निर्वाचन एकै चरणमा राम्रो - Naya Patrika
© 2017 Naya Prakasan Pvt. Ltd.

जन्मपछि प्रायः नवजात शिशुको शरीरमा रौँ देखिने गर्छ । यसलाई हटाउने केमिकलको प्रयोग शिशुको कलिलो छालाका लागि हानिकारक हुन्छ । यस्तो हानिकारक केमिकल प्रयोग गर्नुको साटो घरेलु उपाय प्रयोग गरी…
पूरा पढ्नुहोस् »

शशीधर भण्डारी/नयाँ पत्रिका प्युठान नगरपालिका–३ दैलीसिमलमा खानेपानीको अभाव भएको छ । वर्षा नसकिँदै पानीको संकट परेपछि वडावासी एक गाग्री पानीका लागि रातभर पँधेरोमा बस्न बाध्य छन् । ‘खानेपानी भर्न रातभर…
पूरा पढ्नुहोस् »

तीन दिनभित्र स्वतन्त्रता घोषणा फिर्ता नलिए अप्रिय निर्णय लिइने स्पेन सरकारको चेतावनी स्पेन सरकारले क्याटलोनियाका पृथकतावादी नेताहरूलाई क्याटलन राज्यलाई स्पेनबाट स्वतन्त्र भएको घोषणा फिर्ता लिन तीन दिनको समय दिएको छ…
पूरा पढ्नुहोस् »

रौतहटको चन्द्रनिगाहपुरमा सम्पन्न २ नम्बर प्रदेश स्तरीय कराते प्रतियोगितामा सात स्वर्र्ण पदक सहित रौतहट जिल्ला प्रथम भएको छ । नेपाल सितोरियो कराते संघ रौतहटको आयोजनामा चन्द्रनिगाहपुरमा सम्पन्न प्रतियोगितामा २ नम्बर…
पूरा पढ्नुहोस् »

कसैले तपाईंलाई सोध्यो, ‘कस्ती युवती मनपर्छ ?’ तपाईं के भन्नुहुन्छ ? पक्कै पनि सुन्दर या राम्री । सुन्दरताले जो–कसैलाई सजिलै अभिभूत बनाउँछ । जसमा हामी आनन्दित हुन्छौँ । चाहे कुनै…
पूरा पढ्नुहोस् »

सन् २०१८ मा रसियामा फुटबलकै महाकुम्भ मेला भनेर चिनिने विश्वकप हुँदै छ । अहिलेसम्म विश्वकपमा २३ राष्ट्रले आफ्नो स्थान पक्का गरेका छन् । रसिया विश्वकपमा ३२ राष्ट्रले भाग लिनेछन् ।…
पूरा पढ्नुहोस् »

गैरआवासीय नेपालीको दुईदिने सम्मेलन भवन भट्टको अध्यक्षतामा नयाँ नेतृत्व चयन गर्दै सकिएको छ । यसपालि अध्यक्षका लागि अर्को सशक्त दाबी प्रस्तुत गरेकी अस्ट्रेलियाकै धनाढ्य जमुना घले गुरुङ पराजित भएकी छिन्…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिकाको न्युजरुममा आज उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणासँग अन्तरक्रिया हुँदैछ । मुलुकको विकासमा निजी क्षेत्रका योगदान कति भन्ने विषयमा अन्तरक्रिया केन्द्रित हुँदैछ । अन्तरक्रिया फेसबुक लाइभ हेर्न तलको लिंकमा…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिका, काठमाडौं   |   साउन २५, २०७४

नेपालको यो वर्ष निर्वाचनमय भएरै बित्ने भयो । स्थानीय तहका दुई चरणका निर्वाचन सम्पन्न भइसकेका छन्, अब ४५ दिनभित्र तेस्रो चरणको निर्वाचन हुने निश्चितजस्तै छ । २ असोजसम्म निर्वाचन अयोग स्थानीय तहको निर्वाचन सम्पन्न गर्नमा खट्ने भए पनि यही मंसिरसम्ममा प्रदेश सभा र प्रतिनिधिसभाका लागि निर्वाचन गरिसक्नुपर्ने संवैधानिक बाध्यता र भौगोलिक जटिलता विद्यमान छन् । यसले गर्दा स्थानीय तहको निर्वाचन नसकिँदै दुवै निर्वाचनको तयारी गर्नुपर्ने भएको छ । यतिवेला यो निर्वाचन एकैपटक गर्ने कि दुईपटक भन्ने विषय चर्चा र बहसमा छ । अहिलेसम्म सरकारले निर्वाचन मिति घोषणा गरिनसकेको र निर्वाचन आयोगले समेत यसमा गृहकार्य गरिरहेकाले यस विषयले महत्व पाइरहेको छ ।

स्थानीय तहको निर्वाचनले हाम्रो निर्वाचन पद्धति केही कमी–कमजोरीका बाबजुद सबल बन्दै गएको प्रमाणित गरेको छ । निर्वाचन गर्न आवश्यक पर्ने प्रशासनिक संयन्त्र, सामग्री तयारी, जनशक्ति व्यवस्थापन र सुरक्षा व्यवस्थाका दृष्टिले निकै जटिल भए पनि बिस्तारै यो काममा हाम्रो संस्थागत विकासले सकारात्मक परिणाम दिन थालेको छ । यद्यपि अझै पनि सम्पूर्ण निर्वाचनलाई विद्युतीय मेसिन प्रयोग गरी सजिलो र भरपर्दो बनाउने काम भइनसकेकाले यसमा सुधारका सम्भावना पर्याप्त रहेको मान्न सकिन्छ । यतिवेला जुन दुई तहका निर्वाचन हुँदै छन्, त्यसमा मतदाताले चार मत दिनुपर्ने हुन्छ । अर्थात् प्रादेशिक सभामा बढी मत ल्याउने पहिलो हुने पद्धतिका आधारमा दिइने प्रत्यक्ष मत र त्यही सभाका लागि समानुपातिक मत ।

समयाभावका कारण दुईपटक निर्वाचन गर्न कठिन भएको हुनाले निर्वाचन आयोगले वैकल्पिक उपाय अपनाएर भए पनि एकैपटक निर्वाचन गर्नु उपयुक्त हुने देखिन्छ

साथै, प्रतिनिधिसभाका लागि पनि प्रत्यक्ष निर्वाचित हुने र समानुपातिकतर्फ मत दिँदा दुई ठाउँमा दिनुपर्ने हुन्छ । यसैगरी मत दिइसकेपछि गणनाका लागि पनि कमसेकम प्रतिनिधिसभाको एउटा निर्वाचन क्षेत्रमा तीन ठाउँमा मत गणना गर्नुपर्ने हुन्छ । यसले गर्दा एकैपटक निर्वाचन गर्नु निर्वाचन व्यवस्थापनका दृष्टिले निकै जटिल र झन्झटिलो छ । सायद त्यही भएर निर्वाचन आयोग यसमा हिच्किचाइरहेको हुनुपर्छ । तर, अर्को पक्षबाट हेर्दा डेढ महिनाको समयावधिभित्र दुइटा निर्वाचनको व्यवस्थापन गर्नु झन्डै असम्भव हुन जान्छ । दुई नम्बर प्रदेशको स्थानीय तहको निर्वाचन भएको डेढ महिनासम्म अर्को निर्वाचन गर्न राजनीतिक दृष्टिले व्यावहारिक हुँदैन । कात्तिक दोस्रो साता एक तहको निर्वाचन गर्दा अर्को तहको निर्वाचनका लागि समय एक महिना मात्र बाँकी रहन्छ किनभने १५ मंसिरपछि नेपालका हिमाली जिल्ला र गाउँमा निर्वाचन आयोजना गर्नु कठिन नै हुन्छ । यसैगरी राजनीतिक दललाई पनि जनशक्ति परिचालन गर्न, निर्वाचन तयारी र प्रचार गर्न र त्यसका लागि खर्चबर्चको व्यवस्थापन गर्नसमेत निकै हम्मेहम्मे पर्छ । दुईपटक निर्वाचन गर्दा निर्वाचन आयोगका लागि पनि अत्यधिक खर्चको भार पर्छ । अन्ततः त्यो खर्च पनि जनताले तिरेको करबाटै विकासका लागि गरिने खर्च कटाएर जुटाइने हो । यस्तो अवस्थामा निर्वाचन आयोगले वैकल्पिक उपाय अपनाएर भए पनि एकैपटक निर्वाचन गर्नु धेरै दृष्टिले उपयुक्त हुने देखिन्छ ।