पहिरोले २ घरमा क्षति, विद्यालयको पठन पाठन ठप्प - Naya Patrika
© 2017 Naya Prakasan Pvt. Ltd.

जन्मपछि प्रायः नवजात शिशुको शरीरमा रौँ देखिने गर्छ । यसलाई हटाउने केमिकलको प्रयोग शिशुको कलिलो छालाका लागि हानिकारक हुन्छ । यस्तो हानिकारक केमिकल प्रयोग गर्नुको साटो घरेलु उपाय प्रयोग गरी…
पूरा पढ्नुहोस् »

शशीधर भण्डारी/नयाँ पत्रिका प्युठान नगरपालिका–३ दैलीसिमलमा खानेपानीको अभाव भएको छ । वर्षा नसकिँदै पानीको संकट परेपछि वडावासी एक गाग्री पानीका लागि रातभर पँधेरोमा बस्न बाध्य छन् । ‘खानेपानी भर्न रातभर…
पूरा पढ्नुहोस् »

तीन दिनभित्र स्वतन्त्रता घोषणा फिर्ता नलिए अप्रिय निर्णय लिइने स्पेन सरकारको चेतावनी स्पेन सरकारले क्याटलोनियाका पृथकतावादी नेताहरूलाई क्याटलन राज्यलाई स्पेनबाट स्वतन्त्र भएको घोषणा फिर्ता लिन तीन दिनको समय दिएको छ…
पूरा पढ्नुहोस् »

रौतहटको चन्द्रनिगाहपुरमा सम्पन्न २ नम्बर प्रदेश स्तरीय कराते प्रतियोगितामा सात स्वर्र्ण पदक सहित रौतहट जिल्ला प्रथम भएको छ । नेपाल सितोरियो कराते संघ रौतहटको आयोजनामा चन्द्रनिगाहपुरमा सम्पन्न प्रतियोगितामा २ नम्बर…
पूरा पढ्नुहोस् »

कसैले तपाईंलाई सोध्यो, ‘कस्ती युवती मनपर्छ ?’ तपाईं के भन्नुहुन्छ ? पक्कै पनि सुन्दर या राम्री । सुन्दरताले जो–कसैलाई सजिलै अभिभूत बनाउँछ । जसमा हामी आनन्दित हुन्छौँ । चाहे कुनै…
पूरा पढ्नुहोस् »

सन् २०१८ मा रसियामा फुटबलकै महाकुम्भ मेला भनेर चिनिने विश्वकप हुँदै छ । अहिलेसम्म विश्वकपमा २३ राष्ट्रले आफ्नो स्थान पक्का गरेका छन् । रसिया विश्वकपमा ३२ राष्ट्रले भाग लिनेछन् ।…
पूरा पढ्नुहोस् »

गैरआवासीय नेपालीको दुईदिने सम्मेलन भवन भट्टको अध्यक्षतामा नयाँ नेतृत्व चयन गर्दै सकिएको छ । यसपालि अध्यक्षका लागि अर्को सशक्त दाबी प्रस्तुत गरेकी अस्ट्रेलियाकै धनाढ्य जमुना घले गुरुङ पराजित भएकी छिन्…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिकाको न्युजरुममा आज उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणासँग अन्तरक्रिया हुँदैछ । मुलुकको विकासमा निजी क्षेत्रका योगदान कति भन्ने विषयमा अन्तरक्रिया केन्द्रित हुँदैछ । अन्तरक्रिया फेसबुक लाइभ हेर्न तलको लिंकमा…
पूरा पढ्नुहोस् »

प्रकाश धौलाकोटी, तेह्रथुम, २७ साउन    |   साउन २७, २०७४

तेह्रथुमको आठराई गाउँपालिकाको केन्द्र संक्रान्ति बजारमा पहिरोले दुई घरमा क्षति पुगेको छ । बजारकै आधादर्जन बढी घरहरु पहिरोको उच्च जोखिममा रहेका छन् । तीन दिनदेखि लगातार परेको वर्षाका कारण दुर्गा गुरुङ र युवराज बानियाको घरमा क्षति पुगेको ईलाका प्रहरी कार्यालय संक्रान्तिबजारका प्रहरी निरीक्षक डम्बर पुरीले जानकारी दिए ।

वर्षा कै कारण त्रिमहोन माध्यमिक विद्यालय संक्रान्तिबजारको खेल मैदानको प्याराफिटमा पनि क्षति पुगेको शिक्षक रमेश ढकालले बताए ।  क्षतिको यकिन विवरण भने आएको छैन् । घरहरुमा थप क्षति हुन नदिन डोजर, सुरक्षाकर्मी र स्थानीबासीहरुबाट पहिरो पन्छाउने प्रयास भइरहेको छ । पहिरोबाट संक्रान्तिबजारमा रहेको मिक्चुङ बोर्डिङ स्कुल, तारा बानिया, तिलबहदुर ईङनाम, राम ईङनाम, सुमन नेपाल लगायतका घरहरु पहिरोको जोखिमा रहेको छन् ।

पहिरोको जोखिम रहेका घरहरुमा उच्च सतर्कता अपनाउन ईलाका प्रहरी कार्यालयले निर्देशन दिइएको छ । वर्षा र पहिरोको जोखिमका कारण बजारका दुई विद्यालयहरुमा पठनपाठन शुक्रबार बन्द भएको छ ।