दोस्रो विश्वयुद्धमा अमेरिकाले फालेको बम जापानमा भेटियो - Naya Patrika
© 2017 Naya Prakasan Pvt. Ltd.

जन्मपछि प्रायः नवजात शिशुको शरीरमा रौँ देखिने गर्छ । यसलाई हटाउने केमिकलको प्रयोग शिशुको कलिलो छालाका लागि हानिकारक हुन्छ । यस्तो हानिकारक केमिकल प्रयोग गर्नुको साटो घरेलु उपाय प्रयोग गरी…
पूरा पढ्नुहोस् »

शशीधर भण्डारी/नयाँ पत्रिका प्युठान नगरपालिका–३ दैलीसिमलमा खानेपानीको अभाव भएको छ । वर्षा नसकिँदै पानीको संकट परेपछि वडावासी एक गाग्री पानीका लागि रातभर पँधेरोमा बस्न बाध्य छन् । ‘खानेपानी भर्न रातभर…
पूरा पढ्नुहोस् »

तीन दिनभित्र स्वतन्त्रता घोषणा फिर्ता नलिए अप्रिय निर्णय लिइने स्पेन सरकारको चेतावनी स्पेन सरकारले क्याटलोनियाका पृथकतावादी नेताहरूलाई क्याटलन राज्यलाई स्पेनबाट स्वतन्त्र भएको घोषणा फिर्ता लिन तीन दिनको समय दिएको छ…
पूरा पढ्नुहोस् »

रौतहटको चन्द्रनिगाहपुरमा सम्पन्न २ नम्बर प्रदेश स्तरीय कराते प्रतियोगितामा सात स्वर्र्ण पदक सहित रौतहट जिल्ला प्रथम भएको छ । नेपाल सितोरियो कराते संघ रौतहटको आयोजनामा चन्द्रनिगाहपुरमा सम्पन्न प्रतियोगितामा २ नम्बर…
पूरा पढ्नुहोस् »

कसैले तपाईंलाई सोध्यो, ‘कस्ती युवती मनपर्छ ?’ तपाईं के भन्नुहुन्छ ? पक्कै पनि सुन्दर या राम्री । सुन्दरताले जो–कसैलाई सजिलै अभिभूत बनाउँछ । जसमा हामी आनन्दित हुन्छौँ । चाहे कुनै…
पूरा पढ्नुहोस् »

सन् २०१८ मा रसियामा फुटबलकै महाकुम्भ मेला भनेर चिनिने विश्वकप हुँदै छ । अहिलेसम्म विश्वकपमा २३ राष्ट्रले आफ्नो स्थान पक्का गरेका छन् । रसिया विश्वकपमा ३२ राष्ट्रले भाग लिनेछन् ।…
पूरा पढ्नुहोस् »

गैरआवासीय नेपालीको दुईदिने सम्मेलन भवन भट्टको अध्यक्षतामा नयाँ नेतृत्व चयन गर्दै सकिएको छ । यसपालि अध्यक्षका लागि अर्को सशक्त दाबी प्रस्तुत गरेकी अस्ट्रेलियाकै धनाढ्य जमुना घले गुरुङ पराजित भएकी छिन्…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिकाको न्युजरुममा आज उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणासँग अन्तरक्रिया हुँदैछ । मुलुकको विकासमा निजी क्षेत्रका योगदान कति भन्ने विषयमा अन्तरक्रिया केन्द्रित हुँदैछ । अन्तरक्रिया फेसबुक लाइभ हेर्न तलको लिंकमा…
पूरा पढ्नुहोस् »

एजेन्सी, टोकियो   |   साउन २७, २०७४

जापानको फुकुसिमामा दोस्रो विश्वयुद्धको समयमा अमेरिकाले फालेको विश्वास गरिएको बम नपड्किएको अवस्थामा बिहीबार भेटिएको छ । दोस्रो विश्वयुद्धका समयमा सन् १९४५ को अगस्ट ६ मा अमेरिकाले जापानको हिरोसिमामा र अगस्ट ९ मा नागासाकीमा परमाणु बम हमला गरेको थियो । बम प्रहारबाट दुई लाखभन्दा बढी जापानीको मृत्यु भएको थियो ।

जापानको फुकुसिमामा रहेको परमाणु ऊर्जा केन्द्रको परिसरमा सो बम भेटिएको जापानी सञ्चारमाध्यमले जनाएका छन् । ऊर्जा केन्द्रको परिसरमा सवारीसाधन पार्किङस्थल निर्माणका लागि माटो खन्ने क्रममा मजदुरहरूले सो बम भेटेका थिए । बम फेला परेपछि सुरुमा आतंकित बनेका मजदुरले तत्कालै प्रहरीलाई खबर गरेका थिए ।

शंकास्पद वस्तु फेला पारेपछि प्रहरीले ती मजदुरलाई निर्माणस्थलमा नै राखेर अनुसन्धान गरेको थियो । फेला परेको वस्तु वर्षांैपहिले फालिएको बम भएको पुष्टि गर्दै प्रहरीले उनीहरूलाई छाडेको थियो । फेला परेको बम दोस्रो विश्वयुद्धमा अमेरिकाले जापानलाई आक्रमण गर्ने क्रममा फालेको प्रमाणित भएको सो परमाणु ऊर्जा केन्द्रका प्रवक्ताले जानकारी दिए । भेटिएको बमलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बम ८५ सेन्टिमिटर लामो रहेको प्रहरीले जनाएको छ ।

सो ऊर्जा केन्द्र सन् २०११ मा जापानमा आएको भीषण भूकम्प र सुनामीका कारण फुटेको थियो । त्यसपछि उक्त केन्द्र आंशिक रूपमा मात्र सञ्चालनमा छ । सो केन्द्रबाट निस्किएको रसायन मानव स्वास्थ्यका लागि हानिकारक रहेको प्रमाणित भएपछि केन्द्रवरपर बसोवास गरेका लाखौँ नागरिकलाई सुरक्षित क्षेत्रतर्फ स्थानान्तरण गरिएको थियो । अमेरिकाले परमाणु बम हमला गरेको ७२ वर्ष पूरा भएको छ । यसअघि पनि ७२ वर्षअघि अमेरिकाले आक्रमणका क्रममा फालेका बम जापानमा यदाकदा भेटिने गर्थे ।