स्रोतमाथिको यो लडाइँ - Naya Patrika
© 2017 Naya Prakasan Pvt. Ltd.
अपडेट

भारतले १९५० को नेपाल–भारत सन्धिअनुसार हाल चलिरहेको दोक्लाम विवादमा नेपालसँग समर्थन माग्न लागेको छ । प्रधानमन्त्री शेरबहादुर देउवासँग बिहीबार भारतीय समकक्षी नरेन्द्र मोदीले हैदरावाद हाउसमा हुने वान अन वान (एक्लाएक्लै)…
पूरा पढ्नुहोस् »

नेपाल पत्रकार महासङ्घमा गोविन्द आचार्य नेतृत्वको प्यानल निर्वाचित भएको छ । गोविन्द आचार्यले ७३२ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी तीर्थ कोइरालाले ६२७ मत प्राप्त गरे । आचार्य…
पूरा पढ्नुहोस् »

अभिनेता एवं निर्देशक रमेश बुढाथोकी विगत साढे तीन दशकदेखि कलाकारितामा अनवरत छन् । ०३७ सालदेखि आफ्नै लेखन, निर्देशन र अभिनयमा नाटक मञ्चन सुरु गरेका उनले त्यसपछि थुप्रै नाटक गरे ।…
पूरा पढ्नुहोस् »

धन कमाउने सपना पालेर विदेश गएका उनी रित्तो हात घर फर्किए । विदेशबाट फर्किएपछि के गर्ने भन्दै अलमलमा परेका उनलाई सैलुन व्यावसाय गर्ने सोच आयो बानपा—२ का २७ वर्षका राजन…
पूरा पढ्नुहोस् »

विश्व अर्थ – भारतीय अर्थतन्त्रमा पछिल्लो समय निकै शंकास्पद बनेको मुख्य विषय भनेको उत्पादन क्षेत्रको उत्पादकत्वको वास्तविक अवस्था हो । सन् २००८ मा विश्वव्यापी आर्थिक मन्दी आउनुभन्दा पहिले नै भारतमा…
पूरा पढ्नुहोस् »

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अफगानिस्तानमा फेरि युद्ध गर्ने घोषणा गरेका छन् । यसअघि अफगानिस्तानमा रहेका सैनिकहरुको संख्यामा कटौती गर्ने आफ्नो घोषणा विपरित राष्ट्रपति ट्रम्पले कुनै पनि बेला युद्ध शुरु गर्ने चेतावनी…
पूरा पढ्नुहोस् »

माल्दिभ्समाथि सानदार जित हात पार्दै नेपाल साफ यू–१५ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ । नेपालले सोमबार एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा माल्दिभ्सलाई ६–० को फराकिलो अन्तरले पराजित गरेर अन्तिम चारमा…
पूरा पढ्नुहोस् »

यतिखेर हामी संघीयता कार्यान्वयन र प्रशासनिक पुनः संरचनाको जटिल मोडमा छौँ । यस्तो अवस्थामा सबै पक्षले जिम्मेवारीपूर्वक काम गर्नुपर्छ । अझ राजनीतिक प्रणाली सञ्चालनको मुख्य अवयवका रूपमा रहेका राजनीतिक नेतृत्व…
पूरा पढ्नुहोस् »

राम तामाङ राजधानीको व्यस्त र भिडमभिड क्षेत्र असन, इन्द्रचोक, ज्याठा र भोटाहिटीवरपर ठेला चलाउँछन् । उनका दिनहरू ठेलामा सामान ओसारेरै बित्छन् । परिवार पाल्ने र आफ्नो पढाइ खर्च थेग्ने उनको…
पूरा पढ्नुहोस् »

ऊर्जा मन्त्रालय, विद्युत् विकास विभागले फेरि एकपटक झोलाम खोला राखेर हिँड्नेलाई ३५ दिनभित्र निर्माण प्रक्रिया अघि नबढाए कारबाही गर्ने बताएको छ । विद्युत् उत्पादन गर्छु, लगानी जुटाउँछु भनेर निर्माणका लागि…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिकाको न्युजरुममा आज उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणासँग अन्तरक्रिया हुँदैछ । मुलुकको विकासमा निजी क्षेत्रका योगदान कति भन्ने विषयमा अन्तरक्रिया केन्द्रित हुँदैछ । अन्तरक्रिया फेसबुक लाइभ हेर्न तलको लिंकमा…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिका, काठमाडौं   |   साउन २७, २०७४

बिहीबारको नयाँ पत्रिकामा तालमा माछा मार्दै, सोहोर्दै गरेका एक हुल मानिसको तस्बिरसहित एउटा सानो समाचार प्रकाशित भएको छ । ‘हजार मान्छे पसेर पचास लाखको माछा लगे’ शीर्षकमुनि छापिएको फोटोमा ‘गाउँपालिकाले ठेक्का दिन लागेको ताल स्थानीयले एकैछिनमा खाली गरे’ भन्ने क्याप्सन दिइएको छ । विषय साधारण छ । सर्लाहीको चन्द्रनगर गाउँपालिकामा झन्डै ५२ बिघा जमिनमा फैलिएको सिमसार क्षेत्र छ, नाढिमन ताल । गाउँको सार्वजनिक जमिन गाउँपालिकाको संरक्षण दायित्वभित्र पर्ने नै भयो । यसपटक त्यहाँका माछा बेचेर पचास लाख आम्दानी गर्ने सुरमा थियो गाउँपालिका । तर, स्थानीय टाठाबाठा या ताल संरक्षण समितिमा रहेकाहरू यसका विपक्षमा थिए । हुन सक्छ यस्ता समिति सदस्यलाई यसरी तालका माछा अरूलाई बेचेर गाविसलाई आम्दानी र ठेकेदारलाई नाफा दिनुमा भन्दा वैकल्पिक उपाय गरी आफैँले केही कमाउने मनसायले लखेटेको होस् । यतिवेला तालबाट पानी लगेर खेत सिँचाइ गरिएकाले पानी कम थियो । गाविसले ठेक्काको सूचना निकाल्न सक्ने खबर स्थानीय सदस्यलाई हुने नै भयो । तिनले छिमेकीलाई उक्साए । छिमेकी पनि के कम ? आफ्नो क्षेत्रभित्रको ताल हो । माछा जहिले पनि किनेर खानुपर्ने । मौका यही हो भन्दै घरबाट झुल र तन्नासमेत बोकेर तालमा पसे । जसले जे–जति सक्यो उठायो । र क्षणभरमा माछाजति व्यक्ति–व्यक्तिका घरघरमा पुगे । गाउँपालिकाको खबरमा प्रहरी परिचालित भएर माछा समात्न आउनेलाई लखेट्नुअघि नै लगभग ताल रित्तिइसकेको थियो । भएको चाहिँ यत्ति हो ।

जेजति सकिन्छ नियन्त्रण गर्ने खोसाखोसको जुन चरित्र सर्लाहीमा देखियो, त्यसले हाम्रो समाजमा कसरी सरकारी वस्तु तथा सेवालाई लुटपाट गर्ने संस्कृति बढेको छ भन्ने संकेत गर्छ

तर, यसमा नेपाली समाज, राजनीति र यहाँका स्रोतमाथि नियन्त्रण गर्न भइरहेका संघर्षको अर्थराजनीतिक चरित्र भने प्रस्टसँग देखापर्छ । स्रोत स्थानीयको आफ्नै थियो । त्यसबाट हुने आम्दानी पनि स्थानीय गाउँपालिकाबाट उनीहरूकै लागि खर्च हुने थियो । सामान्य प्रचलन र हुनुपर्ने पनि गाउँपालिकामार्फत सो स्रोत परिचालन नै हो । यदि गाउँपालिकाले स्थानीय समुदायलाई सहकारीका माध्यमबाट माछा पाल्न र त्यसबाट हुने आम्दानीले हरेक परिवारलाई केही न केही वितरण गर्ने या सामूहिक काममा लगाउने विकल्प पनि त्यहाँ नभएको होइन । तर, यसरी समुदायले नै प्रयोग गर्ने गरी व्यवस्थापन गर्न पनि गाउँपालिकाले टेन्डर या सम्झौता प्रक्रियाबाट समुदाय या सहकारीलाई दिने एउटा प्रक्रिया त पार गर्नैपर्ने हुन्छ । स्थानीय टाठाबाठा र सर्वसाधारण जनतामा पनि सो तालका माछा मात्र देख्ने र अहिले, आजै जे–जति सकिन्छ, नियन्त्रण गर्ने खोसाखोसको जुन चरित्र देखियो, त्यसले हाम्रो समाजमा कसरी सरकारी वस्तु तथा सेवालाई लुटपाट गर्ने संस्कृति बढेको छ भन्ने गम्भीर समस्यातर्फ संकेत गर्छ ।

सबैलाई थाहा छ, नेपालमा सरकारमा जाने या पहुँचमा हुनेले सरकारी धन लुट्छन् । राज्य चलाउनेहरूले नै कानुन छलेर या मिचेर आफ्ना नाफाका लागि सार्वजनिक सम्पत्ति हिनामिना गर्छन् । अहिले पनि निजी विद्यालय सप्रिने र सार्वजनिक विद्यालय बिग्रिने कारण यही हो । त्यस्ता हजार उदाहरण हाम्रा सामु छन् । यसको सिको गर्र्दै स्थानीय गाउँलेले पनि आफ्ना अघिल्तिर रहेको तालका माछा लुटपाट गरे । तिनले त्यसबाट व्यापारिक लाभ पनि लिने होइनन् । दुई छाक खाएपछि सकिने वस्तुमा यसरी किन लुटपाट मच्चियो त ? सीधा आउने उत्तर हो, सक्ने या ठाउँमा भएकाले करोड, अर्ब लुट्छन् भन्ने देखेकाले आफ्नो अघिल्तिर जेजति छ, त्यही लुट्ने प्रयास गरे । प्रवृत्तिका हिसाबले एउटा भयानक सांस्कृतिक रोग हाम्रो मनोविज्ञानमा छ भन्ने संकेत दिने यस घटनालाई मजाक नठानियोस् ।