ट्रम्प जन्मिएको घरको भाडा प्रतिरात ७७७ डलर - Naya Patrika
© 2017 Naya Prakasan Pvt. Ltd.

नवनिर्वाचित जनप्रतिनिधिले मानोमानी गर्न थालेको भन्दै रजवाराबासीले वडा कार्यालयमा तालाबन्दी गरेका छन् ।  गौमुखी गाउँपालिका–३ का वडा अध्यक्षले मनोमानी ढंगले कर्मचारी नियुक्त गरेको, संविधानले नागरिकलाई प्रदान गरेको सूचनाको हकको प्रयोगको…
पूरा पढ्नुहोस् »

बलिउड अभिनेत्री दीपिका पादुकोण र रणवीर सिंहको प्रेमकहानीबारे सबैलाई थाहै छ । उनीहरू लामो समयदेखि प्रेममा छन् । तर, यसबारे दुवैजनाले खुलेर भने कहिल्यै बोलेका छैनन् । ‘रिल’ लाइफमा दर्शकले…
पूरा पढ्नुहोस् »

दसैँले हामीहरूको घर–आँगन टेकिसकेको छ । यो वेलामा सहरबाट गाउँ जानेहरूको भिड हुन्छ । गाउँमा आफ्ना आफन्त, पाहुना आएका हुन्छन् । विभिन्न प्रकारका फलफूल, बजारमा पाइने मिठाईहरू लैजाने चलन छ…
पूरा पढ्नुहोस् »

मुलुक संघीयतामा गइसकेको परिस्थितिमा यसको कार्यान्वयनका लागि राजस्व परिचालन अत्यन्तै महत्वपूर्ण हुन्छ । त्यसमा पनि आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि आन्तरिक राजस्व परिचालन अझ महत्वपूर्ण हुन्छ । संघीयता कार्यान्वयन गर्दै जाँदा…
पूरा पढ्नुहोस् »

वासिंटन/अमेरिकी बमवर्षक र युद्धक विमान उत्तर कोरियाली सामुद्रिक सीमाको आकाशमा शक्ति प्रदर्शन गरिरहेका छन् । अमेरिकी क्षेत्र गुआम र जापानको ओकिनावाबाट कोरियाली आकाशमाथि ती विमान उडेका हुन् । अमेरिकी राष्ट्रपति…
पूरा पढ्नुहोस् »

विभागीय टोली एपीएफ झापाको शिवसताक्षी नगरपालिकास्थित दुधेमा जारी पहिलो संस्करणको दुधे गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । दुधे खेल मैदानमा सोमबार सम्पन्न अन्तिम सेमिफाइनल खेलमा हिमालयन शेर्पा क्लबलाई २–१…
पूरा पढ्नुहोस् »

स्थानीय तहको तेस्रो चरण निर्वाचन करिब अन्त्यतिर छ । प्रदेश नम्बर २ अन्तर्गतका ८ जिल्लाका १३६ स्थानीय तहमध्ये अधिकांश स्थानीय तहको मतपरिणाम सार्वजनिक भइसकेको छ । केहीको मतगणना जारी छ…
पूरा पढ्नुहोस् »

प्रस्तुतिः अच्युत पुरी एसिया प्यासिफिक ट्राभल एसोसिएसन (पाटा) अन्तर्राष्ट्रियको वार्षिक कार्यक्रमअनुसार यस वर्ष पाटा ट्राभल मार्टको आयोजना गर्ने अवसर मकाउले पायो । एसिया प्यासिफिक क्षेत्रका ६० भन्दा बढी मुलुकका पर्यटनसँग…
पूरा पढ्नुहोस् »

स्थानीय तहको अन्तिम चरणको परिणाम आइरहेकै वेला दलहरू आउने मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि उम्मेदवार छनोटको गृहकार्यमा जुटेका छन् । आउने २९ असोजमा समानुपातिकतर्फका दुवै तहका उम्मेदवारको नाम…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिकाको न्युजरुममा आज उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणासँग अन्तरक्रिया हुँदैछ । मुलुकको विकासमा निजी क्षेत्रका योगदान कति भन्ने विषयमा अन्तरक्रिया केन्द्रित हुँदैछ । अन्तरक्रिया फेसबुक लाइभ हेर्न तलको लिंकमा…
पूरा पढ्नुहोस् »

एजेन्सीे, न्युयोर्क   |   साउन २८, २०७४

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बाल्यकाल बिताएको घर अहिले बहालमा दिइएको छ । अनलाइन मार्केटिङ गर्ने कम्पनी एयरबबले सो घर भाडामा लिएको हो । न्युयोर्क सहरको क्विन्समा रहेको सो घरको प्रतिरातको भाडा सात सय ७७ अमेरिकी डलर छ । घरमा २० जनासम्म सुत्न सक्छन् ।

‘बहालवाला राष्ट्रपति जन्मिएको घरमा बस्नु पाउनु कम्पनीका लागि सौभाग्य हो,’ एयरबिएनबीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । शाही दरबारको झल्को दिने सो घर ट्रम्पले राष्ट्रपतिमा निर्वाचित भएको दुई महिनापछि २१ लाख ४० हजार डलरमा बिक्री गरेका थिए ।

सब–वेबाट केही मिनेटको दूरीमा रहेको सो घरमा पाँच बेडरुम र साढे तीनवटा बाथरुम छन् । ‘ट्रम्पले बेचेपछि घरको सजावट र संरचनामा खासै ठूलो परिवर्तन गरिएको छैन । किचन पहिलेजस्तै छ । ट्रम्प बस्दा जसरी घरका कोठालाई सजाइएको थियो, अहिले पनि त्यसरी नै सजाइएको छ,’ सो कम्पनीले जनाएको छ ।

घरको एउटा कोठामा एकजना २४सै घन्टा बस्छन् । लिभिङ रुममा डोनाल्ड ट्रम्पको विशाल तस्बिर झुन्डिएको छ । घरपालुवा जनावरलाई घरमा प्रतिबन्ध लगाइएको छ ।

ट्रम्पका बाबु फ्रेड ट्रम्पले सन् १९४० मा सो घर बनाएका हुन् । राष्टपति ट्रम्पको नागरिकतामा पनि सो घर उल्लेख छ । चार वर्षसम्मको उमेर ट्रम्पले सोही घरमा बिताएका थिए । उनी चार वर्ष पुगेपछि फ्रेडको परिवार त्यहाँबाट नजिकै रहेको इँट्टाबाट निर्मित भव्य महलमा गएको थियो ।