यसरी हुन सक्छ फर्निचरमा आत्मनिर्भर - Naya Patrika
© 2017 Naya Prakasan Pvt. Ltd.
अपडेट

  गच्छदारले २०६४ साल १८ माघमा बालुवाटारमा कांग्रेसका शीर्ष नेताबीच छलफल गर्दा कांग्रेस छोड्नुपरेको यथार्थ सुनाउँदै गर्दा भावुक बन्दै गए । उनी भावुकतामा पुग्दै गर्दा माइकले काम गर्न छोड्यो ।…
पूरा पढ्नुहोस् »

हलिउडका चर्चित निर्माता हार्वे विन्स्टेइनका एकपछि अर्को गर्दै यौनजन्य हिंसाका घटना सार्वजनिक हुने क्रम बढेको छ । न्यूयोर्क टाइम्सले निर्माता हार्वेले यौन शोषण गर्ने गरेको सार्वजनिक गरेपछि यौन उत्पीडनमा परेका…
पूरा पढ्नुहोस् »

आजभोलि धेरैमा मुटुसम्बन्धी रोग देखा पर्ने गरेको छ । चिकित्सकहरू पनि पछिल्लो समय मुटुरोगी बढेको बताउँछन् । उनीहरूका अनुसार हाम्रो दैनिक जीवनशैली र विभिन्न कारणले मुटुसम्बन्धी रोग हुने गरेको छ…
पूरा पढ्नुहोस् »

युरोपेली मुलुक अस्ट्रियामा आइतबार आमनिर्वाचन सम्पन्न भएको छ । मत सर्वेक्षणहरूले युवा नेता सिबास्टियन कुर्जले नेतृत्व गरेको कन्जरभेटिभ पिपुल्स पार्टी (ओभिपी) अग्र स्थानमा आउने प्रक्षेपण गरेका छन् । पिपुल्स पार्टी…
पूरा पढ्नुहोस् »

पहिलो अन्तर्राष्ट्रिय फुटसल प्रतियोगितामा सहभागिता जनाएको नेपाली टोली आइतबार एएफसी छनोट फुटसल च्याम्पियसिपमा उज्वेकिस्तानसँग १४–१ को भारी अन्तरले पराजित भएको छ । इरानमा सञ्चालन भइरहेको प्रतिस्पर्धामा नेपालले पहिलो अन्तर्राष्ट्रिय खेलमै…
पूरा पढ्नुहोस् »

– आसन्न निर्वाचनमार्फत संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान ०७२ को कार्यान्वयन गरी सुशासन र भ्रष्टाचारमुक्त प्रशासनको बाटोमा हिँडेर देश र जनताको सेवामा अविराम लाग्यौँ भने अबका दिनमा सबल, सक्षम र…
पूरा पढ्नुहोस् »

अभिनेत्री केकी अधिकारीले म्युजिक भिडियो निर्देशक विशाल भण्डारीलाई निर्देशक लिएर फिल्म निर्माण गर्न लागेकी छिन् । त्यसो त उनी ‘लभ साशा’ फिल्मकी सहनिर्माता पनि हुन् । लभ साशाले व्यावसायिक सफलता…
पूरा पढ्नुहोस् »

उहिले मानिस शक्तिदेखि निकै डराउँथे । पहिले प्रकृतिका रहस्यसँग अपरिचित भएको मान्छेले हरेक समस्याको समाधान पनि अदृश्य शक्तिमा खोजी पस्थ्यो । त्यही भएर नाग देवता, जल देवता, सूर्य देवता, भूमि…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिकाको न्युजरुममा आज उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणासँग अन्तरक्रिया हुँदैछ । मुलुकको विकासमा निजी क्षेत्रका योगदान कति भन्ने विषयमा अन्तरक्रिया केन्द्रित हुँदैछ । अन्तरक्रिया फेसबुक लाइभ हेर्न तलको लिंकमा…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिका   |   साउन २५, २०७४

फर्निचर एन्ड फर्निसिङको नेपाली बजार ३० अर्ब रुपैयाँबराबरको रहेको अनुमान छ । नेपाली फर्निचर उद्योगमा १ लाख ५० हजारभन्दा बढीले रोजगारी पाइरहेका छन् । यद्यपि, स्वदेशी फर्निचरले पर्याप्त बजार पाउन भने सकेको देखिँदैन । बरू, नेपालमा बर्सेनि फर्निचर आयात बढ्दो छ । नेपालमा विशेषगरी चीन, इन्डोनेसिया, भारत, मलेसिया, टर्कीलगायतका देशबाट फर्निचर तथा फर्निसिङका सामग्री आयात हुने गर्छ । फर्निचर आयात बढिरहँदा स्वदेशी फर्निचर उद्योगको समस्या र समाधानबारे नेपाल फर्निचर तथा फर्निसिङ संघका निवर्तमान अध्यक्ष कवीन्द्र जोशीले यस्तो धारणा राखे:

कवीन्द्र जोशी निवर्तमान अध्यक्ष नेपाल फर्निचर तथा फर्निसिङ संघ

३० अर्बको बजार
नेपालमा फर्निचर र फर्निसिङको बजार हरेक वर्ष बढिरहेको छ । यद्यपि, वृद्धिदर कति छ भनेर यकिनका साथ भन्न सकिने अवस्था छैन । तर बर्सेनि १० देखि १२ प्रतिशतका दरले वृद्धि भइरहेको अनुमान छ । आर्थिक गतिविधि बढेसँगै घर तथा कार्यालयलाई आकर्षक बनाउन नयाँ नयाँ डिजाइनका फर्निचर तथा फर्निसिङ प्रयोग हुन थालेका छन् । नेपालमा अहिले वार्षिक ३० अर्ब रुपैयाँभन्दा बढीको कारोबार फर्निचर एन्ड फर्निसिङ क्षेत्रमा भइरहेको पाइन्छ । त्यस्तै, यो क्षेत्रमा लगानी पनि करिब ३० अर्ब रुपैयाँबराबरकै रहेको छ । फर्निचर तथा फर्निसिङ व्यवसायले करिब १५ सय परिवारलाई रोजगारी प्रदान गरेको अनुमान छ । यद्यपि, यसमा भक्तपुर क्षेत्रमा पारम्परिक तरिकाले फर्निचर पेसा अँगाल्दै आएका परिवारलाई भने राखिएको छैन । उनीहरूको तथ्यांक यकिन नभएका कारण यस्तो भएको हो ।

स्वदेशी बजार हिस्सा ५० प्रतिशत
नेपालमा खपत हुने फर्निचरको बजारलाई हेर्दा ५० प्रतिशत हिस्सा स्वदेशी उत्पादनको रहेको छ । तर, फर्निसिङका सामग्रीहरू भने ८० प्रतिशत आयातीत नै हुन्छन् । केही फर्निसिङका स्वदेशी उत्पादनले भने आयातलाई नै प्रतिस्थापन गरिसकेका छन् । नेपालमा रिब्ड र भेलोर ज्याकर्ड भन्ने दुई किसिमको कार्पेट उत्पादन हुने गर्छ । यसमा नेपाल आत्मनिर्भर मात्र भएको छैन, निर्यात पनि गरिरहेको छ । यसबाहेक अन्य फर्निसिङका सामग्री भने आयात नै गर्नुपर्ने बाध्यता छ । आयात गरिने यस्ता सामग्रीको उत्पादन नेपालमा सम्भव नभएर पनि निर्भर हुनु परिरहेको छ ।

प्लास्टिक फर्निचरमा आत्मनिर्भर
काठका फर्निचरमा ५० प्रतिशत बजार हिस्सा लिए पनि नेपाली प्लास्टिकजन्य फर्निचरको बजारमा भने हामी आत्मनिर्भर नै भइसकेका छौँ । अहिले नेपालमा आवश्यक सम्पूर्ण प्लास्टिकका उत्पादन स्वदेशी उत्पादनले धानिरहेको छ । त्यस्तै, फलामका फर्निचरहरू पनि नेपालमा उत्पादन हुन थालिसकेका छन् । तर, विविध कारणले यसको बजार भने बढ्न सकेको छैन । फलामका सामग्रीको माग बढ्दै गएमा पनि स्वदेशी उत्पादनले नै पूरा गर्न हामी सक्षम छौँ । तर, यस्तो कच्चा पदार्थका लागि भने हामी विदेशी उत्पादनमा नै भर पर्नुपर्ने हुन्छ ।

काठजन्य फर्निचरको बजार ९५ प्रतिशत
नेपाली फर्निचरको बजारमा काठजन्य उत्पादनको बजार हिस्सा अझै पनि ९५ प्रतिशतभन्दा बढी छ । तर, काठजन्य फर्निचरमा धेरै समस्या छन् । हरेक वर्ष यस्ता फर्निचरको माग बढिरहँदा उद्योगले पर्याप्त उत्पादन गर्न सकिरहेका छैनन् । सोही कारण स्वदेशी उत्पादन बलियो र टिकाउ हुँदा पनि विदेशी फर्निचरले बजार लिएको हेर्न हामी बाध्य भएका छौँ । उपभोक्ताको माग पूरा गर्न नसकेकै कारण विदेशी फर्निचरमा निर्भर पर्नुपरेको हो । स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्न राज्यले त्यति चासो देखाएको छैन । हाम्रो साधारण माग मात्र राज्यले पूरा गरेमा ५ वर्षभित्र काठजन्य फर्निचरमा आत्मनिर्भर हुन सक्छौँ । नेपाली फर्निचर निर्यात पनि गर्न सक्ने अवस्थामा पुग्छौँ । नेपालमा उत्पादन भएका फर्निचरको उत्पादन लागत विदेशीभन्दा बढी हुन्छ । तर, टिकाउका आधारमा हेर्दा भने स्वदेशी फर्निचर धेरै नै बलियो तथा राम्रो हुन्छ । विदेशी उत्पादन भने हेर्दा आकर्षित तथा सस्तो पनि हुने कारण धेरैको रोजाइमा पर्ने गर्छ ।

औद्योगिक क्षेत्रमा जग्गा आवश्यक
फर्निचर उद्योगमा ध्वनि प्रदूषण बढी हुने भएकाले मानवबस्तीनजिक उद्योग स्थापना गर्न व्यावहारिक रूपमा मिल्दैन । मेसिन चलाउँदा, किला ठोक्दा ध्वनि प्रदूषण हुन्छ । यस्तै समस्याले फर्निचर उद्योगलाई लामो समय एकै ठाउँमा राख्न सकिँदैन । वेला–वेलामा ठाउँ सारिरहनु पर्छ । त्यसैले, उद्योगमा जग्गाको समस्या समाधान गर्न राज्यले औद्योगिक क्षेत्रमा रहेको खाली जग्गा फर्निचर उद्योगलाई उपलब्ध गराउनुपर्छ । अहिले हामीले औद्योगिक क्षेत्रमा रहेको खाली रहेको जग्गामा खेती भइरहेको देखिरहेका छौँ । यस्तो जमिन उद्योगले प्रयोग गर्न पाएमा राज्य, उद्योगी र ग्राहक सबैलाई फाइदा हुन्छ । उद्योगमा विद्युत् आपूर्ति पनि नियमित हुनुपर्छ । आजकाल सबै उद्योगले विद्युतीय मेसिनहरू नै प्रयोग गरिरहेका छन् । जेनेरेटरबाट काम गर्दा लागत बढ्न जान्छ ।

दक्ष जनशक्ति अभाव
नेपालमा दक्ष जनशक्ति त धेरै टाढाको कुरा भयो, अर्धदक्ष जनशक्ति पाउन पनि समस्या छ । अहिले उपलब्ध रहेका अधिकांश जनशक्ति भारतीय मूलका छन् । स्थानीय जनशक्तिलाई उपयोग गर्न नसक्दा लागतमा पनि वृद्धि भइरहेको छ । यस्तै कारणले स्वदेशी उत्पादनको लागत बढ्दा बजारमा मूल्य प्रतिस्पर्धा गर्न समस्या भइरहेको छ । अहिले नेपालमा जापान, चीन, मलेसिया, थाइल्यान्ड, इन्डोनेसिया र अमेरिकाबाट समेत काठ आयात भइरहेको छ । तयारी फर्निचर भने सबैभन्दा बढी चीनबाट आयात हुन्छ । त्यस्तै, मलेसिया, भियतनाम, टर्कीलगायतका देशबाट पनि आयात भइरहेका छन् । केही युरोपियन मुलुकबाट पनि फर्निचर आएको देखिन्छ ।

मध्यमवर्गीय ग्राहकलक्षित उत्पादन
कुनै पनि बजारमा ग्राहकलाई पर्याप्त छनोटको सुविधा हुनुपर्छ । त्यसैले, स्वदेशी नै किन्नुपर्छ भनेर बाध्य पार्न सकिँदैन । अहिले स्वदेशी फर्निचर कि त कम आय भएकाहरूले खरिद गर्छन् कि त बढी मूल्य पर्ने राम्रा फर्निचर बढी आय हुनेहरूले खरिद गरिरहेका छन् । तर, सबैभन्दा बढी ग्राहक भएका मध्यमवर्गीयहरूको रोजाइमा भने मूल्यकै कारण आयातीत सामान पर्ने गरेको छ । नेपालमा पछिल्लो समय आयात भएका मोडुलर फर्निचर उत्पादन गर्ने क्षमता हामीसँगै छ । तर, पनि सकिरहेका छैनौँ । सरकारले नै पर्याप्त वातावारण बनाउन नसक्दा नै हामी पछि परिरहेका छौँ । यो उद्योगमा अहिले प्रत्यक्ष रूपमा १ लाख ५० हजारजनाले रोजगारी पाइरहेका छन् । यसका ढुवानी र ट्रेडिङको रोजगारी जोड्ने हो भने त धेरै नै हुन्छ ।

वनसम्पदाको कुशल व्यवस्थापन
अहिले नेपालमा हाइब्रिड टाइपको रबर उड भनिने काठ आयात हुन्छ । तर, फर्निचरका लागि उत्तम काठ भनेको सल्ला, सिसौ, अग्राखलगायत नै हो । यस्ता काठहरू फर्निचर व्यवसायीलाई सर्वसुलभ गराउन सरकारले विशेष व्यवस्थापन गर्नुपर्छ । जंगलमा ढल्न लागेका रूख प्रयोग गर्न दिनुपर्छ । सोबराबरको क्षतिपूर्ति या वृक्षरोपण पनि गराउने वातावरण बनाउनुपर्छ । नेपालको वनसम्पदा काठ संरक्षित भएको भए पनि चित्त बुझाउन सकिन्थ्यो । तर, अहिले वनको पनि संरक्षण छैन । त्यसैले, वनपैदावरको व्यवस्थापन सहज गर्नुपर्छ । यस विषयमा सरकारी निकाय र मन्त्रीहरूसँग बारम्बार कुरा भइरहेको छ । सोहीअनुसार सकारात्मक आश्वासन पनि पाइरहेका छौँ ।

तालिम केन्द्र आवश्यक
हामीले संघको तर्फबाट तत्कालीन उद्योगमन्त्री नवीन्द्रराज जोशीसँग छलफल गर्दा दक्ष जनशक्ति उत्पादन गर्न सहकार्य गर्ने विषयमा सकारात्मक जवाफ पाएका थियौँ । फर्निचर व्यवसायमा दक्ष जनशक्ति उत्पादन गर्न, तालिम र काम पनि दिन सकारात्मक छलफल भएको थियो । तर, अब नयाँ सरकारले के गर्छ थाहा छैन । फेरि सबै काम प्रारम्भदेखि नै गर्नुपर्ने हुन्छ । यस्तै कारणले विभिन्न समस्या आइपर्छ । फर्निचर एन्ड फर्निसिङमा दक्ष जनशक्ति उत्पादनका लागि सिटिइभिटीजस्ता तालिम केन्द्र आवश्यक पर्छ । त्यसको प्राक्टिकल गर्न भने हामीले आफ्नो उद्योग उपलब्ध गराउन सक्छौँ । यसको संस्थागत विकास गर्न कमिटी गठन गर्नुपर्छ । हामी आत्मनिर्भर बन्न वनको उचित सदुपयोग गर्नुपर्छ । वन मास्नबाट पनि रोक्नुपर्छ । यस्तो खालको व्यवस्थापन गर्न सक्नुपर्छ ।