जर्मनीलाई स्तब्ध पार्दै ब्राजिल नम्बर एक स्थानमा - Naya Patrika
© 2017 Naya Prakasan Pvt. Ltd.
अपडेट

भारतले १९५० को नेपाल–भारत सन्धिअनुसार हाल चलिरहेको दोक्लाम विवादमा नेपालसँग समर्थन माग्न लागेको छ । प्रधानमन्त्री शेरबहादुर देउवासँग बिहीबार भारतीय समकक्षी नरेन्द्र मोदीले हैदरावाद हाउसमा हुने वान अन वान (एक्लाएक्लै)…
पूरा पढ्नुहोस् »

नेपाल पत्रकार महासङ्घमा गोविन्द आचार्य नेतृत्वको प्यानल निर्वाचित भएको छ । गोविन्द आचार्यले ७३२ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी तीर्थ कोइरालाले ६२७ मत प्राप्त गरे । आचार्य…
पूरा पढ्नुहोस् »

अभिनेता एवं निर्देशक रमेश बुढाथोकी विगत साढे तीन दशकदेखि कलाकारितामा अनवरत छन् । ०३७ सालदेखि आफ्नै लेखन, निर्देशन र अभिनयमा नाटक मञ्चन सुरु गरेका उनले त्यसपछि थुप्रै नाटक गरे ।…
पूरा पढ्नुहोस् »

धन कमाउने सपना पालेर विदेश गएका उनी रित्तो हात घर फर्किए । विदेशबाट फर्किएपछि के गर्ने भन्दै अलमलमा परेका उनलाई सैलुन व्यावसाय गर्ने सोच आयो बानपा—२ का २७ वर्षका राजन…
पूरा पढ्नुहोस् »

विश्व अर्थ – भारतीय अर्थतन्त्रमा पछिल्लो समय निकै शंकास्पद बनेको मुख्य विषय भनेको उत्पादन क्षेत्रको उत्पादकत्वको वास्तविक अवस्था हो । सन् २००८ मा विश्वव्यापी आर्थिक मन्दी आउनुभन्दा पहिले नै भारतमा…
पूरा पढ्नुहोस् »

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अफगानिस्तानमा फेरि युद्ध गर्ने घोषणा गरेका छन् । यसअघि अफगानिस्तानमा रहेका सैनिकहरुको संख्यामा कटौती गर्ने आफ्नो घोषणा विपरित राष्ट्रपति ट्रम्पले कुनै पनि बेला युद्ध शुरु गर्ने चेतावनी…
पूरा पढ्नुहोस् »

माल्दिभ्समाथि सानदार जित हात पार्दै नेपाल साफ यू–१५ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ । नेपालले सोमबार एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा माल्दिभ्सलाई ६–० को फराकिलो अन्तरले पराजित गरेर अन्तिम चारमा…
पूरा पढ्नुहोस् »

यतिखेर हामी संघीयता कार्यान्वयन र प्रशासनिक पुनः संरचनाको जटिल मोडमा छौँ । यस्तो अवस्थामा सबै पक्षले जिम्मेवारीपूर्वक काम गर्नुपर्छ । अझ राजनीतिक प्रणाली सञ्चालनको मुख्य अवयवका रूपमा रहेका राजनीतिक नेतृत्व…
पूरा पढ्नुहोस् »

राम तामाङ राजधानीको व्यस्त र भिडमभिड क्षेत्र असन, इन्द्रचोक, ज्याठा र भोटाहिटीवरपर ठेला चलाउँछन् । उनका दिनहरू ठेलामा सामान ओसारेरै बित्छन् । परिवार पाल्ने र आफ्नो पढाइ खर्च थेग्ने उनको…
पूरा पढ्नुहोस् »

ऊर्जा मन्त्रालय, विद्युत् विकास विभागले फेरि एकपटक झोलाम खोला राखेर हिँड्नेलाई ३५ दिनभित्र निर्माण प्रक्रिया अघि नबढाए कारबाही गर्ने बताएको छ । विद्युत् उत्पादन गर्छु, लगानी जुटाउँछु भनेर निर्माणका लागि…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिकाको न्युजरुममा आज उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणासँग अन्तरक्रिया हुँदैछ । मुलुकको विकासमा निजी क्षेत्रका योगदान कति भन्ने विषयमा अन्तरक्रिया केन्द्रित हुँदैछ । अन्तरक्रिया फेसबुक लाइभ हेर्न तलको लिंकमा…
पूरा पढ्नुहोस् »

एजेन्सी, जुरिच, २६ साउन   |   साउन २७, २०७४

पाँचपटकको विश्वच्याम्पियन ब्राजिल जर्मनीलाई विस्थापन गर्दै बिहीबार फिफा वरीयताको शीर्ष स्थानमा उक्लिएको छ । गत महिनाको वरीयतामा जर्मनी पहिलो स्थान र ब्राजिल दोस्रो स्थानमा थिए । ब्राजिल र जर्मनीबीच ५५ अंक फरक छ । सन् २००२ यता ब्राजिलले विश्वकप उपधि जितेको छैन ।


विश्वकप छनोटमा जित
ब्राजिलले जुनयता अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा सहभागिता जनाएको छैन । यसबीच, ब्राजिलले दक्षिण अमेरिकी विश्वकप छनोटमा पाराग्वे तथा उरुग्वेलाई हरायो । मैत्रीपूर्ण खेलमा ब्राजिलले कट्टर प्रतिद्वन्द्वी अर्जेन्टिनालाई स्तब्ध पा¥यो । यो तीन खेलमा प्राप्त सफलताकै कारण ब्राजिलले जर्मनीको एक नम्बर स्थान विस्थापन गरेको हो । सन् २०१४ को विश्वकप आयोजना गर्दा ब्राजिल चौथो स्थानमा थियो ।

अर्जेन्टिना यथावत्
दक्षिण अमेरिकी विश्वकप छनोटको कठिन अवस्थामा रहेको अर्जेन्टिना फिफा वरीयतामा यथावत् रह्यो । अर्जेन्टिना १३९९ अंकका साथ तेस्रो स्थानमा छ । स्विट्जरल्यान्ड एक स्थान सुधार गर्दै चोथो स्थानमा उक्लेको छ । स्विट्जरल्यान्डले १३२९ अंक जोडेको छ । पोल्यान्डले पनि एक स्थान सुधार गरी पाँचौँ स्थान रक्षा गर्‍यो । यता, युरोकप २०१६ च्याम्पियन पोर्चुगलले दुई स्थान गुमाएको छ । पोर्चुगल १३१९ अंकका साथ छैटौँ स्थानमा छ ।

नेपालको एक स्थान सुधार
फिफा वरीयतामा नेपालले एक स्थान सुधार गरेको छ । नेपाल ११७ अंकका साथ विश्व वरीयतामा १६९औँ स्थानमा छ । गत महिनाको वरीयतामा नेपाल १७०औँ स्थानमा थियो । दक्षिण एसियामा भारत पहिलो स्थानमा छ तर भारतले फिफा वरीयतामा एक स्थान गुमाएको छ । यसपटकको वरीयतामा भारत ९७औँ स्थानमा सीमित रह्यो । गत महिना भारत ९६औँ स्थानमा थियो ।

माल्दिभ्स, श्रीलंका र पाकिस्तानका कुनै स्थान परिवर्तन भएनन् । माल्दिभ्स १४२औँ, श्रीलंका १९७औँ स्थान र पाकिस्तान २ सयौँ स्थानमा छन् । यसैगरी, अफगानिस्तान एक स्थान ओरालो लाग्दै १ सय ५६औँ स्थानमा छ । भुटान पनि एक स्थान गुमाउँदै १ सय ६५औँ स्थानमा छ । बंगलादेश एक स्थान सुधार गर्दैै १ सय ८९औँ स्थानमा पुगेको छ । एसियन क्षेत्रमा इरान नम्बर एक स्थानमा छ ।