बाढीको वितण्डा : झापामा दुई जनाको मृत्यु - Naya Patrika
© 2017 Naya Prakasan Pvt. Ltd.
अपडेट

एक वर्षमा ३२ सिनियर प्रहरी अधिकृतसहित दुई हजार तीन सय ८१ प्रहरी कारबाहीमा परेका छन् । अघिल्लो वर्षभन्दा झन्डै दोब्बर प्रहरी कारबाहीमा परेका हुन् । प्रहरी प्रधान कार्यालयका अनुसार आर्थिक…
पूरा पढ्नुहोस् »

नेपाल पत्रकार महासङ्घमा गोविन्द आचार्य नेतृत्वको प्यानल निर्वाचित भएको छ । गोविन्द आचार्यले ७३२ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी तीर्थ कोइरालाले ६२७ मत प्राप्त गरे । आचार्य…
पूरा पढ्नुहोस् »

अभिनेता एवं निर्देशक रमेश बुढाथोकी विगत साढे तीन दशकदेखि कलाकारितामा अनवरत छन् । ०३७ सालदेखि आफ्नै लेखन, निर्देशन र अभिनयमा नाटक मञ्चन सुरु गरेका उनले त्यसपछि थुप्रै नाटक गरे ।…
पूरा पढ्नुहोस् »

धन कमाउने सपना पालेर विदेश गएका उनी रित्तो हात घर फर्किए । विदेशबाट फर्किएपछि के गर्ने भन्दै अलमलमा परेका उनलाई सैलुन व्यावसाय गर्ने सोच आयो बानपा—२ का २७ वर्षका राजन…
पूरा पढ्नुहोस् »

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अफगानिस्तानमा फेरि युद्ध गर्ने घोषणा गरेका छन् । यसअघि अफगानिस्तानमा रहेका सैनिकहरुको संख्यामा कटौती गर्ने आफ्नो घोषणा विपरित राष्ट्रपति ट्रम्पले कुनै पनि बेला युद्ध शुरु गर्ने चेतावनी…
पूरा पढ्नुहोस् »

माल्दिभ्समाथि सानदार जित हात पार्दै नेपाल साफ यू–१५ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ । नेपालले सोमबार एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा माल्दिभ्सलाई ६–० को फराकिलो अन्तरले पराजित गरेर अन्तिम चारमा…
पूरा पढ्नुहोस् »

उत्तर कोरियाको गुआममा आक्रमण गर्ने धम्की र उसका तर्फबाट बारम्बार गरिँदै आएको क्षेप्यास्त्र परीक्षणसँगै चलिरहेको वाक्युद्धलाई लिएर विश्लेषकले चेतावनी दिएका छन् कि यस्तो संवेदनशील समयमा संयुक्त सैनिक अभ्यास गर्नु आगोमा…
पूरा पढ्नुहोस् »

राम तामाङ राजधानीको व्यस्त र भिडमभिड क्षेत्र असन, इन्द्रचोक, ज्याठा र भोटाहिटीवरपर ठेला चलाउँछन् । उनका दिनहरू ठेलामा सामान ओसारेरै बित्छन् । परिवार पाल्ने र आफ्नो पढाइ खर्च थेग्ने उनको…
पूरा पढ्नुहोस् »

झन्डै नौ महिनाअघि वर्तमान गठबन्धनका तर्फबाट संसद्मा प्रस्तुत गरिएको र बीचबीचमा परिमार्जनसहित अघि बढाइएको नेपालको संविधानमा दोस्रो संशोधन गरियोस् भन्ने प्रस्ताव आवश्यक समर्थन प्राप्त गर्न नसकेपछि सोमबारको संसद् बैठकबाट अस्वीकृत…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिकाको न्युजरुममा आज उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणासँग अन्तरक्रिया हुँदैछ । मुलुकको विकासमा निजी क्षेत्रका योगदान कति भन्ने विषयमा अन्तरक्रिया केन्द्रित हुँदैछ । अन्तरक्रिया फेसबुक लाइभ हेर्न तलको लिंकमा…
पूरा पढ्नुहोस् »

लक्ष्मी काफ्ले , झापा   |   साउन २८, २०७४

लगातारको वर्षासँगै नदीहरुमा आएको बाढीले बगाएर झापामा एक महिलासहित २ जनाले ज्यान गुमाएका छन् । एक बालिका बेपत्ता छिन् । जिल्ला प्रहरी कार्यालय झापाले जनाए अनुसार झापाको शिवसताक्षी नगरपालिकाका २८ वर्षीय लेखनाथ पाण्डे र झापा गाउँपालिकास्थित बालुवाटारकी ३५ वर्षीया धनमाया घोरासैनीको बाढीले बगाएर ज्यान गएको हो ।

मृतक घोरासैनीकी सानी छोरीसमेत बाढीमा परेर बेपत्ता भएको प्रहरीले जनाएको छ । सोही ठाउँका राजवंशी समुदायका मानिस बेपत्ता भएको खबर आए पनि पुष्टी भइनसकेको प्रहरीले जनाएको छ ।

पानीको बहाव बढेपछि झापाका विभिन्न स्थान डुबानमा परेका छन् । हजारभन्दा बढी घर बाढीको जोखिममा छन् । झापाका नदीमा आएको बाढीले कटान गरेर बस्तीमा पानी पसेपछि हजारौँ घरपरिवार जोखिममा परेको नेपाल रेडक्रस सोसाइटी झापाले जनाएको छ । रेडक्रसका अनुसार गौरीगञ्ज गाउँपालिका, मेचीनगर नगरपालिका, शिवसताक्षी गाउँपालिका लगायतका स्थानमा बाढी गाउँ पसेको छ । निरन्तरको वर्षाका कारण कनकाई नदीमा पानीको बहाव बढेपछि खतराको घण्टी बजाइएको छ । वर्षा सुरु भएदेखि नै झापाको दक्षिणी भेगका बासिन्दा रातभर सुत्न सकेका छैनन् ।

झापाको बिरिङ, टाङटिङ, कन्काई, निन्दा, मेची, रतुवा तथा मावा खोला किनारका सर्वसाधारणलाई सजग रहन रेडक्रसले आग्रह गरेको छ । बिर्तामोड नगरपालिकाको मध्य भाग भएर बग्ने अदुवा खोला सहर पस्दा बिर्तामोडका सयौँ घर तथा पसल डुबानमा परेका छन् । तीन दिनदेखि लगातार वर्षा भइरहँदा खोलामा पानीको बहाव बढेपछि बिर्तामोड डुबानमा परेको हो । अदुवा खोलाको पानीले पूर्व पश्चिम राजमार्गसमेत नाघेको थियो । खोलाको पानी सहरमा पस्दा बिर्तामोडका पक्की सडकहरु भत्किएका छन् ।

बाढी उर्लिएर घर तथा पसलभित्र पसेपछि शनिबार बिहानैदेखि व्यवसायीहरु पसलभित्र पसेको पानी र लेदो निकाल्नमै व्यस्त छन् । तर, वर्षा हुने क्रम भने अझै रोकिएको छैन । अदुवा खोलामा आएको बाढीले सुकुम्बासी बस्तीलगायत अदुवा खोला किनारका घरहरु समेत डुबाएको छ ।

केही महिनाअघि बिर्तामोडमा गठित अदुवा खोला संरक्षण एवम् व्यवस्थापन समितिले खोला व्यवस्थित गर्ने बताएता पनि उचित कदम नचाल्दा बिर्तामोडबासीले यसपटक पनि डुबानको सामना गर्नु परेको हो । समितिले अदुवा खोला मिचेर बनाइएका घरहरु भत्काइने जनाएको थियो । खोला मिचेर बनाइएका घरहरु नभत्काएसम्म बिर्तामोड बर्सेनि डुबानमा पर्ने स्थानीय बताउँछन् ।

बिर्तामोड नगरपालिका क्षेत्रभित्र ५ हजार ६ सय ६७ दशमलव ८२ मिटर भएर बग्ने अदुवा खोला अतिक्रमण गरेर घर बनाउने कार्य तीव्र छ । सबैभन्दा फोहोर र साँघुरो भएकाले यस खोलालाई काठमाडौँको टुकुचासँग दाँज्ने गरिन्छ । गाउँ विकास समिति हुँदादेखिकै बेथितिले निरन्तरता पाउँदा बिर्तामोड नगरपालिकाको मुख्य बजार क्षेत्रमै वर्षात्को समय खोला पस्ने गर्छ । अव्यवस्थित प्लटिङ र खोलाकै किनारमा घर निर्माण गर्ने क्रम रोकिएको छैन । खोला छेउका घरधनीले प्लटिङ व्यवसायीलाई खोलै सम्मको जग्गा बिक्री गरेपछि यो अवस्था सिर्जना भएको स्थानीय बताउँछन् ।

उत्तरमा महानन्द चौकदेखि दक्षिणमा अदुवा खोला पुलबाट डेढ किलोमिटर तलसम्मै खोलाकिनारमा घर निर्माण भएका छन् । केही निमार्णधीन छन् । २०२१ सालअघिसम्म अदुुवा खोला साविककै स्थानमा बग्दै थियो । तर, २०२७ सालदेखि सिँचाइ गर्न निर्माण गरिएको मेघाबारी पैनीबाट खोलो बगिरहेको छ । यसकारण बर्सेनि बिर्तामोडबासी बाढीको सामना गर्न बाध्य छन् । ०२१ साल अघि अदुवा खोला बगेको स्थानमा अहिले घरहरु बनिसकेका छन् । खोला किनारका होटल तथा बिर्तामोडका केही औषधि पसलमा उत्पादन भएको फोहोर समेत अदुवा खोलामा मिल्काउने गरिन्छ ।