प्रचण्डले बाबुरामलाई भने,‘कि उहाँ लेखक बनेर बस्नुपर्‍यो हैन भने माओवादीमै आउनुपर्छ’ - Naya Patrika
© 2017 Naya Prakasan Pvt. Ltd.

जन्मपछि प्रायः नवजात शिशुको शरीरमा रौँ देखिने गर्छ । यसलाई हटाउने केमिकलको प्रयोग शिशुको कलिलो छालाका लागि हानिकारक हुन्छ । यस्तो हानिकारक केमिकल प्रयोग गर्नुको साटो घरेलु उपाय प्रयोग गरी…
पूरा पढ्नुहोस् »

शशीधर भण्डारी/नयाँ पत्रिका प्युठान नगरपालिका–३ दैलीसिमलमा खानेपानीको अभाव भएको छ । वर्षा नसकिँदै पानीको संकट परेपछि वडावासी एक गाग्री पानीका लागि रातभर पँधेरोमा बस्न बाध्य छन् । ‘खानेपानी भर्न रातभर…
पूरा पढ्नुहोस् »

तीन दिनभित्र स्वतन्त्रता घोषणा फिर्ता नलिए अप्रिय निर्णय लिइने स्पेन सरकारको चेतावनी स्पेन सरकारले क्याटलोनियाका पृथकतावादी नेताहरूलाई क्याटलन राज्यलाई स्पेनबाट स्वतन्त्र भएको घोषणा फिर्ता लिन तीन दिनको समय दिएको छ…
पूरा पढ्नुहोस् »

रौतहटको चन्द्रनिगाहपुरमा सम्पन्न २ नम्बर प्रदेश स्तरीय कराते प्रतियोगितामा सात स्वर्र्ण पदक सहित रौतहट जिल्ला प्रथम भएको छ । नेपाल सितोरियो कराते संघ रौतहटको आयोजनामा चन्द्रनिगाहपुरमा सम्पन्न प्रतियोगितामा २ नम्बर…
पूरा पढ्नुहोस् »

कसैले तपाईंलाई सोध्यो, ‘कस्ती युवती मनपर्छ ?’ तपाईं के भन्नुहुन्छ ? पक्कै पनि सुन्दर या राम्री । सुन्दरताले जो–कसैलाई सजिलै अभिभूत बनाउँछ । जसमा हामी आनन्दित हुन्छौँ । चाहे कुनै…
पूरा पढ्नुहोस् »

सन् २०१८ मा रसियामा फुटबलकै महाकुम्भ मेला भनेर चिनिने विश्वकप हुँदै छ । अहिलेसम्म विश्वकपमा २३ राष्ट्रले आफ्नो स्थान पक्का गरेका छन् । रसिया विश्वकपमा ३२ राष्ट्रले भाग लिनेछन् ।…
पूरा पढ्नुहोस् »

गैरआवासीय नेपालीको दुईदिने सम्मेलन भवन भट्टको अध्यक्षतामा नयाँ नेतृत्व चयन गर्दै सकिएको छ । यसपालि अध्यक्षका लागि अर्को सशक्त दाबी प्रस्तुत गरेकी अस्ट्रेलियाकै धनाढ्य जमुना घले गुरुङ पराजित भएकी छिन्…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिकाको न्युजरुममा आज उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणासँग अन्तरक्रिया हुँदैछ । मुलुकको विकासमा निजी क्षेत्रका योगदान कति भन्ने विषयमा अन्तरक्रिया केन्द्रित हुँदैछ । अन्तरक्रिया फेसबुक लाइभ हेर्न तलको लिंकमा…
पूरा पढ्नुहोस् »

सन्तोष भट्टराई, काठमाडौँ   |   साउन २८, २०७४

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नयाँ शक्तिका सहसंयोजक रामचन्द्र झा माओवादीमा आउने विषयमा सहमति भइसकेको खुलासा गरेका छन् । आज माओवादीको केन्द्रीय कार्यालय पेरिसडाँडास्थित रामवृक्ष यादवको स्मृतिसभा तथा २ नं. प्रदेशका अगुवा नेता तथा कार्यकर्ता प्रशिक्षणमा अध्यक्ष प्रचण्डले झासहितका केही प्रभावशाली नेताहरु माओवादीमा प्रबेश गर्ने विषयमा सहमति भएको र केही दिनमा नै प्रवेश गर्ने पनि बताएका हुन् ।

प्रचण्डले नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराईको स्थानीय तहको चुनावले हैसियत देखाइदिएको बताए । उनले भने,‘बाबुरामजीले के के गर्छु भनेर पार्टी फूटाउनु भयो केही सिप चलेन । अव उहाँ कि लेखक बनेर बस्नुप¥यो हैन भने माओवादीमा आउनै पर्छ ।’

उनले भट्टराई ढिलोचाँडो माओवादीमा नआइ सुखै नभएको जिकिर गरे । उनले भने,‘बाबुरामजी ढिलो चाँडो माओवादीमा आउनुहुन्छ । नत्र, केही दिन गलेपछि थाकेर माओवादी मै आउनुहुन्छ । बाहिर बस्न सक्नुहुन्न र बस्ने अधिकार पनि छैन । म अहिले उहाँ र विप्लवजीलाई भेटेर पार्टी एकताका लागि अग्रह गर्दैछु ।’

उनले स्थानीय तहकको निर्वाचनमा भएको पराजय आन्तरिक कारण भएको बताए । उनले भने,‘रुपन्देही, कपिलवस्तु लगायतका क्षेत्रमा कांग्रेस—एमालेलाई नै जनताले भोट हालेर जिताएको देखियो । यसेको कारण जनता होइन माओवादी नै हो ।’

अध्यक्ष प्रचण्डले बाबुराम, मोहन वैद्य किरण, नेत्रविक्रम चन्द विप्लवहरुलाई जनताले बाहिर बस्न भन्दा मिल्न आग्रह गरेको पनि बताए । उनले भने,‘बाबुरामजी, वैद्यजी र विप्लवजीहरुलाई बाहिर बस्नुको औचित्य सकियो भनेर जनताले भनेका छन् । म आजै उहाँहरुलाई भेट्दै छुँ ।’

जनताले फलामे किल्लाकोरुपमा उभ्याउछन्

अध्यक्ष प्रचण्डले माओवादीले उपयुक्त वातावरण निर्माण गरिदिएकै कारणले राजपा नेपाल आगामी हुने निर्वाचनमा सहभागिता जनाउने पनि दाबी गरे । माओवादी विरुद्ध विपक्षीले मधेसमा दोस्रो संविधानसभाका बेला गलत हल्ला चलाएको र त्यो भ्रम चिर्न नसक्दा क्षति ब्यहोर्नुपरेको उनले बताए । प्रचण्डले भने,‘माओवादी विरुद्ध मधेसमा फैलाईएको भ्रम चिर्न सके स्थानीय निर्वाचनमा पहिलो पार्टी बन्छ । अब माओवादीको विकल्पमा मधेसको विकास नहुने रहेछ भनेर त्यहाँका जनताले बुझिसकेका छन् ।’ उनले मधेसका जनता गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समाबेशी—समानुपातिक लगायतका परिवर्तनको पक्षमा रहेकाले माओवादीलाई फलाके किल्लाको रुपमा उभ्याउने पनि जिकिर गरे । उनले उत्पीडित जाती, क्षेत्र, समूदायको पक्षमा नेता कार्यकर्तालाई उभिन र विखण्डनकारीको भण्डाफोर गर्न पनि प्रचण्डले निर्देशन दिएका छन् ।