२००२ साल ताका एलएलसी सर्वोत्कृष्टका कुरा - Naya Patrika
© 2017 Naya Prakasan Pvt. Ltd.
अपडेट

०५३ सालमा खाद्यान्न अभावका कारण सिडिओसँग चामल पाऊँ भनेर बिन्ती बिसाउन पुगेकी कमलकुमारी शाहीलाई तत्कालीन सिडिओ लीलानिधि कोइरालाले टेरेनन् । सिडिओसँगको विवादपछि प्रशासन कार्यालयले उनको झुप्रोसमेत उठिवास लगाउने असफल प्रयास…
पूरा पढ्नुहोस् »

हलिउडका चर्चित निर्माता हार्वे विन्स्टेइनका एकपछि अर्को गर्दै यौनजन्य हिंसाका घटना सार्वजनिक हुने क्रम बढेको छ । न्यूयोर्क टाइम्सले निर्माता हार्वेले यौन शोषण गर्ने गरेको सार्वजनिक गरेपछि यौन उत्पीडनमा परेका…
पूरा पढ्नुहोस् »

आजभोलि धेरैमा मुटुसम्बन्धी रोग देखा पर्ने गरेको छ । चिकित्सकहरू पनि पछिल्लो समय मुटुरोगी बढेको बताउँछन् । उनीहरूका अनुसार हाम्रो दैनिक जीवनशैली र विभिन्न कारणले मुटुसम्बन्धी रोग हुने गरेको छ…
पूरा पढ्नुहोस् »

राष्ट्रपति सि जिनपिङको पाँच वर्षको शासनकालमा चीन सम्पन्न र बढी शक्तिशाली भएको छ । तर, यस प्रगतिबाट आमचिनियाँको जनजीवनमा कति प्रभाव परेको छ ? चीनको सबैभन्दा शक्तिशाली निर्णयकर्ता आगामी साता…
पूरा पढ्नुहोस् »

नेपाल फिफा वरीयतामा एक स्थान ओरालो लागेको छ । फिफाले सोमबार अक्टोबरको वरीयता सार्वजनिक गर्दा नेपाल १ सय ७६औँ स्थानमा सीमित भएको छ । अघिल्लो वरीयतामा नेपाल १ सय ७५औँ…
पूरा पढ्नुहोस् »

नेपालमा सुनचाँदीलाई ‘नगदसरहको सम्पत्ति’का रूपमा लिइन्छ । पहेँलो र सेतो धातुलाई ‘सुरक्षित लगानी’का रूपमा पनि लिइने गरिएको छ । त्यसैले यसको व्यवसाय क्रमिक रूपमा बढ्दै गइरहेको छ । अझ नेपालजस्तो…
पूरा पढ्नुहोस् »

०५३ सालमा खाद्यान्न अभावका कारण सिडिओसँग चामल पाऊँ भनेर बिन्ती बिसाउन पुगेकी कमलकुमारी शाहीलाई तत्कालीन सिडिओ लीलानिधि कोइरालाले टेरेनन् । सिडिओसँगको विवादपछि प्रशासन कार्यालयले उनको झुप्रोसमेत उठिवास लगाउने असफल प्रयास…
पूरा पढ्नुहोस् »

राजनीतिक दलहरूको निर्णय प्रक्रिया, त्यसमा कार्यकर्ताको सहभागिता, व्यवस्थापनलगायत पक्षबाट हेर्‍यो भने नेपाली लोकतन्त्र परिपक्व हुन अझै केही दशक लाग्ने देखिन्छ । आइतबार निर्वाचन आयोगमा समानुपातिकतर्फबाट प्रतिनिधिसभामा उम्मेदवार बन्न चाहनेहरूको सूची…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिकाको न्युजरुममा आज उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणासँग अन्तरक्रिया हुँदैछ । मुलुकको विकासमा निजी क्षेत्रका योगदान कति भन्ने विषयमा अन्तरक्रिया केन्द्रित हुँदैछ । अन्तरक्रिया फेसबुक लाइभ हेर्न तलको लिंकमा…
पूरा पढ्नुहोस् »

महेश तिमल्सिना, काठमाडाैं   |   साउन २६, २०७४

जब बोर्ड फस्र्ट भएको थाहा पाएँ
मेरो जन्म विसं. १९८७ मा काठमाडौंको त्रिपुरेश्वरमा भएको थियो । मैले १५ वर्षकै उमेरमा एसएलसी उत्तीर्ण गरेको थिएँ । पढाइमा सानैदेखि अब्बल थिएँ । पढेका वा सुनेका कुनै पनि कुरा छिट्टै आत्मसात् गर्थेँ । मैले जुद्ध पब्लिक हाइस्कुलबाट प्रारम्भिक शिक्षा लिएको हुँ । २ कक्षामा राम्रो गरेकाले एकैचोटि ४ कक्षामा फड्काइयो । त्यहाँ मैले कक्षा ७ सम्म अध्ययन गरेँ । त्यसपछि ८ कक्षा पढ्नका लागि दरबार हाइस्कुलमा भर्ना भएँ । यही क्रममा दरबार हाइस्कुलबाटै २००२ सालमा एसएलसी परीक्षा दिएँ । नतिजा राम्रै आउँछ भन्ने लागेको थियो, तर एसएलसी टपर नै हुन्छु भन्नेचाहिँ लागेको थिएन । त्यसवेला अहिलेको जस्तो धेरैलाई एसएलसीको चासो पनि थिएन । म बोर्ड फस्र्ट भएँ भन्ने थाहा पाएपछि मलाई चिनेजानेका आफन्तले स्याबासी दिए । जसले गर्दा एसएलसीमा नेपाल टप हुँदा संसारै जितेजस्तो लागेको थियो । किनभने त्यो समयमा पढ्नेलेख्ने मानिस धेरै कम थिए । धेरैजसो मानिस जागिर खानका लागि पढ्थे । जुन समयमा एमए पास गरेका मानिसलाई खरदारको दर्जा दिइन्थ्यो ।

सरकारले २५ रुपैयाँ दियो
त्यो समयमा एसएलसीमा सर्वोत्कृष्ट हुनेलाई सरकारले छात्रवृत्ति दिन्थ्यो । सरकारले कक्षा ११ र १२ अध्ययन गर्नका लागि महिनामा २५ रुपैयाँ दिन्थ्यो । त्यो निकै ठूलो रकम थियो, हातमा पर्दा मेरो खुसीको सीमा रहेन । तर, खर्च गर्ने ठाउँ कतै थिएन । दुई–चार रुपैयाँ खर्च गरेर केही पुस्तक किन्थेँ ।
मैले एसएलसी दिने समयमा दरबार हाइस्कुलको प्रधानाध्यापक बोधविक्रम अधिकारी हुनुहुन्थ्यो । उहाँले मलाई कहिल्यै पनि अंग्रेजीमा ६० नम्बरभन्दा माथि दिनुभएन । तर, म एसएलसीमा ६२ प्रतिशत ल्याएर बोर्ड फस्र्ट भएको थिएँ । त्यसवेला धेरै खुसी लागेको थियो । त्यो समयमा शिक्षकहरूले पनि बुझाएर पढाउनुहुन्थ्यो । अहिलेका विद्यार्थी पास हुनका लागि पढ्छन् र शिक्षकले पनि पास गराउनका निम्ति पढाउँछन् । तर, त्यसवेलामा हामी कुनै पनि कुरा सिक्नका लागि पढ्थ्यौँ । वास्तवमा विद्यार्थीले केही सिक्न र जान्नका लागि पढ्नुपर्छ । त्यसवेलामा दरबार हाइस्कुलमा थोरै विद्यार्थी हुन्थे । जसमा पनि केटा मात्र । किनकि त्यसवेला छोरीलाई पढाउन हुँदैन भन्थे । उनीहरूको गोलीगाँठो देख्न पनि मुस्किल हुन्थ्यो, तर अहिलेका केटाकेटीमा निकै तडकभडक देखिन्छ । अहिलेका विद्यार्थी आफ्ना शिक्षकलाई केही पनि ठान्दैनन् । उतिवेला हामी आफ्नो गुरुलाई देख्नेबित्तिकै शिर झुकाउँथ्यौँ । त्यस्तै, धर्मसंस्कृतिलाई पनि सम्मान गर्ने परिपाटी थियो ।

अहिलेको शिक्षामा राजनीति घुसेको छ
मैले अध्ययन गर्ने समयमा नेपालमा राणाशासन थियो । तर, मलाई राजनीतितर्फ भने कहिल्यै पनि रुचि भएन । आइएस्सी अध्ययन गर्दासम्म त राजनीति भनेको के हो भन्ने पनि थाहा थिएन । २००७ सालको आन्दोलनका वेला म त्रिचन्द्र कलेजमा बिएस्सी पढ्दै थिएँ । त्यसवेलामा सबै साथी जिन्दावाद र मुर्दावादको नारा लगाउँदै आन्दोलनमा जान्थे । जसले गर्दा म कलेजमा एक्लै हुने हुनाले नबुझी नै आन्दोलनमा गएको थिएँ । यति हुँदाहुँदै पनि पहिलाको शिक्षामा गुणस्तर थियो, तर अहिलेको शिक्षामा गुणस्तर छैन । अहिले शिक्षामा राजनीति घुसेको छ ।

राजा महेन्द्रलाई बिन्तीपत्र लेखेँ
मलाई फिजिक्समा अनुसन्धान गर्ने धेरै मन थियो । मेरो काइँला काकाले पनि मलाई अध्ययनका लागि बर्लिन पठाउँछु भन्नुभएको थियो । तर, उहाँ पनि दुर्घटनामा परेर बित्नुभयो । त्यसपछि मेरो सपना सबै चकनाचुर भयो । मेरो दिदी–भिनाजु बेलायतमा हुनुहुन्थ्यो अनि मैले राजा महेन्द्रसमक्ष मलाई बेलायत पठाइदिनुस्, म उतै पढ्छु भनेर बिन्तीपत्र लेखेँ । त्यसवेला शारदाशमशेर शिक्षामन्त्री हुनुहुन्थ्यो । उहाँले पनि हुन्छ भन्नुभएको थियो । तर, त्यसको केही समयपछि मन्त्रिमण्डल परिवर्तन भयो । बेलायत जाने कुरा बीचमै रोकियो । यसैक्रममा मलाई २०१२ सालमा राजाले खाद्य विभागको प्रमुखमा नियुक्त गर्नुभयो । त्यसपछि मेरो सरकारी जागिरे जीवन सुरु भयो । यसैक्रममा ०१८ मा सिंहदरबार र ०३० मा राजदरबार गएँ । राजदरबारको प्रमुख सचिव भएँ । यसैक्रममा ०४८ मा मैले जागिरबाट अवकाश लिएँ । यसरी जागिर खान थालेपछि पढाइ बिएस्सीमै टुंगियो ।

प्रस्तुति: महेश तिमल्सिना  Mahesh Timalsina