पूर्वी तरार्इमा बाढीको विनाश, १२ जनाको मृत्यु, हजारौँ घर डुबानमा - Naya Patrika
© 2017 Naya Prakasan Pvt. Ltd.

जन्मपछि प्रायः नवजात शिशुको शरीरमा रौँ देखिने गर्छ । यसलाई हटाउने केमिकलको प्रयोग शिशुको कलिलो छालाका लागि हानिकारक हुन्छ । यस्तो हानिकारक केमिकल प्रयोग गर्नुको साटो घरेलु उपाय प्रयोग गरी…
पूरा पढ्नुहोस् »

शशीधर भण्डारी/नयाँ पत्रिका प्युठान नगरपालिका–३ दैलीसिमलमा खानेपानीको अभाव भएको छ । वर्षा नसकिँदै पानीको संकट परेपछि वडावासी एक गाग्री पानीका लागि रातभर पँधेरोमा बस्न बाध्य छन् । ‘खानेपानी भर्न रातभर…
पूरा पढ्नुहोस् »

तीन दिनभित्र स्वतन्त्रता घोषणा फिर्ता नलिए अप्रिय निर्णय लिइने स्पेन सरकारको चेतावनी स्पेन सरकारले क्याटलोनियाका पृथकतावादी नेताहरूलाई क्याटलन राज्यलाई स्पेनबाट स्वतन्त्र भएको घोषणा फिर्ता लिन तीन दिनको समय दिएको छ…
पूरा पढ्नुहोस् »

रौतहटको चन्द्रनिगाहपुरमा सम्पन्न २ नम्बर प्रदेश स्तरीय कराते प्रतियोगितामा सात स्वर्र्ण पदक सहित रौतहट जिल्ला प्रथम भएको छ । नेपाल सितोरियो कराते संघ रौतहटको आयोजनामा चन्द्रनिगाहपुरमा सम्पन्न प्रतियोगितामा २ नम्बर…
पूरा पढ्नुहोस् »

कसैले तपाईंलाई सोध्यो, ‘कस्ती युवती मनपर्छ ?’ तपाईं के भन्नुहुन्छ ? पक्कै पनि सुन्दर या राम्री । सुन्दरताले जो–कसैलाई सजिलै अभिभूत बनाउँछ । जसमा हामी आनन्दित हुन्छौँ । चाहे कुनै…
पूरा पढ्नुहोस् »

सन् २०१८ मा रसियामा फुटबलकै महाकुम्भ मेला भनेर चिनिने विश्वकप हुँदै छ । अहिलेसम्म विश्वकपमा २३ राष्ट्रले आफ्नो स्थान पक्का गरेका छन् । रसिया विश्वकपमा ३२ राष्ट्रले भाग लिनेछन् ।…
पूरा पढ्नुहोस् »

गैरआवासीय नेपालीको दुईदिने सम्मेलन भवन भट्टको अध्यक्षतामा नयाँ नेतृत्व चयन गर्दै सकिएको छ । यसपालि अध्यक्षका लागि अर्को सशक्त दाबी प्रस्तुत गरेकी अस्ट्रेलियाकै धनाढ्य जमुना घले गुरुङ पराजित भएकी छिन्…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिकाको न्युजरुममा आज उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणासँग अन्तरक्रिया हुँदैछ । मुलुकको विकासमा निजी क्षेत्रका योगदान कति भन्ने विषयमा अन्तरक्रिया केन्द्रित हुँदैछ । अन्तरक्रिया फेसबुक लाइभ हेर्न तलको लिंकमा…
पूरा पढ्नुहोस् »

गणेश लम्साल, विराटनगर, २८ साउन   |   साउन २८, २०७४

शुक्रबारदेखि अविरल परेको भारी वर्षाले पूर्वी नेपालको जनजीवन अस्तव्यस्त बनाएको छ । लगातारको वर्षापछि आएको बाढीपहिरोमा परेर विभिन्न जिल्लामा कम्तिमा १२ जनाको ज्यान गएको छ । यस्तै, हजारौँ घर डुबानमा परेका छन् ।

 

 

मोरङमा तीनजनाको ज्यान गयो
भीषण वर्षापछि आएको पहिरोमा परेर मोरङमा तीनजनाको ज्यान गएको छ । लेटाङ नगरपालिका –१ मालबासेमा शुक्रबार राति गएको पहिरोमा स्थानीय ३७ वर्षीया गोपीमाया तामाङको मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ ।

यसैगरी, मोरङकै बुढीगंगास्थित बुढी खोला किनारमा खोलाले बगाएर ल्याएको एक महिलाको शव बरामद भएको छ । महिलाको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ ।

त्यसैगरी, मोरङको केरावारी गाउँपालिका –९ का ५४ वर्षीय मीनबहादुर थापा र मिक्लाजुङ गाउँपालिका –८ मा सोही गाउँपालिका –२ का ३२ वर्षीय गंगाराम खतिवडालाई बक्राहा खोलाले बगाएर मृत्यु भएको छ ।

 

 

पुल भत्किएपछि आलोपालो सवारी
पूर्वक्षेत्र प्रहरी कार्यालय विराटनगरका अनुसार मोरङको सुन्दरहरैचा नगरपलिका ४ र ६ स्थित गछिया खोलाले पुलको पश्चिमपट्टीको भाग कटान गरेको छ । पुलको भाग कटान भएपछि राजमार्गमा सवारी साधन आवतजावत प्रभावित भएको छ । पुल कटान भएकाले आलोपालो गरेर सवारी–साधन संचालन गराउन थालिएको छ ।

सयौँ घर डुबानमा सयौँ बिस्थापित
मोरङकै बुढीगंगा गाउँपालिका –२ बौराहा टोलमा बुढीखोलाको पानी पसेर १ सय ५० घर, मुडेरी टोलका पनि १ सय ५० घर र दिपुटोलका ५० घर डुबानमा परेका छन् ।
बक्राहा नुनसरी खोलाको पानी पसेर मोरङको उर्लावारी नगरपलिका –८ स्थित माझीटोलमा १५ घर तथा मिक्लाजुङ गाउँपालिका –६ खाबेझोडामा १८ घर डुबानमा परेका छन् । लोहन्द्रा खोलाको पानीले मोरङको बेलबारी नगरपालिका –५ स्थित भित्री सडकखण्डमा रहेको पक्की पुल बगाएको छ । सो स्थानमा करिब एक दर्जन घर डुबानमा परेका छन् ।

 

 

आयल निगमको पर्खाल ढल्यो
विराटनगर महानगरपालिका –४ स्थित नेपाल आयल निगम क्षेत्रीय कार्यालय विराटनगरको अन्दाजी १०० मिटर कम्पाउन्ड वाल भत्काएको छ ।

विराटनगर विमानस्थल जलमग्न, सबै उडान अवरुद्ध
विमानस्थल सुरक्षा पोष्ट विराटनगरको व्यारेक भवन र कार्यालयमा पानी पसेको छ । धावनमार्ग र विमानस्थल परिसर पूरै जलमग्न भएको छ । विमानस्थलबाहिरदेखि नै बगिरहेको बाढीले गर्दा आवतजावत पूर्ण रूपमा बन्द भएको छ । विमानस्थलको यात्रुकक्षमा पानी पसेपछि एयरलायन्सका काउन्टरहरूमा समेत क्षति पुगेको छ ।

 

 

इन्धन डिपो र व्यारेक पनि डुबानमा
यहाँभित्र रहेको नेपाल प्रहरी र नेपाली सेनाको व्यारेक मात्र नभएर हवाई इन्धनको आयल निगमको डिपोसमेत डुबानमा परेको छ । बाढीले गर्दा विमानस्थलमा करोडौँको क्षति पुगेको आंकलन गरिएको छ ।
बाढीले धावन मार्ग पूरै डुबाएकाले केही हप्तासम्म विमान सञ्चालन हुन समस्या हुने नागरिक उड्डयन प्राधिकरण विराटनगरले जनाएको छ ।

विमानस्थलबाहिरका होटल रेष्टुरेन्टमा पनि भारी क्षति
बाढीले गर्दा विमानस्थलबाहिरका होटल रेष्टुरेन्टमासमेत क्षति पुगेको छ । आसपासका टोलहरू पनि पूर्ण रूपले डुबानमा परेका छन् । अविरल रूपमा भइरहेको वर्षाले विराटनगर महानगरपालिका ४, ५, ६, ११ र १२ नम्बर वडामा अन्दाजी ६०० घर डुबानमा परेका छन् ।

उनीहरू आफन्त तथा छिमेकीको घरमा शरण लिन थालेका छन् । विराटनगरको कोशी राजमार्गस्थित मुनालपथ, भृकुटीचोकमा डुबान हुँदा सवारी अवागमनमा समस्या भएको छ । विराटनगरको पश्चिममा पर्ने केशलिया र पूर्वमा रहेको सिघिया खोलाले कटान बढाएपछि स्थानीय त्रसित बनेका छन् ।

 

त्यसैगरी, मोरङको रतुवा खोला र बक्राहा खोलाको बाँध फुटेर रतुवामाई नगरपालिका –५ गोविन्दपुरस्थित प्रहरी चौकी गोविन्दपुरमा पानी पसेर डुबान भएको छ । सोही खोलाको पानीले रतुवामाई नगरपालिका वडा नम्बर ५, ७, ८ र ९ मा पानी पसेर अन्दाजी ७ सय घर तथा खोलाको बाँध फुटेर रतुवामाई नगरपालिका १ सोनापुर र भारततर्फ अन्दाजी ३० घर डुबानमा परेको छ ।

मोरङको लोहन्द्रा खोलामा आएको बाढीले बाँध भत्किँदा धनपालथान गाउँपालिका –६ स्थित बस्तीमा पानी पसेर अन्दाजी १ सय ५० घर डुबानमा परेका छन् । सोही खोलाको पानी ओभरफ्लो भई धनपालथान गाउँपालिका ५, ६ र ७ नम्बर वडामा अन्दाजी तीन सय घर डुबानमा परेका छन् । पीडित परिवारहरूलाई सुरक्षित स्थानमा सार्ने कार्य भइरहेको प्रहरी चौकी कर्सियाले जनाएको छ ।

 

 

त्यसैगरी, रंगेली नगरपालिका –३ आमतोलामा वर्षाले ४ घरमा पानी पसेर डुबान भएको जानकारी प्राप्त भएको छ । सो घरका परिवारलाई छिमेकीको घरमा सारिएको इलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ । मोरङको बक्राहा खोलाको बाढीले सुनवर्षी नगरपालिका –७ सुकुम्बासी बस्तीमा रहेको अन्दाजी ५० घर डुबानमा परेका छन् ।

 

 

झापामा बाढीले बगाएर एकको मृत्यु, दुई बेपत्ता
झापाको शिवसतासी १ धरमपुर राजबंशी चोक बस्ने अन्दाजी वर्ष २८ का लेखनाथ पाण्डे (विजय) र उनका साथीहरू शिवगन्जबाट घर फर्कने क्रममा झिलझिले खोलाले बगाई बेपत्ता भएको जानकारी प्राप्त हुना साथ घटनास्थलमा इलाका प्रहरी कार्यालय झिलझिलेबाट टोली परिचालन भई खोजी कार्य भइरहेको जानकारी प्राप्त भएको छ ।

झापा गाउँपालिका –२ बालुवाटार बस्ने अन्दाजी वर्ष ३५ की धनमाया घोरासैनी र उनकी छोरी वर्ष १५ की कमला घोरासैनीलाई सानो माइखोलाको पानी पसेर बगाई लगेकोमा धनमायाको शव फेला परेको, उनकी छोरी हालसम्म बेपत्ता रहेको जानकारी प्राप्त भएको छ ।

सुनसरीमा ७ वटा शव भेटियो
सुनसरीका विभिन्न स्थानबाट पानीमा डुबेको अवस्थामा ७ जनाको शव भेटिएको छ । मृतकहरूमा भोजपुर जिल्ला घर भई इटहरी उपमहानगरपालिका –४ गौरीगाँउमा डेरा गरी बस्ने अन्दाजी वर्ष ३२ की माया राईकी ८ वर्षकी छोरी रुप्सनी राई, ३ वर्षका छोरा रुपेश राई, इटहरी –४ आइतबारे बस्ने वर्ष ४० को ईश्वर सुनुवार, इटहरी –४ गौरीगाउँ बस्ने ३० वर्षीया माला साह, उनका १० वर्षका छोरा सिटी साह, इटहरी –२० तरहराका ७० वर्षीय एक पुरुष तथा इटहरी –९ की अन्दाजी ३५ वर्षीया एक महिला रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

 

 

झापामा ४ हजार घर डुबानमा
पूर्वक्षेत्रीय प्रहरी कार्यालयका अनुसार अविरल वर्षाले गर्दा झापाको अदुवाखोलामा आएको बाढीले झापा बिर्तामोड नगरपालिका –३ शान्तिटोलकाम करिब ४ हजार घर डुबानमा परेका छन् ।

सुनसरीको इटहरी उपमहानगरपलिका –४ स्थित बुढी खोलामा आएको बाढीले गैरीगाउँ, सृजना टोल, खोर्साने चौक, आँपगाछी, साथी फ्युल, सुकुम्बासी टोल, सुनौलो टोल र डुमटक्का आसपासका बस्ती डुबानमा परेका हुन् ।

यसैगरी, दुहवी नगरपालिका –४ मलहट्टीका ४० घर तथा मुसहर बस्ती नै डुबानमा परेको जानकारी प्राप्त भएको छ । सेउती खोलामा आएको बाढीले सुनसरी रामधुनी नगरपलिका –६ बक्लौरीमा अन्दाजी १० घर डुबानमा परेका छन् ।

डुबान क्षेत्रहरूमा क्षेत्रीय गण, दंगा तथा स्थानीय प्रहरी कार्यालयहरूबाट उद्दार टोली तथा अन्य सुरक्षा निकायको टोलीबाट उद्धार गर्ने कार्य भइरहेका छन् ।

 

 

सप्तरीमा खाँडो खोलाको बाँध फुट्याे
सप्तरीको राजविराज नगरपालिका –१५ स्थित खाँडो खोलाको बाँध फुटेर नजिकमा रहेको बस्ती डुबानमा परेको छ । सो स्थनमा जिल्ला प्रहरी कार्यालय सप्तरी र सशस्त्र प्रहरीको टोली परिचालित भएको छ । टोलीले करिब ५० घर परिवारलाई स्थानीय सामुदायिक भवनमा स्थानान्तरण गरेको छ ।

यता, सप्तकोसी नदीमा पानीको बहाव बढेकाले सप्तरीको हनुमाननगर कंकालिनी नगरपलिका –१३ गोबरगाढास्थित बस्ती डुबानमा परेको छ । सो स्थानका अन्दाजी ५०–६० घर परिवारलाई डुंगाको माध्यमबाट उद्धार गर्ने कार्य भइरहेको इलाका प्रहरी कार्यालय हनुमाननगरले जनाएको छ ।