वेबसाइटबाट कसरी आम्दानी गर्ने ? - Naya Patrika
© 2017 Naya Prakasan Pvt. Ltd.

जन्मपछि प्रायः नवजात शिशुको शरीरमा रौँ देखिने गर्छ । यसलाई हटाउने केमिकलको प्रयोग शिशुको कलिलो छालाका लागि हानिकारक हुन्छ । यस्तो हानिकारक केमिकल प्रयोग गर्नुको साटो घरेलु उपाय प्रयोग गरी…
पूरा पढ्नुहोस् »

शशीधर भण्डारी/नयाँ पत्रिका प्युठान नगरपालिका–३ दैलीसिमलमा खानेपानीको अभाव भएको छ । वर्षा नसकिँदै पानीको संकट परेपछि वडावासी एक गाग्री पानीका लागि रातभर पँधेरोमा बस्न बाध्य छन् । ‘खानेपानी भर्न रातभर…
पूरा पढ्नुहोस् »

तीन दिनभित्र स्वतन्त्रता घोषणा फिर्ता नलिए अप्रिय निर्णय लिइने स्पेन सरकारको चेतावनी स्पेन सरकारले क्याटलोनियाका पृथकतावादी नेताहरूलाई क्याटलन राज्यलाई स्पेनबाट स्वतन्त्र भएको घोषणा फिर्ता लिन तीन दिनको समय दिएको छ…
पूरा पढ्नुहोस् »

रौतहटको चन्द्रनिगाहपुरमा सम्पन्न २ नम्बर प्रदेश स्तरीय कराते प्रतियोगितामा सात स्वर्र्ण पदक सहित रौतहट जिल्ला प्रथम भएको छ । नेपाल सितोरियो कराते संघ रौतहटको आयोजनामा चन्द्रनिगाहपुरमा सम्पन्न प्रतियोगितामा २ नम्बर…
पूरा पढ्नुहोस् »

कसैले तपाईंलाई सोध्यो, ‘कस्ती युवती मनपर्छ ?’ तपाईं के भन्नुहुन्छ ? पक्कै पनि सुन्दर या राम्री । सुन्दरताले जो–कसैलाई सजिलै अभिभूत बनाउँछ । जसमा हामी आनन्दित हुन्छौँ । चाहे कुनै…
पूरा पढ्नुहोस् »

सन् २०१८ मा रसियामा फुटबलकै महाकुम्भ मेला भनेर चिनिने विश्वकप हुँदै छ । अहिलेसम्म विश्वकपमा २३ राष्ट्रले आफ्नो स्थान पक्का गरेका छन् । रसिया विश्वकपमा ३२ राष्ट्रले भाग लिनेछन् ।…
पूरा पढ्नुहोस् »

गैरआवासीय नेपालीको दुईदिने सम्मेलन भवन भट्टको अध्यक्षतामा नयाँ नेतृत्व चयन गर्दै सकिएको छ । यसपालि अध्यक्षका लागि अर्को सशक्त दाबी प्रस्तुत गरेकी अस्ट्रेलियाकै धनाढ्य जमुना घले गुरुङ पराजित भएकी छिन्…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिकाको न्युजरुममा आज उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणासँग अन्तरक्रिया हुँदैछ । मुलुकको विकासमा निजी क्षेत्रका योगदान कति भन्ने विषयमा अन्तरक्रिया केन्द्रित हुँदैछ । अन्तरक्रिया फेसबुक लाइभ हेर्न तलको लिंकमा…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिका   |   साउन २७, २०७४

तपार्इं कुनै वेबसाइटमा निरन्तर सामग्री अपडेट गर्दै हुनुहुन्छ भने यसका पछाडि तीन कारण हुन सक्छन् । पहिलो, तपाईं यो काम रहरले गर्दै हुनुहुन्छ । दोस्रो, तपार्इं यसबाट आम्दानी गर्न खोज्दै हुनुहुन्छ । तेस्रो, यसलाई तपार्इंको रहर र आम्दानी दुवैको स्रोत बनाउने प्रयास गर्दै हुनुहुन्छ ।

तपाईंको वेबसाइटको उद्देश्य, वेबसाइटको व्यापारिक मोडेल, वेबसाइटमा राखिएका सामग्री र वेबसाइटको ट्राफिक (वेबसाइट हेर्ने मान्छे)को उचित व्यवस्थापनले वेबसाइटले गर्ने आम्दानी निर्धारण गर्दछ ।

तपाईले सञ्चालन गर्नुभएको वेबसाइटको उद्देश्य के हो ? त्यस विषयमा प्रस्ट हुनुहोस् । जस्तो कि तपार्इं कुनै संस्थाबारे जानकारी दिन वेबसाइटमा सामग्री राख्दै हुनुहुन्छ भने तपार्इंको वेबसाइटको उद्देश्य वेबसाइटबाट आम्दानी गर्ने होइन कि जानकारी दिने हो ।

वेबसाइटको बिजनेस मोडेल तयार पार्नुहोस् । सबै वेबसाइट एकै प्रकृतिका हुँदैनन् । फरक प्रकृतिको वेबसाइटको व्यापारिक योजना अर्थात् बिजनेस मोडेल फरक हुन्छ । तपार्इं विज्ञापनबाट आम्दानी गर्न सक्नुहुन्छ वा सेवा र वस्तुहरू बेच्न सक्नुहुन्छ कि अरूसँग आबद्धताका आधारमा आम्दानी गर्न सक्नुहुन्छ, यो कुराको निक्र्योल गर्नुहोस् ।

तपार्इंले विज्ञापन नै राख्नुहुन्छ भने कस्तो विज्ञापनमा केन्द्रीकृत हुने हो, त्यो विषयमा ध्यान दिनुहोस् । जस्तो कि, लोकल ब्यानर विज्ञापन, गुगल विज्ञापन, फेसबुक विज्ञापन वा अरू कुनै । यसरी पूरै व्यापारिक मोडेल बनाएर अगाडि बढ्नुभयो भने तपार्इंको वेबसाइट सफल हुने सम्भावना धेरै हुन्छ ।

तपाईंको वेबसाइटको आम्दानी त्यतिवेला अत्यधिक हुन्छ, जतिवेला वेबसाइटको ट्राफिक अत्यधिक हुन्छ । तपार्इंले जति धेरै युनिक कन्टेन्ट (फरक सामग्री) राख्नुहुन्छ, त्यति नै ट्राफिक धेरै हुन्छ ।

तपार्इंले राख्ने सामग्री अरूको कपी–पेस्ट हुनुहुँदैन । यसो हुँदा तपार्इंको वेबसाइट सफल हुने सम्भावना घट्छ । तपार्इंको बिजनेस मोडेलअनुसार नै सामग्रीको छनोट गर्नुहोस् ।