जिल्ला अस्पतालमा बिरामीको चाप, नि.शुल्क औषधिको अभाव - Naya Patrika
© 2017 Naya Prakasan Pvt. Ltd.

जन्मपछि प्रायः नवजात शिशुको शरीरमा रौँ देखिने गर्छ । यसलाई हटाउने केमिकलको प्रयोग शिशुको कलिलो छालाका लागि हानिकारक हुन्छ । यस्तो हानिकारक केमिकल प्रयोग गर्नुको साटो घरेलु उपाय प्रयोग गरी…
पूरा पढ्नुहोस् »

शशीधर भण्डारी/नयाँ पत्रिका प्युठान नगरपालिका–३ दैलीसिमलमा खानेपानीको अभाव भएको छ । वर्षा नसकिँदै पानीको संकट परेपछि वडावासी एक गाग्री पानीका लागि रातभर पँधेरोमा बस्न बाध्य छन् । ‘खानेपानी भर्न रातभर…
पूरा पढ्नुहोस् »

तीन दिनभित्र स्वतन्त्रता घोषणा फिर्ता नलिए अप्रिय निर्णय लिइने स्पेन सरकारको चेतावनी स्पेन सरकारले क्याटलोनियाका पृथकतावादी नेताहरूलाई क्याटलन राज्यलाई स्पेनबाट स्वतन्त्र भएको घोषणा फिर्ता लिन तीन दिनको समय दिएको छ…
पूरा पढ्नुहोस् »

रौतहटको चन्द्रनिगाहपुरमा सम्पन्न २ नम्बर प्रदेश स्तरीय कराते प्रतियोगितामा सात स्वर्र्ण पदक सहित रौतहट जिल्ला प्रथम भएको छ । नेपाल सितोरियो कराते संघ रौतहटको आयोजनामा चन्द्रनिगाहपुरमा सम्पन्न प्रतियोगितामा २ नम्बर…
पूरा पढ्नुहोस् »

कसैले तपाईंलाई सोध्यो, ‘कस्ती युवती मनपर्छ ?’ तपाईं के भन्नुहुन्छ ? पक्कै पनि सुन्दर या राम्री । सुन्दरताले जो–कसैलाई सजिलै अभिभूत बनाउँछ । जसमा हामी आनन्दित हुन्छौँ । चाहे कुनै…
पूरा पढ्नुहोस् »

सन् २०१८ मा रसियामा फुटबलकै महाकुम्भ मेला भनेर चिनिने विश्वकप हुँदै छ । अहिलेसम्म विश्वकपमा २३ राष्ट्रले आफ्नो स्थान पक्का गरेका छन् । रसिया विश्वकपमा ३२ राष्ट्रले भाग लिनेछन् ।…
पूरा पढ्नुहोस् »

गैरआवासीय नेपालीको दुईदिने सम्मेलन भवन भट्टको अध्यक्षतामा नयाँ नेतृत्व चयन गर्दै सकिएको छ । यसपालि अध्यक्षका लागि अर्को सशक्त दाबी प्रस्तुत गरेकी अस्ट्रेलियाकै धनाढ्य जमुना घले गुरुङ पराजित भएकी छिन्…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिकाको न्युजरुममा आज उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणासँग अन्तरक्रिया हुँदैछ । मुलुकको विकासमा निजी क्षेत्रका योगदान कति भन्ने विषयमा अन्तरक्रिया केन्द्रित हुँदैछ । अन्तरक्रिया फेसबुक लाइभ हेर्न तलको लिंकमा…
पूरा पढ्नुहोस् »

नवीन केसी, अर्घाखाँची, २८ साउन   |   साउन २८, २०७४

जिल्ला अस्पतालमा बिरामीहरूको चाँप बढेको छ । मौसममा आएको परिवर्तनसँगै भाइरल ज्वरोका कारण बिरामीहरूको संख्या बढेको जिल्ला अस्पतालका प्रमुख डा. जगन्नाथ तिवारीले बताए ।
१५ बेड स्वीकृत जिल्ला अस्पतालमा अन्य क्षेत्रको सहयोगमा १५ बेड थप गरेर ३० वटा बनाएको प्रमुख तिवारीले बताए । ‘अहिले अस्पतालमा ४५ जना बिरामी भर्ना गरेर उपचार लिइरहेका छौँ, मौसम परिवर्तनका कारण ज्वरो, टाइफाइट, भाडापखालाका बिरामी बढिरहेका छन् । तर, बेडअभाव भएपछि भुईंमा राखेर बिरामीको उपचार गरिरहेका छौँ ।’

 

गुल्मी जिल्लाको मदाने गाउँपालिकाबाट छोराको उपचारका लागि सन्धिखर्क अस्पताल आएकी ४० वर्षीया सीमा नेपालीले भनिन्, ‘छोरालाई एक महिनादेखि ज्वरो आएको थियो । गाउँको स्थानीय मेडिकलमा जचाएर औषधि खुवाएँ ।

ज्वरो नघटेपछि भर्ना गरेर उपचार गराइरहेकी छु । तर, बेड सानो भएकाले निकै गाहे भएको छ । बेड अभाव भएपछि जिल्ला अस्पतालमा बिरामी कुरुवाका लागि राखिएका लो–बेडहरू राखेर उपचार भइरहेको छ ।

जिल्लाभर औषधिको अभाव

स्थानीय तहको संरचना परिर्वतन भएसँगै जिल्लाका ४१ वटा स्वास्थ्य संस्थामा औषधिको अभाव भएको छ । नयाँ बजेटमा गाउँपालिकामा तीन लाख र नगरपालिकामा पाँच लाख रुपैयाँको औषधि खरिद गर्ने भनेर बजेट सिलिङ पठाए पनि औषधि खरिदमा अन्योल उत्पन्न भएको छ । जिल्ला अस्पताल अर्घाखाँचीमा सबै प्रकारका निःशुल्क औषधिहरू उपलब्ध हुनसकेका छैनन् ।

७० प्रकारका निःशुल्क औषधि पाइनुपर्ने भए पनि यहाँ ४० प्रकारका औषधि मात्र पाइन्छ । औषधि नपाउँदा बिरामीहरुले राज्यले दिएको सेवा उपयोग गर्न पाएका छैनन् । औषधि उपलव्ध नहुँदा गरिव बिपन्न वर्गका नागरिक प्रत्यक्ष रूपमा मर्कामा पर्ने गरेका छन् ।

जिल्ला अस्पतालका प्रमुख डा. जगन्नाथ तिवारीले अत्यावश्यक औषधिहरू उपलब्ध भए पनि केही औषधि अस्पतालमा नभएको बताउँछन् । ‘थाइराइड, प्रेसर, सुगरका केहि औषधि उपलब्ध छैनन्,’ उनले भने, ‘औषधिमाथिबाटै नआएकाले समस्या परिरहेको छ ।’

जिल्ला अस्पतालमा सरकारले उपलब्ध गराउने सबै प्रकारका औषधि कहिल्यै पनि उपलब्ध नभएको पाइएको छ । ‘जिल्ला भरबाट औषधि अभाव हुन लाग्यो भनेर फोन आउन थालेको छ ।

हामीले पनि क्षेत्रमा माग गर्ने हो क्षेत्रमा भन्दा गाउँपालिका र नगरपालिकासँग समन्वय गर्नुस् भनेर जवाफ आएको छ । केन्द्रले पनि यसपटक औषधि खरिद गरेको छैन । कसरी औषधि खरिद गर्ने हो अन्योल उत्पन्न भएको छ,’ डा. तिवारीले भने ।

जिल्ला अस्पतालमा गत वर्षको स्टक रहेका सिटामोल, जीवनजल जस्ता औषधि भने सबै स्वास्थ्य संस्थामा पठाएको अस्पतालका स्टोरकिपर मदन भट्टराईले बताए ।