बाढीको उच्च जोखिम छ । चुरे भई तराईमा बग्ने कमला, कन्काई नदी, पूर्वी राप्ती, बागमती र पश्चिम बबईमा आइतबार बेलुकासम्म उच्च जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाका प्रमुख विनोद पराजुलीले बताए ।

 

 

‘उच्च जोखिम भएका नदी र खोलाका तटीय क्षेत्रमा बसोबास गर्ने सर्वसाधारणलाई अग्लो र सुरक्षित स्थानमा बस्न आग्रह गरेको छौँ,’ उनले भने, ‘बाढीको जोखिम कम भएपछि अर्को सूचना जारी गरेपछि मात्र यथावत् ठाउँमा आउन निर्देशन दिएका छौँ ।’ ठूला नदी कोसी र नारायणीको पानीको बहाव पनि बिस्तारै बढ्दै गएको पराजुलीले जानकारी दिए ।