झापामा बाढीको त्रास, कन्काई नदीमा पानीको उच्च बहाव - Naya Patrika
© 2017 Naya Prakasan Pvt. Ltd.

एक वर्षमा ३२ सिनियर प्रहरी अधिकृतसहित दुई हजार तीन सय ८१ प्रहरी कारबाहीमा परेका छन् । अघिल्लो वर्षभन्दा झन्डै दोब्बर प्रहरी कारबाहीमा परेका हुन् । प्रहरी प्रधान कार्यालयका अनुसार आर्थिक…
पूरा पढ्नुहोस् »

नेपाल पत्रकार महासङ्घमा गोविन्द आचार्य नेतृत्वको प्यानल निर्वाचित भएको छ । गोविन्द आचार्यले ७३२ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी तीर्थ कोइरालाले ६२७ मत प्राप्त गरे । आचार्य…
पूरा पढ्नुहोस् »

अभिनेता एवं निर्देशक रमेश बुढाथोकी विगत साढे तीन दशकदेखि कलाकारितामा अनवरत छन् । ०३७ सालदेखि आफ्नै लेखन, निर्देशन र अभिनयमा नाटक मञ्चन सुरु गरेका उनले त्यसपछि थुप्रै नाटक गरे ।…
पूरा पढ्नुहोस् »

धन कमाउने सपना पालेर विदेश गएका उनी रित्तो हात घर फर्किए । विदेशबाट फर्किएपछि के गर्ने भन्दै अलमलमा परेका उनलाई सैलुन व्यावसाय गर्ने सोच आयो बानपा—२ का २७ वर्षका राजन…
पूरा पढ्नुहोस् »

ऊर्जामन्त्री महेन्द्रबहादुर शाहीले नेपाल विद्युत् प्राधिकरणलाई १० दिनभित्र बिजुलीको बक्यौता रकम उठाउन निर्देशन दिएका छन् । लामो समयसम्म महसुलको बक्यौता रकम नउठाउँदा प्राधिकरणले बर्सेनी घाटामा जानुपरेको भन्दै तत्काल बक्यौता उठाउन…
पूरा पढ्नुहोस् »

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अफगानिस्तानमा फेरि युद्ध गर्ने घोषणा गरेका छन् । यसअघि अफगानिस्तानमा रहेका सैनिकहरुको संख्यामा कटौती गर्ने आफ्नो घोषणा विपरित राष्ट्रपति ट्रम्पले कुनै पनि बेला युद्ध शुरु गर्ने चेतावनी…
पूरा पढ्नुहोस् »

माल्दिभ्समाथि सानदार जित हात पार्दै नेपाल साफ यू–१५ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ । नेपालले सोमबार एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा माल्दिभ्सलाई ६–० को फराकिलो अन्तरले पराजित गरेर अन्तिम चारमा…
पूरा पढ्नुहोस् »

उत्तर कोरियाको गुआममा आक्रमण गर्ने धम्की र उसका तर्फबाट बारम्बार गरिँदै आएको क्षेप्यास्त्र परीक्षणसँगै चलिरहेको वाक्युद्धलाई लिएर विश्लेषकले चेतावनी दिएका छन् कि यस्तो संवेदनशील समयमा संयुक्त सैनिक अभ्यास गर्नु आगोमा…
पूरा पढ्नुहोस् »

राम तामाङ राजधानीको व्यस्त र भिडमभिड क्षेत्र असन, इन्द्रचोक, ज्याठा र भोटाहिटीवरपर ठेला चलाउँछन् । उनका दिनहरू ठेलामा सामान ओसारेरै बित्छन् । परिवार पाल्ने र आफ्नो पढाइ खर्च थेग्ने उनको…
पूरा पढ्नुहोस् »

झन्डै नौ महिनाअघि वर्तमान गठबन्धनका तर्फबाट संसद्मा प्रस्तुत गरिएको र बीचबीचमा परिमार्जनसहित अघि बढाइएको नेपालको संविधानमा दोस्रो संशोधन गरियोस् भन्ने प्रस्ताव आवश्यक समर्थन प्राप्त गर्न नसकेपछि सोमबारको संसद् बैठकबाट अस्वीकृत…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिकाको न्युजरुममा आज उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणासँग अन्तरक्रिया हुँदैछ । मुलुकको विकासमा निजी क्षेत्रका योगदान कति भन्ने विषयमा अन्तरक्रिया केन्द्रित हुँदैछ । अन्तरक्रिया फेसबुक लाइभ हेर्न तलको लिंकमा…
पूरा पढ्नुहोस् »

लक्ष्मी काफ्ले, झापा, २७ साउन   |   साउन २८, २०७४

निरन्तरको वर्षासँगै झापाका खोलानालामा पानीको बहाव बढेपछि ६ सयभन्दा बढी घर जोखिममा परेका छन् । बाढीले जमिन कटान गरेर बस्तीमा पानी पस्न थालेपछि स्थानीय त्रसित बनेका छन् ।

 

 

नेपाल रेडक्रस सोसाइटी झापाका अनुसार गौरीगन्ज गाउँपालिका–२ कोरोबारीस्थित पिण्डाघुट्टामा कन्काई नदीकोे बाढी बस्तीमा पस्दा ५ घरपरिवार विस्थापित भएका छन् । छमी हास्दा, सोम मर्डी, मंगल मुर्मु, मुन्सी मुर्मु र साइला मुर्मुको परिवार विस्थापित भएको हो ।

उनीहरूमध्ये छमी हास्दाको घरमा बाढीले बढी क्षति पुर्याएको छ । विस्थापितहरूलाई स्थानीय आमगाछी आधारभूत विद्यालयमा राखिएको रेडक्रस झापाका सभापति लोकराज ढकालले जानकारी दिएका छन् ।

 

 

गौरीगन्ज–१ मा कन्काई नदीले कटान गर्दा झन्डै ६ सय घरपरिवार जोखिममा परेका छन् । कमल र बनियानी खोलामा आएको बाढी महाभारास्थित सुकुम्बासी बस्तीमा पस्दा २० घरपरिवार विस्थापित भएका छन् । मेचीनगर नगरपालिका–१५ स्थित सेडाइ बस्तीमा निन्दा खोलामा आएको बाढीले तटीय क्षेत्र कटान गर्दा ४५ घरपरिवार जोखिममा परेको रेडक्रसको विपद् व्यवस्थापन शाखाले जनाएको छ ।

कन्काई नदीमा पानीको बहाव बढेपछि खतराको घन्टी बजाइएको छ । शुक्रबार बिहान कन्काई नदीमा पानीको बहाव ४ दशमलव १ मिटर पुगेपछि खतराको घन्टी बजाइएको हो । रेडक्रस सभापति ढकालका अनुसार इलामको महमाई गाउँपालिकास्थित मैनाचुली जलमापन केन्द्रले यसको मापन गरेको हो । ढकालका अनुसार कन्काई नदीको पानी ३ दशमलव ७ मिटरभन्दा माथि हुँदा खतरा हुने सम्भावना हुन्छ ।

 

 

वर्षा नरोकिने हो भने शिवसताक्षी–४ स्थित रंग्याथान बजारसम्म डुबान हुन सक्ने स्थानीयले बताए । वर्षा सुरु भएदेखि नै त्यहाँका बासिन्दा रातभर सुत्न सकेका छैनन् । बिर्तामोड नगरपालिकाको मध्यभाग भएर बग्ने अदुवा खोलामा आएको बाढीले सुकुम्बासी बस्तीलगायत अदुवा खोला किनारका घरहरूसमेत डुबाएको छ ।

जिल्लाका बिरिङ, टाङटिङ, कन्काई, निन्दा, मेची, रतुवा तथा मावा खोला किनारका सर्वसाधारणलाई सजग रहन रेडक्रसले आग्रह गरेको छ ।