स्थानीय विकास मन्त्रालयमा सामान खरिदमा घोटाला - Naya Patrika
© 2017 Naya Prakasan Pvt. Ltd.

एक वर्षमा ३२ सिनियर प्रहरी अधिकृतसहित दुई हजार तीन सय ८१ प्रहरी कारबाहीमा परेका छन् । अघिल्लो वर्षभन्दा झन्डै दोब्बर प्रहरी कारबाहीमा परेका हुन् । प्रहरी प्रधान कार्यालयका अनुसार आर्थिक…
पूरा पढ्नुहोस् »

नेपाल पत्रकार महासङ्घमा गोविन्द आचार्य नेतृत्वको प्यानल निर्वाचित भएको छ । गोविन्द आचार्यले ७३२ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी तीर्थ कोइरालाले ६२७ मत प्राप्त गरे । आचार्य…
पूरा पढ्नुहोस् »

अभिनेता एवं निर्देशक रमेश बुढाथोकी विगत साढे तीन दशकदेखि कलाकारितामा अनवरत छन् । ०३७ सालदेखि आफ्नै लेखन, निर्देशन र अभिनयमा नाटक मञ्चन सुरु गरेका उनले त्यसपछि थुप्रै नाटक गरे ।…
पूरा पढ्नुहोस् »

धन कमाउने सपना पालेर विदेश गएका उनी रित्तो हात घर फर्किए । विदेशबाट फर्किएपछि के गर्ने भन्दै अलमलमा परेका उनलाई सैलुन व्यावसाय गर्ने सोच आयो बानपा—२ का २७ वर्षका राजन…
पूरा पढ्नुहोस् »

ऊर्जामन्त्री महेन्द्रबहादुर शाहीले नेपाल विद्युत् प्राधिकरणलाई १० दिनभित्र बिजुलीको बक्यौता रकम उठाउन निर्देशन दिएका छन् । लामो समयसम्म महसुलको बक्यौता रकम नउठाउँदा प्राधिकरणले बर्सेनी घाटामा जानुपरेको भन्दै तत्काल बक्यौता उठाउन…
पूरा पढ्नुहोस् »

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अफगानिस्तानमा फेरि युद्ध गर्ने घोषणा गरेका छन् । यसअघि अफगानिस्तानमा रहेका सैनिकहरुको संख्यामा कटौती गर्ने आफ्नो घोषणा विपरित राष्ट्रपति ट्रम्पले कुनै पनि बेला युद्ध शुरु गर्ने चेतावनी…
पूरा पढ्नुहोस् »

माल्दिभ्समाथि सानदार जित हात पार्दै नेपाल साफ यू–१५ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ । नेपालले सोमबार एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा माल्दिभ्सलाई ६–० को फराकिलो अन्तरले पराजित गरेर अन्तिम चारमा…
पूरा पढ्नुहोस् »

उत्तर कोरियाको गुआममा आक्रमण गर्ने धम्की र उसका तर्फबाट बारम्बार गरिँदै आएको क्षेप्यास्त्र परीक्षणसँगै चलिरहेको वाक्युद्धलाई लिएर विश्लेषकले चेतावनी दिएका छन् कि यस्तो संवेदनशील समयमा संयुक्त सैनिक अभ्यास गर्नु आगोमा…
पूरा पढ्नुहोस् »

राम तामाङ राजधानीको व्यस्त र भिडमभिड क्षेत्र असन, इन्द्रचोक, ज्याठा र भोटाहिटीवरपर ठेला चलाउँछन् । उनका दिनहरू ठेलामा सामान ओसारेरै बित्छन् । परिवार पाल्ने र आफ्नो पढाइ खर्च थेग्ने उनको…
पूरा पढ्नुहोस् »

झन्डै नौ महिनाअघि वर्तमान गठबन्धनका तर्फबाट संसद्मा प्रस्तुत गरिएको र बीचबीचमा परिमार्जनसहित अघि बढाइएको नेपालको संविधानमा दोस्रो संशोधन गरियोस् भन्ने प्रस्ताव आवश्यक समर्थन प्राप्त गर्न नसकेपछि सोमबारको संसद् बैठकबाट अस्वीकृत…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिकाको न्युजरुममा आज उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणासँग अन्तरक्रिया हुँदैछ । मुलुकको विकासमा निजी क्षेत्रका योगदान कति भन्ने विषयमा अन्तरक्रिया केन्द्रित हुँदैछ । अन्तरक्रिया फेसबुक लाइभ हेर्न तलको लिंकमा…
पूरा पढ्नुहोस् »

पुष्प ढुंगाना, नयाँ पत्रिका   |   साउन २८, २०७४

स्थानीय विकास मन्त्रालयले मसलन्द शीर्षकअन्तर्गतका सामान खरिद गर्दा बजार मूल्यभन्दा धेरै गुना बढी मूल्य तिर्ने गरेको पाइएको छ । तीनवटा फर्महरूबीच प्रतिस्पर्धा गराउनुपर्ने व्यवस्था भए पनि तेब्बर–चौवर बढी मूल्यमा सामान खरिदको बिल बनाएर कमिसन खाने गरेको भेटिएको हो । त्यस्तो अनियमिततामा आन्तरिक व्यवस्था शाखाका कर्मचारीहरूबीच मिलेमतो रहने गरेको छ ।

आन्तरिक व्यवस्थापन शाखाका एक कर्मचारीले भने त्यस्तो कमिसन उपसचिवदेखि सहसचिवसम्म पुग्ने गरेको बताएका छन् । ‘एउटै व्यक्तिले तीनवटा फर्म मिलाएर मनलाग्दी मूल्य राखेको हुन्छ । त्यस्तो महँगो मूल्यसूची स्वीकृत गरेबापत माथि हाकिमहरूको भागमा पनि चिया खर्च पुग्छ,’ नाम उल्लेख नगर्ने सर्तमा ती कर्मचारीले भने ।

चार रुपैयाँ पर्ने फाइल खामलाई २० रुपैयाँ
मन्त्रालयको सो शाखाले बढीमा चार रुपैयाँ पर्ने फाइल खामलाई २० रुपैयाँमा खरिद गर्ने गरेको छ । बजारमा साधारण खामलाई तीन र नेपाली कागजको खाम छपाइसहित चार रुपैयाँमा पाइन्छ । तर, मन्त्रालयले तीनवटा फर्मबीच प्रतिस्पर्धा गराउँदा पनि चौवर मूल्य तिरेको हो ।

यस्तै, बजारमा छपाइसहित सात रुपैयाँमा पाइने नेपाली काजगबाट बनेको साधारण रेकर्ड फाइललाई पनि प्रतिगोटा २० रुपैयाँको दरले खरिद गर्ने गरिएको छ । बागबजारका एक फाइल विक्रेताका अनुसार मन्त्रालयहरूले प्रयोग गर्ने सादा फाइलको मूल्य ६ र त्यसमा छपाइ गर्दा सातदेखि सात रुपैयाँ ५० पैसासम्म पर्छ ।

यसैगरी, बजारमा प्रतिरिम ३ सय ९० देखि ४ सयसम्म पर्ने ‘डबल ए’ फोटोकपी पेपरलाई मन्त्रालयले ५ सय २५ रुपैयाँका दरले खरिद गर्ने गरेको छ । मन्त्रालयले एकैपटक सय थान त्यस्तो काजग खरिद गर्दा होलसेल मूल्यभन्दा करिब दोब्बर मूल्य तिरेको हो ।

मेसिनरी सामानमा अस्वाभाविक लुट
मन्त्रालयले साउनमा तीन थान क्यानल कार्टेज किनेको उल्लेख गरेको छ । मन्त्रालयबाट प्राप्त खरिद आदेशमा क्यानल कम्पनीको प्रिन्टरमा प्रयोग हुने कार्टेजलाई अस्वाभाविक मूल्यमा खरिद गरिएको छ । कार्टेज भनेको प्रिन्टरमा मसी राख्न प्रयोग गरिने मेसिनको एउटा भाग हो । जसलाई मसी सकिएपछि पुनः भर्न सकिन्छ ।

मन्त्रालयले करिब २५ सयदेखि अधिकतम तीन हजार पर्ने त्यस्तो कार्टेजलाई ११ हजारदेखि १५ हजार रुपैयाँसम्म खरिद गरेको छ । फरक–फरक मोडेलका तीन थान कार्टेजमध्ये एउटालाई ११ हजार, एउटालाई १२ हजार र अर्को एक थानलाई १५ हजार रुपैयाँमा खरिद गरेको देखिएको हो ।

बानेश्वरका प्रिन्टर व्यवसायी सुमन फुँयालका अनुसार एउटा कार्टेजलाई अधिकतम मूल्य राख्दा पनि तीन हजारभन्दा बढी पर्दैन । ‘व्यवसायीहरूले १५ सयदेखि नै त्यस्तो सामान प्राप्त गर्न सक्छन् । तर, बजारमा व्यक्ति वा संस्थालाई बिक्री गर्दा अधिकतम मूल्य तीन हजार हो,’ उनले भने । मन्त्रालयले गत महिना १७ वटा विभिन्न यस्ता सामान खरिद गरेकोमा हरेक सामानलाई बजार मूल्यभन्दा धेरै महँगोमा किनिएको छ ।

के भन्छ मन्त्रालय ?
मन्त्रालयमा सचिव दिनेश थपलियाले त्यसबारे आफूलाई कुनै जानकारी नभएको बताएका छन् । खरिदसम्बन्धी अधिकार आफूभन्दा तल प्रत्यायोजन गरेकाले पनि उनीहरूले कसरी खरिद गरिरहेका छन् भन्ने जानकारी नभएको उनले बताए । ‘मैले पहिलोपटक यस्तो सुन्दै छु, तत्काल के भएको हो हेर्छु । साँच्चै त्यस्तो अनियमितता भएको हो भने कारबाही गर्छु,’ सचिव थपलियाले भने ।