उत्तर कोरियाबारे संयमता अपनाउन ट्रम्पलाई चिनियाँ राष्ट्रपतिकाे आग्रह - Naya Patrika
© 2017 Naya Prakasan Pvt. Ltd.
अपडेट

एक वर्षमा ३२ सिनियर प्रहरी अधिकृतसहित दुई हजार तीन सय ८१ प्रहरी कारबाहीमा परेका छन् । अघिल्लो वर्षभन्दा झन्डै दोब्बर प्रहरी कारबाहीमा परेका हुन् । प्रहरी प्रधान कार्यालयका अनुसार आर्थिक…
पूरा पढ्नुहोस् »

नेपाल पत्रकार महासङ्घमा गोविन्द आचार्य नेतृत्वको प्यानल निर्वाचित भएको छ । गोविन्द आचार्यले ७३२ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी तीर्थ कोइरालाले ६२७ मत प्राप्त गरे । आचार्य…
पूरा पढ्नुहोस् »

अभिनेता एवं निर्देशक रमेश बुढाथोकी विगत साढे तीन दशकदेखि कलाकारितामा अनवरत छन् । ०३७ सालदेखि आफ्नै लेखन, निर्देशन र अभिनयमा नाटक मञ्चन सुरु गरेका उनले त्यसपछि थुप्रै नाटक गरे ।…
पूरा पढ्नुहोस् »

धन कमाउने सपना पालेर विदेश गएका उनी रित्तो हात घर फर्किए । विदेशबाट फर्किएपछि के गर्ने भन्दै अलमलमा परेका उनलाई सैलुन व्यावसाय गर्ने सोच आयो बानपा—२ का २७ वर्षका राजन…
पूरा पढ्नुहोस् »

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अफगानिस्तानमा फेरि युद्ध गर्ने घोषणा गरेका छन् । यसअघि अफगानिस्तानमा रहेका सैनिकहरुको संख्यामा कटौती गर्ने आफ्नो घोषणा विपरित राष्ट्रपति ट्रम्पले कुनै पनि बेला युद्ध शुरु गर्ने चेतावनी…
पूरा पढ्नुहोस् »

माल्दिभ्समाथि सानदार जित हात पार्दै नेपाल साफ यू–१५ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ । नेपालले सोमबार एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा माल्दिभ्सलाई ६–० को फराकिलो अन्तरले पराजित गरेर अन्तिम चारमा…
पूरा पढ्नुहोस् »

संविधान निर्माण र संशोधन राजनीतिक मुद्दा हो । राजनीतिक विचारको सम्मिश्रण र दलहरूको सहमतिमा संविधान निर्माण हुने हो । खासगरी जनप्रतिनिधिले संविधानसभाका माध्यमबाट निर्माण गर्ने संविधान सम्झौताको दस्ताबेज नै हो…
पूरा पढ्नुहोस् »

राम तामाङ राजधानीको व्यस्त र भिडमभिड क्षेत्र असन, इन्द्रचोक, ज्याठा र भोटाहिटीवरपर ठेला चलाउँछन् । उनका दिनहरू ठेलामा सामान ओसारेरै बित्छन् । परिवार पाल्ने र आफ्नो पढाइ खर्च थेग्ने उनको…
पूरा पढ्नुहोस् »

झन्डै नौ महिनाअघि वर्तमान गठबन्धनका तर्फबाट संसद्मा प्रस्तुत गरिएको र बीचबीचमा परिमार्जनसहित अघि बढाइएको नेपालको संविधानमा दोस्रो संशोधन गरियोस् भन्ने प्रस्ताव आवश्यक समर्थन प्राप्त गर्न नसकेपछि सोमबारको संसद् बैठकबाट अस्वीकृत…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिकाको न्युजरुममा आज उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणासँग अन्तरक्रिया हुँदैछ । मुलुकको विकासमा निजी क्षेत्रका योगदान कति भन्ने विषयमा अन्तरक्रिया केन्द्रित हुँदैछ । अन्तरक्रिया फेसबुक लाइभ हेर्न तलको लिंकमा…
पूरा पढ्नुहोस् »

एजेन्सी, २८ साउन ।   |   साउन २८, २०७४

 

चिनियाँ राष्ट्रपति शी जिङ पिङले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई फोन गर्दै उत्तर कोरियासँगको सम्बन्धमा संयमता अपनाउन आग्रह गरेका छन् । अमेरिकी राष्ट्रपतिले एकपछि अर्को ट्विट गर्दै उत्तर कोरियालाई धम्क्याउन थालेपछि चिनियाँ राष्ट्रपतिले उत्तेजित नहुन ट्रम्पसँग आग्रह गरेका हुन ।

चीन उत्तर कोरियाको सबैभन्दा ठूलो व्यापार साझेदार र मित्र शक्तिका रुपमा रहँदै आएको छ । यद्यपी उत्तर कोरियाविरुद्ध थप नयाँ प्रतिबन्ध लगाउने विषयमा भने सुरक्षा परिषदमा चीनले समेत समर्थन गरेको थियो ।

चिनियाँ विदेश मन्त्रालयले दुबै राष्ट्रपतिबीच भएको टेलिफोन वार्ताबारे प्रेस विज्ञप्ती जारी गर्दै कोरियाली प्रायद्विपको संकटलाई हल गर्न धम्कीको भाषा छोडेर कुटनीतिक संवादमा जोड दिनुपर्ने कुरा चीनले स्पष्ट गरेको जनाएको छ ।
‘अहिलेको समयमा दुबै पक्षले एक अर्कालाई भड्काउने भन्दा पनि धैर्यता र संयम अपनाउनु जरुरी छ । अमेरिकाबाट चीनले यही आशा राख्छ राष्ट्रपति शीले भनेको विज्ञप्तीमा उल्लेख छ ।

गत बुधबारका दिन उत्तर कोरियाले अमेरिकाले आफूलाई धम्क्याउन जारी राखेमा अमेरिकी नियन्त्रणमा रहेको सैन्य महत्व बोकेको गुयाम प्रायद्विपमा अन्तर प्रायद्विपीय ब्यालेष्टिक मिसाईलको परीक्षण विष्फोट गर्ने धम्की दिएको थियो । यसपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले निजि गोल्फ रिसोर्टमा सञ्चारकर्मीहरुसँग प्रतिक्रिया दिँदै उत्तर कोरियाले यस्तो केही गरेमा इतिहासमै कोरियाको नाम नै मेटाइदिने धम्की दिएका थिए । राष्ट्रपति ट्रम्पले आधा दर्जन जति ट्टिवटमार्फत कोरियालाई धम्क्याएका छन् ।

कोरियाको निकटको सम्बन्ध रहेको चीनले भने शुरुदेखि नै दुबै पक्षलाई वार्ता र कुटनीतिक संवादका माध्यमबाट आपसी विवादका मुद्दा हल गर्न जोड दिएको छ । चीनले उत्तर कोरियालाई समेत अमेरिकालाई भड्काउने गरी मिसाइल परीक्षण नगर्न अनुरोध गरेको छ