स्यार्पुतालका काठका डुंगा विस्थापित - Naya Patrika
© 2017 Naya Prakasan Pvt. Ltd.

एक वर्षमा ३२ सिनियर प्रहरी अधिकृतसहित दुई हजार तीन सय ८१ प्रहरी कारबाहीमा परेका छन् । अघिल्लो वर्षभन्दा झन्डै दोब्बर प्रहरी कारबाहीमा परेका हुन् । प्रहरी प्रधान कार्यालयका अनुसार आर्थिक…
पूरा पढ्नुहोस् »

नेपाल पत्रकार महासङ्घमा गोविन्द आचार्य नेतृत्वको प्यानल निर्वाचित भएको छ । गोविन्द आचार्यले ७३२ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी तीर्थ कोइरालाले ६२७ मत प्राप्त गरे । आचार्य…
पूरा पढ्नुहोस् »

अभिनेता एवं निर्देशक रमेश बुढाथोकी विगत साढे तीन दशकदेखि कलाकारितामा अनवरत छन् । ०३७ सालदेखि आफ्नै लेखन, निर्देशन र अभिनयमा नाटक मञ्चन सुरु गरेका उनले त्यसपछि थुप्रै नाटक गरे ।…
पूरा पढ्नुहोस् »

धन कमाउने सपना पालेर विदेश गएका उनी रित्तो हात घर फर्किए । विदेशबाट फर्किएपछि के गर्ने भन्दै अलमलमा परेका उनलाई सैलुन व्यावसाय गर्ने सोच आयो बानपा—२ का २७ वर्षका राजन…
पूरा पढ्नुहोस् »

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अफगानिस्तानमा फेरि युद्ध गर्ने घोषणा गरेका छन् । यसअघि अफगानिस्तानमा रहेका सैनिकहरुको संख्यामा कटौती गर्ने आफ्नो घोषणा विपरित राष्ट्रपति ट्रम्पले कुनै पनि बेला युद्ध शुरु गर्ने चेतावनी…
पूरा पढ्नुहोस् »

माल्दिभ्समाथि सानदार जित हात पार्दै नेपाल साफ यू–१५ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ । नेपालले सोमबार एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा माल्दिभ्सलाई ६–० को फराकिलो अन्तरले पराजित गरेर अन्तिम चारमा…
पूरा पढ्नुहोस् »

उत्तर कोरियाको गुआममा आक्रमण गर्ने धम्की र उसका तर्फबाट बारम्बार गरिँदै आएको क्षेप्यास्त्र परीक्षणसँगै चलिरहेको वाक्युद्धलाई लिएर विश्लेषकले चेतावनी दिएका छन् कि यस्तो संवेदनशील समयमा संयुक्त सैनिक अभ्यास गर्नु आगोमा…
पूरा पढ्नुहोस् »

राम तामाङ राजधानीको व्यस्त र भिडमभिड क्षेत्र असन, इन्द्रचोक, ज्याठा र भोटाहिटीवरपर ठेला चलाउँछन् । उनका दिनहरू ठेलामा सामान ओसारेरै बित्छन् । परिवार पाल्ने र आफ्नो पढाइ खर्च थेग्ने उनको…
पूरा पढ्नुहोस् »

झन्डै नौ महिनाअघि वर्तमान गठबन्धनका तर्फबाट संसद्मा प्रस्तुत गरिएको र बीचबीचमा परिमार्जनसहित अघि बढाइएको नेपालको संविधानमा दोस्रो संशोधन गरियोस् भन्ने प्रस्ताव आवश्यक समर्थन प्राप्त गर्न नसकेपछि सोमबारको संसद् बैठकबाट अस्वीकृत…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिकाको न्युजरुममा आज उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणासँग अन्तरक्रिया हुँदैछ । मुलुकको विकासमा निजी क्षेत्रका योगदान कति भन्ने विषयमा अन्तरक्रिया केन्द्रित हुँदैछ । अन्तरक्रिया फेसबुक लाइभ हेर्न तलको लिंकमा…
पूरा पढ्नुहोस् »

मनीष खड्का, रुकुम   |   साउन २८, २०७४

काठबाट बनेका परम्परागत डुंगालाई विस्थापित गर्दै स्यार्पुतालमा आधुनिक रबरको डुंगा (र्‍याफ्टिङ) सञ्चालनमा आएका छन् । पर्यटन पवद्र्धनका लागि भन्दै रुकुमको बाँफिकोट गाउँपालिका–३ र ५ मा पर्ने (२.६ वर्ग किलोमिटर क्षेत्रफल) तालमा र्‍याफ्टिङ सञ्चालनमा ल्याइएको हो ।

र्‍याफ्टिङ सञ्चालनपछि तालमा पर्यटकहरूको संख्या बढ्ने विश्वास गाउँपालिकाको छ । यो ताल रुकुमको प्रमुख पर्यटकीयस्थल हो । तर, प्रचारप्रसार अभावमा अपेक्षाकृत पुग्न नसकेको गाउँपालिका कार्यालयले जनाएको छ । र्‍याफ्टिङ सञ्चालन गरेको छोटो समयमै ताल अवलोकनका लागि पुग्नेको संख्यामा वृद्धि भएको र्‍याफ्टिङ सञ्चालक दरिभान पुरीले बताए । अघिल्लो वर्षको यही समयमा ताल हेर्न आउनेभन्दा यस वर्ष केही वृद्धि भएको उनको भनाइ छ ।

पाँच लाख खर्चमा रबरका डुंगा
र्‍याफ्टिङ सञ्चालक दरिभान पुरीले पर्यटन प्रवद्र्धन तथा वातावरण संरक्षण केन्द्र रुकुमको सहयोगमा पाँच लाखभन्दा बढी खर्च गरी भारतको गोवाबाट र्‍याफ्टिङ ल्याएको बताए । ८ देखि १२ जना अट्ने र्‍याफ्टिङमा बसेर छिटो र कम जोखिमपूर्ण रूपमा ताल सयर गर्न सकिन्छ ।

यसअघि परम्परागत काठको डुंगामा बस्न असहजिलो र जोखिम उच्च रहेको उनको भनाइ छ । र्‍याफ्टिङमा ताल सयर गर्नेका लागि लाइफ ज्याकेट र हेल्मेटको व्यवस्था छ भने आफैँले र्‍याफ्टिङ चलाउन पनि पाइन्छ । सदरमुकाम खलंगाबाट करिब तीन घन्टाको गाडीको यात्रापछि स्यार्पुताल पुग्न सकिन्छ ।