यो प्रजातान्त्रिक छटपटी - Naya Patrika
© 2017 Naya Prakasan Pvt. Ltd.
अपडेट

भारतले १९५० को नेपाल–भारत सन्धिअनुसार हाल चलिरहेको दोक्लाम विवादमा नेपालसँग समर्थन माग्न लागेको छ । प्रधानमन्त्री शेरबहादुर देउवासँग बिहीबार भारतीय समकक्षी नरेन्द्र मोदीले हैदरावाद हाउसमा हुने वान अन वान (एक्लाएक्लै)…
पूरा पढ्नुहोस् »

नेपाल पत्रकार महासङ्घमा गोविन्द आचार्य नेतृत्वको प्यानल निर्वाचित भएको छ । गोविन्द आचार्यले ७३२ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी तीर्थ कोइरालाले ६२७ मत प्राप्त गरे । आचार्य…
पूरा पढ्नुहोस् »

अभिनेता एवं निर्देशक रमेश बुढाथोकी विगत साढे तीन दशकदेखि कलाकारितामा अनवरत छन् । ०३७ सालदेखि आफ्नै लेखन, निर्देशन र अभिनयमा नाटक मञ्चन सुरु गरेका उनले त्यसपछि थुप्रै नाटक गरे ।…
पूरा पढ्नुहोस् »

धन कमाउने सपना पालेर विदेश गएका उनी रित्तो हात घर फर्किए । विदेशबाट फर्किएपछि के गर्ने भन्दै अलमलमा परेका उनलाई सैलुन व्यावसाय गर्ने सोच आयो बानपा—२ का २७ वर्षका राजन…
पूरा पढ्नुहोस् »

विश्व अर्थ – भारतीय अर्थतन्त्रमा पछिल्लो समय निकै शंकास्पद बनेको मुख्य विषय भनेको उत्पादन क्षेत्रको उत्पादकत्वको वास्तविक अवस्था हो । सन् २००८ मा विश्वव्यापी आर्थिक मन्दी आउनुभन्दा पहिले नै भारतमा…
पूरा पढ्नुहोस् »

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अफगानिस्तानमा फेरि युद्ध गर्ने घोषणा गरेका छन् । यसअघि अफगानिस्तानमा रहेका सैनिकहरुको संख्यामा कटौती गर्ने आफ्नो घोषणा विपरित राष्ट्रपति ट्रम्पले कुनै पनि बेला युद्ध शुरु गर्ने चेतावनी…
पूरा पढ्नुहोस् »

माल्दिभ्समाथि सानदार जित हात पार्दै नेपाल साफ यू–१५ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ । नेपालले सोमबार एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा माल्दिभ्सलाई ६–० को फराकिलो अन्तरले पराजित गरेर अन्तिम चारमा…
पूरा पढ्नुहोस् »

यतिखेर हामी संघीयता कार्यान्वयन र प्रशासनिक पुनः संरचनाको जटिल मोडमा छौँ । यस्तो अवस्थामा सबै पक्षले जिम्मेवारीपूर्वक काम गर्नुपर्छ । अझ राजनीतिक प्रणाली सञ्चालनको मुख्य अवयवका रूपमा रहेका राजनीतिक नेतृत्व…
पूरा पढ्नुहोस् »

राम तामाङ राजधानीको व्यस्त र भिडमभिड क्षेत्र असन, इन्द्रचोक, ज्याठा र भोटाहिटीवरपर ठेला चलाउँछन् । उनका दिनहरू ठेलामा सामान ओसारेरै बित्छन् । परिवार पाल्ने र आफ्नो पढाइ खर्च थेग्ने उनको…
पूरा पढ्नुहोस् »

ऊर्जा मन्त्रालय, विद्युत् विकास विभागले फेरि एकपटक झोलाम खोला राखेर हिँड्नेलाई ३५ दिनभित्र निर्माण प्रक्रिया अघि नबढाए कारबाही गर्ने बताएको छ । विद्युत् उत्पादन गर्छु, लगानी जुटाउँछु भनेर निर्माणका लागि…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिकाको न्युजरुममा आज उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणासँग अन्तरक्रिया हुँदैछ । मुलुकको विकासमा निजी क्षेत्रका योगदान कति भन्ने विषयमा अन्तरक्रिया केन्द्रित हुँदैछ । अन्तरक्रिया फेसबुक लाइभ हेर्न तलको लिंकमा…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिका, काठमाडौं   |   साउन २४, २०७४

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) फेरि विभाजित भयो । आठ महिनापहिले मात्र तामझामसाथ यसको एकता भएको थियो । ६ महिनापहिले महाधिवेशन गरेर यसले आफूलाई वैकल्पिक शक्तिका रूपमा उभ्याउने दाबी पनि गरेको थियो । एकताबाट पशुपतिशमशेर र लोकेन्द्रबहादुर चन्दजस्ता पुराना हस्ती कमल थापाको नेतृत्वमा मिसिन आएका थिए । त्यसको एउटै सन्देश थियो– अबको राप्रपा अर्थात् पूर्वपञ्चहरूको दलको भाविष्य जेजति छ, त्यो कमल थापाको व्यक्तित्व र विचारसँग मात्र छ । यसै पनि कमल थापाको राप्रपा संसद्मा चौथो ठूलो दलका रूपमा थियो । अब झन् एक दर्जन सांसद थपिएका थिए । पूर्वमन्त्री प्रकाशचन्द्र लोहनीले यो एकतामा भाँजो हालेर हलो चिह्न बोकेर हिँडे पनि उनले राप्रपाको शक्ति क्षय गर्ने कुनै सम्भावना थिएन । यद्यपि सूर्यबहादुर थापा र पशुपतिशमशेर या लोकन्द्रबहादुर चन्दबीच पनि त्यति मेलमिलाप थिएन । सूर्यबहादुर थापाको निधनसँगै उनको नेतृत्वको राप्रपामा आफ्नै भाविष्यप्रति विश्वास नभएपछि उनीहरू कमल थापासँग मिसिन आएका थिए । आरम्भदेखि नै यी दुई दलबीच केही वैचारिक मतभेद भने थिए । कमल थापा हिन्दू अधिराज्यको अझै परिकल्पना गरिरहेका थिए । यता सूर्यबहादुरको नेतृत्व छउन्जेल उनी आफूलाई उदार प्रजातन्त्रवादी देखाउने प्रयासमा थिए । उनीहरू दुवैको सबैभन्दा मिल्ने विचारपक्ष चाहिँ जुनसुकै सर्तमा सरकारमा जानु हुन्थ्यो । त्यही लोभले आगामी निर्वाचनमा शक्ति आर्जन गर्ने आशमा एकता भएको थियो ।

स्थानीय तहको कमजोर निर्वाचन परिणामपछि मिलेर मात्र आफ्नो राजनीतिक सान्दर्भिकता दाबी गर्न सक्ने राप्रपा विभाजनपछि झन् कमजोर भएको छ

तर, कमल थापाले राजनीतिमा पछिल्लोपटक देखाएका सम्भावनालाई आफ्नै कुटिल स्वार्थबाट वशीभूत हुँदै गुमाउँदै गए । संविधान घोषणाका वेला त्यसको विपक्षमा उभिएका उनी संविधान जारी भएपछि पहिले केपी नेतृत्वको सरकारमा सामेल भए । ओलीपछि प्रचण्ड प्रधानमन्त्री निर्वाचित हुँदा विपक्षमा उभिएका थापा पछिल्लो कालमा प्रचण्ड सरकारमा सामेल भए । उता सुशीला कार्कीमाथिको महाभियोग प्रकरणका वेला बडो लोकतन्त्रको मूल्यप्रति निष्ठा देखाएर सरकारबाट राजीनामा दिए । महाभियोग फिर्ता हुनासाथ सरकारमा जान हत्ते गरे । यसरी उनले राजनीतिमा शक्ति आर्जन गर्न र आफ्नो सान्दर्भिकता देखाइरहन गरेका प्रयासले उनैलाई अविश्वसनीय बनायो । स्थानीय तहको निर्वाचनमा पार्टीले राम्रो प्रदर्शन गर्न नसकेपछि उनको वर्चस्व कमजोर हुँदै थियो । पहिल्यैदेखिको अन्तरविरोध उपयोग गर्दै पशुपतिशमशेरले मौकामा चौका हानेका छन् । एक दर्जन सांसद लिएर मिसिन गएका राणाले १९ सांसद्सहित फर्केर अर्को पार्टी बनाए ।

यसरी तत्काल हेर्दा पूर्वपञ्चका यी दुई गुटमध्ये अहिलेलाई कमल थापा पराजित भएको र पशुपतिशमशेरले जितेको देखिन्छ । तर, देशको राजनीतिमा अहिले जुन परिस्थिति विकास भएको छ, त्यसमा अब पूर्वपञ्चहरूको यो दक्षिणपन्थी राजनीतिक शक्तिको आवश्यकता र सान्दर्भिकता समाप्त भएकोतिर संकेत यसले दिएको छ । पूर्वपञ्चसँगको राष्ट्रवादको टालो पछिल्लो समय एमाले नेता ओलीले खोसिसकेका छन् । त्यसबाहेक सो दललाई परम्परागत सम्भ्रान्त वर्गका मतदाताको साथ थियो, त्यो पनि गुमेको गएको स्थानीय तहको निर्वाचनले देखाएको छ । यस्तो अवस्थामा मिलेर मात्र आफ्नो राजनीतिक सान्दर्भिकता दाबी गर्न सक्ने यो समूह विभाजित भएपछि झन् कमजोर भएको छ । लोकतन्त्रमा राजनीतिक ध्रुवीकरण हुन्छ र कतिपय अस्तित्वमा रहेका दल हराएर जान्छन् र कतिपय नयाँ उदय हुन्छन् । यी दुई समूहको भविष्यबारे पूर्वानुमान गर्न सकिने यति मात्र हो कि यिनले अब आफ्नो भविष्य बचाउन अहिलेसम्मको जस्तो प्रयासले हुनेछैन ।