बिमस्टेक बैठकमा महासंघ अध्यक्ष राणाको सम्बोधन - Naya Patrika
© 2017 Naya Prakasan Pvt. Ltd.

जन्मपछि प्रायः नवजात शिशुको शरीरमा रौँ देखिने गर्छ । यसलाई हटाउने केमिकलको प्रयोग शिशुको कलिलो छालाका लागि हानिकारक हुन्छ । यस्तो हानिकारक केमिकल प्रयोग गर्नुको साटो घरेलु उपाय प्रयोग गरी…
पूरा पढ्नुहोस् »

शशीधर भण्डारी/नयाँ पत्रिका प्युठान नगरपालिका–३ दैलीसिमलमा खानेपानीको अभाव भएको छ । वर्षा नसकिँदै पानीको संकट परेपछि वडावासी एक गाग्री पानीका लागि रातभर पँधेरोमा बस्न बाध्य छन् । ‘खानेपानी भर्न रातभर…
पूरा पढ्नुहोस् »

तीन दिनभित्र स्वतन्त्रता घोषणा फिर्ता नलिए अप्रिय निर्णय लिइने स्पेन सरकारको चेतावनी स्पेन सरकारले क्याटलोनियाका पृथकतावादी नेताहरूलाई क्याटलन राज्यलाई स्पेनबाट स्वतन्त्र भएको घोषणा फिर्ता लिन तीन दिनको समय दिएको छ…
पूरा पढ्नुहोस् »

रौतहटको चन्द्रनिगाहपुरमा सम्पन्न २ नम्बर प्रदेश स्तरीय कराते प्रतियोगितामा सात स्वर्र्ण पदक सहित रौतहट जिल्ला प्रथम भएको छ । नेपाल सितोरियो कराते संघ रौतहटको आयोजनामा चन्द्रनिगाहपुरमा सम्पन्न प्रतियोगितामा २ नम्बर…
पूरा पढ्नुहोस् »

कसैले तपाईंलाई सोध्यो, ‘कस्ती युवती मनपर्छ ?’ तपाईं के भन्नुहुन्छ ? पक्कै पनि सुन्दर या राम्री । सुन्दरताले जो–कसैलाई सजिलै अभिभूत बनाउँछ । जसमा हामी आनन्दित हुन्छौँ । चाहे कुनै…
पूरा पढ्नुहोस् »

सन् २०१८ मा रसियामा फुटबलकै महाकुम्भ मेला भनेर चिनिने विश्वकप हुँदै छ । अहिलेसम्म विश्वकपमा २३ राष्ट्रले आफ्नो स्थान पक्का गरेका छन् । रसिया विश्वकपमा ३२ राष्ट्रले भाग लिनेछन् ।…
पूरा पढ्नुहोस् »

गैरआवासीय नेपालीको दुईदिने सम्मेलन भवन भट्टको अध्यक्षतामा नयाँ नेतृत्व चयन गर्दै सकिएको छ । यसपालि अध्यक्षका लागि अर्को सशक्त दाबी प्रस्तुत गरेकी अस्ट्रेलियाकै धनाढ्य जमुना घले गुरुङ पराजित भएकी छिन्…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिकाको न्युजरुममा आज उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणासँग अन्तरक्रिया हुँदैछ । मुलुकको विकासमा निजी क्षेत्रका योगदान कति भन्ने विषयमा अन्तरक्रिया केन्द्रित हुँदैछ । अन्तरक्रिया फेसबुक लाइभ हेर्न तलको लिंकमा…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिका, काठमाडौं   |   साउन २८, २०७४

एकीकृत क्षेत्रीय व्यापार गर्न  राजनीतिक प्रतिबद्धता आवश्यक –

नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले ‘बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक)’को सदस्य राष्ट्रहरूबीच एकीकृत क्षेत्रीय व्यापारलाई प्राथमिकता दिनुपर्ने बताएकी छन् । काठमाडौंमा जारी बिमस्टेकको १५औँ मन्त्रीस्तरीय बैठकलाई सम्बोधन गर्दै उनले यस क्षेत्रमा स्वतन्त्र व्यापारका लागि सबै राष्ट्रका सरकारले राजनीतिक प्रतिबद्धता गर्नुपर्ने बताएकी हुन् ।

सन् २००४ मा बिमस्टेक सदस्य राष्ट्रहरूबीच स्वतन्त्र व्यापार सम्झौता भएको थियो । उक्त सम्झौताले व्यापार उदारीकरणमा मूर्तरूप पाउन नसकेको भन्दै अध्यक्ष राणाले एकीकृत क्षेत्रीय व्यापारका लागि जतिसक्दो छिटो राजनीतिक प्रतिबद्धतासहित उक्त सम्झौता कार्यान्वयनका लागि आग्रह गरेकी हुन् । ‘अन्तरक्षेत्रीय व्यापारको करिब ७ प्रतिशत मात्र हिस्सा रहेको बिमस्टेकमा एक–दुई राष्ट्रबीच मात्र क्षेत्रीय व्यापार सञ्जाल जोडिएको छ,’ उनले भनिन्, ‘सदस्य राष्ट्रहरूबीच न्यून सम्पर्र्क, कर तथा गैरकर अवरोधहरू र व्यापार सहजीकरणका कमजोर मापनहरू नै यस क्षेत्रका मुख्य कमजोरी हुन्, जसलाई हामीले सच्याउनुपर्नेछ ।’

अल्पविकसितलाई प्राथमिकता
स्वतन्त्र व्यापार सम्झौता मात्रले आर्थिक सहयोग र आर्थिक एकीकरणको प्रत्याभूति दिन नसक्ने बताउँदै अध्यक्ष राणाले यस्ता मञ्चहरूलाई सफल पार्न नेपालजस्ता अल्पविकसित राष्ट्रहरूको चासोलाई विशेष प्राथमिकता दिनैपर्नेमा जोड दिइन् ।

बिमस्टेक किन प्रभावकारी भएन ?
नेपाललगायत भारत, भुटान, बंगलादेश, श्रीलंका, थाइल्यान्ड र म्यानमार सदस्य राष्ट्रहरू रहेको बिमस्टेकको १५औँ मन्त्रीस्तरीय बैठक बिहीबारदेखि काठमाडौंमा सुरु भएको हो । बिमस्टेकका सदस्य राष्ट्रहरूका विदेशमन्त्रीहरूसहित उच्च सरकारी अधिकारीको सहभागिता रहेको उक्त बैठकलाई नेपाली निजी क्षेत्रका तर्फबाट सम्बोधन गर्दै महासंघ अध्यक्ष राणाले बिमस्टेक जनताको अपेक्षाअनुसार प्रभावकारी हुन नसकेको बताइन् । ‘सन् १९९७ मा गठित बिमस्टेक यस क्षेत्रका जनताको अपेक्षाअनुसार अगाडि बढ्न सकेको छैन,’ उनले भनिन्, ‘काठमाडौं बैठक बिमस्टेकलाई विनाकुनै विलम्ब सशक्त ढंगबाट अगाडि बढाउन महत्वपूर्ण निर्णयहरू गर्न सफल हुने अपेक्षा गरेका छौँ।’

आर्थिक मुद्दालाई केन्द्रमा राख्न सुझाब
आसियान र इयूले प्राप्त गरेको आर्थिक सफलताबाट पाठ सिक्दै बिमस्टेकलाई पनि आर्थिक मुद्दालाई मुख्य रूपमा जोड दिई अघि बढाउन उनले सुझाब दिइन् । उनले यस क्षेत्रको सशक्त मञ्चका रूपमा अगाडि बढाउँदै जनताको समृद्धिमा लाग्न सदस्य सरकारहरूसमक्ष आग्रह गरिन् । उनले यस क्षेत्रको आर्थिक विकासका लागि रेल, सडक, समुद्र, वायु र प्रविधिमार्फत आपसी सम्पर्क विस्तारमा विशेष जोड दिनसमेत आग्रह गरिन् ।

बिमस्टेक उवासंघ गठनको प्रस्ताव
सोही अवसरमा अध्यक्ष राणाले बिमस्टेक उद्योग वाणिज्य संघ गठनका लागि प्रस्तावसमेत गरिन् । ‘यस क्षेत्रमा रहेको प्रचुर आर्थिक विकासको सम्भावनालाई यथार्थतामा रूपान्तरण गरी क्षेत्रीय आर्थिक विकासलाई तीव्र रूपमा अगाडि लैजान यस क्षेत्रका निजी क्षेत्रहरूबीचको सहकार्य पनि आवश्यक छ,’ उनले भनिन्, ‘व्यावसायिक सम्बन्ध एवं सञ्जाल विस्तारबाट मात्रै क्षेत्रीय समृद्धि सम्भव भएकाले बिमस्टेक उद्योग वाणिज्य संघ गठन गर्न आवश्यक छ ।’ सोही संघबाट गरी यस क्षेत्रको व्यापार तथा लगानी अभिवृद्धि गरी अगाडि बढ्नुपर्ने उनको भनाइ थियो ।