धनुषाका एक दर्जन गाउँहरु डुबानमा - Naya Patrika
© 2017 Naya Prakasan Pvt. Ltd.

एक वर्षमा ३२ सिनियर प्रहरी अधिकृतसहित दुई हजार तीन सय ८१ प्रहरी कारबाहीमा परेका छन् । अघिल्लो वर्षभन्दा झन्डै दोब्बर प्रहरी कारबाहीमा परेका हुन् । प्रहरी प्रधान कार्यालयका अनुसार आर्थिक…
पूरा पढ्नुहोस् »

नेपाल पत्रकार महासङ्घमा गोविन्द आचार्य नेतृत्वको प्यानल निर्वाचित भएको छ । गोविन्द आचार्यले ७३२ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी तीर्थ कोइरालाले ६२७ मत प्राप्त गरे । आचार्य…
पूरा पढ्नुहोस् »

अभिनेता एवं निर्देशक रमेश बुढाथोकी विगत साढे तीन दशकदेखि कलाकारितामा अनवरत छन् । ०३७ सालदेखि आफ्नै लेखन, निर्देशन र अभिनयमा नाटक मञ्चन सुरु गरेका उनले त्यसपछि थुप्रै नाटक गरे ।…
पूरा पढ्नुहोस् »

धन कमाउने सपना पालेर विदेश गएका उनी रित्तो हात घर फर्किए । विदेशबाट फर्किएपछि के गर्ने भन्दै अलमलमा परेका उनलाई सैलुन व्यावसाय गर्ने सोच आयो बानपा—२ का २७ वर्षका राजन…
पूरा पढ्नुहोस् »

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अफगानिस्तानमा फेरि युद्ध गर्ने घोषणा गरेका छन् । यसअघि अफगानिस्तानमा रहेका सैनिकहरुको संख्यामा कटौती गर्ने आफ्नो घोषणा विपरित राष्ट्रपति ट्रम्पले कुनै पनि बेला युद्ध शुरु गर्ने चेतावनी…
पूरा पढ्नुहोस् »

माल्दिभ्समाथि सानदार जित हात पार्दै नेपाल साफ यू–१५ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ । नेपालले सोमबार एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा माल्दिभ्सलाई ६–० को फराकिलो अन्तरले पराजित गरेर अन्तिम चारमा…
पूरा पढ्नुहोस् »

उत्तर कोरियाको गुआममा आक्रमण गर्ने धम्की र उसका तर्फबाट बारम्बार गरिँदै आएको क्षेप्यास्त्र परीक्षणसँगै चलिरहेको वाक्युद्धलाई लिएर विश्लेषकले चेतावनी दिएका छन् कि यस्तो संवेदनशील समयमा संयुक्त सैनिक अभ्यास गर्नु आगोमा…
पूरा पढ्नुहोस् »

राम तामाङ राजधानीको व्यस्त र भिडमभिड क्षेत्र असन, इन्द्रचोक, ज्याठा र भोटाहिटीवरपर ठेला चलाउँछन् । उनका दिनहरू ठेलामा सामान ओसारेरै बित्छन् । परिवार पाल्ने र आफ्नो पढाइ खर्च थेग्ने उनको…
पूरा पढ्नुहोस् »

झन्डै नौ महिनाअघि वर्तमान गठबन्धनका तर्फबाट संसद्मा प्रस्तुत गरिएको र बीचबीचमा परिमार्जनसहित अघि बढाइएको नेपालको संविधानमा दोस्रो संशोधन गरियोस् भन्ने प्रस्ताव आवश्यक समर्थन प्राप्त गर्न नसकेपछि सोमबारको संसद् बैठकबाट अस्वीकृत…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिकाको न्युजरुममा आज उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणासँग अन्तरक्रिया हुँदैछ । मुलुकको विकासमा निजी क्षेत्रका योगदान कति भन्ने विषयमा अन्तरक्रिया केन्द्रित हुँदैछ । अन्तरक्रिया फेसबुक लाइभ हेर्न तलको लिंकमा…
पूरा पढ्नुहोस् »

हदिश खुद्दार , जनकपुर   |   साउन २८, २०७४

बुधवार रातिदेखि अविरल परिरहेको वर्षाका कारण धनुषा जिल्लाको जनजीवन अस्तव्यस्त बनेको छ । वर्षाका कारणका धनुषाका एक दर्जन गाउँहरु डुबानमा परेका छन् । कमला र जुडे खोलामा आएको बाढीले उत्तरी र पूर्वी धनुषाको एक दर्जन बढी गाउँ डुबानमा परेको छ । जनकपुर, सबैला, क्षीरेश्वरनाथ, मिथिला, गणेशमान चारनाथ लगायतका नगरपालिका अधिकांश गाउँ डुबानमा परेका छन् । सडक तथा नालाहरु जिर्ण रहेकोले वर्षाको पानीको निकास नहुदाँ जनकपुर उपमहानगरपालिकाको शिव चोक, भानु चोक, राम चोक, मुरली चोक तथा जनक चोक, पेठिया बजार लगायतका मुख्य चोकहरुमा वर्षाको पानी जमेर जलमग्न भएको छ । जनकपुर बजारमा अधिकांश सडकहरु यतिवेला नालामा परिणत भएका छन् । नालाको पानी सडक भएर नै बगिरहेकोले आवतजावत गर्ने सर्वसधारण तथा यात्रुहरु मर्कामा परेका छन् । जनकपुरका करिव ७० प्रतिशतभन्दा बढी घरमा वर्षाको पानी प्रवेश गरेको छ ।

त्यस्तै, बारहविघा तथा तिरहुतिया गाछीमा पनि पानी, हवाई अड्डाको वरिपरि पनि पानी जमेर जलमग्न भएको छ । दुरसञ्चार कार्यलय, खानेपानी संस्थान, वन विभाग, मालपोत, नगरपालिका, जिल्ला प्रशासन कार्यालय, जनकपुर अञ्चल अस्पताल , हुलाक, जनगणना लगायतका कार्यालयहरुमा करिब डेढ फिट पानी जमेको छ । वर्षाको कारण जनकपुरसहित धनुषाका एक दर्जन घर भत्केको प्रहरीले प्रारम्भिक जानकारी दिएको छ । जनकपुर– ६ बस्ने नुरजहाँ खातुनको घर भत्केर खसेको छ । त्यस्तै, चारनाथ नथरपापलिकामा ४, शहिद नगरपालिका २ घर भत्केको छ ।

जल तथा मौसम विज्ञान विभाग फिल्ड कार्यालय जनकपुरका अलवलोकन कर्ता राजेन्द्र कुमार राउतका अनुसार शनिवार विहान साढे ८ वजेदेखि साँझ साढे ५ बजेसम्म २८ दशमलव ६ मिलिलिटर पानी परेको छ । धनुषाका प्रमूख जिल्ला अधिकारी दिलिप कुमार चापागाईँले जिल्लामा रहेको नदि तथा खोलाहरुमा पानीको बहाव बढ्दै गएको बताए । अहिलेसम्म कुनै मानिवय क्षति नभएको उनले बताए । वर्षाका कारण घर भत्केर केहि लाखौको मूल्य बराबरको भौतिक क्षति भएको छ, उनले भने,‘ वर्षा जारी रहे क्षतिको परिणममा बढ्न सक्छ ।’ पीडीतहरुलाई सहयोग गर्न दैविक प्रकोप जिल्ला समन्वय समिति तयारी अवस्थामा रहेको भन्दै उनले भने,‘ प्रहरी सहित सबै निकायलाई तयारी अवस्थामा बस्न निर्देशन दिएका छाँै, र स्थानीय निकायलाई पनि तयारी अवस्था छन्, त्यो अवस्था आए सबै निकाय सक्रिय सहयोगका लागि अगाडी आउँछ ।’

जनकपुर–५ बस्ने असगर आनले बुधवार रातिदेखि लगातार परिरहेको वर्षाका कारण घरभित्र नै पसेपछि मानिसहरु विस्थापित भएका छन् । जीर्ण नालाको कारण पानीको निकास नभई घरमै पानी पसेको उनको भनाई छ । पानीमा भिजेर केहि दैनिक उपभोग्य समाग्री समेत खराब भएको उनले दुखेसो पोखे । उपमहानगरपालिका गुनासो गर्दा पनि कुनै सुनवाई नभएको जनकपुर–८ बस्ने जीब्छ दर्जीले बताए । पानी र हिलोको कारण स्थानीयवासी घरभन्दा वाहिर निस्कन सकिरहेका छैनन् । जनकपुर बजारमा दिउँसो नै सुनसान देखिएको छ ।

लगातार २० घण्टा देखि परिरहेको पानीले जलमग्न भएको जनकपुरको स्वास्थय सेवा, पसल बजार, विभिन्न सरकारी तथा गैरसरकारी संघ संस्थाको कामकाज समेत प्रभावित भएको छ । दसरत ताउ, गोरधौन लगायतका पोखरीको ओभर फ्लो भएपछि झन् स्थानियवासी मर्कामा परेका छन् । यसैबीच, दक्षिण एसियाली विकास बैंकको सहयोगमा जनकपुर उपमहानगरपालिकामा लागुको भएको एकीकृत शहरी विकास आयोजना अन्तर्गत निर्माण कार्य भईरहेकोले झन् यहाँका नाला तथा सडकहरु अस्तव्यस्त भएको छ । यता, नगरवासीको घरमै पानी प्रवेश गर्न थालेपनि जनकपुर उपमहानपालिकाले हालसम्म कुनै पहल गरेको छैन् ।