कञ्चनपुरमा विद्यार्थी नेता जाग्रीको घाँटी रेटेर हत्या - Naya Patrika
© 2017 Naya Prakasan Pvt. Ltd.

एक वर्षमा ३२ सिनियर प्रहरी अधिकृतसहित दुई हजार तीन सय ८१ प्रहरी कारबाहीमा परेका छन् । अघिल्लो वर्षभन्दा झन्डै दोब्बर प्रहरी कारबाहीमा परेका हुन् । प्रहरी प्रधान कार्यालयका अनुसार आर्थिक…
पूरा पढ्नुहोस् »

नेपाल पत्रकार महासङ्घमा गोविन्द आचार्य नेतृत्वको प्यानल निर्वाचित भएको छ । गोविन्द आचार्यले ७३२ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी तीर्थ कोइरालाले ६२७ मत प्राप्त गरे । आचार्य…
पूरा पढ्नुहोस् »

अभिनेता एवं निर्देशक रमेश बुढाथोकी विगत साढे तीन दशकदेखि कलाकारितामा अनवरत छन् । ०३७ सालदेखि आफ्नै लेखन, निर्देशन र अभिनयमा नाटक मञ्चन सुरु गरेका उनले त्यसपछि थुप्रै नाटक गरे ।…
पूरा पढ्नुहोस् »

धन कमाउने सपना पालेर विदेश गएका उनी रित्तो हात घर फर्किए । विदेशबाट फर्किएपछि के गर्ने भन्दै अलमलमा परेका उनलाई सैलुन व्यावसाय गर्ने सोच आयो बानपा—२ का २७ वर्षका राजन…
पूरा पढ्नुहोस् »

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अफगानिस्तानमा फेरि युद्ध गर्ने घोषणा गरेका छन् । यसअघि अफगानिस्तानमा रहेका सैनिकहरुको संख्यामा कटौती गर्ने आफ्नो घोषणा विपरित राष्ट्रपति ट्रम्पले कुनै पनि बेला युद्ध शुरु गर्ने चेतावनी…
पूरा पढ्नुहोस् »

माल्दिभ्समाथि सानदार जित हात पार्दै नेपाल साफ यू–१५ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ । नेपालले सोमबार एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा माल्दिभ्सलाई ६–० को फराकिलो अन्तरले पराजित गरेर अन्तिम चारमा…
पूरा पढ्नुहोस् »

उत्तर कोरियाको गुआममा आक्रमण गर्ने धम्की र उसका तर्फबाट बारम्बार गरिँदै आएको क्षेप्यास्त्र परीक्षणसँगै चलिरहेको वाक्युद्धलाई लिएर विश्लेषकले चेतावनी दिएका छन् कि यस्तो संवेदनशील समयमा संयुक्त सैनिक अभ्यास गर्नु आगोमा…
पूरा पढ्नुहोस् »

राम तामाङ राजधानीको व्यस्त र भिडमभिड क्षेत्र असन, इन्द्रचोक, ज्याठा र भोटाहिटीवरपर ठेला चलाउँछन् । उनका दिनहरू ठेलामा सामान ओसारेरै बित्छन् । परिवार पाल्ने र आफ्नो पढाइ खर्च थेग्ने उनको…
पूरा पढ्नुहोस् »

झन्डै नौ महिनाअघि वर्तमान गठबन्धनका तर्फबाट संसद्मा प्रस्तुत गरिएको र बीचबीचमा परिमार्जनसहित अघि बढाइएको नेपालको संविधानमा दोस्रो संशोधन गरियोस् भन्ने प्रस्ताव आवश्यक समर्थन प्राप्त गर्न नसकेपछि सोमबारको संसद् बैठकबाट अस्वीकृत…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिकाको न्युजरुममा आज उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणासँग अन्तरक्रिया हुँदैछ । मुलुकको विकासमा निजी क्षेत्रका योगदान कति भन्ने विषयमा अन्तरक्रिया केन्द्रित हुँदैछ । अन्तरक्रिया फेसबुक लाइभ हेर्न तलको लिंकमा…
पूरा पढ्नुहोस् »

मोहन विष्ट, कञ्चनपुर,साउन २८   |   साउन २८, २०७४

कञ्चनपुरमा एकाबिहानै अखिल क्रान्तिकारीका एक नेताको हत्या भएको छ । शनिबार बिहान ९ बजे तिर नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीका जिल्ला सदस्य डम्बर जाग्रीको घाँटी रेटेर हत्या भएको हो ।

कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ कटान स्थित सिद्धनाथ विज्ञान क्याम्पसको छात्रावास भित्रै २५ वर्षीय जाग्रीको हत्या भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रकास बहादुर चन्दले जाग्रीको रहस्यमयी तरिकाले मृत अवस्थामा भेटिएको बताए ।

उनका अनुसार छात्रावासको स्टोर कक्षमा जाग्री रगतले छताछुल्ल भएको अवस्थामा भेटिएका छन् । सिद्धनाथ विज्ञान क्याम्पस बिएस्सी चौथो वर्षमा अध्ययनरत जाग्री अखिल क्रान्तिकारी विज्ञान क्याम्पसका संयोजक जाग्री बझाङ्ग–६ गलेदुर्गाका बासिन्दा हुन् । उनको तरकारी काट्ने दाउले घाँटी रेटेको विद्यार्थीले दाबी गरेका छन् ।

छात्रावासका क्यान्टिन कारिगर भारतीय नागरिक सुरेन्द्र सिह रावतले आफु दाल पकाईरहेको अवस्थामा स्टोरबाट डाडु ल्याउन सहयोगी सुरज ढगौरालाई पठाएका बेला जाग्री मृत्य अवस्थामा भेटिएको बताए । ‘म बिहानका लागि खाना पकाईरहेको थिए,‘कारिगर रावतले भने, ‘डम्बर त ढलेको देखे मैले उनलाई हेर्न सकेन्’ डम्बरको हत्या भएपछि जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता भीम बहादुर दाहालको नेतृत्वमा प्रहरीको टोली अहिले घटना स्थलमा पुगेको छ । घटना स्थलमा पुगेको प्रहरी टोलीले अनुसन्धान शुरु गरेको छ ।

घटनाको अनुसन्धान गरेर घाँटी रेटेर हत्या या के कति कारणले हत्या भएको बारे थप अनुसन्धान थालिने कञ्चनपुर प्रहरीले जनाएको छ । छात्रावासमा बिहानै अकल्पिनीय घटना भएपछि विद्यार्थी चिन्तित भएका छन् । क्याम्पस विद्यार्थी तथा विद्यार्थी संगठनले घटनाको सत्य तथ्य छानबिन गरी दोषिलाई कारबाहीको माग गरेका छन् ।