नेपालले चीनबाट लाभ लिन सक्ने ४ क्षेत्र - Naya Patrika
© 2017 Naya Prakasan Pvt. Ltd.

जन्मपछि प्रायः नवजात शिशुको शरीरमा रौँ देखिने गर्छ । यसलाई हटाउने केमिकलको प्रयोग शिशुको कलिलो छालाका लागि हानिकारक हुन्छ । यस्तो हानिकारक केमिकल प्रयोग गर्नुको साटो घरेलु उपाय प्रयोग गरी…
पूरा पढ्नुहोस् »

लमजुङको मस्र्याङ्दी गाउँपालिका २ घनपोखरा स्थायी घर भई सदरमुकाम बेसीशहर बस्दै आएकी हुमा गुरुङ तीन वर्षदेखि पुष्प नर्सरी व्यवसायमा रमाएकी छिन् । जिल्लामा एक मात्र पुष्प व्यावसाय सुरु गरेकी हुमाले…
पूरा पढ्नुहोस् »

तीन दिनभित्र स्वतन्त्रता घोषणा फिर्ता नलिए अप्रिय निर्णय लिइने स्पेन सरकारको चेतावनी स्पेन सरकारले क्याटलोनियाका पृथकतावादी नेताहरूलाई क्याटलन राज्यलाई स्पेनबाट स्वतन्त्र भएको घोषणा फिर्ता लिन तीन दिनको समय दिएको छ…
पूरा पढ्नुहोस् »

रौतहटको चन्द्रनिगाहपुरमा सम्पन्न २ नम्बर प्रदेश स्तरीय कराते प्रतियोगितामा सात स्वर्र्ण पदक सहित रौतहट जिल्ला प्रथम भएको छ । नेपाल सितोरियो कराते संघ रौतहटको आयोजनामा चन्द्रनिगाहपुरमा सम्पन्न प्रतियोगितामा २ नम्बर…
पूरा पढ्नुहोस् »

कसैले तपाईंलाई सोध्यो, ‘कस्ती युवती मनपर्छ ?’ तपाईं के भन्नुहुन्छ ? पक्कै पनि सुन्दर या राम्री । सुन्दरताले जो–कसैलाई सजिलै अभिभूत बनाउँछ । जसमा हामी आनन्दित हुन्छौँ । चाहे कुनै…
पूरा पढ्नुहोस् »

सन् २०१८ मा रसियामा फुटबलकै महाकुम्भ मेला भनेर चिनिने विश्वकप हुँदै छ । अहिलेसम्म विश्वकपमा २३ राष्ट्रले आफ्नो स्थान पक्का गरेका छन् । रसिया विश्वकपमा ३२ राष्ट्रले भाग लिनेछन् ।…
पूरा पढ्नुहोस् »

गैरआवासीय नेपालीको दुईदिने सम्मेलन भवन भट्टको अध्यक्षतामा नयाँ नेतृत्व चयन गर्दै सकिएको छ । यसपालि अध्यक्षका लागि अर्को सशक्त दाबी प्रस्तुत गरेकी अस्ट्रेलियाकै धनाढ्य जमुना घले गुरुङ पराजित भएकी छिन्…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिकाको न्युजरुममा आज उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणासँग अन्तरक्रिया हुँदैछ । मुलुकको विकासमा निजी क्षेत्रका योगदान कति भन्ने विषयमा अन्तरक्रिया केन्द्रित हुँदैछ । अन्तरक्रिया फेसबुक लाइभ हेर्न तलको लिंकमा…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिका, काठमाडौं   |   साउन २६, २०७४

करिब १५ वर्षदेखि चीनमा व्यवसाय सञ्चालन गर्दै आएका नवीन विक गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति चीनका उपाध्यक्ष हुन् । चितवन घर भई हाल चीनमा बसोवास गर्दै आएका विकले स्टिल पाइप, स्टिलका भाँडाकुँडा, नन–उभन फेब्रिक र धागो बनाउने मेसिन बनाएर विभिन्न मुलुकमा निर्यात गर्दै आएका छन् । फाइभ स्टार इन्टरनेसनल ग्रुप लिमिटेड (हङकङ)को प्रबन्ध निर्देशकसमेत रहेका उनले नेपाल, भारत, बंगलादेश, अमेरिका तथा खाडी मुलुकमा सामान निर्यात गर्दै आएका छन् । एनआरएन चीनको स्थापनाकालदेखि नै आबद्ध विक दुई कार्यकाल कोषाध्यक्ष र दुई कार्यकाल उपाध्यक्ष भइसकेका छन् । यस दौरानमा उनी नेपाल र चीनबीचको आर्थिक–व्यापारिक सम्बन्ध विस्तारका सवालमा आयोजित अभियान तथा कार्यक्रममा सहभागी हुँदै आएका छन् । विश्वकै दोस्रो ठूलो अर्थतन्त्र रहेको उदीयमान शक्तिराष्ट्र चीनबाट नेपालले लिन सक्ने लाभलाई उनले यसरी व्याख्या गरे :

नवीन विक

उपाध्यक्ष, गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति चीन

चिनियाँ अर्थतन्त्र, नेपाललाई अवसर
चीन संसारको दोस्रो ठूलो अर्थतन्त्र भएको मुलुक हो । यसलाई विश्वको उदीयमान शक्तिराष्ट्रमा पनि लिइन्छ । यति सम्पन्न र शक्तिशाली राष्ट्र चीन हाम्रो नजिकको छिमेकीसमेत हो । त्यसैले उसको ठूलो अर्थतन्त्रबाट नेपालले लाभ लिन सक्नुपर्छ । यति ठूलो अर्थतन्त्र र शक्तिराष्ट्र आफ्नो छिमेकी हुनुलाई नेपालले अवसरका रूपमा लिन सक्नुपर्छ । चीन नेपालको विकासप्रति सधैँ सकारात्मक देखिन्छ । यहाँको विकासमा योगदान दिन चीन तत्पर देखिन्छ । हामीले आग्रह मात्रै गर्ने हो अथवा सम्झौता मात्रै गर्ने हो भने पनि चीनले नेपालको धेरै भू–भागमा रेलवे, सडकलगायत ठूला पूर्वाधार निर्माणमा सहयोग दिन सक्छ । चीन आफैँले बनाइदिन्छ । चीनलाई ठूला जलविद्युत्मा लगानीको अवसर दिने हो भने पनि ऊ तयार छ । अहिले पनि नेपालको जलविद्युत्, टेलिकम, सडकलगायत थुप्रै क्षेत्रमा चीनको सहयोग तथा लगानी रहेको छ । यसलाई अझ विस्तार र व्यापक बनाउन सकिने अवस्था छ ।

प्रविधिमा चीन निकै अघि पुगिसकेको छ । पूर्वाधार तथा उद्योगमा चीनले अपनाएको प्रविधि मात्रै भित्राउन सके नेपालले ठूलो लाभ लिन सक्छ । सरकार–सरकार वा निजीस्तरबाट टेक्नोलोजी ट्रान्सफर गरेर नेपालले भरपुर लाभ लिन सक्छ । चीनले अघि सारेको वान बेल्ट वान रोड (ओबिओआर)बाट नेपालको अन्तर्राष्ट्रिय बजारसँगको आबद्धता बढ्नेछ । यसले नेपालको विकास र समृद्धिमा समेत महत्वपूर्ण योगदान दिनेछ ।

चीनसँगको व्यापार, विकल्पसँगै लाभ पनि
चीन जस्तो शक्तिशाली, विकसित र सम्पन्न राष्ट्रको छिमेकी हुन पाउनु नेपालका लागि अवसर पनि हो । तर, भौगोलिक बनावटका कारण पारवहन सुविधा अत्यन्तै चुनौतीपूर्ण र गाह्रो छ । चीनको ग्वान्झाउबाट ३५०० देखि ४००० किलोमिटर छिचोलेर ५–६ दिनमा केरुङ नाका पु¥याइदिन्छ । तर, केरुङबाट काठमाडौंसम्मको २ सय किलोमिटरभन्दा पनि कमको दूरी पार गर्न पनि १–२ महिनै लगाइदिन्छ । त्यसो गर्दा कति सामानको फेसन आउट भइसकेको हुन्छ । खाने कुराको डेट एक्स्पायर भइसकेको हुन्छ । यसले गर्दा नेपाल र चीनबीचको व्यापार उच्चदरमा बढ्न सकेको छैन । अथवा भनौँ, नेपालले चीनसँगको व्यापारबाट लाभ लिन सकेको छैन । अहिले पनि चीनसँगको व्यापारमा नेपालले घाटा व्यहोरिरहेको छ । चीनले सयौँ वस्तुमा नेपाललाई शून्य भन्सारको सुविधा दिएको छ । तर, पनि नेपालले उल्लेखीय मात्रामा निर्यात बढाएर व्यापार घाटा न्यूनीकरण गर्न सकेको छैन ।

नेपालको ८५ प्रतिशतभन्दा बढी व्यापार भारत र भारत हुँदै तेस्रो मुलुकबाट मात्रै हुने गरेको छ । नेपालको कुल वैदेशिक व्यापारमा चीनतर्फको व्यापार हिस्सा करिब १५ प्रतिशत मात्रै रहेको छ । यसर्थ, नेपालले चीनसँगै व्यापारलाई विकल्पका रूपमा पनि उपयोग गर्न सक्छ । अहिले चीनले दु्रत गतिमा रेलवेलगायत पूर्वाधार बनाइरहेको छ । नेपालको रसुवा नाकासम्म पनि रेलवे आउँदै छ । नेपाल–चीनको बोर्डरको बाटो र रेलवे ट्र्याक छिटोभन्दा छिटो बनाएर सुविधायुक्त बनाउनुपर्छ । यसो गर्न सकिएमा नेपालको व्यापार गन्तव्यमा विविधीकरण गर्न सकिन्छ । त्यसो त निर्यातमूलक उद्योगमा चिनियाँ लगानी भित्राएर चीनमै निर्यात गर्ने रणनीति पनि सरकारले बनाउनुपर्छ । चीन आफैँमा पनि धेरै उपभोक्ता भएको ठूलो बजार हो । उक्त बजारको झिनो हिस्सा मात्रै पनि नेपालले उपयोग गर्न सक्नुपर्छ ।

चिनियाँ पर्यटक : सम्भावनाको आधार
म आफैँ पनि चीनमा बसेको करिब १५ वर्ष भयो । मेरो बुझाइमा चिनियाँहरूले नेपाल भन्नेबित्तिकै खुसीको देश र धर्तीको स्वर्ग भनेर बुझ्ने गरेका छन् । नेपालमा जहाँ गए पनि जसलाई भेटे पनि हँसिलो मानिस नै भेटिन्छन् भन्ने अनुभव चिनियासँग छ । नेपाली गरिब नै भए पनि धेरै खुसी र सुखी छन् भन्ने उनीहरूको बुझाइ छ । सेतै हिउँले ढाकिएका हिमाल, नदीलगायत प्रशस्तै प्राकृतिक सम्पदाको धनी भएको हुँदा नेपाललाई धर्तीको स्वर्ग भनेर बुझ्छन् चिनियाँहरू । यसर्थ, अब नेपालले चिनियाँ पर्यटक भित्राउन छुट्टै रणनीति तथा कार्यक्रम बनाएर अघि बढ्नुपर्छ । हामीले चीनको ०.१ प्रतिशत जनसंख्यालाई मात्रै पनि नेपालमा पर्यटकका रूपमा भित्राउन सक्यौँ भने ठूलो लाभ लिन सक्छौँ । अहिले चीनबाट करिब १ लाख मात्रै पर्यटक नेपाल आउने गरेका छन् । वर्षको १३ लाख पर्यटक चीनबाट भिœयाउन सक्दा मुलुकको अर्थतन्त्रले ठूलो छलाङ मार्ने निश्चित छ ।

चिनियाँ मात्रै होइन, अन्य मुलुकका पर्यटक भित्राउन पनि नेपालले अब पर्यटकीय क्षेत्र र पूर्वाधारको विकासमा ध्यान दिनुपर्छ । हामी पर्यटनबाट लाभ पनि लिन खोज्ने अनि पुराना रूढीवादी परम्पराबाट पनि माथि उठ्न नसक्ने हो भने समस्या हुन्छ । हाम्रो मौलिकता, परम्परा र संस्कृतिसँगै आधुनिकता पनि बेच्न सक्नुपर्छ । हामीले हवाई सेवाको विस्तार गर्नुपर्छ । जहाज ल्यान्डिङ वा पार्किङ शुल्क घटाएरै भए पनि हवाई सेवालाई सस्तो बनाउनुपर्छ । आफ्नै ध्वजावाहकलाई बलियो बनायौँ भने पनि राम्रो हुन्छ । नेपाललाई थाइल्यान्डको वैकल्पिक गन्तव्य बनाइनुपर्छ । अध्यागमनलाई चिनियाँमैत्री पनि बनाइनुपर्छ । हामीले धेरैपटक देखेका छौँ कि चिनियाँ पर्यटक अध्यागमनमा फारम भर्न नसकेर १–२ घन्टा नै अलमलिनुपरेको । त्यस्ता स–साना समस्याले पनि पर्यटकलाई विकर्षण गरिरहेको हुन्छ ।

पर्यटक भन्नेबित्तिकै रमाइलो गर्न आउने भन्ने बुझिन्छ । थाइल्यान्ड, हङकङ, सिंगापुर, चीन, दुबई, अमेरिकाका धेरै पर्यटकीय क्षेत्र रातभर पनि खुल्छन् । विभिन्न सुविधा र सुरक्षाका साथ पर्यटकलाई स्वागत गरिरहेका हुन्छन् । यसका लागि ठमेल, पोखरालगायत स्थानलाई २४ घन्टा नै सञ्चालनमा ल्याउनुपर्छ । यस क्षेत्रमा बार, क्लब, स्पा, साउना, मसाज तथा रेस्टुराँहरू निर्बाध चल्न दिनुपर्छ । ठमेल ‘नेभर स्लिप’ भन्ने सन्देश दिनुपर्छ ।

चिनियाँ लगानी, समृद्धिलाई टेवा
अहिले विश्वका थुप्रै मुलुकमा ठूलो मात्रामा चिनियाँ लगानी भइरहेको छ । विश्वमा चिनियाँ लगानी उच्चदरमा बढिरहेको छ । दक्षिण एसियादेखि युरोप र अफ्रिकासम्मै चिनियाँ लगानी उच्च देखिन्छ । नेपालमा पनि चिनियाँ लगानी बढिरहेको छ । तर, ठूला लगानी अत्यन्त कम आइरहेका छन् । लगानीकर्ताले जहिले पनि आफ्नो लगानीको सुरक्षा तथा त्यसबाट मुनाफा हेर्छ । अर्बौं रुपैयाँ लगानी गर्दा उनीहरूको लगानी र मुनाफाको ग्यारेन्टी भएन भने कसैले पनि यहाँ लगानी गर्दैन । यसका लागि हामीले चीनसँग बिप्पा सम्झौता गर्नुपर्छ । अहिले बिप्पा सम्झौताको प्रक्रिया सुरु त भएको छ । यसलाई चाँडोभन्दा चाँडो कार्यान्वयनमा ल्याइनुपर्छ । नेपालले १९८३ मा फ्रान्स, १९८६ मा जर्मनी, १९९३ मा बेलायत तथा १९९९ मा मौरिसस र फिनल्यान्डसँग बिप्पा सम्झौता गरेको थियो । तर, बिप्पा भएका यी मुलुकबाट उल्लेखीय लगानी भने आउन सकेको देखिँदैन । खासमा हामीले जहाँबाट लगानी आउने सम्भवाना बढी छ त्यहाँ बिप्पा गर्नुपर्ने हो । तर, छिमेकी मुलुकसँग नै बिप्पा हुन सकेको छैन । भारतसँग बिप्पा भयो, तर कार्यान्वयनमा आउन सकेको छैन । चीनसँगको बिप्पा सम्झौता प्रक्रियाले गति लिन सकेको छैन । संसारको उदीयमान शक्ति तथा ठूलो अर्थतन्त्र भएकै कारण हामीले चीनसँग छिटै बिप्पा गर्नुपर्छ ।

लगानी आकर्षणका लागि नेपालले दोहोरो करमुक्ति (डबल ट्याक्सेसन अभोइडेन्स) पनि गर्नुपर्छ । चिनियाँ वा अन्य मुलुकका लगानीकर्ताले नेपालमा कमाएको मुनाफामा सम्बन्धित ती मुलुकमा कर नलाग्ने व्यवस्था गर्नुपर्छ । यसका लागि सरकारले ती मुलुकसँग ‘डिटिए’ सम्झौता गर्नुपर्छ । चीनमा अदक्ष श्रमिकको ज्याला न्यूनतम ५० हजारबाट सुरु हुन्छ । तर, चीनमा एक जना श्रमिकलाई दिइने तलब नेपालमा ५ जनालाई दिन पुग्छ । यसर्थ, नेपाल अझै पनि श्रममा सस्तो छ । जुन सामानमा चीनबाट भारत निर्यात गर्दा ३० प्रतिशतसम्म भन्सार लाग्छ, त्यही सामान नेपालबाट भारत वा चीन निर्यात गर्दा भन्सार लाग्दैन । दुवै मुलुकले थुप्रै वस्तुमा शून्य भन्सारको सुविधा दिएका छन् । यसले नेपालमा उत्पादन हुने वस्तुका लागि ठूलो बजार रहेको प्रस्ट हुन्छ । नेपालमा लगानी फिर्ता लैजाने (एक्जिट पोलिसी) अलि झन्झटिलो रहेको छ । त्यसलाई सहज बनाइनुपर्छ । सरकारले हालै ल्याएको संशोधित कम्पनी ऐनले एक्जिटलाई केही सरल बनाएको छ । तर, त्यसको कार्यान्वयन अझै हुन सकेको छैन । भोलिका दिनमा कोही लगानीकर्ता नेपालमा आफ्नो उद्योग–व्यवसाय बन्द गरेर फर्कन चाहन्छ भने उसलाई कानुनअनुसार सहजै फर्कन दिने व्यवस्था हुनुपर्छ । यस्ता कुरामा ध्यान दिन सकिएमा नेपालमा चीनबाट धेरै लगानी भित्रिने सम्भावना छ ।