आमिर र किरणपछि ऋचालाई स्वाइन् फ्लु - Naya Patrika
© 2017 Naya Prakasan Pvt. Ltd.

जन्मपछि प्रायः नवजात शिशुको शरीरमा रौँ देखिने गर्छ । यसलाई हटाउने केमिकलको प्रयोग शिशुको कलिलो छालाका लागि हानिकारक हुन्छ । यस्तो हानिकारक केमिकल प्रयोग गर्नुको साटो घरेलु उपाय प्रयोग गरी…
पूरा पढ्नुहोस् »

लमजुङको मस्र्याङ्दी गाउँपालिका २ घनपोखरा स्थायी घर भई सदरमुकाम बेसीशहर बस्दै आएकी हुमा गुरुङ तीन वर्षदेखि पुष्प नर्सरी व्यवसायमा रमाएकी छिन् । जिल्लामा एक मात्र पुष्प व्यावसाय सुरु गरेकी हुमाले…
पूरा पढ्नुहोस् »

तीन दिनभित्र स्वतन्त्रता घोषणा फिर्ता नलिए अप्रिय निर्णय लिइने स्पेन सरकारको चेतावनी स्पेन सरकारले क्याटलोनियाका पृथकतावादी नेताहरूलाई क्याटलन राज्यलाई स्पेनबाट स्वतन्त्र भएको घोषणा फिर्ता लिन तीन दिनको समय दिएको छ…
पूरा पढ्नुहोस् »

रौतहटको चन्द्रनिगाहपुरमा सम्पन्न २ नम्बर प्रदेश स्तरीय कराते प्रतियोगितामा सात स्वर्र्ण पदक सहित रौतहट जिल्ला प्रथम भएको छ । नेपाल सितोरियो कराते संघ रौतहटको आयोजनामा चन्द्रनिगाहपुरमा सम्पन्न प्रतियोगितामा २ नम्बर…
पूरा पढ्नुहोस् »

कसैले तपाईंलाई सोध्यो, ‘कस्ती युवती मनपर्छ ?’ तपाईं के भन्नुहुन्छ ? पक्कै पनि सुन्दर या राम्री । सुन्दरताले जो–कसैलाई सजिलै अभिभूत बनाउँछ । जसमा हामी आनन्दित हुन्छौँ । चाहे कुनै…
पूरा पढ्नुहोस् »

सन् २०१८ मा रसियामा फुटबलकै महाकुम्भ मेला भनेर चिनिने विश्वकप हुँदै छ । अहिलेसम्म विश्वकपमा २३ राष्ट्रले आफ्नो स्थान पक्का गरेका छन् । रसिया विश्वकपमा ३२ राष्ट्रले भाग लिनेछन् ।…
पूरा पढ्नुहोस् »

गैरआवासीय नेपालीको दुईदिने सम्मेलन भवन भट्टको अध्यक्षतामा नयाँ नेतृत्व चयन गर्दै सकिएको छ । यसपालि अध्यक्षका लागि अर्को सशक्त दाबी प्रस्तुत गरेकी अस्ट्रेलियाकै धनाढ्य जमुना घले गुरुङ पराजित भएकी छिन्…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिकाको न्युजरुममा आज उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणासँग अन्तरक्रिया हुँदैछ । मुलुकको विकासमा निजी क्षेत्रका योगदान कति भन्ने विषयमा अन्तरक्रिया केन्द्रित हुँदैछ । अन्तरक्रिया फेसबुक लाइभ हेर्न तलको लिंकमा…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिका, काठमाडौं   |   साउन २५, २०७४

भारतमा स्वाइन फ्लु निकै तीव्रताका साथ फैलिरहेको छ । पछिल्लो समय नेपालमा पनि स्वाइन फ्लुको प्रकोप देखिएको छ । केही दिनअघि खबर आएको थियो, बलिउड सुपरस्टार आमिर खान र उनकी पत्नी किरण राव स्वाइन फ्लुबाट पीडित छन् । हाल उनीहरूको उपचार भइरहेको छ ।

आमिर र किरणपछि अभिनेत्री ऋचा चड्डालाई पनि स्वाइन फ्लु भएको खबर भारतीय अनलाइन मिडियाले उल्लेख गरेका छन् । ऋचाले आफू अमेरिकाबाट फर्किनेबित्तिकै बिरामी परेको र परीक्षण गर्दा स्वाइन फ्लु देखिएको बताएकी छिन् । ‘अमेरिकाबाट फर्किनेबित्तिकै म बिरामी परेँ ।

परीक्षण गर्दा एन वान एन वान भाइरस पोजेटिभ देखियो,’ ऋचाले भनेकी छिन्, ‘उपचारपछि म अहिले हल्का हिँड्न सक्ने भएकी छु । मेरो फिल्म ‘फुकरे रिटन्र्स’ ८ सेप्टेम्बरमा रिलिज हुँदै छ । त्यसैले म जसरी पनि निको हुनुपर्छ ।’ फुकरे रिटन्र्स सन् २०१३ को ‘फुकरे’ फिल्मको सिक्वेल हो । फिल्ममा ऋचाका साथ पुलकित सम्राट, अली फजल, मञ्जोत सिंह, वरुण शर्मालगायतले अभिनय गरेका छन् ।