धनकुटा बजारमा निकालिएको गाइजात्रा (फोटो फिचर) - Naya Patrika
© 2017 Naya Prakasan Pvt. Ltd.
अपडेट

भारतले १९५० को नेपाल–भारत सन्धिअनुसार हाल चलिरहेको दोक्लाम विवादमा नेपालसँग समर्थन माग्न लागेको छ । प्रधानमन्त्री शेरबहादुर देउवासँग बिहीबार भारतीय समकक्षी नरेन्द्र मोदीले हैदरावाद हाउसमा हुने वान अन वान (एक्लाएक्लै)…
पूरा पढ्नुहोस् »

नेपाल पत्रकार महासङ्घमा गोविन्द आचार्य नेतृत्वको प्यानल निर्वाचित भएको छ । गोविन्द आचार्यले ७३२ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी तीर्थ कोइरालाले ६२७ मत प्राप्त गरे । आचार्य…
पूरा पढ्नुहोस् »

अभिनेता एवं निर्देशक रमेश बुढाथोकी विगत साढे तीन दशकदेखि कलाकारितामा अनवरत छन् । ०३७ सालदेखि आफ्नै लेखन, निर्देशन र अभिनयमा नाटक मञ्चन सुरु गरेका उनले त्यसपछि थुप्रै नाटक गरे ।…
पूरा पढ्नुहोस् »

धन कमाउने सपना पालेर विदेश गएका उनी रित्तो हात घर फर्किए । विदेशबाट फर्किएपछि के गर्ने भन्दै अलमलमा परेका उनलाई सैलुन व्यावसाय गर्ने सोच आयो बानपा—२ का २७ वर्षका राजन…
पूरा पढ्नुहोस् »

विश्व अर्थ – भारतीय अर्थतन्त्रमा पछिल्लो समय निकै शंकास्पद बनेको मुख्य विषय भनेको उत्पादन क्षेत्रको उत्पादकत्वको वास्तविक अवस्था हो । सन् २००८ मा विश्वव्यापी आर्थिक मन्दी आउनुभन्दा पहिले नै भारतमा…
पूरा पढ्नुहोस् »

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अफगानिस्तानमा फेरि युद्ध गर्ने घोषणा गरेका छन् । यसअघि अफगानिस्तानमा रहेका सैनिकहरुको संख्यामा कटौती गर्ने आफ्नो घोषणा विपरित राष्ट्रपति ट्रम्पले कुनै पनि बेला युद्ध शुरु गर्ने चेतावनी…
पूरा पढ्नुहोस् »

माल्दिभ्समाथि सानदार जित हात पार्दै नेपाल साफ यू–१५ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ । नेपालले सोमबार एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा माल्दिभ्सलाई ६–० को फराकिलो अन्तरले पराजित गरेर अन्तिम चारमा…
पूरा पढ्नुहोस् »

यतिखेर हामी संघीयता कार्यान्वयन र प्रशासनिक पुनः संरचनाको जटिल मोडमा छौँ । यस्तो अवस्थामा सबै पक्षले जिम्मेवारीपूर्वक काम गर्नुपर्छ । अझ राजनीतिक प्रणाली सञ्चालनको मुख्य अवयवका रूपमा रहेका राजनीतिक नेतृत्व…
पूरा पढ्नुहोस् »

राम तामाङ राजधानीको व्यस्त र भिडमभिड क्षेत्र असन, इन्द्रचोक, ज्याठा र भोटाहिटीवरपर ठेला चलाउँछन् । उनका दिनहरू ठेलामा सामान ओसारेरै बित्छन् । परिवार पाल्ने र आफ्नो पढाइ खर्च थेग्ने उनको…
पूरा पढ्नुहोस् »

ऊर्जा मन्त्रालय, विद्युत् विकास विभागले फेरि एकपटक झोलाम खोला राखेर हिँड्नेलाई ३५ दिनभित्र निर्माण प्रक्रिया अघि नबढाए कारबाही गर्ने बताएको छ । विद्युत् उत्पादन गर्छु, लगानी जुटाउँछु भनेर निर्माणका लागि…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिकाको न्युजरुममा आज उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणासँग अन्तरक्रिया हुँदैछ । मुलुकको विकासमा निजी क्षेत्रका योगदान कति भन्ने विषयमा अन्तरक्रिया केन्द्रित हुँदैछ । अन्तरक्रिया फेसबुक लाइभ हेर्न तलको लिंकमा…
पूरा पढ्नुहोस् »

 सन्तोष रुचाल, धनकुटा    |   साउन २४, २०७४

२४ साउन  । आफ्ना परिवारका सदस्यको दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै धनकुटाको १९ घरपरिवारबाट आज गाईजात्रा निकालिएको छ । नेवार समुदायले मनाउने गाईजात्रा पर्वको अवसर पारेर घर–घरबाट निकालिएको गाईजात्रा धनकुटाको श्रीवानीबाट शुरु भई धनकुटा बजारको विभिन्न भागको परिक्रमा गरिएको थियो । एक वर्ष भित्र निधन भएका परिवारका सदस्यको सम्झनामा गाईजात्रा निकालिएको थियो ।

यस वर्ष नेवार समुदायबाट धनकुटामा १९ जनाको मृत्यू भएको शहिद भीमनारायण श्रेष्ठका सुपुत्र एवम् सांसद मनोहरनारायण श्रेष्ठका दाजु मनोजनारायण श्रेष्ठले बताए । मध्यकालिन राज प्रताप मल्लले पुत्रशोकले विह्वल भएकी आफ्नी पत्नि (रानी) लाई दुनियाँले पनि यस्तै शोक बेहोर्नु पर्छ भन्ने देखाउन जनतालाई आ–आफ्नो घरमा मरेका व्यक्तिका नाममा गाईजात्रा निकाली शहर परिक्रमा गर्न आज्ञा दिएका थिए । त्यतिले पनि रानीको मन शान्त नभएपछि विभिन्न प्रकारका प्रहसन तथा व्यङ्ग्यात्मक कार्यक्रम गराउन राजाले आदेश दिए ।

सोही समयदेखि गाईजात्रा निकाल्ने प्रचलन शुरु भएको नेवा पुचः धनकुटाका अध्यक्ष एवम् केन्द्रीय उपाध्यक्ष नविनकिशोर शाक्यले बताए । नेवारी भेषभुषा सहित गाईलाई सिंगारेर निकालिएको गाईजात्रा धनकुटाको बजारको परिक्रमा पछि टुँडिखेलमा गएर समापन गरिएको थियो । समापन समारोहमा बोल्दै नेवा पुचः धनकुटाका अध्यक्ष नविनकिशोर शाक्यले परापूर्व कालदेखि शुरु भएको गाईजात्रा पर्व नेवार समुदायको विशेष पर्व भएकाले आफ्नो भाषा संस्कृतिको संरक्षण र संम्बद्र्धन गर्नमा यस पर्वको भूमिका महत्वपूर्ण रहेको औंल्याए ।