पत्रकारलाई गाली गर्ने आठ जनाविरुद्ध उजुरी दर्ता - Naya Patrika

नेपाल पत्रकार महासंघको आज सम्पन्न निर्वाचनको मतगणना सुरु भएको छ । उम्मेदवार प्रतिनिधिहरुको रोहवरमा मतपेटिका खोलिएको छ । प्रदेश केन्द्रीय सदस्यहरु र पदाधिकारी तथा सदस्यहरुको मतगणना बेग्लाबेग्लै भइरहेको छ । कूल…
पूरा पढ्नुहोस् »

उहाँ हाँ (उषाकला राई) खोटाङबाट प्रतिनिधित्व गर्नुहुन्छ भने म सिन्धुपाल्चोक । हाम्रो पहिलो भेट ०५४ सालमा भएको थियो । कुनै समय हामीले प्रजातान्त्रिक राष्ट्रिय युवा संघमा सँगै काम गरेका थियौँ…
पूरा पढ्नुहोस् »

सुत्केरी अवस्थामा नवजात शिशुको ध्यान दिनुका साथै आमाले पनि खानपानमा ध्यान पु¥याउनुपर्छ । आमा स्वस्थ भए बच्चा पनि स्वस्थ हुने भएकाले खानपानमा ध्यान दिन जरुरी छ । अरू वेलाको तुलनामा…
पूरा पढ्नुहोस् »

जलविद्युत् आयोजनाले डिपिआरमा उल्लेख भएबमोजिमको जग्गामा हदबन्दी नलाग्ने आदेश कानुन मन्त्रालयले फर्कायो जलविद्युत् आयोजनाले डिपिआरमा उल्लेख भएबमोजिमको जग्गामा हदबन्दी नलाग्नेसम्बन्धी आदेश कानुन मन्त्रालयले फर्काइदिएपछि जलविद्युत् प्रवद्र्धकहरूलाई समस्या परेको छ ।…
पूरा पढ्नुहोस् »

दक्षिण एसियाली मुलुकमा वर्षापछिको बाढी–पहिरोका कारण डेढ करोडभन्दा बढी मानिस प्रभावित भएका छन् । अगस्टमा आएको बाढीले दक्षिण एसियाका नेपाल, बंगलादेश र भारतका एक करोड ६० लाख मानिस प्रभावित भएका…
पूरा पढ्नुहोस् »

सुनसरीकाे झुम्कामा जारी प्रथम रामधुनी विद्यालय स्तरीय फुटबल प्रतियोगिताअन्तर्गत सोमबार भएका खेलमा विजयी हुँदै लर्डबुद्ध बोर्डिङ स्कुल, झुम्का र पञ्चायत मावि, प्रिपाहा सेमिफाइनलमा प्रवेश गरेका छन् । पिप्राहा खेल मैदानमा…
पूरा पढ्नुहोस् »

प्रिय बाबुराम दाइ, अस्ति भर्खर तपाईं स्वास्थ्योपचार गरी अहिले निवासमै आराम गर्दै हुनुहुन्छ भन्ने सुनेको छु । तपाईंको शीघ्र पूर्ण स्वास्थ्यलाभको कामना ! पछिल्लोपल्ट तपाईंको पार्टी परिवारमा केही खटपट चलिरहेको…
पूरा पढ्नुहोस् »

राम तामाङ राजधानीको व्यस्त र भिडमभिड क्षेत्र असन, इन्द्रचोक, ज्याठा र भोटाहिटीवरपर ठेला चलाउँछन् । उनका दिनहरू ठेलामा सामान ओसारेरै बित्छन् । परिवार पाल्ने र आफ्नो पढाइ खर्च थेग्ने उनको…
पूरा पढ्नुहोस् »

नयाँ नेतृत्व चयन गर्ने कार्यसूचीसहित नेपाल पत्रकार महांसघको अधिवेशन हिजोदेखि काठमाडौंमा सुरु भएको छ । झन्डैझन्डै नेपालको प्रजातन्त्रको जस्तै आयु भएको र सुदृढ र शक्तिशाली बन्दै गएको पत्रकारिता जगत्को नेतृत्व…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिकाको न्युजरुममा आज उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणासँग अन्तरक्रिया हुँदैछ । मुलुकको विकासमा निजी क्षेत्रका योगदान कति भन्ने विषयमा अन्तरक्रिया केन्द्रित हुँदैछ । अन्तरक्रिया फेसबुक लाइभ हेर्न तलको लिंकमा…
पूरा पढ्नुहोस् »

गगन अयडी , बाजुरा   |   साउन ०३, २०७४

 

सामाजिक सञ्जाल मार्फत पत्रकारहरुलाई गाली बेइज्जती गर्ने आठ जनाविरुद्ध नेपाल पत्रकार महासंघ जिल्ला शाखा बाजुराले प्रहरीमा उजुरी दिएको छ । फेसबुक, ट्वीटर लगायतका सामाजिक सञ्जालको प्रयोग गरी मानमर्दन तथा सम्मानीत पेशाको खिल्ली उडाउने गरी अभिव्यक्ति दिने विरुद्ध महासंघले कारवाहीको माग सहीत उजुरी दिएको हो ।

महासंघले बडिमालिका नगरपालिका ७ ढम्कनेका फेसबुकमा रोयल जेनीत नाम उल्लेख गरिएका गणेश धामी, जनपथ प्रहरीमा कार्यरत सञ्जीव कुमार रोकाया, बुढीगंगा नगरपालिका ४ बस्ने राजेन्द्र शाह बिपी, बडिमालिका नगरपालिका ९ का गोरख बहादुर विष्ट, छेडेदह गाउँपालिका ६ का हरिनारायण उपाध्याय, बुढीगंगा नगरपालिका ५ का केपी रेग्मी, गौमुल गाउँपालिकाका टेकबहादुर धामी र डाइमण्ड विरुद्ध उजुरी दिएको छ ।

सामाजिक प्रतिष्ठा कमाएका, शिक्षा आर्जन गर्दै गरेका र सम्मानीत पेशामा बसेकै व्यक्तिबाट आफ्नै हैसियत भुलेर गरिएको अपमान र बेइज्जती पूर्ण घटनाहरु प्रेस कर्मीको विरुद्धमा अभिव्यक्ति दिएको भन्दै पत्रकार महासंघले उजुरी दिएको महासंघ सचिव प्रेम वि.क ले जानकारी दिए ।

राज्यको चौथो अंगका रुपमा स्थापीत र हामीले गौरव गर्ने पेशा र पेशामा संलग्न व्यक्ति माथिको लाञ्छना, हेपाई, अपमान र गाली बेइज्जतीले पेशाको गरिमा घटाउने काम भएकोले उजुरी दिन बाध्य भएको सचिव विकले भने ।

महासंघले सार्वजनिक अपराध र सजाय ऐन, गाली र बेइज्जती ऐन तथा साईबर क्राईम ऐन अन्तर्गत कारवाहीका लागि निवेदन दिएको हो । लोकतन्त्र, विधिको शासन र प्रेस स्वतन्त्रताको खुलेआम धज्जी उडाउँदै प्रेस जगतको सार्वजनिक बद्नामी र संस्था तथा व्यक्तिको चरित्र हत्या गर्ने नियतका साथ गरिएका क्रियाकलाप र आरोप प्रत्यारोपका विरुद्ध संलग्न भएको प्रमाण सहीत उजुरी दिएको छ ।

उजुरी बुझ्दै प्रहरी नायव उपरीक्षक दलबहादुर बोगटीले तत्काल खोजि गर्ने बताए । उनले पत्रकार माथिको बद्नामीका विरुद्ध राज्य गम्भीर रहेकोले खोजि गरेर आवश्यक कारवाही प्रक्रिया अघि बढाउने प्रहरी नायव उपरिक्षक बोगटीले जानकारी दिए ।