बार्सिलोनाको प्रस्ताव अस्वीकार - Naya Patrika
© 2017 Naya Prakasan Pvt. Ltd.
अपडेट

०५३ सालमा खाद्यान्न अभावका कारण सिडिओसँग चामल पाऊँ भनेर बिन्ती बिसाउन पुगेकी कमलकुमारी शाहीलाई तत्कालीन सिडिओ लीलानिधि कोइरालाले टेरेनन् । सिडिओसँगको विवादपछि प्रशासन कार्यालयले उनको झुप्रोसमेत उठिवास लगाउने असफल प्रयास…
पूरा पढ्नुहोस् »

हलिउडका चर्चित निर्माता हार्वे विन्स्टेइनका एकपछि अर्को गर्दै यौनजन्य हिंसाका घटना सार्वजनिक हुने क्रम बढेको छ । न्यूयोर्क टाइम्सले निर्माता हार्वेले यौन शोषण गर्ने गरेको सार्वजनिक गरेपछि यौन उत्पीडनमा परेका…
पूरा पढ्नुहोस् »

आजभोलि धेरैमा मुटुसम्बन्धी रोग देखा पर्ने गरेको छ । चिकित्सकहरू पनि पछिल्लो समय मुटुरोगी बढेको बताउँछन् । उनीहरूका अनुसार हाम्रो दैनिक जीवनशैली र विभिन्न कारणले मुटुसम्बन्धी रोग हुने गरेको छ…
पूरा पढ्नुहोस् »

गोपाल साउद/नयाँ पत्रिका ललितपुरको कुपण्डोलमा रहेको गल्फ इन्नोभेसन ग्र्रुप नेपाल नामक म्यानपावर कम्पनीले नेपाली कामदारलाई दुबईमा अलपत्र पारी उल्टै ‘ब्ल्याक मेलिङ’ गरेको थाहा हुन आएको छ । कम्पनीले नेपाली कामदारलाई…
पूरा पढ्नुहोस् »

राष्ट्रपति सि जिनपिङको पाँच वर्षको शासनकालमा चीन सम्पन्न र बढी शक्तिशाली भएको छ । तर, यस प्रगतिबाट आमचिनियाँको जनजीवनमा कति प्रभाव परेको छ ? चीनको सबैभन्दा शक्तिशाली निर्णयकर्ता आगामी साता…
पूरा पढ्नुहोस् »

नेपाल फिफा वरीयतामा एक स्थान ओरालो लागेको छ । फिफाले सोमबार अक्टोबरको वरीयता सार्वजनिक गर्दा नेपाल १ सय ७६औँ स्थानमा सीमित भएको छ । अघिल्लो वरीयतामा नेपाल १ सय ७५औँ…
पूरा पढ्नुहोस् »

नेपालमा सुनचाँदीलाई ‘नगदसरहको सम्पत्ति’का रूपमा लिइन्छ । पहेँलो र सेतो धातुलाई ‘सुरक्षित लगानी’का रूपमा पनि लिइने गरिएको छ । त्यसैले यसको व्यवसाय क्रमिक रूपमा बढ्दै गइरहेको छ । अझ नेपालजस्तो…
पूरा पढ्नुहोस् »

०५३ सालमा खाद्यान्न अभावका कारण सिडिओसँग चामल पाऊँ भनेर बिन्ती बिसाउन पुगेकी कमलकुमारी शाहीलाई तत्कालीन सिडिओ लीलानिधि कोइरालाले टेरेनन् । सिडिओसँगको विवादपछि प्रशासन कार्यालयले उनको झुप्रोसमेत उठिवास लगाउने असफल प्रयास…
पूरा पढ्नुहोस् »

राजनीतिक दलहरूको निर्णय प्रक्रिया, त्यसमा कार्यकर्ताको सहभागिता, व्यवस्थापनलगायत पक्षबाट हेर्‍यो भने नेपाली लोकतन्त्र परिपक्व हुन अझै केही दशक लाग्ने देखिन्छ । आइतबार निर्वाचन आयोगमा समानुपातिकतर्फबाट प्रतिनिधिसभामा उम्मेदवार बन्न चाहनेहरूको सूची…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिकाको न्युजरुममा आज उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणासँग अन्तरक्रिया हुँदैछ । मुलुकको विकासमा निजी क्षेत्रका योगदान कति भन्ने विषयमा अन्तरक्रिया केन्द्रित हुँदैछ । अन्तरक्रिया फेसबुक लाइभ हेर्न तलको लिंकमा…
पूरा पढ्नुहोस् »

लन्डन   |   साउन २७, २०७४

फिलिपे काउटिन्हो भित्र्याउन बार्सिलोनाले प्रस्तुत गरेको ९ करोड पाउन्ड लिभरपुलद्वारा अस्वीकार

 बार्सिलोनाले फिलिपे काउटिन्हो भित्रयाउन प्रस्तुत गरेको प्रस्ताव इंग्लिस क्लब लिभरपुलले तेस्रोपटक अस्वीकार गरेको छ । यसपटक बार्सिलोनाले काउटिन्होलाई ९ करोड पाउन्ड प्रस्ताव राखेको छ । यसअघि बार्सिलोनाले काउटिन्होका लागि ७ करोड २० लाख र ८ करोड पाउन्ड प्रस्ताव लिभरपुललाई पठाएको थियो । तेस्रोपटकको प्रयासमा बार्सिलोनाले १० लाख पाउन्ड बढाएको हो तर लिभरपुल यसपटक पनि  इच्छुक देखिएन ।

अर्को नेमारको खोजी
गत साता ब्राजिलियन स्ट्राइकर नेमार जुनियर विश्वकीर्तिमान रकममा पेरिस सेन्ट जर्मेन (पिएसजी) मा अनुबन्ध भएपछि बार्सिलोनामा एक राम्रा स्ट्राइकरको खाँचो परेको छ । बार्सिलोनाले नेमारकै स्तरमा रहेका युवा मिडफिल्डर काउटिन्होमाथि आशा राखेको हो । पछिल्लो चार वर्ष नेमार, लियोनल मेसी तथा लुइस सुआरेजबीचको तालमेलमा बार्सिलोनाको फिनिसिङ पक्ष युरोपकै नम्बर एक बनेको थियो । नयाँ सिजन सुरु हुनुअघि नै बार्सिलोनाले नयाँ नेमार खोजी अभियान पूरा हुने विश्वास राखेको छ । यसै प्रयासमा बार्सिलोनाले काउटिन्हो भित्रयाउन चौथो प्रस्तावस्वरूप १२ करोड पाउन्ड खर्चन तयार रहेको स्पेनिस पत्रिका एल मार्काले जनाएको छ ।

काउटिन्हो स्पेनिस क्लबमा आकर्षित
यद्यपि, लिभरपुलले बार्सिलोनाको प्रस्ताव अस्वीकार गरेपछि काउटिन्हो स्पेनिस क्लबमा आकर्षित रहेको बेलायती मिडियाहरूले जनाएका छन् । २५ वर्षीय एट्याकिङ मिडफिल्डरसमेत रहेका काउटिन्हो अहिले चोटग्रस्त छन् जसका कारण शनिबारदेखि सुरु हुने प्रिमियर लिगअन्तर्गत वाट्फोर्डविरुद्ध उनले प्रतिस्पर्धा गर्न पाउने छैनन् । गत साता जर्मनीमा अभ्यास क्रममा उनी चोटग्रस्त बनेका थिए । ‘क्लबले नचाहे पनि काउटिन्हो भने स्पेनिस क्लब जान चाहन्छन्,’ ब्रिटिस मिडियाले जनाएका छन् ।

काउटिन्हो बिक्रीमा नभएको
लिभरपुलले स्पष्ट रूपमा बार्सिलोनालाई काउटिन्हो बिक्रीमा नरहेको जनाएको छ । प्रशिक्षक जर्गेन क्लोपले काउटिन्हो क्लबकै प्रमुख खेलाडी भएका कारण खेलाडी किनबेच सिजनमा उनलाई नराखिएको स्पष्ट पारेका छन् । ‘हाम्रो बिक्री खेलाडीको लिस्टमा काउटिन्हो छैन, तसर्थ उसलाई भित्रयाउने सपना जो–कसैले पनि देखेको छ भने त्यो पूरा हुन सक्दैन,’ प्रशिक्षक क्लोपले भने, ‘सबैलाई थाहा भएकै कुरा हो, लिभरपुल यस्तो क्लब हो जो आफ्ना प्रमुख खेलाडीलाई कहिल्यै पनि बिक्री गर्दैन ।’ गत जनवरीमा मात्र काउटिन्होले लिभरपुलसँग पाँच वर्षको सम्झौता गरेको थियो ।

काउटिन्हो लिभरपुलमै खुसी
प्रशिक्षक काउटिन्होले ब्राजिलियन खेलाडी काउटिन्हो लिभरपुलमै खुसी रहेको जनाएका छन् । क्लबले उनले चाहेको जस्तो पारिश्रमिक दिएको क्लोपले जानकारी दिए । ‘हामीले उनलाई भनेको जति नै पारिश्रमिक दिएका छौँ, यसकारण काउटिन्हो अन्य क्लबमा जानुपर्ने अवस्था छैन,’ क्लोप भन्छन् । प्रिमियर लिगमा यसपटक राम्रो नतिजा निकाल्न काउटिन्होजस्ता खेलाडी आवश्यक रहेको उनले बताए ।