संसद्को गम्भीर खुलासा - Naya Patrika
© 2017 Naya Prakasan Pvt. Ltd.

जन्मपछि प्रायः नवजात शिशुको शरीरमा रौँ देखिने गर्छ । यसलाई हटाउने केमिकलको प्रयोग शिशुको कलिलो छालाका लागि हानिकारक हुन्छ । यस्तो हानिकारक केमिकल प्रयोग गर्नुको साटो घरेलु उपाय प्रयोग गरी…
पूरा पढ्नुहोस् »

शशीधर भण्डारी/नयाँ पत्रिका प्युठान नगरपालिका–३ दैलीसिमलमा खानेपानीको अभाव भएको छ । वर्षा नसकिँदै पानीको संकट परेपछि वडावासी एक गाग्री पानीका लागि रातभर पँधेरोमा बस्न बाध्य छन् । ‘खानेपानी भर्न रातभर…
पूरा पढ्नुहोस् »

तीन दिनभित्र स्वतन्त्रता घोषणा फिर्ता नलिए अप्रिय निर्णय लिइने स्पेन सरकारको चेतावनी स्पेन सरकारले क्याटलोनियाका पृथकतावादी नेताहरूलाई क्याटलन राज्यलाई स्पेनबाट स्वतन्त्र भएको घोषणा फिर्ता लिन तीन दिनको समय दिएको छ…
पूरा पढ्नुहोस् »

रौतहटको चन्द्रनिगाहपुरमा सम्पन्न २ नम्बर प्रदेश स्तरीय कराते प्रतियोगितामा सात स्वर्र्ण पदक सहित रौतहट जिल्ला प्रथम भएको छ । नेपाल सितोरियो कराते संघ रौतहटको आयोजनामा चन्द्रनिगाहपुरमा सम्पन्न प्रतियोगितामा २ नम्बर…
पूरा पढ्नुहोस् »

कसैले तपाईंलाई सोध्यो, ‘कस्ती युवती मनपर्छ ?’ तपाईं के भन्नुहुन्छ ? पक्कै पनि सुन्दर या राम्री । सुन्दरताले जो–कसैलाई सजिलै अभिभूत बनाउँछ । जसमा हामी आनन्दित हुन्छौँ । चाहे कुनै…
पूरा पढ्नुहोस् »

सन् २०१८ मा रसियामा फुटबलकै महाकुम्भ मेला भनेर चिनिने विश्वकप हुँदै छ । अहिलेसम्म विश्वकपमा २३ राष्ट्रले आफ्नो स्थान पक्का गरेका छन् । रसिया विश्वकपमा ३२ राष्ट्रले भाग लिनेछन् ।…
पूरा पढ्नुहोस् »

गैरआवासीय नेपालीको दुईदिने सम्मेलन भवन भट्टको अध्यक्षतामा नयाँ नेतृत्व चयन गर्दै सकिएको छ । यसपालि अध्यक्षका लागि अर्को सशक्त दाबी प्रस्तुत गरेकी अस्ट्रेलियाकै धनाढ्य जमुना घले गुरुङ पराजित भएकी छिन्…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिकाको न्युजरुममा आज उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणासँग अन्तरक्रिया हुँदैछ । मुलुकको विकासमा निजी क्षेत्रका योगदान कति भन्ने विषयमा अन्तरक्रिया केन्द्रित हुँदैछ । अन्तरक्रिया फेसबुक लाइभ हेर्न तलको लिंकमा…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिका, काठमाडौं   |   साउन २६, २०७४

व्यवस्थापिका संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले नेपालबाट खाडी मुलुकमा हुने मानव तस्करीको ६० प्रतिशत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै हुने गरेको खुलासा गरेको छ । समितिले नेपालबाट खासगरी खाडी मुलुकमा भइरहेको मानव तस्करी र बिचल्लीमा परेका कामदारको अवस्थाबारे अध्ययन गर्न एउटा उपसमिति गठन गरेको थियो । उपसमितिका सदस्यहरूले प्रभु शाहको नेतृत्वमा केही खाडी मुलुकको भ्रमण गरी तयार पारेको प्रतिवेदनमा यस्तो खुलासा गरिएको हो । खाडी क्षेत्रका केही देशमा नेपालबाट गरिबीको मारमा परेर आलसतालस भएका युवतीलाई अनेक जालझेल गरी या फकाएर विभिन्न चोरबाटोबाट लैजाने र उता पुगिसेकपछि स्थानीय अरबी साहुहरूकहाँ घरेलु कामदारका रूपमा बिक्री गर्ने मानव तस्करी हुन थालेको लामो समय भइसकेको छ । वर्षौंदेखि यो विषय विवादमा पनि परेको छ । कामका लागि भनेर गएका महिला श्रम शोषणमा पर्ने, यौन या घरेलु हिंसाको सिकार हुने गरेका कारण यसरी घरेलु काममा माहिलालाई पठाउन हुन्छ कि हुन्न भन्ने विषय लामो समयदेखि नै बहसमा छ । कतिपय समय सरकारले घरेलु कामदारका रूपमा महिलालाई श्रम स्वीकृति नदिने निर्णय पनि गरेको थियो । त्यसको पनि विरोध हुने गरेको थियो । यता प्रतिबन्ध लगाएको समयमै मानव तस्कर सक्रिय हुने गरेका छन् ।

मानव तस्करीको सञ्जाललाई सघाउने र संरक्षण गर्ने अपराध केवल तस्करको चलाखीबाट मात्र सम्भव छैन । कतै न कतै राज्यसत्ताको संरक्षणविना यस्तो गरिरहन सकिन्न ।

यताबाट सकेसम्म राजनीतिक संरक्षणमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कर्मचारी तथा सुरक्षा संयन्त्रसँग सेटिङ मिलाउने र भिजिट भिसाका नाममा बाहिर पठाउने गरेका थिए । यसैगरी भारत र श्रीलंकाबाट समेत उडाएर खाडी मुलुकमा पु¥याउने गरेको विभिन्न समयमा खुलासा हुने गरेकोे पनि हो । उता लगेर मानव तस्करी गर्ने र महिलामाथि शोषण गर्ने काममा संलग्न तस्करबारे ती देशमा रहेका नेपाली दूतावासले यहाँको विदेश मन्त्रालयलाई जानकारी पठाउँदा पनि तिनलाई पक्राउ गरी कारबाही गर्न तत्परता नदेखाएको, अझ विदेश मन्त्रालयका अधिकारीले यस्तो कारबाहीका लागि गृह मन्त्रालयमा पठाउनुपर्नेमा नपठाएको सम्म बाहिर आएपछि मानव तस्करीमा नेपालको सरकारी संयन्त्र कतै न कतै सामेल भएको अनुमान गर्न सकिन्छ । संसदीय समितिले पनि यतै लक्षित गर्दै प्रतिवेदन सार्वजनिक गरेको छ ।

तस्करीको यो सञ्जाललाई सघाउने र संरक्षण गर्ने अपराध केवल तस्करको चलाखीबाट मात्र सम्भव छैन । कतै न कतै राज्यसत्ताको संरक्षणविना यस्तो गरिरहन सकिन्न । पछिल्लो समय राजनीतिमा अनेक अनुचित उपायबाट पैसा कमाएका सम्पन्न मान्छेको प्रभाव बढ्दै गएको छ, जसले विभिन्न दललाई प्रभावमा परेका हुन्छन् । यही क्रममा सो पैसाले राजनीतिक नेतृत्व, कर्मचारी प्रशासनको समूह र सुरक्षा निकायका सरोकारवालालाई आफ्नो प्रभावमा पारेको बुझ्न सकिन्छ । यही सञ्जाल हो, जसले मानव तस्करी जस्तो गम्भीर अपराधलाई सहयोग गरिरहेको छ । यसलाई लक्षित गरेर आएको यो प्रतिवेदन गम्भीर अध्ययन गरी यसमा दण्ड र कारबाहीका उपाय अवलम्बन गर्न ढिलो गर्न हुँदैन । यो सरकारलाई लगाइएको गम्भीर आरोप पनि हो, जसबारे संसद्लाई सरकारले चित्तबुझ्दो जवाफ पनि दिनैपर्छ ।