प्रेरक प्रसंग : मृत्युपछिको खाली हात - Naya Patrika
© 2017 Naya Prakasan Pvt. Ltd.

एक वर्षमा ३२ सिनियर प्रहरी अधिकृतसहित दुई हजार तीन सय ८१ प्रहरी कारबाहीमा परेका छन् । अघिल्लो वर्षभन्दा झन्डै दोब्बर प्रहरी कारबाहीमा परेका हुन् । प्रहरी प्रधान कार्यालयका अनुसार आर्थिक…
पूरा पढ्नुहोस् »

नेपाल पत्रकार महासङ्घमा गोविन्द आचार्य नेतृत्वको प्यानल निर्वाचित भएको छ । गोविन्द आचार्यले ७३२ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी तीर्थ कोइरालाले ६२७ मत प्राप्त गरे । आचार्य…
पूरा पढ्नुहोस् »

अभिनेता एवं निर्देशक रमेश बुढाथोकी विगत साढे तीन दशकदेखि कलाकारितामा अनवरत छन् । ०३७ सालदेखि आफ्नै लेखन, निर्देशन र अभिनयमा नाटक मञ्चन सुरु गरेका उनले त्यसपछि थुप्रै नाटक गरे ।…
पूरा पढ्नुहोस् »

धन कमाउने सपना पालेर विदेश गएका उनी रित्तो हात घर फर्किए । विदेशबाट फर्किएपछि के गर्ने भन्दै अलमलमा परेका उनलाई सैलुन व्यावसाय गर्ने सोच आयो बानपा—२ का २७ वर्षका राजन…
पूरा पढ्नुहोस् »

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अफगानिस्तानमा फेरि युद्ध गर्ने घोषणा गरेका छन् । यसअघि अफगानिस्तानमा रहेका सैनिकहरुको संख्यामा कटौती गर्ने आफ्नो घोषणा विपरित राष्ट्रपति ट्रम्पले कुनै पनि बेला युद्ध शुरु गर्ने चेतावनी…
पूरा पढ्नुहोस् »

माल्दिभ्समाथि सानदार जित हात पार्दै नेपाल साफ यू–१५ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ । नेपालले सोमबार एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा माल्दिभ्सलाई ६–० को फराकिलो अन्तरले पराजित गरेर अन्तिम चारमा…
पूरा पढ्नुहोस् »

उत्तर कोरियाको गुआममा आक्रमण गर्ने धम्की र उसका तर्फबाट बारम्बार गरिँदै आएको क्षेप्यास्त्र परीक्षणसँगै चलिरहेको वाक्युद्धलाई लिएर विश्लेषकले चेतावनी दिएका छन् कि यस्तो संवेदनशील समयमा संयुक्त सैनिक अभ्यास गर्नु आगोमा…
पूरा पढ्नुहोस् »

राम तामाङ राजधानीको व्यस्त र भिडमभिड क्षेत्र असन, इन्द्रचोक, ज्याठा र भोटाहिटीवरपर ठेला चलाउँछन् । उनका दिनहरू ठेलामा सामान ओसारेरै बित्छन् । परिवार पाल्ने र आफ्नो पढाइ खर्च थेग्ने उनको…
पूरा पढ्नुहोस् »

झन्डै नौ महिनाअघि वर्तमान गठबन्धनका तर्फबाट संसद्मा प्रस्तुत गरिएको र बीचबीचमा परिमार्जनसहित अघि बढाइएको नेपालको संविधानमा दोस्रो संशोधन गरियोस् भन्ने प्रस्ताव आवश्यक समर्थन प्राप्त गर्न नसकेपछि सोमबारको संसद् बैठकबाट अस्वीकृत…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिकाको न्युजरुममा आज उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणासँग अन्तरक्रिया हुँदैछ । मुलुकको विकासमा निजी क्षेत्रका योगदान कति भन्ने विषयमा अन्तरक्रिया केन्द्रित हुँदैछ । अन्तरक्रिया फेसबुक लाइभ हेर्न तलको लिंकमा…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिका, काठमाडौं   |   साउन २७, २०७४

अलेक्जेन्डर महान्लाई धेरैले चिन्छन् । विश्वविजयी बन्ने उनको अभियान र उनको बहादुरीबारे अनेकौँ कथा लेखिएका छन् । सिनेमा बनेका छन् । इतिहासका पानामा उनका गाथा समेटिएका छन् ।

उनै अलेक्जेन्डरले जीवनको अन्तिम प्रहरमा पुगेपछि एक दिन आफ्नो परिवारका सदस्य र मन्त्रीहरूलाई सभामा बोलाएर भने, ‘मलाई थाहा छ, मान्छेले जन्मेपछि मर्नैपर्छ । त्यसैले मलाई पनि मरुँला कि भन्ने चिन्ता छैन । अब मेरो पनि जाने दिन नजिक आइसकेको छ । त्यसैले म आज तपाईंहरू सबैलाई मेरो एउटा अन्तिम इच्छा पूरा गरिदिन अनुरोध गर्दै छु ।’ अलेक्जेन्डरको कुरा सुनिसकेपछि सबैले एक स्वरमा भने, ‘आज्ञा होस् महाराज, हामी हजुरका सम्पूर्ण इच्छा, चाहना र आदेश शिरोपर गर्न तयार छौँ ।’ त्यसपछि बडो शान्त स्वरमा अलेक्जेन्डरले भने, ‘जब मेरो मृत्यु हुनेछ, तब मलाई चिहानमा गाड्दा मेरा दुवै हात बाहिरै देखिने गरी गाडिदिनू ।’

अलेक्जेन्डरको अन्तिम इच्छा सुनिसकेपछि सबै छक्क परे । एकजना मन्त्रीले अघि सरेर प्रश्न गरे, ‘महाराज हामी हजुरको आदेश पूरा गर्न तयार छौँ । तर, हजुरले किन यस्तो इच्छा राखिबक्स्यो, हामीले केही बुझ्न सकेनौँ ।’ अलेक्जेन्डरले गम्भीर हुँदै भने, ‘मैले जीवनमा खोजेका सबै कुरा हासिल गरेँ । धनसम्पत्तिको मलाई कुनै कमी भएन, तैपनि, मृत्युपछि म पनि खाली हात नै जानुपर्छ । त्यसैले अलेक्जेन्डर महान् पनि मृत्युपछि खाली हात नै गएका थिए भनेर म संसारलाई देखाउन चाहन्छु ।’