बाढीकाे विनाशलीला : सुनसरीमा ६ जनाको मृत्यु, विराटनगर महानगर जलमग्न, सेनाको ब्यारेकसमेत डुबानमा - Naya Patrika
© 2017 Naya Prakasan Pvt. Ltd.
अपडेट

एक वर्षमा ३२ सिनियर प्रहरी अधिकृतसहित दुई हजार तीन सय ८१ प्रहरी कारबाहीमा परेका छन् । अघिल्लो वर्षभन्दा झन्डै दोब्बर प्रहरी कारबाहीमा परेका हुन् । प्रहरी प्रधान कार्यालयका अनुसार आर्थिक…
पूरा पढ्नुहोस् »

नेपाल पत्रकार महासङ्घमा गोविन्द आचार्य नेतृत्वको प्यानल निर्वाचित भएको छ । गोविन्द आचार्यले ७३२ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी तीर्थ कोइरालाले ६२७ मत प्राप्त गरे । आचार्य…
पूरा पढ्नुहोस् »

अभिनेता एवं निर्देशक रमेश बुढाथोकी विगत साढे तीन दशकदेखि कलाकारितामा अनवरत छन् । ०३७ सालदेखि आफ्नै लेखन, निर्देशन र अभिनयमा नाटक मञ्चन सुरु गरेका उनले त्यसपछि थुप्रै नाटक गरे ।…
पूरा पढ्नुहोस् »

धन कमाउने सपना पालेर विदेश गएका उनी रित्तो हात घर फर्किए । विदेशबाट फर्किएपछि के गर्ने भन्दै अलमलमा परेका उनलाई सैलुन व्यावसाय गर्ने सोच आयो बानपा—२ का २७ वर्षका राजन…
पूरा पढ्नुहोस् »

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अफगानिस्तानमा फेरि युद्ध गर्ने घोषणा गरेका छन् । यसअघि अफगानिस्तानमा रहेका सैनिकहरुको संख्यामा कटौती गर्ने आफ्नो घोषणा विपरित राष्ट्रपति ट्रम्पले कुनै पनि बेला युद्ध शुरु गर्ने चेतावनी…
पूरा पढ्नुहोस् »

माल्दिभ्समाथि सानदार जित हात पार्दै नेपाल साफ यू–१५ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ । नेपालले सोमबार एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा माल्दिभ्सलाई ६–० को फराकिलो अन्तरले पराजित गरेर अन्तिम चारमा…
पूरा पढ्नुहोस् »

उत्तर कोरियाको गुआममा आक्रमण गर्ने धम्की र उसका तर्फबाट बारम्बार गरिँदै आएको क्षेप्यास्त्र परीक्षणसँगै चलिरहेको वाक्युद्धलाई लिएर विश्लेषकले चेतावनी दिएका छन् कि यस्तो संवेदनशील समयमा संयुक्त सैनिक अभ्यास गर्नु आगोमा…
पूरा पढ्नुहोस् »

राम तामाङ राजधानीको व्यस्त र भिडमभिड क्षेत्र असन, इन्द्रचोक, ज्याठा र भोटाहिटीवरपर ठेला चलाउँछन् । उनका दिनहरू ठेलामा सामान ओसारेरै बित्छन् । परिवार पाल्ने र आफ्नो पढाइ खर्च थेग्ने उनको…
पूरा पढ्नुहोस् »

झन्डै नौ महिनाअघि वर्तमान गठबन्धनका तर्फबाट संसद्मा प्रस्तुत गरिएको र बीचबीचमा परिमार्जनसहित अघि बढाइएको नेपालको संविधानमा दोस्रो संशोधन गरियोस् भन्ने प्रस्ताव आवश्यक समर्थन प्राप्त गर्न नसकेपछि सोमबारको संसद् बैठकबाट अस्वीकृत…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिकाको न्युजरुममा आज उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणासँग अन्तरक्रिया हुँदैछ । मुलुकको विकासमा निजी क्षेत्रका योगदान कति भन्ने विषयमा अन्तरक्रिया केन्द्रित हुँदैछ । अन्तरक्रिया फेसबुक लाइभ हेर्न तलको लिंकमा…
पूरा पढ्नुहोस् »

गणेश लम्साल, विराटनगर, २८ साउन   |   साउन २८, २०७४

शुक्रबार रातिदेखि परेको अविरल वर्षाका कारण विराटनगर महानगरपालिका पूरै जलमग्न बनेको छ । वर्षाले गर्दा विराटनगर विमानस्थलसमेत डुबानमा परेको छ । शनिबार बिहानदेखिका सबै उडान रद्द भएका छन् ।

रनवे, विमानस्थलपरिसर र क्वार्टर, यात्रु विश्रामकक्षमासमेत पानी भरिएको छ । डुबानले गर्दा एक्सरे मेसिनलगायत अत्यावश्यक उपकरणसमेत भिजेका छन् ।

 

 

भारी वर्षाले महानगरकाका अधिकांश स्थान डुबानमा छन । सरौचिया, बरगाछी, कञ्चनबारी, हिमालय रोड, बिजुली अफिस क्षेत्र पूरै जलमग्न भएको छ । मुख्य राजमार्गसमेत जलग्मन हुँदा सवारी आवागमनमा असुविधा भएको छ । राजमार्ग स्तरोन्नतिको काम भइरहेकाले पानीको निकास नहुँदा मुख्य राजमार्गलगायत बजार क्षेत्र डुबानमा परेको हो ।

 

 

नगरका गाउँटोल जलमग्न भएपछि स्थानीय सुरक्षित स्थानमा शरण लिन थालेका छन् । यसैगरी, मोरङका बक्राहा र मावा खोलामा बाढीको वहाव बढेपछि स्थानियबासी त्रसित अवस्थामा छन् ।

अविरल वर्षाले गर्दा विराटनगर र इटहरी क्षेत्रमा बिजुली, टेलिफोन, मोवाइल सेवासमेत अवरुद्ध बनेको छ ।

सुनसरीमा ६ जनाको मृत्यु

अविरल वर्षापछि आएको बाढीले बगाएर सुनसरीको इटहरीमा पाँचजनाको मृत्यु भएको पूर्वक्षेत्रीय प्रहरीले जनाएको छ ।
इटहरीमा पाँचजना र तरहरामा एकजना गरेर ६ जनाको मृत फेला परेका छन् ।

 

 

प्रहरीका अनुसार इटहरी –३ गैरी गाउँका ३० वर्षीया माला साह, उनकी छोरी सिठी साह, भोजपुर घोरेटार घर भई इटहरी ४ बस्ने माला राइको तीन वर्षीय छोरा रुपेश राई र ८ वर्षकी छोरी रुपसनी राईको शव फेला परेको छ । घरमा पानी पसे पछि इटहरी ४ आइतबारेका ४० वर्षीय इश्वर सुनुवार र इटहरी २० तरहरामा एक वृद्धको शव फेला परेको छ ।

बाढीले इटहरीस्थित नेपाली सेनाको पूर्वी पृतना मुख्यालय पनि डुवानमा परेको छ । सेनाका ब्यारेकभित्रै पानी पसेपछि सामानहरू सुरक्षित स्थानमा सारिएको छ । बाढि र डुवान समस्या बढेपछि नेपाली सेनाको हेलिकोप्टर बिहानैदेखि उद्धारका लागि जुटेको पूर्वीपृतना इटहरीले जानकारी गराएको छ ।

यसैगरी, पूर्वक्षेत्र प्रहरी र सशस्त्र प्रहरी पनि उद्धारका लागि तैनाथ रहेको जनाइएको छ ।