स्थानीय तह संख्या थप्ने निर्णय रिटको सुनुवाइ आज - Naya Patrika
© 2017 Naya Prakasan Pvt. Ltd.
अपडेट

  गच्छदारले २०६४ साल १८ माघमा बालुवाटारमा कांग्रेसका शीर्ष नेताबीच छलफल गर्दा कांग्रेस छोड्नुपरेको यथार्थ सुनाउँदै गर्दा भावुक बन्दै गए । उनी भावुकतामा पुग्दै गर्दा माइकले काम गर्न छोड्यो ।…
पूरा पढ्नुहोस् »

हलिउडका चर्चित निर्माता हार्वे विन्स्टेइनका एकपछि अर्को गर्दै यौनजन्य हिंसाका घटना सार्वजनिक हुने क्रम बढेको छ । न्यूयोर्क टाइम्सले निर्माता हार्वेले यौन शोषण गर्ने गरेको सार्वजनिक गरेपछि यौन उत्पीडनमा परेका…
पूरा पढ्नुहोस् »

आजभोलि धेरैमा मुटुसम्बन्धी रोग देखा पर्ने गरेको छ । चिकित्सकहरू पनि पछिल्लो समय मुटुरोगी बढेको बताउँछन् । उनीहरूका अनुसार हाम्रो दैनिक जीवनशैली र विभिन्न कारणले मुटुसम्बन्धी रोग हुने गरेको छ…
पूरा पढ्नुहोस् »

युरोपेली मुलुक अस्ट्रियामा आइतबार आमनिर्वाचन सम्पन्न भएको छ । मत सर्वेक्षणहरूले युवा नेता सिबास्टियन कुर्जले नेतृत्व गरेको कन्जरभेटिभ पिपुल्स पार्टी (ओभिपी) अग्र स्थानमा आउने प्रक्षेपण गरेका छन् । पिपुल्स पार्टी…
पूरा पढ्नुहोस् »

पहिलो अन्तर्राष्ट्रिय फुटसल प्रतियोगितामा सहभागिता जनाएको नेपाली टोली आइतबार एएफसी छनोट फुटसल च्याम्पियसिपमा उज्वेकिस्तानसँग १४–१ को भारी अन्तरले पराजित भएको छ । इरानमा सञ्चालन भइरहेको प्रतिस्पर्धामा नेपालले पहिलो अन्तर्राष्ट्रिय खेलमै…
पूरा पढ्नुहोस् »

– आसन्न निर्वाचनमार्फत संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान ०७२ को कार्यान्वयन गरी सुशासन र भ्रष्टाचारमुक्त प्रशासनको बाटोमा हिँडेर देश र जनताको सेवामा अविराम लाग्यौँ भने अबका दिनमा सबल, सक्षम र…
पूरा पढ्नुहोस् »

अभिनेत्री केकी अधिकारीले म्युजिक भिडियो निर्देशक विशाल भण्डारीलाई निर्देशक लिएर फिल्म निर्माण गर्न लागेकी छिन् । त्यसो त उनी ‘लभ साशा’ फिल्मकी सहनिर्माता पनि हुन् । लभ साशाले व्यावसायिक सफलता…
पूरा पढ्नुहोस् »

उहिले मानिस शक्तिदेखि निकै डराउँथे । पहिले प्रकृतिका रहस्यसँग अपरिचित भएको मान्छेले हरेक समस्याको समाधान पनि अदृश्य शक्तिमा खोजी पस्थ्यो । त्यही भएर नाग देवता, जल देवता, सूर्य देवता, भूमि…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिकाको न्युजरुममा आज उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणासँग अन्तरक्रिया हुँदैछ । मुलुकको विकासमा निजी क्षेत्रका योगदान कति भन्ने विषयमा अन्तरक्रिया केन्द्रित हुँदैछ । अन्तरक्रिया फेसबुक लाइभ हेर्न तलको लिंकमा…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिका, काठमाडौं   |   साउन १८, २०७४

सर्वोच्च अदालतले स्थानीय तहको संख्या थप्ने निर्णय कार्यान्वयन नगर्न-नगराउन सरकारका नाममा अन्तरिम आदेश कार्यान्वयन गर्ने या नगराउने विषयमा सुनुवाइ सुरु भएको छ । प्रधानन्यायाधीश गोपाल पराजुली र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासमा भएको सुनुवाइ मंगलबार नसकिएपछि हेर्दाहेर्दैैमा बुधबार सरेको छ ।

स्थानीय तह पुनर्संरचना आयोगसहितलाई विपक्षी बनाएर दायर रिटमा यसअघि न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा र सपना मल्ल प्रधानको संयुक्त इजलासले स्थानीय तहको संख्या थप नगर्न-नगराउन सरकारको नाममा अन्तरिम आदेश दिएको थियो । उक्त आदेशलाई निरन्तरता दिने या खारेज गर्ने विषयमा सुनुवाइ सुरु भएको हो ।

संविधानको धारा २९५ (३)अनुसार आयोगले मात्र स्थानीय तहको संख्या बढाउन सक्ने ठहर गरेको छ । तर, सरकारले स्थानीय तहको संख्या बढाएर राजपत्रमा समेत प्रकाशित गरेको पाइएको भन्दै निर्णय यथास्थितिमा राख्न भनिएको थियो । मंगलबार उक्त रिटको विषयमा निवेदनको तर्फबाट शम्भु थापा, टीकाराम भट्टराई, धनबहादुर श्रेष्ठ, गोपाल श्रेष्ठलगायतले बहस गरेका थिए । बहसका क्रममा निवेदक पक्षले जथाभावी रूपमा स्थानीय तह थप्न नहुने र अन्तरिम आदेशलाई निरन्तरता दिनुपर्ने जोड दिएका थिए ।

गत २९ वैशाखमा उपप्रधानमन्त्री तथा संघीय मामिला तथा स्थानीय विकासमन्त्रीको संयोजकत्वमा समिति गठन गरी समितिको प्रतिवेदनका आधारमा ८ जेठमा गाउँपालिका तथा नगरपालिकाको संख्या थप गरिएको थियो । संख्या थप गरेर ११ जेठ २०७४ मा राजपत्रमा सूचनासमेत प्रकाशित गरिएको थियो । सरकारले तराई क्षेत्रका १२ जिल्लामा २२ वटा स्थानीय तह थप गर्ने निर्णय गर्नुका साथै वीरगन्ज र विराटनगरलाई महानगरपालिका घोषणा गरेको थियो ।