अनशन–कलाकार (प्रतिकात्मक कथा अनुवाद) - Naya Patrika
© 2017 Naya Prakasan Pvt. Ltd.
अपडेट

भारतले १९५० को नेपाल–भारत सन्धिअनुसार हाल चलिरहेको दोक्लाम विवादमा नेपालसँग समर्थन माग्न लागेको छ । प्रधानमन्त्री शेरबहादुर देउवासँग बिहीबार भारतीय समकक्षी नरेन्द्र मोदीले हैदरावाद हाउसमा हुने वान अन वान (एक्लाएक्लै)…
पूरा पढ्नुहोस् »

नेपाल पत्रकार महासङ्घमा गोविन्द आचार्य नेतृत्वको प्यानल निर्वाचित भएको छ । गोविन्द आचार्यले ७३२ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी तीर्थ कोइरालाले ६२७ मत प्राप्त गरे । आचार्य…
पूरा पढ्नुहोस् »

अभिनेता एवं निर्देशक रमेश बुढाथोकी विगत साढे तीन दशकदेखि कलाकारितामा अनवरत छन् । ०३७ सालदेखि आफ्नै लेखन, निर्देशन र अभिनयमा नाटक मञ्चन सुरु गरेका उनले त्यसपछि थुप्रै नाटक गरे ।…
पूरा पढ्नुहोस् »

धन कमाउने सपना पालेर विदेश गएका उनी रित्तो हात घर फर्किए । विदेशबाट फर्किएपछि के गर्ने भन्दै अलमलमा परेका उनलाई सैलुन व्यावसाय गर्ने सोच आयो बानपा—२ का २७ वर्षका राजन…
पूरा पढ्नुहोस् »

विश्व अर्थ – भारतीय अर्थतन्त्रमा पछिल्लो समय निकै शंकास्पद बनेको मुख्य विषय भनेको उत्पादन क्षेत्रको उत्पादकत्वको वास्तविक अवस्था हो । सन् २००८ मा विश्वव्यापी आर्थिक मन्दी आउनुभन्दा पहिले नै भारतमा…
पूरा पढ्नुहोस् »

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अफगानिस्तानमा फेरि युद्ध गर्ने घोषणा गरेका छन् । यसअघि अफगानिस्तानमा रहेका सैनिकहरुको संख्यामा कटौती गर्ने आफ्नो घोषणा विपरित राष्ट्रपति ट्रम्पले कुनै पनि बेला युद्ध शुरु गर्ने चेतावनी…
पूरा पढ्नुहोस् »

माल्दिभ्समाथि सानदार जित हात पार्दै नेपाल साफ यू–१५ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ । नेपालले सोमबार एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा माल्दिभ्सलाई ६–० को फराकिलो अन्तरले पराजित गरेर अन्तिम चारमा…
पूरा पढ्नुहोस् »

यतिखेर हामी संघीयता कार्यान्वयन र प्रशासनिक पुनः संरचनाको जटिल मोडमा छौँ । यस्तो अवस्थामा सबै पक्षले जिम्मेवारीपूर्वक काम गर्नुपर्छ । अझ राजनीतिक प्रणाली सञ्चालनको मुख्य अवयवका रूपमा रहेका राजनीतिक नेतृत्व…
पूरा पढ्नुहोस् »

राम तामाङ राजधानीको व्यस्त र भिडमभिड क्षेत्र असन, इन्द्रचोक, ज्याठा र भोटाहिटीवरपर ठेला चलाउँछन् । उनका दिनहरू ठेलामा सामान ओसारेरै बित्छन् । परिवार पाल्ने र आफ्नो पढाइ खर्च थेग्ने उनको…
पूरा पढ्नुहोस् »

ऊर्जा मन्त्रालय, विद्युत् विकास विभागले फेरि एकपटक झोलाम खोला राखेर हिँड्नेलाई ३५ दिनभित्र निर्माण प्रक्रिया अघि नबढाए कारबाही गर्ने बताएको छ । विद्युत् उत्पादन गर्छु, लगानी जुटाउँछु भनेर निर्माणका लागि…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिकाको न्युजरुममा आज उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणासँग अन्तरक्रिया हुँदैछ । मुलुकको विकासमा निजी क्षेत्रका योगदान कति भन्ने विषयमा अन्तरक्रिया केन्द्रित हुँदैछ । अन्तरक्रिया फेसबुक लाइभ हेर्न तलको लिंकमा…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिका   |   साउन २८, २०७४

जर्मन उपन्यासकार तथा कथाकार फ्रान्ज काफ्का २०औँ शताब्दीका प्रभावशाली साहित्यकारका रूपमा विश्वभर सम्मानित छन् । यथार्थ जीवनलाई साहित्यिक रंगमा प्रस्तुत गर्न महारथ प्राप्त काफ्काले सन् १९२२ मा लेखेको कथा हो, ‘हंगर आर्टिस्ट’ । पाठकको प्रतिक्रियाबाट उत्साही काफ्काले यही शीर्षकमा कथासंग्रह निकाल्ने तयारी गरेका थिए, तर १९२४ मा ४० वर्षको अल्पायुमै उनको निधन भयो । काफ्काले आफ्नो पछिल्लो कथासंग्रह देख्न पाएनन्, तर झन्डै एक शताब्दीपछि उनले संसारका कुनाकुनामा त्यही कथा वाचन गरिरहेको प्रतीत हुन्छ, किनकि कथा भावनात्मक रूपले साँच्चिकै शक्तिशाली छ ।
०००

 

 

फ्रान्ज काफ्का

‘हंगर आर्टिस्ट’ अर्थात् अनशन–कलाकारलाई आफ्नो इमान र इच्छाशक्तिमा यति धेरै विश्वास थियो, जसकारण ऊ आफूलाई जस्तोसुकै कठोर यातना दिन पनि तयार थियो । मान्छे खानाको दासत्वबाट मुक्त भएर पनि कैयौँ दिन र कैयौँ साता बाँच्न सक्छ भन्ने व्यावहारिक रूपमै पुष्टि गर्ने र नयाँ जमानासामु नयाँ सिद्धान्त प्रस्तुत गर्ने उसको संकल्प थियो । ऊ एक्लो भने थिएन, साथमा एक व्यवस्थापक थिए । ‘हंगर आर्टिस्ट’को सदिच्छा र व्यवस्थापकको कुशलताले उनीहरूको जोडी पनि निकै जमेको थियो । उनीहरू युरोपका सहर–सहर घुम्थे र सार्वजनिक स्थलमा पिँजडा सजाउँथे । सुसज्जित पिँजडाभित्र ‘हंगर आर्टिस्ट’ पसेर आफैलाई कैद गथ्र्यो भने व्यवस्थापक प्रचारप्रसारमा जुट्थ्यो । ४० दिनसम्म पनि अनशनमा बस्न सक्ने प्रख्यात ‘हंगर आर्टिस्ट’ आफ्नै टोलमा आएको छ भन्ने थाहा पाएपछि युवायुवती मात्र होइन, बूढाबूढी पनि असिनपसिन हुँदै पिँजडातिर ओइरिन्थे । अझ विद्यार्थीहरूका लागि ‘हंगर आर्टिस्ट’ एउटा सजीव ‘केस स्टडी’ नै बनेको थियो । त्यसैले टाढाटाढाका शिक्षालयबाट पनि विद्यार्थीहरू प्रदर्शनीस्थलसम्म आइपुग्थे ।

कुनै पनि अवलोकनकर्तालाई ‘हंगर आर्टिस्ट’ले निराश बनाएन । आँखा जुधाउनेसँग मुसुक्क हाँस्थ्यो, प्रश्न सोध्नेलाई जवाफ दिन्थ्यो । पिँजडाभित्र आफैँलाई यति ठूलो यातना दिएर पनि समाजलाई केही सन्देश दिन खोजिरहेको त्यो अद्भूत मानव देखेर बालबालिकाको मनमा स्नेह जाग्थ्यो । तर, घुम्न आउनेमा वयस्क पनि थिए, जसको मनमा शंका थियो– ‘हंगर आर्टिस्ट’ले लुकिछिपी केही खाइरहेको हुन सक्छ । आफूमाथि शंका भएको आशंकाले ‘हंगर आर्टिस्ट’ दुःखी र कुण्ठाले निन्याउरो हुन थाल्यो । त्यसैले मान्छेहरू झन् सशंकित हुन थाले । कतिसम्म भने ‘हंगर आर्टिस्ट’ले रातिमा लुकेर केही खान सक्छ भनेर अनुगमन गर्न उनीहरूले पहरेदारसमेत तैनाथ गरे । डिनरले पूरै ढाडिएको पहरेदारको आँखा पनि रातभर खुलै रहन्थ्यो, किनकि उसका लागि आफ्नो निद्राभन्दा पनि हप्तौँदेखि केही नखाएको ‘हंगर आर्टिस्ट’ले मुखमा अन्नको दाना हालेको अवस्थामा रंगेहात समात्ने रहर सर्वोपरि थियो । त्यसैले पहरेदारले धेरैजसो ट्वालट्वाल्ती ‘हंगर आर्टिस्ट’लाई हेरिरहन्थ्यो । तर, कहिलेकाहीँ निद्राले ग्रस्त भएजस्तो नाटक गरेर बिस्तारै आँखा चिम्लन्थ्यो । पहरेदारले आँखा चिम्लिएको वेला ‘हंगर आर्टिस्ट’ले चिच्याई–चिच्याई गीत गाउँथ्यो, तर गाउने रहर वा शक्तिले होइन, मैले केही खाइरहेको छैन भनेर सन्देश दिन । निःस्वार्थ सन्देश दिन जीवन समर्पित गरेको ‘हंगर आर्टिस्ट’ स्वार्थी र शंकालु समाजको अगाडि निष्ठाको पलपल परीक्षा दिन विवश भइरहेको थियो । तर पनि बस्तीमा अर्को दिन हल्ला फैलन्थ्यो, ‘यो मान्छे साँच्चै यस्तो चतुर रहेछ जसले चपाउने र गाउने एकैपटक गर्न सक्दोरहेछ ।’

कुनै पनि अवलोकनकर्तालाई ‘हंगर आर्टिस्ट’ले निराश बनाएन । आँखा जुधाउनेसँग मुसुक्क हाँस्थ्यो, प्रश्न सोध्नेलाई जवाफ दिन्थ्यो । पिँजडाभित्र आफैँलाई यति ठूलो यातना दिएर पनि समाजलाई केही सन्देश दिन खोजिरहेको त्यो अद्भूत मानव देखेर बालबालिकाको मनमा स्नेह जाग्थ्यो, तर वयस्कका मनमा शंका ।

पहरेदारले आँखा चिम्लिएको वेला ‘हंगर आर्टिस्ट’ले चिच्याई–चिच्याई गीत गाउँथ्यो, तर गाउने रहर वा शक्तिले होइन, मैले केही खाइरहेको छैन भनेर सन्देश दिन । तर पनि बस्तीमा अर्को दिन हल्ला फैलन्थ्यो, ‘यो मान्छे साँच्चै यस्तो चतुर रहेछ जसले चपाउने र गाउने एकैपटक गर्न सक्दोरहेछ ।’

अझै केही साता भोकै बस्छु भनेर ‘हंगर आर्टिस्ट’ले मन दृढ बनाएकै पल व्यवस्थापक आएर अनशन सकिएको घोषणा गरिदिन्थ्यो । ‘हंगर आर्टिस्ट’लाई भौैकै बाँचेर देखाउँछु भन्ने मनोबल हुन्थ्यो, तर व्यवस्थापकलाई मान्छेको ध्यान कम हुँदै जाला भन्ने डर थियो । त्यसैले अनशन कहिले तोडिन्छ भन्ने मिति स्वयं ‘हंगर आर्टिस्ट’का लागि पनि ‘सस्पेन्स’को विषय थियो ।

 

नाम फैलिरहेको थियो, तर ‘हंगर आर्टिस्ट’को मन कुण्ठित हुँदै गइरहेको थियो । उसलाई गुनासो के पनि थियो भने अनशन कहिले तोड्ने भन्ने निर्णय पनि उसको नियन्त्रणमा थिएन । अझै केही साता भोकै बस्छु भनेर ‘हंगर आर्टिस्ट’ले मन दृढ बनाएकै पल व्यवस्थापक आएर अनशन सकिएको घोषणा गरिदिन्थ्यो । ‘हंगर आर्टिस्ट’लाई भौैकै बाँचेर देखाउँछु भन्ने मनोबल हुन्थ्यो, तर व्यवस्थापकलाई मान्छेको ध्यान कम हुँदै जाला भन्ने डर थियो । त्यसैले अनशन कहिले तोडिन्छ भन्ने मिति स्वयं ‘हंगर आर्टिस्ट’का लागि पनि ‘सस्पेन्स’को विषय थियो । आफ्नो अन्तिम शक्तिको परीक्षा नै दिन नपाई फेरि खाना खानुपर्दा ‘हंगर आर्टिस्ट’लाई हीनताबोध हुन्थ्यो । तर, व्यवस्थापकको चासो भिन्न थियो । अनशनपछिको अन्नप्रासन समारोहलाई कसरी भव्य बनाउन सकिन्छ भन्नेमा व्यवस्थापकले यति धेरै मिहिनेत गर्दथ्यो कि ‘हंगर आर्टिस्ट’ कुन मनस्थितिबाट गुज्रिएको छ भन्ने हेक्का राख्न पाउँदैनथ्यो । अन्नप्रासन समारोह एक नियमित अनुष्ठानजस्तै भएको थियो । भीडबाट छानिएका दुईजना महिला पिँजडाभित्र जान्थे र दुवै पाखुरामा बल दिएर ‘हंगर आर्टिस्ट’लाई बाहिर ल्याउँथे । मान्छेहरू वरिपरि घुमेर हेर्थे, कतिले छाला तानेर बटार्दै भन्थे, ‘लुकीलुकी खानुपर्दा त मान्छे कंकालजस्तो हुँदोरहेछ, खाना साँच्चै बन्द गर्‍यो भने त बिजोग नै हुन्छ होला ।’ मान्छेहरूका यी वचन उसको कानबाट यसरी मुटुसम्म पुग्थे कि उसले हप्तौँपछि आज मुखबाट पेटमा के पुग्यो भन्ने पनि पत्तो पाउँदैनथ्यो ।

मान्छेहरू अवलोकन गर्न होइन, चियाउन आउन थालेका छन् भन्ने ज्ञानले उसलाई प्रताडित बनाइरहेको थियो । त्यसैले उसले ठान्यो, ‘यी अघाएर आएकाहरूसँग म भोकोले किन मुस्कान छरेर संवाद गर्ने ? अब म यी सबैलाई अस्वीकार गर्छु, तिरस्कार गर्छु ।’ त्यसैले पछिल्ला अनशनमा ऊ आक्रामक बन्न थालेको थियो । ऊ धेरैजसो पिँजडाभित्र उकुसमुकुस भएर बस्थ्यो । कसैले कर्के नजरले हेर्‍यो भने दुई हातले बार समातेर पूरै पिँजडा हल्लाइदिन्थ्यो । रन्किएको ‘हंगर आर्टिस्ट’लाई शान्त पार्ने सामथ्र्य व्यवस्थापकसँग मात्र थियो । तर, त्यही क्षणलाई पनि व्यवस्थापकले दर्शकसामु व्यवस्थपित रूपमा सप्रसंग बयान गथ्र्यो, ‘खानाको कमीले शरीरमा उत्पन्न हुने रासायनिक प्रतिक्रियाले मान्छेको मनोविज्ञानमा कस्तो असर पर्छ ? लौ ध्यान दिएर ‘हंगर आर्टिस्ट’लाई हेर्नुस्, जसले प्रत्यक्ष बयान गरिरहेको छ ।’

‘हंगर आर्टिस्ट’ भोकै मुस्कुरायो, पछिल्ला दिनमा शिथिल शरीरले पिँजडा पनि हल्लायो । अब के ? दर्शक अब नयाँ स्वादको पर्खाइमा थिए । किनकि, उस्तै शैली र प्रस्तुतिले उनीहरूलाई आकर्षित गर्न सकिरहेको थिएन । ‘हंगर आर्टिस्ट’का लागि त्यो जीवन–मरणको विषय थियो, तर दर्शकका लागि फगत मनोरञ्जन । उनीहरू सिर्जनशील प्रस्तुतिको प्रतीक्षामा थिए । उनीहरूलाई चटक्क केही स्वादिलो चाहिएको थियो । नौलो आयामको अभावमा ‘हंगर आर्टिस्ट’को प्रस्तुति फितलो साबित हुन थाल्यो । दर्शकको आगमन मात्र होइन, व्यवस्थापकको रुचिमा पनि व्यापक ह्रास आउन थाल्यो । दिन यस्तो पनि आयो, अघोषित रूपमै ‘हंगर आर्टिस्ट’ र व्यवस्थापक अलग–अलग भए ।

उमेश चाैहान

व्यवस्थापक आफ्नो योग्यताको काममा फर्कियो । ‘हंगर आर्टिस्ट’ पनि योग्यताकै काममा फर्कियो । योग्यता अर्थात् उही अनशन । एउटा कठोर व्यवस्थापकको उद्देश्य, स्वभाव र सर्तबाट मुक्त भएको केही दिनमा ‘हंगर आर्टिस्ट’ अर्को व्यवस्थापकसँग अनुबन्धित भयो । यसपालि दर्शकको कमी हुनु नपर्ने हो, किनकि ‘हंगर आर्टिस्ट’को पिँजडा नै सर्कसभित्र राखिएको थियो । सर्कसवालाले पनि ‘हंगर आर्टिस्ट’लाई उच्च महत्व दिएको थियो । त्यसैले प्रवेशद्वारबाट पस्नासाथ सबैभन्दा पहिले ‘हंगर आर्टिस्ट’को पिँजडा देखिन्थ्यो । त्यसपछि मात्र रमाइला खेल देखाउने जनावरका स्टेज थिए । तर, प्राथमिकताको त्यही क्षेत्र ‘हंगर आर्टिस्ट’का लागि अर्को दुर्भाग्य भयो, मान्छेहरू ‘हंगर आर्टिस्ट’ नजिकै आउँथे, तर ठ्याक्कै उतापट्टि जनावरको खेल हेर्न हुर्रिएर जान्थे । डरलाग्दा र रमाइला जनावरका अगाडि अनशनले थलिएको निम्छरो मान्छे कसले देख्ने ? हरेक दिन, हरेक क्षण भीडका भीड मान्छे आए, तर कसैले वास्ता गरेनन् । भीडबाट परित्यक्त र व्यवस्थापकबाट उपेक्षित ‘हंगर आर्टिस्ट’को जीवनमा सबैभन्दा उपलब्धिमूलक दिन पनि आयो, उसले धेरै पहिले घोषणा गरेजस्तै सबैभन्दा लामो अनशन बसेर उसले आफ्नै कीर्तिमान पनि तोड्यो । तर, दुर्भाग्य ! त्यो ठ्याक्कै कतिऔँ दिन थियो भन्ने खुल्न सकेन । किनकि आज अनशनको पाँचौँ, एघारौँ वा पच्चीसौँ दिन भनेर कागजमा लेखेर ‘हंगर आर्टिस्ट’को पछाडिपट्टि भित्तामा टा“सिदिने पनि कोही थिएन ।

धेरै दिनपछि सर्कसको व्यवस्थापकको नजर पर्‍यो– एउटा पिँजडा त खालीजस्तै छ । भुइँमा सुषुप्त लडिरहेको ‘हंगर आर्टिस्ट’ले सुपरभाइजरकै अगाडि अन्तिम सास लियो र बिदा भयो । जीवनमा उपेक्षित ‘हंगर आर्टिस्ट’ले मर्नासाथ महत्व पायो र पिँजडाबाट निकालेर उसको अन्येष्टि गरियोे । लगत्तै तामझामका साथ पिँजडामा भित्रियो, एउटा चितुवा । ‘हंगर आर्टिस्ट’भन्दा कता हो कता फरक थियो चितुवा । दम्भले फुलेको चितुवा कहिले उफ्रन्छ, कहिले गर्जन्छ, कहिले शान्त भएर सुत्छ, कहिले जुरुक्क उठेर तर्साउँछ । चितुवाको गर्जन सुन्न र दम्भ हेर्न मात्र होइन, उसले निदाएको वेला घुरेको आवाज सुन्न पनि मान्छेको भीड ओइरिएको छ । नयाँ भीड देखेर नयाँ व्यवस्थापक दंग छ, पिँजडा त पुरानै हो भन्ने विरासतको भावनाले पुरानो व्यवस्थापक पनि गौरवान्वित छ ।

०००

पुनश्चः कथाको संक्षिप्त अनुवाद यत्ति हो । कथामाथि टिप्पणीसहितको मूल लेख अब सुरु हुन्छ, जुन १४ शब्दको छ– ‘यो कथा कुनै पनि प्रसंग, पात्र वा परिवेशसँग मिल्न गएमा संयोग मात्र नहुन सक्छ ।’

@Umesh_Chauhan