बलिउडमा डेब्यु गर्दै स्टार चाइल्ड - Naya Patrika
© 2017 Naya Prakasan Pvt. Ltd.
अपडेट

भारतले १९५० को नेपाल–भारत सन्धिअनुसार हाल चलिरहेको दोक्लाम विवादमा नेपालसँग समर्थन माग्न लागेको छ । प्रधानमन्त्री शेरबहादुर देउवासँग बिहीबार भारतीय समकक्षी नरेन्द्र मोदीले हैदरावाद हाउसमा हुने वान अन वान (एक्लाएक्लै)…
पूरा पढ्नुहोस् »

नेपाल पत्रकार महासङ्घमा गोविन्द आचार्य नेतृत्वको प्यानल निर्वाचित भएको छ । गोविन्द आचार्यले ७३२ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी तीर्थ कोइरालाले ६२७ मत प्राप्त गरे । आचार्य…
पूरा पढ्नुहोस् »

अभिनेता एवं निर्देशक रमेश बुढाथोकी विगत साढे तीन दशकदेखि कलाकारितामा अनवरत छन् । ०३७ सालदेखि आफ्नै लेखन, निर्देशन र अभिनयमा नाटक मञ्चन सुरु गरेका उनले त्यसपछि थुप्रै नाटक गरे ।…
पूरा पढ्नुहोस् »

धन कमाउने सपना पालेर विदेश गएका उनी रित्तो हात घर फर्किए । विदेशबाट फर्किएपछि के गर्ने भन्दै अलमलमा परेका उनलाई सैलुन व्यावसाय गर्ने सोच आयो बानपा—२ का २७ वर्षका राजन…
पूरा पढ्नुहोस् »

विश्व अर्थ – भारतीय अर्थतन्त्रमा पछिल्लो समय निकै शंकास्पद बनेको मुख्य विषय भनेको उत्पादन क्षेत्रको उत्पादकत्वको वास्तविक अवस्था हो । सन् २००८ मा विश्वव्यापी आर्थिक मन्दी आउनुभन्दा पहिले नै भारतमा…
पूरा पढ्नुहोस् »

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अफगानिस्तानमा फेरि युद्ध गर्ने घोषणा गरेका छन् । यसअघि अफगानिस्तानमा रहेका सैनिकहरुको संख्यामा कटौती गर्ने आफ्नो घोषणा विपरित राष्ट्रपति ट्रम्पले कुनै पनि बेला युद्ध शुरु गर्ने चेतावनी…
पूरा पढ्नुहोस् »

माल्दिभ्समाथि सानदार जित हात पार्दै नेपाल साफ यू–१५ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ । नेपालले सोमबार एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा माल्दिभ्सलाई ६–० को फराकिलो अन्तरले पराजित गरेर अन्तिम चारमा…
पूरा पढ्नुहोस् »

यतिखेर हामी संघीयता कार्यान्वयन र प्रशासनिक पुनः संरचनाको जटिल मोडमा छौँ । यस्तो अवस्थामा सबै पक्षले जिम्मेवारीपूर्वक काम गर्नुपर्छ । अझ राजनीतिक प्रणाली सञ्चालनको मुख्य अवयवका रूपमा रहेका राजनीतिक नेतृत्व…
पूरा पढ्नुहोस् »

राम तामाङ राजधानीको व्यस्त र भिडमभिड क्षेत्र असन, इन्द्रचोक, ज्याठा र भोटाहिटीवरपर ठेला चलाउँछन् । उनका दिनहरू ठेलामा सामान ओसारेरै बित्छन् । परिवार पाल्ने र आफ्नो पढाइ खर्च थेग्ने उनको…
पूरा पढ्नुहोस् »

ऊर्जा मन्त्रालय, विद्युत् विकास विभागले फेरि एकपटक झोलाम खोला राखेर हिँड्नेलाई ३५ दिनभित्र निर्माण प्रक्रिया अघि नबढाए कारबाही गर्ने बताएको छ । विद्युत् उत्पादन गर्छु, लगानी जुटाउँछु भनेर निर्माणका लागि…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिकाको न्युजरुममा आज उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणासँग अन्तरक्रिया हुँदैछ । मुलुकको विकासमा निजी क्षेत्रका योगदान कति भन्ने विषयमा अन्तरक्रिया केन्द्रित हुँदैछ । अन्तरक्रिया फेसबुक लाइभ हेर्न तलको लिंकमा…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिका, काठमाडौं   |   साउन २८, २०७४

पछिल्लो समय बलिउडमा स्टारका सन्ततिको वचस्र्व बढ्दै गइरहेको छ । राकेश रोशनका छोरा ऋतिक, अमिताभ बच्चनका छोरा अभिषेक, ऋषि कपुरका छोरा रणवीर हुन्, पंकज कपुरका छोरा साहिद, ज्याकी श्राफका छोरा टाइगर, सिन्हाकी छोरी सोनाक्षी, अनिल कपुरकी छोरी सोनम हुन् या शत्रुघन, बलिउडमा जमेकै छन् ।  बाबुआमाकै पेसामा लाग्न सन्ततिलाई सहज हुने गरेको छ । बलिउड यति धेरै व्यावसायिक छ कि त्यहाँ अधिकांश कलाकारका सन्तति, आफन्त पनि कलाकारितामै लागेका छन् । बलिउडमा अब डेब्यु हुन लागेका स्टारका सन्तानबारे भारतीय अनलाइनले तयार पारेको रिपोर्ट:


अहान सेठ्ठी
अभिनेता सुनील सेठ्ठीकी जेठी छोरी आथियाले ‘हिरो’ फिल्ममार्फत बलिउडमा डेब्यु गरिसकेकी छिन् । हिरोपछि उनको हालै मुबारका फिल्ममा पनि देखिइन् । आथियापछि अब सुनीलका छोरा अहान पनि बलिउडमा प्रवेश गर्ने तयारीमा छन् । २१ वर्षीय अहानले हिरो बन्नका लागि आफूलाई तयार गरिरहेका छन् । खबरअनुसार अहान निर्माता साजिद नाडियावालाको एक्सन फिल्मबाट डेब्यु गर्दै छन् । अहानले डेब्यु गर्ने फिल्मबारे सुपरस्टार सलमान खानले जानकारी दिएका हुन् ।

सारा अलि खान
अभिनेता सैफ अलि खान र अमृता सिहंकी छोरी सारा अलि खान पनि हिरोइन बन्ने धुनमा छन् । २४ वर्षीया सारालाई निर्देशक करण जौहारले आफ्नो नयाँ फिल्मबाट डेब्यु गराउँदै छन् । करण, अब स्टुडेन्ट अफ दि इयरको सिक्वेल बनाउने तयारीमा छन् । सोही फिल्मबाट सारा बलिउडमा प्रवेश गर्ने बताइन्छ ।

जाहान्वी कपुर
अभिनेत्री श्रीदेवी र निर्माता बोनी कपुरकी छोरी जाहान्वीलाई पनि छिट्टै नै फिल्ममा देख्न पाइनेछ । २० वर्षीया जाहन्वी आमा श्रीदेवीझँै महसुस हिरोइन बन्ने चाहना राख्छिन् । पछिल्लो समय फिल्मसम्बन्धी पार्टी, समारोहहरूमा अलि बाक्लै देखिने गरेकी जाहान्वीलाई थुप्रै निर्माताले अफर गरिसकेका छन् । खबरअनुसार करण जौहार मराठी फिल्म सैराटको हिन्दी रिमेक बनाउने तयारीमा छन् । जाहान्वीलाई त्यही फिल्मबाट हिरोइन बनेको हेर्न पाइनेछ ।

इशान खट्टर
अभिनेता साहिद कपुरका सौतेनी भाइ इशान खट्टर पनि बलिउडमा इन्ट्री मार्ने तयारीमा छन् । इशान छिट्टै नै माजिद मजिदीको निर्देशनमा बन्ने ‘बियोन्ड दी क्लाउड’ नामक फिल्ममा हिरो बन्दै छन् । त्यो फिल्मको फस्र्ट लुक केही समयअघि नै सार्वजनिक गरिएको थियो । तर, फिल्म भने अहिलेसम्म सुटिङमा गएको छैन । इशान सैराटको हिन्दी रिमेकमा जाहान्वी कपुरका साथ अभिनय गर्न सक्ने सम्भावनासमेत रहेको छ । इशान नीलिमा, अजिम र राजेश खट्टरका छोरा हुन् । साहिद, नीलिमा र पंकज कपुरका छोरा हुन् ।

करण देओल
अभिनेता सनी देओलका छोरा करण पनि हिरो बन्ने तयारीमा छन् । करण होम प्रोडक्सनको फिल्मबाट बलिउडमा प्रवेश गर्दै छन् । करण, अचेल बाबु सनीका साथ पल–पल दिलके पास फिल्ममा काम गरिरहेका छन् । उनले ‘यमला पगला दिवाना–२’ मा बाबुको सहायक भई काम गरिसकेका छन् ।

उत्कर्ष शर्मा
निर्देशक अनिल शर्माका छोरा उत्कर्षले पनि हिरो बन्ने छनक देखाएका छन् । उत्कर्ष बाबुको निर्देशनमा बन्न लागेको ‘जिनियस’ फिल्मबाट डेब्यु गर्दै छन् । सन् २००१ को सुपरहिट फिल्म ‘गदर’ एक प्रेमकथामा बालकलाकारको भूमिकामा अभिनीत उत्कर्षको जिनियसको सुटिङ सन् २०१८ मा सुरु हुनेछ ।

पलक तिवारी
अभिनेत्री श्वेता तिवारीकी छोरी पलक तिवारी ‘क्विकी’ नामक फिल्मबाट हिरोइन बन्दै छिन् । सो फिल्ममा पलकको जोडी तारे जमिन परका शीर्ष अभिनेता दर्शील सफारी हुने बताइएको छ । चर्चित टेलिशृंखला कसौटी जिन्दगीकी प्रेरणा श्वेताले आफ्नी छोरी हिरोइन बन्न लागेको खबर सत्य भएको बताएकी छिन् । श्वेता पलक आफूलाई अहिले अन्य फिल्मबाट पनि अफर आइरहेको दाबी गर्छिन् ।