बाढी पीडितले रुख चढेर ज्यान बचाए ! - Naya Patrika
© 2017 Naya Prakasan Pvt. Ltd.

जन्मपछि प्रायः नवजात शिशुको शरीरमा रौँ देखिने गर्छ । यसलाई हटाउने केमिकलको प्रयोग शिशुको कलिलो छालाका लागि हानिकारक हुन्छ । यस्तो हानिकारक केमिकल प्रयोग गर्नुको साटो घरेलु उपाय प्रयोग गरी…
पूरा पढ्नुहोस् »

शशीधर भण्डारी/नयाँ पत्रिका प्युठान नगरपालिका–३ दैलीसिमलमा खानेपानीको अभाव भएको छ । वर्षा नसकिँदै पानीको संकट परेपछि वडावासी एक गाग्री पानीका लागि रातभर पँधेरोमा बस्न बाध्य छन् । ‘खानेपानी भर्न रातभर…
पूरा पढ्नुहोस् »

तीन दिनभित्र स्वतन्त्रता घोषणा फिर्ता नलिए अप्रिय निर्णय लिइने स्पेन सरकारको चेतावनी स्पेन सरकारले क्याटलोनियाका पृथकतावादी नेताहरूलाई क्याटलन राज्यलाई स्पेनबाट स्वतन्त्र भएको घोषणा फिर्ता लिन तीन दिनको समय दिएको छ…
पूरा पढ्नुहोस् »

रौतहटको चन्द्रनिगाहपुरमा सम्पन्न २ नम्बर प्रदेश स्तरीय कराते प्रतियोगितामा सात स्वर्र्ण पदक सहित रौतहट जिल्ला प्रथम भएको छ । नेपाल सितोरियो कराते संघ रौतहटको आयोजनामा चन्द्रनिगाहपुरमा सम्पन्न प्रतियोगितामा २ नम्बर…
पूरा पढ्नुहोस् »

कसैले तपाईंलाई सोध्यो, ‘कस्ती युवती मनपर्छ ?’ तपाईं के भन्नुहुन्छ ? पक्कै पनि सुन्दर या राम्री । सुन्दरताले जो–कसैलाई सजिलै अभिभूत बनाउँछ । जसमा हामी आनन्दित हुन्छौँ । चाहे कुनै…
पूरा पढ्नुहोस् »

सन् २०१८ मा रसियामा फुटबलकै महाकुम्भ मेला भनेर चिनिने विश्वकप हुँदै छ । अहिलेसम्म विश्वकपमा २३ राष्ट्रले आफ्नो स्थान पक्का गरेका छन् । रसिया विश्वकपमा ३२ राष्ट्रले भाग लिनेछन् ।…
पूरा पढ्नुहोस् »

गैरआवासीय नेपालीको दुईदिने सम्मेलन भवन भट्टको अध्यक्षतामा नयाँ नेतृत्व चयन गर्दै सकिएको छ । यसपालि अध्यक्षका लागि अर्को सशक्त दाबी प्रस्तुत गरेकी अस्ट्रेलियाकै धनाढ्य जमुना घले गुरुङ पराजित भएकी छिन्…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिकाको न्युजरुममा आज उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणासँग अन्तरक्रिया हुँदैछ । मुलुकको विकासमा निजी क्षेत्रका योगदान कति भन्ने विषयमा अन्तरक्रिया केन्द्रित हुँदैछ । अन्तरक्रिया फेसबुक लाइभ हेर्न तलको लिंकमा…
पूरा पढ्नुहोस् »

दिपेन्द्र अधिकारी , चितवन   |   साउन २८, २०७४

शुक्रबारदेखि परेको मुसलधारे पानीको कारण चितवनको माडी क्षेत्र बढि प्रभावित बनेको छ । कुनै पनि मानविय क्षति नभएको तर भौतिक क्षति भने धेरै भएको प्रशासनले जनाएको छ । माडीमा १६ वटा घर पूर्ण क्षति भएको र तीन सय वटा घर आंशिक क्षति भएको प्रशासनले जनाएको छ ।

त्यस्तै १५ वटा माछापोखरी, सडकका १० वटा पुल र १२ वटा बाँधमा समेत असर गरेको छ । चितई खोलाको सवै पानी फर्केर घर तिर आएपछि ५ महिनाको छोरा च्यापेर घर नजिककै पीपलको रुखमा चढी सविता परियारले ज्यान जोगाइन् । माडी नगरपालिका वडा नं. २ ढिकुन भैरबपुरकी सवितासहित वरपरका तीन घरका चौधजना त्यही रुखमा चढेका थिए । पानी कम हुँदै जाँदा मध्यरात पछाडी पल्लो गाउँका मान्छेहरु आएर उनीहरुको उद्धार गरे ।

चितइ खोला र डाँग्रे खोलामाथिको पुल भत्केका कारण ठोरी माडी भरतपुर हुँदै देशका विभिन्न ठाउँमा जाने गाडीहरु सञ्चालन हुन सकेका छैनन् । जिल्ला प्रशासन चितवनका अनुसार माडीको रिउ खोलाले बढी असर गरेको छ । माडी स्थित रिउ खोला र रिउ खोलामा मिसिने अन्य खोलाहरुमा समेत बहाव बढी राती ५.१० मिटर पानीको बहाव पुगेकोले माडी न.पा अन्तर्गत वडा नं. १,२,३,४,६ र ७ मा बाढी पसी वसोवास र खेती योग्य रहेको एरियामा क्षती पु¥याएको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले बताए ।

वर्षा याममा विभिन्न नदी, खोलाहरुमा बाढी आई क्षती पु¥याउन सक्ने भएकोले स्थानीय आम बासिन्दाहरुमा सजक रहन र सुरक्षीत स्थानमा वस्न हुन तथा स्थानीय स्तरमा समन्वय समेत गरी दैविक प्रकोप उद्धार तथा राहत कार्यमा सरिक हुन समेत प्रंशासनले अनुरोध गरेको छ ।
नियमित वर्षाका कारण नारायणी नदीको सतह बढेको छ । पूर्वी चितवनका राप्ती नदी, शक्तिखोला, कयर खोलाको सतह बढेको छ ।