जग्गा प्लटिङ गरेर बिक्री–वितरण गर्न रोक - Naya Patrika
© 2017 Naya Prakasan Pvt. Ltd.

जन्मपछि प्रायः नवजात शिशुको शरीरमा रौँ देखिने गर्छ । यसलाई हटाउने केमिकलको प्रयोग शिशुको कलिलो छालाका लागि हानिकारक हुन्छ । यस्तो हानिकारक केमिकल प्रयोग गर्नुको साटो घरेलु उपाय प्रयोग गरी…
पूरा पढ्नुहोस् »

शशीधर भण्डारी/नयाँ पत्रिका प्युठान नगरपालिका–३ दैलीसिमलमा खानेपानीको अभाव भएको छ । वर्षा नसकिँदै पानीको संकट परेपछि वडावासी एक गाग्री पानीका लागि रातभर पँधेरोमा बस्न बाध्य छन् । ‘खानेपानी भर्न रातभर…
पूरा पढ्नुहोस् »

तीन दिनभित्र स्वतन्त्रता घोषणा फिर्ता नलिए अप्रिय निर्णय लिइने स्पेन सरकारको चेतावनी स्पेन सरकारले क्याटलोनियाका पृथकतावादी नेताहरूलाई क्याटलन राज्यलाई स्पेनबाट स्वतन्त्र भएको घोषणा फिर्ता लिन तीन दिनको समय दिएको छ…
पूरा पढ्नुहोस् »

रौतहटको चन्द्रनिगाहपुरमा सम्पन्न २ नम्बर प्रदेश स्तरीय कराते प्रतियोगितामा सात स्वर्र्ण पदक सहित रौतहट जिल्ला प्रथम भएको छ । नेपाल सितोरियो कराते संघ रौतहटको आयोजनामा चन्द्रनिगाहपुरमा सम्पन्न प्रतियोगितामा २ नम्बर…
पूरा पढ्नुहोस् »

कसैले तपाईंलाई सोध्यो, ‘कस्ती युवती मनपर्छ ?’ तपाईं के भन्नुहुन्छ ? पक्कै पनि सुन्दर या राम्री । सुन्दरताले जो–कसैलाई सजिलै अभिभूत बनाउँछ । जसमा हामी आनन्दित हुन्छौँ । चाहे कुनै…
पूरा पढ्नुहोस् »

सन् २०१८ मा रसियामा फुटबलकै महाकुम्भ मेला भनेर चिनिने विश्वकप हुँदै छ । अहिलेसम्म विश्वकपमा २३ राष्ट्रले आफ्नो स्थान पक्का गरेका छन् । रसिया विश्वकपमा ३२ राष्ट्रले भाग लिनेछन् ।…
पूरा पढ्नुहोस् »

गैरआवासीय नेपालीको दुईदिने सम्मेलन भवन भट्टको अध्यक्षतामा नयाँ नेतृत्व चयन गर्दै सकिएको छ । यसपालि अध्यक्षका लागि अर्को सशक्त दाबी प्रस्तुत गरेकी अस्ट्रेलियाकै धनाढ्य जमुना घले गुरुङ पराजित भएकी छिन्…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिकाको न्युजरुममा आज उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणासँग अन्तरक्रिया हुँदैछ । मुलुकको विकासमा निजी क्षेत्रका योगदान कति भन्ने विषयमा अन्तरक्रिया केन्द्रित हुँदैछ । अन्तरक्रिया फेसबुक लाइभ हेर्न तलको लिंकमा…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिका, काठमाडौं   |   साउन २८, २०७४

सरकारले देशभर जग्गा प्लटिङ गरी किनबेच गर्न रोक लगाएको छ । भूमिसुधार तथा व्यवस्था मन्त्रालयले मन्त्रीस्तरीय निर्णय गर्दै जग्गा प्लटिङ गर्ने कार्यमा रोक लगाएको हो । मन्त्रालयका अनुसार देशभर झन्डै तीन करोड कित्ताका जग्गा छन् । ती जग्गामध्ये कति जग्गा प्लटिङ भएका छन् भन्ने औपचारिक अध्ययन कसैले पनि गरेको छैन । तर, विभिन्न अध्ययनले कुल उत्पादनमूलक जग्गामध्ये २० देखि ३० प्रतिशत जग्गा प्लटिङ भइसकेको देखाएका छन् । मन्त्रालयले ल्याउन लागेको भूउपयोगसम्बन्धी ऐनमा पनि जग्गा प्लटिङ कार्य पूर्णतया रोक्ने व्यवस्था गरिनेछ ।

मन्त्रालयको निर्णय यस्तो छ
जग्गा प्लटिङ गर्ने व्यक्ति, फर्म, संस्था वा कम्पनीले सम्बन्धित निकायबाट अनुमति लिएर ना नलिईकन कृषियोग्य जग्गामा कुनै पनि प्रकारले खण्डीकरण (कित्ताकाट) गरी घडेरीका रूपमा बिक्री–वितरण गर्न गराउन पाउनेछैन । यसैगरी कुनै सिमकित्ता जग्गाधनीले एक आर्थिक वर्षमा एकपटकभन्दा बढी कित्ताकाट गरी बिक्री–वितरण गर्न पाउनेछैन ।

यस्ता कृषियोग्य जमिनमा प्लटिङ गर्न पाइनेछैन
कुनै पनि कृषियोग्य जमिनमा प्लटिङ गर्न पाइनेछैन । जग्गा नापजाँच ऐन २०१९ बमोजिम पुनः नापजाँच हुँदा फिल्डबुक तथा स्रेस्ता
पुर्जामा धनहरतर्फ अब्बल, दोयम, सिम र भिरपाखोतर्फ अब्बल र दोयम कायम रहेका  जग्गा भन्ने सम्झनुपर्छ ।

निर्णय हुनुपहिला प्लटिङ  गरिएका बिक्री–वितरण हुने
मन्त्रालयले हाल गरेको निर्णयभन्दा पहिला नै सम्बन्धित निकायको स्वीकृति लिई जग्गा प्लानिङ अनुमतिप्राप्त गरेको व्यक्ति, फर्म, संस्था, वा कम्पनीले जग्गा प्लानिङ गरी ५० प्रतिशत वा सोभन्दा बढी क्षेत्रफल बिक्री–वितरण गरिसकेको रहेछ र सार्वजनिक जग्गा छुट्याई खुला क्षेत्र निर्धारण गरी त्यस्तो जग्गा नेपाल सरकारको नाममा कायम गरिसकेको रहेछ भने बाँकी जग्गा कित्ताकाट गरी बिक्री–वितरण गर्न भने पाइनेछ ।

भूमिको उत्पादकत्व बढाउने उद्देश्यले प्लटिङ गर्न रोक : मन्त्री गोपाल दहित

भूमिसुधार तथा व्यवस्थामन्त्री गोपाल दहितले भूमिलाई विभिन्न तरिकाले खण्डीकृत गरी यसको उत्पादकत्वमा ह्रास ल्याउने कार्य रोकी भूमिको उत्पादकत्व बढाउने उद्देश्यले प्लटिङ गर्न रोक लगाइएको जानकारी दिए । ‘भूमिलाई विभिन्न तरिकाले खण्डीकृत गर्दै जाने, जंगल क्षेत्र, सिमसार क्षेत्र होस् जुनसुकै क्षेत्रलाई सुनियोजित रूपमा अथवा विभिन्न बहाना बनाएर जग्गालई खण्डीकरण गरेका कारणले त्यस्ता जग्गाको उत्पादकत्व र त्यसको स्थायित्वमा प्रश्नचिह्न खडा भइरहेकाले त्यस्तो समस्या समाधान गर्न यस्तो निर्णय गरिएको हो,’ उनले भने ।

यसका साथै विभिन्न व्यक्ति तथा फर्मले जग्गा प्लटिङ गर्ने क्रममा सार्वजनिक जग्गा तथा बाटो नै मिचेर आफ्नो प्लटिङमा पारी सरकारलाई अर्र्बौँको नोक्सानसमेत पारिहेको भूमिसुधार तथा व्यवस्था मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयले देशभरका मालपोत तथा नापी कार्यालयलाई पत्राचार गर्दै प्लटिङ गर्ने कार्यमा पूर्ण रूपमा रोक लगाउन र आगामी दिनमा प्लटिङ गरिएको जग्गा बिक्री–वितरणमा रोक लगाउन निर्देशन दिएको छ ।

भूमिसुधार तथा व्यवस्था मन्त्रालयले जग्गा प्लटिङ गर्ने कार्य नरोकेमा आगामी दिनमा उत्पादन हुने जग्गा नै सकिने र भविष्यमा चरम भोकमरी पर्न सक्ने निष्कर्षसमेत निकालेको छ । मन्त्रालयका सचिव कृष्णप्रसाद देवकोटाले तराई, पहाड र गाउँ–सहरका सबै उत्पादनमूलक जग्गा प्लटिङ गरेरै सकिन लागेको आफूहरूको अध्ययनले देखाएको जानकारी दिए । गाउँ–सहरका जग्गा होस् या जंगल क्षेत्र, सिमसार क्षेत्र, वा अन्य सबै जग्गा क्षेत्रलाई सुुनियोजित रूपमा अथवा विभिन्न बहाना बनाएर खण्डीकरण गर्ने क्रम बढ्दै जान थालेको छ । यसले गर्दा सिंगो मुलुकको कृषिको उत्पादकत्वमा नै ह्रास आइरहेको छ । देशभर जग्गा प्लटिङ गर्नेक्रम कहालीलाग्दो रूपमा बढेको पाइएको छ । सचिव देवकोटाले भूउपयोग ऐन छिटै ल्याउन लागिएको र सो ऐनमा जग्गा प्लटिङ गर्ने कार्य पूर्ण रूपमा रोक्ने प्रावधान राखिने जानकारी दिए ।