चर्च ब्वाइज सेमिफाइनलमा - Naya Patrika
© 2017 Naya Prakasan Pvt. Ltd.
अपडेट

भारतले १९५० को नेपाल–भारत सन्धिअनुसार हाल चलिरहेको दोक्लाम विवादमा नेपालसँग समर्थन माग्न लागेको छ । प्रधानमन्त्री शेरबहादुर देउवासँग बिहीबार भारतीय समकक्षी नरेन्द्र मोदीले हैदरावाद हाउसमा हुने वान अन वान (एक्लाएक्लै)…
पूरा पढ्नुहोस् »

नेपाल पत्रकार महासङ्घमा गोविन्द आचार्य नेतृत्वको प्यानल निर्वाचित भएको छ । गोविन्द आचार्यले ७३२ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी तीर्थ कोइरालाले ६२७ मत प्राप्त गरे । आचार्य…
पूरा पढ्नुहोस् »

अभिनेता एवं निर्देशक रमेश बुढाथोकी विगत साढे तीन दशकदेखि कलाकारितामा अनवरत छन् । ०३७ सालदेखि आफ्नै लेखन, निर्देशन र अभिनयमा नाटक मञ्चन सुरु गरेका उनले त्यसपछि थुप्रै नाटक गरे ।…
पूरा पढ्नुहोस् »

धन कमाउने सपना पालेर विदेश गएका उनी रित्तो हात घर फर्किए । विदेशबाट फर्किएपछि के गर्ने भन्दै अलमलमा परेका उनलाई सैलुन व्यावसाय गर्ने सोच आयो बानपा—२ का २७ वर्षका राजन…
पूरा पढ्नुहोस् »

विश्व अर्थ – भारतीय अर्थतन्त्रमा पछिल्लो समय निकै शंकास्पद बनेको मुख्य विषय भनेको उत्पादन क्षेत्रको उत्पादकत्वको वास्तविक अवस्था हो । सन् २००८ मा विश्वव्यापी आर्थिक मन्दी आउनुभन्दा पहिले नै भारतमा…
पूरा पढ्नुहोस् »

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अफगानिस्तानमा फेरि युद्ध गर्ने घोषणा गरेका छन् । यसअघि अफगानिस्तानमा रहेका सैनिकहरुको संख्यामा कटौती गर्ने आफ्नो घोषणा विपरित राष्ट्रपति ट्रम्पले कुनै पनि बेला युद्ध शुरु गर्ने चेतावनी…
पूरा पढ्नुहोस् »

माल्दिभ्समाथि सानदार जित हात पार्दै नेपाल साफ यू–१५ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ । नेपालले सोमबार एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा माल्दिभ्सलाई ६–० को फराकिलो अन्तरले पराजित गरेर अन्तिम चारमा…
पूरा पढ्नुहोस् »

यतिखेर हामी संघीयता कार्यान्वयन र प्रशासनिक पुनः संरचनाको जटिल मोडमा छौँ । यस्तो अवस्थामा सबै पक्षले जिम्मेवारीपूर्वक काम गर्नुपर्छ । अझ राजनीतिक प्रणाली सञ्चालनको मुख्य अवयवका रूपमा रहेका राजनीतिक नेतृत्व…
पूरा पढ्नुहोस् »

राम तामाङ राजधानीको व्यस्त र भिडमभिड क्षेत्र असन, इन्द्रचोक, ज्याठा र भोटाहिटीवरपर ठेला चलाउँछन् । उनका दिनहरू ठेलामा सामान ओसारेरै बित्छन् । परिवार पाल्ने र आफ्नो पढाइ खर्च थेग्ने उनको…
पूरा पढ्नुहोस् »

ऊर्जा मन्त्रालय, विद्युत् विकास विभागले फेरि एकपटक झोलाम खोला राखेर हिँड्नेलाई ३५ दिनभित्र निर्माण प्रक्रिया अघि नबढाए कारबाही गर्ने बताएको छ । विद्युत् उत्पादन गर्छु, लगानी जुटाउँछु भनेर निर्माणका लागि…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिकाको न्युजरुममा आज उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणासँग अन्तरक्रिया हुँदैछ । मुलुकको विकासमा निजी क्षेत्रका योगदान कति भन्ने विषयमा अन्तरक्रिया केन्द्रित हुँदैछ । अन्तरक्रिया फेसबुक लाइभ हेर्न तलको लिंकमा…
पूरा पढ्नुहोस् »

केशवप्रसाद भट्टराई, ताप्लेजुङ, २६ साउन   |   साउन २७, २०७४

इन्जुरी समयको तेस्रो मिनेटमा राज पौडेलको गोल सहयोगमा चर्च ब्वाइज पाथीभरा गोल्डकपको सेमिफाइनलमा

राज पौडेलले अन्तिम अतिरिक्त समयमा गरेको निर्णायक गोलको मद्दतमा बिहीबार चर्च ब्वाइज काठमाडौं राष्ट्रिय जागृति क्लब इटहरीलाई २–१ ले हराउँदै पाथीभरा गोल्डकप रनिङ फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । चर्च ब्वाइज अन्तिम चारमा पुग्ने तेस्रो टोली हो । यसअघि प्रतियोगितामा नवप्रयास युवा क्लब र दककको एपिएफ क्लब अन्तिम चारमा पुगिसकेका छन् ।


हिलाम्मे मैदानमा खेल
भारी वर्षाका कारण मैदान हिलाम्मे बनेको थियो । त्यस्तै, कुहिरोले मैदान ढपक्क ढाके पनि भानु मावि मैदानमा खेल निकै रोमाञ्चक बन्यो । मैदानको अवस्थाका कारण दर्शकहरूले मनोरञ्जन लिए । अधिकांश दर्शकले छाता ओढेर खेल हेरेका थिए । मैदानको अधिकांश भागमा पानी भरिएको थियो । खेलाडीहरूले राम्ररी बल अगाडि लान सकेका थिएनन् ।

चर्च ब्वाइजको अग्रता
खेलमा चर्च ब्वाइजले अग्रता लियो । खेलको सातौँ मिनेटमा मार्टिन अजयले चर्च व्वाइजलाई १–० को अग्रता दिलाए । मध्यान्तर अघिसम्म जागृतिले गोल फर्काउने धेरै प्रयास नगरेको होइन तर चर्च ब्वाइजको रक्षापंक्ति जागृतिका खेलाडीले मध्यान्तरअघि तोड्न सकेनन् । खेलको ५६औँ मिनेटमा जागृतिले पेनाल्टी गोल गर्दै खेल १–१ को स्थितिमा पु¥यायो । चर्चका खेलाडीले विपक्षी खेलाडीलाई डिवक्सभित्र लडाएपछि रेफ्री श्याम दनुवारले जागृतिलाई पेनाल्टीको मौका दिए । जागृतिका कप्तान भोला राईले गोल गर्दै १–१ को स्थितिमा खेल पुर्‍याए ।

दश मिनेट इन्जुरी समय
तेस्रो क्वार्टरफाइनलमा १० मिनेटको इन्जुरी समय थपियो । इन्जुरी समयको तेस्रो मिनेटमै राजले चर्च ब्वाइजलाई २–१ को अग्रता दिलाए । खेलको ८०औँ मिनेटमा चर्च ब्वाइजका राज र पेटर सेगुनले गरेका प्रहार क्रसबारमा लागेका थिए । प्रतियोगिताअन्तर्गत शुक्रबार सगरमाथा युवा क्लब र फिदिम स्पोर्टिङ क्लब पाँचथरबीच अन्तिम क्वार्टरफाइनल खेल हुनेछ ।