नेपालले जापानमा अभ्यास गर्ने - Naya Patrika
© 2017 Naya Prakasan Pvt. Ltd.

एक वर्षमा ३२ सिनियर प्रहरी अधिकृतसहित दुई हजार तीन सय ८१ प्रहरी कारबाहीमा परेका छन् । अघिल्लो वर्षभन्दा झन्डै दोब्बर प्रहरी कारबाहीमा परेका हुन् । प्रहरी प्रधान कार्यालयका अनुसार आर्थिक…
पूरा पढ्नुहोस् »

नेपाल पत्रकार महासङ्घमा गोविन्द आचार्य नेतृत्वको प्यानल निर्वाचित भएको छ । गोविन्द आचार्यले ७३२ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी तीर्थ कोइरालाले ६२७ मत प्राप्त गरे । आचार्य…
पूरा पढ्नुहोस् »

अभिनेता एवं निर्देशक रमेश बुढाथोकी विगत साढे तीन दशकदेखि कलाकारितामा अनवरत छन् । ०३७ सालदेखि आफ्नै लेखन, निर्देशन र अभिनयमा नाटक मञ्चन सुरु गरेका उनले त्यसपछि थुप्रै नाटक गरे ।…
पूरा पढ्नुहोस् »

धन कमाउने सपना पालेर विदेश गएका उनी रित्तो हात घर फर्किए । विदेशबाट फर्किएपछि के गर्ने भन्दै अलमलमा परेका उनलाई सैलुन व्यावसाय गर्ने सोच आयो बानपा—२ का २७ वर्षका राजन…
पूरा पढ्नुहोस् »

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अफगानिस्तानमा फेरि युद्ध गर्ने घोषणा गरेका छन् । यसअघि अफगानिस्तानमा रहेका सैनिकहरुको संख्यामा कटौती गर्ने आफ्नो घोषणा विपरित राष्ट्रपति ट्रम्पले कुनै पनि बेला युद्ध शुरु गर्ने चेतावनी…
पूरा पढ्नुहोस् »

माल्दिभ्समाथि सानदार जित हात पार्दै नेपाल साफ यू–१५ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ । नेपालले सोमबार एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा माल्दिभ्सलाई ६–० को फराकिलो अन्तरले पराजित गरेर अन्तिम चारमा…
पूरा पढ्नुहोस् »

उत्तर कोरियाको गुआममा आक्रमण गर्ने धम्की र उसका तर्फबाट बारम्बार गरिँदै आएको क्षेप्यास्त्र परीक्षणसँगै चलिरहेको वाक्युद्धलाई लिएर विश्लेषकले चेतावनी दिएका छन् कि यस्तो संवेदनशील समयमा संयुक्त सैनिक अभ्यास गर्नु आगोमा…
पूरा पढ्नुहोस् »

राम तामाङ राजधानीको व्यस्त र भिडमभिड क्षेत्र असन, इन्द्रचोक, ज्याठा र भोटाहिटीवरपर ठेला चलाउँछन् । उनका दिनहरू ठेलामा सामान ओसारेरै बित्छन् । परिवार पाल्ने र आफ्नो पढाइ खर्च थेग्ने उनको…
पूरा पढ्नुहोस् »

झन्डै नौ महिनाअघि वर्तमान गठबन्धनका तर्फबाट संसद्मा प्रस्तुत गरिएको र बीचबीचमा परिमार्जनसहित अघि बढाइएको नेपालको संविधानमा दोस्रो संशोधन गरियोस् भन्ने प्रस्ताव आवश्यक समर्थन प्राप्त गर्न नसकेपछि सोमबारको संसद् बैठकबाट अस्वीकृत…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिकाको न्युजरुममा आज उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणासँग अन्तरक्रिया हुँदैछ । मुलुकको विकासमा निजी क्षेत्रका योगदान कति भन्ने विषयमा अन्तरक्रिया केन्द्रित हुँदैछ । अन्तरक्रिया फेसबुक लाइभ हेर्न तलको लिंकमा…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिका, काठमाडौं   |   साउन २७, २०७४

एएफसी एसियन कप छनोटअन्तर्गत समूह डीमा ताजकिस्तानविरुद्ध प्रतिस्पर्धा गर्नुअघि नेपालले जापानमा पाँच अभ्यास खेल खेल्ने

एएफसी एसियन कप छनोटको तयारीका लागि नेपाली राष्ट्रिय फुटबल टोली शुक्रबार जापान प्रस्थान गर्दै छ । १० दिनको जापान बसाइ क्रममा नेपाली टोलीले स्थानीय क्लब तथा विश्वविद्यालयको टोलीविरुद्ध अभ्यास खेलमा सहभागिता जनाउनेछ । नेपाली टोलीका प्रमुख प्रशिक्षक ग्योतोकु कोजीले जापानमा खेलाडीहरूलाई प्रशिक्षण र अभ्यास गराउने वाचा पूरा भएको बताएका छन् । ‘नेपालमा आएलगत्तै मैले खेलाडीहरूलाई जापानमा अभ्यास गराउने वाचा गरेको थिएँ र जापान फुटबल फेडेरेसनसँग गरेको वाचा पूरा भएको छ,’ बिहीबार एन्फा कम्प्लेक्समा बिदाइ समारोहमा प्रशिक्षक कोजीले भने ।

पाँच अभ्यास खेल
जापानमा रहँदा नेपालले पाँच अभ्यास खेल खेल्नेछ । त्यसका लागि खेलाडीहरूले जापानको जे लिगको प्रशिक्षण तथा खेलको अवलोकन गर्ने प्रशिक्षक कोजीले जानकारी दिएका छन् । ‘दश दिन लामो भ्रमणमा खेलाडीहरूले विश्वप्रसिद्ध जे लिगको पनि अवलोकन र उनीहरूको प्रशिक्षण शैलीसमेत हेर्न मौका पाउनेछन्,’ कोजीले भने, ‘खेलाडीहरूले उनीहरूसँग पनि प्रशिक्षण गर्नेछन् ।’ खेलाडीहरूले जापानमा प्राप्त अनुभव ताजकिस्तानविरुद्ध देखाउने विश्वास उनले लिए । २० भदौमा एसियन कप छनोटअन्तर्गत नेपालले घरेलु मैदानमा ताजकिस्तानसँग खेल्दै छ ।

कोसँग अभ्यास खेल ?
नेपाली टोलीले जापानको विश्वविद्यालय, क्लब, उमेर समूहका टोलीसँग प्रतिस्पर्धा गर्नेछ । यसैगरी, नेपालले ओसाका यू–२३ सँग मैत्रीपूर्ण खेल खेल्नेछ । नेपालले ३२ साउनदेखि लगातार चार अभ्यास खेल खेल्ने प्रशिक्षक कोजीले जनाए । नेपालले ३२ साउनमा क्वान्सी विश्वविद्यालय, १ भदौमा अमिट्सी स्पोर्टस् क्लब, २ भदौमा हनान विश्वविद्यालय र ३ भदौमा भिसेल कोबेविरुद्ध खेल्ने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ ।

नेपालको एक अंक
एएफसी एसिय कप छनोट चरणको समूह एफमा फिलिपिन्स ४ अंकका साथ शीर्ष स्थानमा छ । ४ अंक जोडेको यमन दोस्रो स्थानमा छ । नेपालले १ अंक मात्र जोडेको छ । नेपाल अंकतालिकाको तेस्रो स्थानमा छ । ताजकिस्तानले अंक बटुल्न सकेको छैन । नेपालले दुई खेलमध्ये एकमा बराबरी नतिजा निकालेको थियो ।

अभ्यासले फाइदा पुग्ने
नेपाली राष्ट्रिय टोलीका कप्तान अनिल गुरुङले जापानी क्लब र विश्वविद्यालयसँगको अभ्यास खेलबाट धेरै फाइदा पुग्ने बताएका छन् । मुख्य प्रतियोगिताअघि खेलाडीले राम्रो टोलीसँग अभ्यास खेल खेल्न पाउँदा नतिजा राम्रो आउने बताए । ‘ठूलो प्रतियोतिगाअघि स्तरीय मैत्रीपूर्ण वा अभ्यास खेलमा सहभागिता जनाउँदा त्यसबाट खेलाडीले धेरै फाइदा लिन सक्छन्,’ कप्तान गुरुङले भने, ‘मलाई आशा छ अभ्यास खेलपछि हामीले ताजकिस्तानविरुद्ध खेलमा राम्रो नतिजा निकाल्नेछौँ ।’ अघिल्लोपटकको छनोट खेलअघि नेपालले दक्षिण एसियन तथा अरेबियन मुलुकका राष्ट्रसँग अभ्यास गरेको थियो ।
१० दिन मौका
एन्फाका अध्यक्ष नरेन्द्र श्रेष्ठले नेपाली टोलीले जापानमा १० दिनको अभ्यास गर्न अवसर पाउँदा आफूलाई खुसी लागेको बताएका छन् । अध्यक्ष श्रेष्ठले जापानमा दश दिन अभ्यास र प्रशिक्षणपछि ताजकिस्तानविरुद्ध प्रतिस्पर्धामा सहयोग हुने जनाए । यसैगरी, नेपालका लागि जापानी राजदूत मासासी ओगावाले जाइकाको विभिन्न कार्यक्रमअनुसारै नेपाली टोलीले जापानमा प्रशिक्षण र अभ्यास गर्न मौका मिलेको जानकारी दिएका छन् । राजदूत मासासीले नेपाली खेलाडीले जापानमा राम्रो प्रदर्शन गर्न शुभकामना दिए । राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव केशवकुमार विष्टले वैदेशिक प्रशिक्षण र अभ्यासपछि खेलाडीहरूको मनोबल उच्च हुने जनाए ।

नेपाली टोली
गोलरक्षक
विकेश कुथू, विशाल श्रेष्ठ,
एलान न्यौपाने
डिफेन्डर
विराज महर्जन, अनन्त तामाङ, विमल बस्नेत, देवेन्द्र तामाङ, जितेन्द्र कार्की, कमल श्रेष्ठ, राजेन्द्र रवाल, दिनेश राजवंशी, मानबहादुर तामाङ
मिडफिल्डर
विक्रम लामा, हेमन गुरुङ, विशाल राई, सुजल श्रेष्ठ, अञ्जन विष्ट, हमन्त थापामगर, सुनील बल
फरवार्ड
अनिल गुरुङ, भरत खवास, विमल घर्ती मगर, नवयुग श्रेष्ठ,
सुमन लामा