प्रतिकूल अवस्था पार गर्दै चिनियाँ अर्थतन्त्र - Naya Patrika
© 2017 Naya Prakasan Pvt. Ltd.
अपडेट

  गच्छदारले २०६४ साल १८ माघमा बालुवाटारमा कांग्रेसका शीर्ष नेताबीच छलफल गर्दा कांग्रेस छोड्नुपरेको यथार्थ सुनाउँदै गर्दा भावुक बन्दै गए । उनी भावुकतामा पुग्दै गर्दा माइकले काम गर्न छोड्यो ।…
पूरा पढ्नुहोस् »

हलिउडका चर्चित निर्माता हार्वे विन्स्टेइनका एकपछि अर्को गर्दै यौनजन्य हिंसाका घटना सार्वजनिक हुने क्रम बढेको छ । न्यूयोर्क टाइम्सले निर्माता हार्वेले यौन शोषण गर्ने गरेको सार्वजनिक गरेपछि यौन उत्पीडनमा परेका…
पूरा पढ्नुहोस् »

आजभोलि धेरैमा मुटुसम्बन्धी रोग देखा पर्ने गरेको छ । चिकित्सकहरू पनि पछिल्लो समय मुटुरोगी बढेको बताउँछन् । उनीहरूका अनुसार हाम्रो दैनिक जीवनशैली र विभिन्न कारणले मुटुसम्बन्धी रोग हुने गरेको छ…
पूरा पढ्नुहोस् »

युरोपेली मुलुक अस्ट्रियामा आइतबार आमनिर्वाचन सम्पन्न भएको छ । मत सर्वेक्षणहरूले युवा नेता सिबास्टियन कुर्जले नेतृत्व गरेको कन्जरभेटिभ पिपुल्स पार्टी (ओभिपी) अग्र स्थानमा आउने प्रक्षेपण गरेका छन् । पिपुल्स पार्टी…
पूरा पढ्नुहोस् »

पहिलो अन्तर्राष्ट्रिय फुटसल प्रतियोगितामा सहभागिता जनाएको नेपाली टोली आइतबार एएफसी छनोट फुटसल च्याम्पियसिपमा उज्वेकिस्तानसँग १४–१ को भारी अन्तरले पराजित भएको छ । इरानमा सञ्चालन भइरहेको प्रतिस्पर्धामा नेपालले पहिलो अन्तर्राष्ट्रिय खेलमै…
पूरा पढ्नुहोस् »

– आसन्न निर्वाचनमार्फत संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान ०७२ को कार्यान्वयन गरी सुशासन र भ्रष्टाचारमुक्त प्रशासनको बाटोमा हिँडेर देश र जनताको सेवामा अविराम लाग्यौँ भने अबका दिनमा सबल, सक्षम र…
पूरा पढ्नुहोस् »

अभिनेत्री केकी अधिकारीले म्युजिक भिडियो निर्देशक विशाल भण्डारीलाई निर्देशक लिएर फिल्म निर्माण गर्न लागेकी छिन् । त्यसो त उनी ‘लभ साशा’ फिल्मकी सहनिर्माता पनि हुन् । लभ साशाले व्यावसायिक सफलता…
पूरा पढ्नुहोस् »

उहिले मानिस शक्तिदेखि निकै डराउँथे । पहिले प्रकृतिका रहस्यसँग अपरिचित भएको मान्छेले हरेक समस्याको समाधान पनि अदृश्य शक्तिमा खोजी पस्थ्यो । त्यही भएर नाग देवता, जल देवता, सूर्य देवता, भूमि…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिकाको न्युजरुममा आज उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणासँग अन्तरक्रिया हुँदैछ । मुलुकको विकासमा निजी क्षेत्रका योगदान कति भन्ने विषयमा अन्तरक्रिया केन्द्रित हुँदैछ । अन्तरक्रिया फेसबुक लाइभ हेर्न तलको लिंकमा…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिका, काठमाडौं   |   साउन २५, २०७४

विश्व अर्थ –

फेरि एकपटक चिनियाँ अर्थतन्त्रले अत्यन्त प्रतिकूल र नकारात्मक अवस्थाको चुनौती पार गरेको छ । करिब ६ वर्षभन्दा लामो अवधिसम्म लगातार घट्दो क्रममा रहेको चिनियाँ कुल गार्हस्थ उत्पादन (जिडिपी) सन् २०१७ मा वृद्धि हुने संकेत देखिएको छ । दोस्रो त्रैमासिक अवधिमा करिब ६ दशमलव ७ प्रतिशत आर्थिक वृद्धि भएकाले (जुन अपेक्षाकृतभन्दा बढी हो) सन् २०१६ मा ६ दशमलव ९ प्रतिशत कुल गार्हस्थ उत्पादनमा वृद्धि भएको प्रतिवेदन हालै सार्वजनिक गरिएको छ । यो तथ्यांक अन्तर्राष्ट्रिय प्रक्षेपकले गरेको प्रक्षेपणभन्दा निकै बढी हो । उनीहरूले केही महिनापहिले मात्र यो वर्ष (सन् २०१७मा) चीनमा करिब ६ दशमलव ५ प्रतिशत र सन् २०१८ मा जिडिपी वृद्धिदरमा अझ कमी आएर करिब ६ प्रतिशत मात्र हुने प्रक्षेपण गरेका छन् ।

स्टेफेन एस रोच

कुल गार्हस्थ उत्पादन बढाई चिनियाँ अर्थतन्त्र वृद्धि गर्ने विषयमा चीनले गम्भीर प्रकृतिका मुद्दा (नीति) निर्धारण गरेको तर्क मैले लामो समयदेखि प्रस्तुत गर्दै आएको छु । किनभने चिनियाँ अर्थतन्त्र तीव्र परिवर्तनको सँघारमा छ । चिनियाँ अर्थतन्त्रमा विगतमा निकै दर्बिलो देखिएको उत्पादन क्षेत्रको अर्थतन्त्रभन्दा सेवा क्षेत्रको अर्थतन्त्र पछिल्लो समय सबल बन्दै आएको छ ।

चिनियाँ अर्थतन्त्र केही हदसम्म मिश्रित जिडिपीमा ‘सिफ्ट’ पनि भएको छ । लगानी तथा निर्यातबाट अत्यन्तै तीव्र गतिमा आम्दानी गर्ने प्रकृतिको विगतको अर्थतन्त्रको मोडेलबाट केही आन्तरिक तथा निजी उपभोगमा बिस्तारै वृद्धि हुनेतर्फ सिफ्ट हुन लागेकाले समग्र जिडिपीमा मन्दी आउनु निश्चित नै हो । यस्तो हुनु पनि पर्छ । यस्तो अवस्थामा चिनियाँ अर्थतन्त्र तथा जिडिपीमा कमी आउनुका कारणबारे विचार गर्नु जरुरी देखिन्छ ।

यो बहसको इतिहास लामो छ । सन् १९९० को दशकको उत्तराद्र्धतिर एसियाली क्षेत्रमा आएको आर्थिक संकटका वेला भएका गतिविधिलाई यहाँ उल्लेख गर्न चाहन्छु । थाइल्यान्डदेखि इन्डोनेसियासम्म र दक्षिण कोरियादेखि ताइवानसम्मका राष्ट्र चीनले आफ्नो पक्ष लेला भनेर विश्वस्त हुँदै आएका थिए । (चीन त्यतिवेला उत्पादन वृद्धि गर्नेतर्फ केन्द्रित रहेको थियो भन्न सकिन्छ) सन् १९९८ को अक्टोबर महिनामा बेलायती आर्थिक साप्ताहिक पत्रिका द इकोनोमिस्टले प्रकाशन गरेको कभर स्टोरी (प्रमुख समाचार)मा चिनियाँ उत्पादनले विश्वको ध्यानाकर्षण गरेको उल्लेख थियो ।

तर, सत्यभन्दा माथि कुनै पनि कुरा जान सक्तैन । जब चीनको भूगोलमा व्यापक वृद्धि भएको भ्रष्टाचार नियन्त्रणका कुरा बाहिर आउन थाल्यो त्यसपछि चिनियाँ अर्थतन्त्रले बिस्तारै गति लिन थालेको देखिन्छ । सन् १९९८-१९९९ तिर यसअघि करिब १० दशमलव ३ प्रतिशतसम्म भएको जिडिपीको वृद्धिदरमा केही समय मन्दी आएर ७ दशमलव ७ प्रतिशतसम्म पुगेको थियो ।

विश्वमा आर्थिक संकट आएका वेला चिनियाँ अर्थतन्त्रमा प्रतिरोध क्षमता पनि उत्तिकै भन्न लायक छ । सन् १९३० को दशकको मध्यतिरदेखि नै विश्वकै अर्थतन्त्र कमजोर भएका वेला चिनियाँ अर्थतन्त्र विस्तार हुँदै आएको छ । सन् २००८-२००९ को आर्थिक मन्दी आएका वेला चीनमा भने वार्षिक रूपमा करिब ९ दशमलव ४ प्रतिशत औसत जिडिपी वृद्धि भएको थियो । सो आर्थिक संकटभन्दा ३ वर्षपहिले दिगो रूपमा नभए पनि करिब १२ दशमलव ७ प्रतिशत चीनको जिडिपी वृद्धि भएको थियो । वास्तवमा सन् २००८ को आर्थिक संकटका वेला चीनको जिडिपी लचिलो (एक क्षेत्रबाट अर्को क्षेत्रमा सजिलै परिवर्तन हुन सक्ने) भएकाले सन् २००९ मा समग्र विश्वको जिडिपी शून्य दशमलव १ प्रतिशतले पनि कमी आएको थिएन । तर, दोस्रो विश्वयुद्धपछिको समयमा विश्वभर आर्थिक गतिविधिमा कमी आएकाले करिब १ दशमलव ३ प्रतिशतसम्म जिडिपीमा कमी आएको थियो ।

पछिल्लो समय चिनियाँ अर्थतन्त्रले आफ्ना उत्पादन बिक्री गरी आर्थिक विकासमा गर्ने कुरा र पुँजी बजारलाई कडाइ गर्ने दुवै विषयमा निकै चासो दिएको पाइन्छ । यसले जापानमा जस्तै अर्थतन्त्रलाई स्थिर बनाएको छ । चीनका आर्थिक गतिविधि नियाल्ने पश्चिमा मुलुकको दृष्टिकोण फेरि एकपटक विफल भएको छ । जापानजस्तै चीन पनि बचतमा जोड दिने अर्थतन्त्र हो । बचतमा जोड दिने अर्थतन्त्रमा ऋणको भार बढी हुन्छ । तर, जे भए पनि दीर्घकालीन समस्या समाधानका लागि भने जापानभन्दा चीनले नै बढी जोड दिँदै आएको देखिएको छ ।

अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) का अनुसार सन् २०१७ मा चीनको राष्ट्रिय बचत (तरलता बचत) मात्र जिडिपीको करिब ४५ प्रतिशत पुग्न लागेको छ । जापानमा भने यो दर करिब २८ प्रतिशत रहेको छ । जापानको जस्तै चीनमा पनि सरकारको कुल ऋण जिडिपीको करिब २ सय ३९ प्रतिशत (दुई गुनाभन्दा बढी) रहेको बताइएको थियो । यी राष्ट्रले राष्ट्रिय ऋणको दायरा पनि घटाउँदै लगेका छन् । तर, पछिल्लो समय चीनमा ठूलो मात्रामा तरलता अभाव छ र राष्ट्रिय ऋणभार भने निकै कम मात्र (कुल गार्हस्थ उत्पादनको करिब ४९ प्रतिशत मात्र ) रहेको बताइएको छ ।

चीनमा कर्पाेरेट क्षेत्रको ऋण समस्या भने गलत भएको पाइँदैन । सन् २०१६ को अन्त्यसम्ममा गैरवित्तीय ऋण र कुल गार्हस्थ उत्पादनको अनुपात करिब १ सय ५७ प्रतिशत पुगेको अनुमान गरिएको छ । सन् २००८ मा यो अनुपात करिब १ सय २ प्रतिशत रहेको थियो । यसले राज्य नियन्त्रित व्यावसायिक संस्थामा सुधार हुनु जरुरी रहेको देखाएको छ । सुधार भएको खण्डमा बढ्दो राष्ट्रिय ऋणभारलाई साँघुर्याउन र आगामी वर्षमा आवश्यक सम्पूर्ण काममा सहयोग गर्ने देखिन्छ ।

साथै, चीनको पुँजी बजारबारे चासो व्यक्त गर्नुको अर्को सकारात्मक पक्ष पनि छ । मध्यमस्तरका जनताको आर्थिक स्तर वृद्धि भएसँगै आफूलाई उपयुक्त हाउजिङको खोजी गर्छन् । सन् १९८० मा करिब २० प्रतिशत मात्र रहेको चीनको सहरी क्षेत्रको जनसंख्या सन् २०१६ मा आइपुग्दा ५६ प्रतिशतभन्दा बढी पुगेको छ । सन् २०३० सम्म करिब ७० प्रतिशत पुग्ने बताइएको छ । यो विषय कम महत्वको भने होइन ।
पूर्ण सहर केन्द्रित अर्थतन्त्रभन्दा चिनियाँ पुँजी बजार भिन्न प्रकृतिको छ । तर, चिनियाँ उत्पादनको मागबाट चिनियाँ अर्थतन्त्रले राम्रो समर्थन पाएको छ । साथै, आगामी १० देखि १५ वर्षसम्म चीनका सहरी क्षेत्रमा बसोवास गर्ने मानिसको संख्या प्रतिवर्ष १ देखि २ प्रतिशत मात्र वृद्धि भएको देखिन्छ । सन् २००५ पछि चिनमा रियल इस्टेटको मूल्यमा करिब ५० प्रतिशतले वृद्धि भएका विवरण सार्वजनिक गरिएका छन् । आइएमएफ र बैंक अफ इनटरनेसनल सेटलमेन्टका अनुसार यो मूल्यवृद्धिको विश्वव्यापी मान्यताभन्दा करिब ५ गुना बढी हो । तसर्थ चीनमा रियल इस्टेटको मूल्यमाथि चासो बढ्नु स्वाभाविकै हो । बढ्दो सहरीकरणसँगै रियल इस्टेट क्षेत्रको माग पूरा गर्ने गरी र कुनै पनि कडाइ नगरी र सम्पत्ति मूल्य स्थिर गर्दै सबैलाई उपलब्ध गराउनु चीनका लागि ठूलो चुनौती हो ।

सन् २०१७ को पूर्वाद्र्धतिर चिनियाँ अर्थतन्त्रको समयअनुसार परिवर्तन हुन सक्ने विशेषताले पनि निकै सहायता गरेको पाइन्छ । यसै वर्षको जुन महिनामा गत वर्ष सोही अवधिको तुलनामा करिब ११ दशमलव ३ प्रतिशतले निर्यात वृद्धि भएको बताइएको छ । सन् २००८ पछि विश्वकै खरिद क्षमतामा कमी आएको, तर पछिल्लो समय बिस्तारै अन्य देशको अर्थतन्त्र तथा खरिद क्षमता वृद्धि हुँदै गएकाले केही समयपछि चीनको निर्यातमा गिरावट आएको थियो । यसैगरी, खुद्रा बिक्री बढेकाले सन् २०१७ को मध्यसम्म करिब प्रतिशत आम्दानी वृद्धि भएको बताइएको छ । यो ६ दशमलव ९ प्रतिशतले जिडिपी वृद्धि हुँदाको भन्दा करिब ४५ प्रतिशत बढी हो । जनताको घरायसी आम्दानी वृद्धि भएको र विद्युतीय व्यापार प्रणालीको विकासले खुद्रा बिक्री बढ्न पुगेको देखिएको छ ।

चिनियाँ अर्थतन्त्रप्रति निराशाजनक धारणा व्यक्त गर्ने पाश्चात्य विश्लेषक उनीहरूको देशको जस्तै गरी चिनियाँ अर्थतन्त्रको पनि विश्लेषण गर्न खोज्छन् । यही परम्परागत गल्ती दोहोर्याउँदै येलका इतिहासविद् जोनादन स्पेन्सको ‘सेमिनल एसिसमेन्ट’ ले एक वर्षपहिले चिनियाँ अर्थतन्त्र धरापमा परेको विश्लेषण गरेको थियो । सम्पत्तिको मूल्य तथा पुँजी बजारमा आएको उथलपुथलले अमेरिका र जापानको अर्थतन्त्रलाई निकै कमजोर पारेको थियो र उनीहरू चीनमा पनि यस्तै हुने विश्लेषण गर्दै आएका छन् । विश्वमा आएको मुख्य आर्थिक संकटका परिणामलाई जहाँसुकै लाद्ने कुरा सहन कठिनाइ महसुस गरिँदै आएको छ । चिनियाँ अर्थतन्त्र संकटका बीच विकास हुँदै आएको छ । तसर्थ पाश्चात्य दृष्टिमै चिनियाँ अर्थतन्त्रको विश्लेषण गर्दा विगतमा पनि गल्ती भएको थियो र फेरि पनि गल्ती हुँदै छ ।

स्टेफेन एस रोच येल विश्वविद्यालयका फ्याकल्टी मेम्बर हुन् ।

कपिराइट : प्रोजेक्ट सिन्डिकेट २०१७
(नयाँ पत्रिका र प्रोजेक्ट सिन्डिकेटको सहकार्यमा)